Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खुला दिसामुक्त देश घोषणामा प्रधानमन्त्रीले सम्झिए जेलको चर्पी

१३ असोज, काठमाडौं । सोमबारबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जेल बस्ताको चर्पी सम्झिए । ‘म बसेको एउटा सानो कोठा थियो । त्यसकै छेउमा एउटा शौचालय थियो । लाइनै बस्नुपर्थ्यो शौच गर्न । त्यस्तो अवस्थाबाट हामीले एउटा कोठा खाली गरेर शौचालय बनायौं’ सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले भने । […]

निजी विद्यालयहरु सामाजिक सुरक्षा योजनामा आउन तयार

१३ असोज, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश हुन निजी तथा संस्थागत विद्यालयहरु तयार भएका छन् । सरकारले निजी तथा संस्थागत विद्यालयसँग पटक–पटक छलफल गरी यस विषयमा सहमति जुटाएको हो । यो कोषमा आवद्ध हुन सरकारले सबै रोजगारमुलक प्रतिष्ठानहरुलाई असोज मसान्तसम्मको समयसीमा दिएको छ । तर, निजी विद्यालयहरु यसमा जोडिनका लागि तत्पर देखिएका […]

चितवन मेडिकल कलेजका विद्यार्थीको आन्दोलन स्थगित

१३ असोज, चितवन । सहमतिअनुसार बढी लिएको शुल्क फिर्ता गर्न २४ घण्टे अल्मिमेटम दिएका चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गर्ने तयारी स्थगित गरेका छन् । बडादशैं नजिक आएको र हरेक विद्यार्थीहरु घर जानुपर्ने भएकाले हाललाई आन्दोलन स्थगित गरिएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए । ‘दशैंलाई लक्षित गरी हामीले आन्दोलन स्थगित गर्‍यौं’, […]

मिलेनियम च्यालेन्ज कोअपरेसनमा नेपाल र अमेरिकाबीच सम्झौता

१३ असोज, काठमाडौं । मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) का कार्यक्रम कार्यान्वयनका लागि नेपाल र अमेरिकी सरकारबीच सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा उक्त कार्यक्रम कार्यान्वयनका लागि अर्थमन्त्री डा. युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका उपाध्यक्ष एन्थोनी वेल्चरले हस्ताक्षर गरेका छन् । यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई ५ सय मिलियन अमेरिकी डलर (५० […]

शान्ति समाजले भन्यो – सत्तापक्षबाटै आक्रमण हुनु लोकतन्त्रको मर्ममाथि प्रहार

१३ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताबाट विपक्षी दलका नेता कार्यकर्तामाथि आक्रमण प्रयास भएकोप्रति मानवअधिकार तथा शान्ति समाजले निन्दा गरेको छ । शान्ति समाजका सभापति उत्तम पुडासैनीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाका कार्यकर्ताले श्रृंखलाबद्धरुपमै आक्रमण गर्नुले सरकारको असहिष्णु चरित्रको पर्दाफास भएको उल्लेख गरेका छन् । फरक विचार राख्नेहरुमाथि आक्रमणमै उत्रिनुले लोकतन्त्रको मर्ममाथि […]

दशैंमा प्याजले रुवायो, एकै दिन ३० रुपैयाँ मूल्य बढ्यो

१३ असोज, काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ । कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार एकै दिनमा ३० रुपैयाँ मूल्य बढेको छ । सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रुपैयाँ (औसतमा) पुगेको छ । जुन अघिल्लो दिन आइतबार मात्र १०५ रुपैयाँ मात्र थियो । पछिल्लो दुई दिनमा अरु तरकारीको मूल्यमा […]

स्वराज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

१३ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ बांदरेमोडमा सोमबार स्वराज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार सिन्धुपालचोकका २९ वर्षीय राजिब गुरुङ रहेका छन् । चितवनबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ३ ख  ८३१९ नम्बरको गाडीले विपरित दिशातर्फ जाँदै गरेको बा ९५ प […]

औं‌ठी र तिलहरी लुट्न महिलाको हत्या ! ५ जना पक्राउ

१३ असोज , काठमाडौं । कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्कीलगायत रहेका छन् । तिनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । […]

बारामा चाडपर्व विशेष सुरक्षा योजना लागू

१३ असोज, वीरगञ्ज । चाडपर्वलाई लक्षित गरी बारामा विशेष सुरक्षा योजना लागू गरिएको छ । आम नागरिकले विजया दशमी, दिपावली तथा छठ पर्व सहज ढंगले मनाउने वातावरण निर्माणका लागि विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । कुनै पनि प्रकारका आपराधिक घटना हुन नदिइ […]

साग तयारी : बक्सिङ खेलाडीको अभ्यास मौसममा निर्भर !

१३ असोज, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आउन अब करिब दुई महिना छ । नेपालमै हुने यस सागमा बक्सिङतर्फ १६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर, उनीहरुको अभ्यासको अवस्था भने दयनीय छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको भवन नजिकै एउटा चमेना गृह (क्यान्टिन) छ । यसको अगाडिपट्टि रहेको खाली मैदानमा […]

अब सडक मानवमुक्त नेपाल घोषणा गर्छौं : प्रधानमन्त्री

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताएका छन् । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए । खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, […]

डडेल्धुरामा ३१ प्रतिशत जनता आधारभूत खानेपानीबाट वञ्चित  

१३ असोज, अमरगढी ।  डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत […]

संसद र प्रधानमन्त्री निवासपछि मन्त्री निवास शिलान्यास, यस्तो बन्दैछ संरचना

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाकै अवधिभित्र तीनवटा ठूला सरकारी संरचनाको शिलान्यास गरे । यी तीनवटा संरचना प्रधानमन्त्री-मन्त्री-सांसदका आवासका लागि हुन् । सिंहदरबारमा सांसद भवन र बालुवाटारमा नयाँ प्रधानमन्त्री निवासको शिलान्यास गरेका ओलीले आज पुल्चोकमा नयाँ मन्त्री निवास सिलान्याश गरेका हुन् । अहिले भएको मन्त्री निवास साँघुरो भएको भन्दै ललितपुरको भैसैंपाटीमा […]

नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

१३ असोज, काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् । सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला […]

जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिन्छ : नेम्वाङ   

१३ असोज, इलाम । पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । सोमबार इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला […]

बाजुरामा जुवाको खालबाट नेकपाका नेतासहित ६ जना पक्राउ

१३ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका-९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचना पाएलगत्तै सोमबार ११ बजे बिहान प्रहरीले होटलमा छापा हानेको थियो । साेही ठाउँबाट होटल संचालक अन्तिम शाह, स्वामी कात्तिक गाउँपालिका-२ का […]

दशैं आयो !

१३ असोज, काठमाडौं । घटस्थापनासँगै असन बजारमा दशैंको चहलपहल बढेको छ । असन अरुबेला पनि भीडभाड हुने बजार हो । यहाँ दैनिक उपभोग्य बस्तुदेखि लुगाफाटो, गरगहना किन्नेहरु असनमै पुग्छन् । दशैं लागेपछि यो भीड बढ्दो छ । असन बजारमा छिर्न मुस्किल हुन्छ । किनमेलका लागि कपडा, खाद्यान्न, जुत्ताचप्पल, सुनचाँदी, भाँडाकुँडा लगायतका पसलमा भीड लागेको छ […]

ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको विरोध

१३ असोज, काठमाडौं  । साझा पार्टीको युवा संगठनले चितवनमा ज्ञानेन्‍द्र शाहीमाथि भएको कुटपिट तनहुँमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि भएको अवरोधको विरोध गरेको छ । उक्त घटनाले लोकतन्त्रको उपहास भएको भन्दै साझा युवा संगठनले सरकार सञ्चालन गर्ने दलकै नेताको आह्वानमा यस्ता घटना भएको आरोप लगाएको छ । ‘सामान्य राजनीतिक संस्कारलाई समेत ख्याल नगरी सरकार र […]

गुल्मीमा बाटो खन्ने क्रमममा स्काभेटर पल्टियो

१३ असोज, गुल्मी । गुल्मीमा बाटो खन्ने क्रमममा सोमबार स्काभेटर पल्टिएको छ । इस्मा गाउँपालिका-४ कोटकोटेरीमा बाटो खन्ने क्रममा बा.२ ख. ५५५४ नम्बरको स्काभेटर सडकदेखि १ सय मिटर तल खसेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । श्रीकृष्ण कन्स्ट्रक्सनले इस्मा गाउँपालिका मैदानबाट कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटो बनाइ […]

मन्त्री गिरी भन्छन्- चीनको जस्तै विकास गर्न विदेश जान छाडौं

१३ असोज, बुटवल । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले चिनियाँहरुले स्वदेशमै रोजगारी र काम गरेका कारण चीनले आर्थिक विकासमा चमत्कार गरेको बताएका छन् । नेपाली जस्तै चिनियाँहरु पनि विदेशमा रोजगारीका लागि हाम फालेको भए अहिलेको चीन बन्न नसक्ने मन्त्री गिरीले औंल्याए । नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनको ७०औं राष्ट्रिय […]

पार्किङ गरेको गाडी फोडफोड गर्ने २ जना पक्राउ

१३ असोज, काठमाडौं । पार्किङ गरिराखेको गाडी तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा पार्किङ गरी राखेको बा४ख २०५६ नम्बरको माइक्रोबस (हाइस) तोडफोडमा संलग्न गोरखा मैलुङ गाउँपालिका-८ घर भइ काठमाडौं बालाजु बस्ने २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारीका २२ वर्षीय हिमाल खड्का पक्राउ परेका हुन् […]



from समाचार – Online Khabar https://ift.tt/2n5YeTF
via IFTTT
Powered by Blogger.