समाचार
९ असोज,काठमाडौं । मानव बेचबिखन विरुद्धको नागरिक अभियान सन्चालन गर्ने संस्था एट्वीनको अध्यक्षमा नातिसरा राई निर्वाचित भएकी छन् । काठमाडौंमा सम्पन्न १६ औं साधारणसभा तथा आठौं अधिवेशनले बेचबिखन विरुद्धको अभियानमा संलग्न शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामी मगरलाई महासचिव निर्वाचित गरेको छ । महिला तथा बालवालिका बेचबिखनविरुद्ध सहकर्मी नेपाल (एट्वीन)को आठौं महाधिवेशनबाट बालकुमारी महासचिवमा सर्वसम्मत निर्वाचित […]
९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको पछिल्लो विचारधारात्मक छलफल तथा सम्झौतालाई लिएर नेपालमा बिभिन्न टिकाटिप्पणी भइरहेका बेला चीनले भने सी जिनपिङ ्िवचारधारा पहिलेनै अन्तर्राष्ट्रियकरण भइसकेको बताएको छ । चीन अध्ययन केन्द्रले काठमाडौंमा बिहीबार सी जिनपिङ विचारधाराबारे काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कुनै देशमा विचार […]
९ असोज, रुपन्देही । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ वर्षमा चमत्कारको आश गर्नु स्वैर कल्पना मात्र हुने बताएका छन् । नयाँ संविधानअनुसार चुनाव भएर सरकार बनेको दुई वर्ष नपुग्दै धेरै नकारात्मक टिप्पणी भएको भन्दै उनले असन्तुष्टि जनाए । तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार उदघाटन गर्दै प्रचण्डले भने, ‘दुई […]
९ असोज, काठमाडौं । विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको नेपाल विद्युत् प्राधिकरणले काठमाडौंबाहिरका मुख्य शहर र राजमार्गहरुमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंका १५ स्थान साना सवारीको चार्जिङ स्टेसन स्थापनाका लागि छानिएका छन् । राजमार्ग र मोफसलका शहरहरुमा गरी कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । यसमा ठूला […]
९ असोज, विराटनगर । कोसी नदीका कारण विस्थापित भएकाहरुले सशक्त आन्दोलनका लागि रिले अनसन स्थगित गरेको बताएका छन् । गत साउन ३२ गतेबाट रिले अनसन बस्दा पनि सरकारले चासो नदिएपछि कोसी पीडितहरुले बिहीबारबाट आन्दोलन स्थगित गरेका छन् । तर, उनीहरुले यसलाई सशक्त आन्दोलनको तयारीको रुपमा लिएका छन् । ‘आन्दोलन स्थगित भएको होइन स्वरुप परिवर्तन भएको […]
९ असोज, काठमाडौं । एनसेलको करसम्वन्धि मुद्दा अघि बढाउन अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी) ले नेपालको तर्फबाट आफैले मध्यस्थकर्ता नियुक्त गरेको छ । नेपालले आफ्नो मध्यस्थकर्ता नियुक्त नगर्ने भने पनि अन्तर्राष्ट्रिय अभिसन्धि अनुसार आईसीएसआईडीले बुधबार एकतर्फीरुपमा मध्यस्थकर्ता नियुक्त गरेको हो । अमेरिकाकी आर्बिट्रेटर पोउल फाय्रडल्यान्ड मध्यस्थकर्ता नियुक्त गरिएका छन् । अमेरिकामा निकै सम्मानित […]
९ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध चरेशसहित एक जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने २४ वर्षीया गिता राई रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ५ केजी अवैध लागूऔषध चरेश बरामद गरेको छ । काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख […]
९ असोज, बुटवल । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय ऐन कानूनहरु झन्झटिलो र लगानीमैत्री नभएको गुनासो गरेका छन् । तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई बिहीबार रुपन्देहीमा सम्बोधन गर्दै उनले केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताए । स्थानीय तहमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेर संघीयतामा […]
९ असोज, सोलुखुम्बु । जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]
९ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ । काठमाडौं बाहिर पहिलोपटक आयोजित लगानी सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरे । सम्मेलन उदघाटन समारोहमा बोल्दै प्रचण्डसहित विभिन्न दलका नेताहरुले रुपन्देहीमा गरिने लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्त हुने बताएका छन् । करिब ५० अर्ब लगानी भित्र्याउने […]
९ असोज, पाल्पा । पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो । तानसेन नगरपालिका–१ […]
९ असोज, दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको बताएका छन् । आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको पौडेलले आरोप लगाए । दाङमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले भने, ‘कम्युनिष्टहरु हिँजोसम्म मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के-के हुँदै अहिले सी […]
९ असोज, रामेछाप । लिखु तामाकोसी गाउँपालका सर्वसाधारणले स्थानीय सरकारले दिने सेवा सहजरुपमा नपाएको गुनासो गरेका छन् । गाउँपालिको वडानम्बर १ र २ मा स्थानीयको समस्याबारे जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको कार्यक्रममा उनीहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष यस्तो गुनासो गरेका हुन् । कार्यक्रमा लिखु तामाकोसी-१ दुरागाउँका स्थानीय बासिन्दाले वडा सचिव नभेटिने, पशु सेवा कार्यालयमा कर्मचारी […]
९ असोज, काठमाडौं । मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा सुरुगरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरेपनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको अभाव खट्किएको छ । एक […]
९ असोज, बाँके । मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण […]
९ असोज, विराटनगर । डुबान तथा कटानको क्षतिपूर्ति माग गर्दै आएका कोसी पीडितहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । कोसी पीडित संघर्ष समितिका अध्यक्ष महिदेवप्रसाद चौधरीले दशैं नजिकिएकाले आन्दोलन स्थगित गरेको जानकारी दिए । कोसी सम्झौताअनुसार राहत र क्षतिपूर्ती नपाएको भन्दै कोसी नदी कटान डुबान, पीडित संघर्ष समितिका नामबाट साउन ३२ गतेदेखि उदयपुर, सुनसरी र […]
९ असोज, रामेछाप । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस अरुका कारण नभइ आन्तरिक गुटबन्दीकै कारण सकिएको बताएका छन् । सदरमुकाम मन्थलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले अधिवेशनको बेलामा गुट हुनु स्वाभाविक भए पनि त्यसलाई निरन्तरता दिनु कांग्रेसका लागि दुर्भाग्य भएको बताए । ‘कांग्रेसलाई कसैले हराएको छ भने त्यो आफू भित्रको गुटबन्दीले हराएको छ’, […]
९ असोज, सप्तरी । सप्तरीबाट लागूऔषधसहित एक प्रहरी कर्मचारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत कार्यालय सहयोगी अरुण राउत लागूऔषध नाइट्राभेटसहित जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिकाबाट पक्राउ परेका हुन् । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा उनकाे साथबाट नाइट्राभेट ७५ थान फेला परेको प्रहरीले जनाएको छ । उनी राजविराज नगरपालिका-६ […]
९ असोज, काठमाडौं । थाइल्यान्डको मल्टिनेसनल हस्पिटालिटी कम्पनी दुसित इन्टरनेशनल कम्पनीले काठमाडौंको लाजिम्पाटमा सुविधासम्पन्न होटल निर्माण गर्ने भएको छ । विश्वका विभिन्न देशमा सुविधासम्पन्न होटल सञ्चालन गर्दै आएको दुसितले होटल ल्हासा इन्टरनेसनल प्रालिसँगको सहकार्यमा ‘दुसित प्रिन्सेस होटल’ सञ्चालन गर्न लागेको हो । दुईबीच थाइ विशेषताको सुविधासम्पन्न ब्रान्डेड होटल सञ्चालनका लागि सहमति भएको दुसित इन्टरनेशलले जनाएको […]
९ असोज, काठमाडौं । यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने भएको छ । मनसुन दशैंसम्म रहने भएपछि मौसमविदहरूले दशैं घमाइलो नहुने अनुमान गरेका छन् । यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ […]
९ असोज, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आहृवान गरेको हो । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्यको नीति नियममा बसेर […]
from समाचार – Online Khabar https://ift.tt/2leU4b1
via IFTTT