Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एसिड आक्रमणमा परेकी जेनी र मुस्कानलाई सरकारको ३ लाख सहयोग

९ असोज, काठमाडाैं । एसिड आक्रमणमा परेकी जेनी खड्का र मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो ।  

पूर्वराष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने

९ असोज, काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले पूर्वराष्ट्रपति यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । पूर्वराष्ट्रपति डा यादव अस्वस्थ भइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई अपराह्न […]

जम्मु-कस्मिरबारे युएनमा सम्बोधनअघि पाकिस्तानी दूतावासले गर्‍यो छलफल

९ असोज, काठमाडौं । पाकिस्तानले पछिल्लो डेढ महिनायता जम्मु-कास्मिरको मानव अधिकार अवस्था नाजुक रहेको दाबी गरेको छ । नेपालका लागि पाकिस्तानी राजदुत डा. मजहर जाभेदले जम्मु कस्मिरमा कफ्र्यु जारी रहेको, इन्टरनेट र मोवाइल बन्द गराइएको बताए । काठमाडौंस्थित पाकिस्तानी दुतावासमा बिहीबार आयोजित ‘जम्मु-कस्मिरको पछिल्लो मानव अधिकारको अवस्था’ शीर्षकको कार्यक्रममा बोल्दै राजदुत जाभेदले कफ्र्युकै कारण स्थानीय […]

रुपन्देहीमा सिमेन्ट उद्योगका म्यानेजर लुटिए

९ असोज, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका-४ सेमरीमा एक सिमेन्ट उद्योगका म्यानेजर बिहीबार दिउँसो लुटिएका छन् । भैरहवा लुम्बिनी सडक खण्डको सेमरीमा रहेको उद्योग नजिकै भित्री सडक खण्डमा रिलायन्स सिमेन्ट उद्योगका म्यानेजर अवधेश त्रिपाठी लुटिएका हुन् । दुई जनाको समुहमा आएका लुटेराले सिद्धार्थनगर नगरपालिका–३ बस्ने २८ वर्षीय त्रिपाठीको टाउकोमा हेटमेटले हानेर उनको साथमा रहेको ६ […]

काठमाडौंमा थाइ फेस्टिवल हुने, एक जनालाई थाइल्याण्ड घुम्ने अवसर

९ असोज, काठमाडौं । काठमाडौंमा ‘थाई फेस्टिबल’ आयोजना हुने भएको छ । काठमाडौंस्थित थाइ दूतावासले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज ११ गते शनिबार काठमाडौंको होटल सांगि्रलामा फेष्टिबल आयोजना गर्न लागिएको जानकारी गराएको हो । दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन सो फेष्टिवल आयोजना गर्न लागिएको नेपालका लागि थाइ राजदूत भकवत तन्सकुलले जानकारी दिए […]

लक्ष्यकेन्द्रित काम गर्न मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन   

९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र […]

समानन्द हत्या प्रकरण : आरोपी ३ वडाध्यक्ष अझै फरार

९ असोज, विराटनगर । विराटनगर- १४ का समानन्द यादव हत्या प्रकरणमा पक्राउ परेका एकजनालाई प्रहरीले अदालतमा बुझाएको छ । एक महिनाको अनुसन्धानपछि प्रहरीले बिहीबार हत्या आरोपी मध्येका दिपेश यादवलाई अदालतमा बुझाएको हो । यादवको हत्या प्रकरणका आरोपी ३ वडा अध्यक्षसहित ९ जना अझै फरार छन् । यादव हत्या प्रकरणमा विराटनगर महानगरपालिका-१४ का वडाध्यक्ष बलदेव यादव, […]

मेलमिलापबाटै द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउनुपर्छ : देउवा

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापबाटै संक्रमणकालीन न्यायका काम टुंग्याउनुपर्ने बताएका छन् । मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा देउवाले कानून संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन अब ढिला गर्न नहुने बताए । ‘द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ । तर एकथरीको मात्र कुरा सुनेर हुँदैन । दुबै पक्षको कुरा सुन्नुपर्छ’ […]

माओवादी केन्द्रले उपनिर्वाचन लड्ने, चुनाव चिह्न पनि पुरानै

९ असोज, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नाममा छुट्टै दल दर्ता भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एककीकरण भएर नेकपा बने पनि तत्कालीन माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै नाममा नयाँ दल दर्ता गरेका हुन् । निर्वाचन आयोगले उक्त दललाई चुनाव चिह्न पनि […]

कार्यक्रममा शीर्ष नेताले कुरा नसुनेको भन्दै द्वन्द्वपीडितले गरे होहल्ला

९ असोज, काठमाडौं । आफूहरुको कुरा सुन्न शीर्ष नेता नबसेको भन्दै काठमाडौंमा आयोजित एक कार्यक्रममा द्वन्द्वपीडितहरुले होहल्ला गरेका छन् । बिहीबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको संक्रमणकालीन न्यायको विषयमा द्वन्द्वपीडित र शीर्ष नेताबीचको अन्तरक्रिया पीडितले प्रमुख दलका शीर्ष नेता नआएको भन्दै होहल्ला गरेका हुन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली […]

रूकुमपूर्वको विद्युत् सेवा अवरुद्ध, बस्ती अन्धकार

९ असोज , रुकुमपूर्व । भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन् । गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो । विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जङ्गाधाराखा र खाबाङ बस्तीका ५०० घरधुरी अन्धकार भएको छ । […]

ट्रम्पलाई भुटानी शरणार्थीको पत्र : हस्तक्षेप गरेर हामीलाई घर फर्काइदेऊ

९ असोज, काठमाडौं । भुटानी शरणार्थीले आफूहरुलाई स्वदेश फिर्ताका लागि सहयोग गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आग्रह गरेका छन् । भुटानी शरणार्थी स्वदेश फिर्ता समितिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र लेखी आफूहरुलाई स्वदेश फिर्तीका लागि हस्तक्षेप गर्न आग्रह गरेको हो । समितिका अध्यक्ष भम्पा राईले लेखेको पत्रमा भनिएको छ ‘यो काम अमेरिकाको हस्तक्षेप विना सम्भव होलाजस्तो […]

संविधान दिवसमा कार्यविधि विपरीत कैदी छुटे

९ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले राम्रो चालचलन रहेको भन्दै २६० कैदीलाई रिहा गर्‍यो । यसरी रिहा भएकामध्ये आधा कसैको हत्या गरेर वा हत्याको प्रयास गरेको दोषी ठहर भएर जेलमा सजाय भोगिरहेका थिए । यतिमात्र होइन, सवारी दुर्घटनामा अरुको ज्यान लिएर जेल सजायँ भोगिरेहको ५२ जना पनि बाँकी कैद सजायँ मिनाहा भएर संविधान […]

एक पटक धान रोपे तर दुई पटक बाली भित्र्याए   

९ असोज, लम्की । कैलालीको भजनी नगरपालिकाका किसान चैतमा रोपेको धानलाई दोस्रो पटक काट्दैछन् । वर्षेनी बाढी आउने भएकाले यहाँका किसान चैतमा मात्र धानबाली लगाउँछन् । यसवर्ष किसानले पहिलो पटक जेठ, असारमा धान भित्र्याएका थिए । असारमा धानबाली घर भित्र्याएका किसान पुनः अहिले धान काट्दैछन् । भजनीका किसानले एक दशक अघिदेखि चैते धान रोप्दै आएकामा […]

प्रेमीद्वारा भारतमा बेचिएकी महिला भागेर घर फर्कन सफल  

९ असोज, जलेश्वर ।  महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी […]

देउवा र अमेरिकी राजदूत बेरीबीच भेट   

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत […]

कृषि विकास बैंकबाट ५ करोड चोरी प्रकरण : निर्माण व्यवसायी पनि मुछिए

९ असोज, काठमाडौं । कृषि विकास बैंकका कर्मचारीको पासवर्ड अनधिकृत रुपमा प्रयोग गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनामा संलग्नताको आशंकामा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा, वालिङका रामकृष्ण भुसाल छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई स्याङ्जाबाटै पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनी प्रतीक्षा […]

जलवायु परिवर्तनबाट सिर्जित सङ्कट समाधानमा गम्भीर बनौं : बस्नेत

९ असोज, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित सङ्कट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी जलवायुकार्य शिखर सम्मेलनको कार्यक्रममा सम्बोधन गर्दै उनले सो अपिल गरेको मन्त्रालयले जनाएको छ । समस्या समाधानका लागि समयमै उचित कदम नचालिए […]

नेपाल र घानाबीच कुटनीतिक सम्बन्ध स्थापित

९ असोज,काठमाडौं । नेपाल र अफ्रिकी मुलुक घानाबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका समकक्षी शिर्ले बोत्चोयेबीच संयुक्त समझदारीमा हस्ताक्षर गरी कुटनीतिक सम्बन्ध स्थापित गरिएको हो । घाना सहित नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या अब १६८ पुगेको […]

एट्वीनको अध्यक्ष नतिसरा, महासचिवमा बालकुमारी दर्लामी निर्वाचित

९ असोज,काठमाडौं । मानव बेचबिखन विरुद्धको नागरिक अभियान सन्चालन गर्ने संस्था एट्वीनको अध्यक्षमा नतिसरा राई निर्वाचित भएकी छन् । काठमाडौंमा सम्पन्न १६ औं साधारणसभा तथा आठौं अधिवेशनले बेचबिखन विरुद्धको अभियानमा संलग्न शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामी मगरलाई महासचिव निर्वाचित गरेको छ । महिला तथा बालवालिका बेचबिखनविरुद्ध सहकर्मी नेपाल (एट्वीन)को आठौं महाधिवेशनबाट बालकुमारी महासचिवमा सर्वसम्मत निर्वाचित […]

चीनले कुनै देशमा विचार निर्यात गर्दैन : चिनियाँ राजदूत

९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको पछिल्लो विचारधारात्मक छलफल तथा सम्झौतालाई लिएर नेपालमा बिभिन्न टिकाटिप्पणी भइरहेका बेला चीनले भने सी जिनपिङ विचारधारा पहिले नै अन्तर्राष्ट्रियकरण भइसकेको बताएको छ । चीन अध्ययन केन्द्रले काठमाडौंमा बिहीबार सी जिनपिङ विचारधाराबारे काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कुनै देशमा […]



from समाचार – Online Khabar https://ift.tt/2nsJNJc
via IFTTT
Powered by Blogger.