Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पर्यटन क्षेत्रका उत्कृष्ट कम्पनी पुरस्कृत

१० असोज, काठमाडौं ।  सरकारले पर्यटन व्यवसायमार्फत मुलुकलाई योगदान दिएका उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले पुरस्कार वितरण गरे । सबैभन्दा बढी पर्यटक भित्राउने हवाई सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ । यस कम्पनीले ३ लाख […]

लहरे खेतीबाटै लखपति भए मामा भाञ्जा   

१० असोज, भद्रपुर । झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् । उनीहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राखेका छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा होमिएको मामा भक्तबहादुर भुजेलले बताए […]

नेपालले अध्यक्षता गरेको सार्क बैठकमा भारत र पाकिस्तानको पानी बाराबार

१० असोज, काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले आयोजना गरेको क्षेत्रीय बैठकमा भारत र पाकिस्तानको दुश्मनी छताछुल्ल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीले एकले अर्कोलाई बहिस्कार गरेका हुन् । न्यूयोर्कमा आयोजित बैठकमा वर्णानुक्रम अनुसार पहिले भारतका विदेशमन्त्री एस जयशंकरले बोल्ने समय पाएका थिए […]

सल्यानमा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

१० असोज, काठमाडौं । सल्यानमा आज (शुक्रबार) विहान पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका-४ किमिचौरस्थित सठकमा लु१च ४१५३ नम्बरको भ्यान दुर्घटना हुँदा किमिचौरकै ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान अनियन्त्रित भइ सडकबाट २५ मिटर तल खस्दा घाइते भएकी पुनको […]

पर्यटन दिवसमा तीन नयाँ गन्तब्य घोषणा

१० असोज, काठमाडौं । पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो । धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो । घोषित […]

धरानमा वडाध्यक्षको छोरालाई कैंची प्रहार गर्ने पक्राउ   

१० असोज, धरान ।  धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई बिहीबार साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ […]

नयाँ नोटको सटही आजबाट, कहाँ-कहाँबाट बाँडिदै छ ?

१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ । राष्ट्र बैंकसँगै अन्य बैंकले नयाँ नोट वितरण थालेपछि बिहानैदेखि बैंकहरूमा भीड लागेको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।  राष्ट्र […]

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुल्यो

१० असोज, काठमाडौं । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र […]

नौबीसेको जाममा फसेका बिरामीको मृत्यु

१० असोज, काठमाडौं । उपचारका लागि काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको नौबीसेको जाममा फसेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् । मिर्गौला रोगी साहलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित […]

लापरबाही प्रहरीको, दोष हत्कडीलाई !

१० असोज, काठमाडौं । गत ७ भदौमा तीनकुनेबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा एकैचोटि तीनवटा मोटरसाइकललाई ठक्कर दियो । दुर्घटना बढेपछि टिपरलाई राति मात्र ‘रिङ रोड’ प्रवेश गर्न दिने निर्णय भएयता घटेको गम्भीर र भयानक घटनामध्ये थियो यो । महानगरीय प्रहरी वृत्त, गौशालाले ठक्कर दिने ना ३ ख ४३१७ नम्बरका टिपर चालक २८ वर्षीय सोनाम […]

तिलोत्तमा लगानी सम्मेलन : १२ परियोजनामा १५ अर्बको प्रतिबद्धता

१० असोज, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनबाट १५ अर्ब रुपैयाँको लगानी भित्रिने निश्चित भएको छ । काठमाडौं बाहिर स्थानीय तहले पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनमा दुईवटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ भने दशवटा परियोजनामा आशयपत्रमा हस्ताक्षर भएको छ । एमओयू भएका दुई परियोजनामा यूके एड र तिलोत्तमा नगरपालिकाको सहकार्यमा सीप […]

पाकिस्तानी विदेश मन्त्रीले भारतीय समकक्षीलाई भने– कश्मीरका कसाइ !

१० असोज, काठमाडौं । पाकिस्तानी विदेश मन्त्री शाह महदुद कुरैशीले भारतीय समकक्षी एस जयशंकरलाई कसाइको संज्ञा दिएका छन् । न्युयोर्कमा भएको सार्क विदेश मन्त्रीस्तरीय बैठकमा  जयशंकरलाई बहिस्कार गरेका कुरैशीले उनको  पछिल्लो कार्यशैलीप्रति आक्रोस पोख्दै  कडा अभिव्यक्ति दिएका हुन् । इन्डियन एक्सप्रेसका अनुसार, मन्त्रिस्तरीय बैठकमा कुरैशी एस जयशंकर रहँदासम्म प्रवेश नगरी बाहिरै बसेका थिए । भारतीय […]

न्युयोर्कमा परराष्ट्रमन्त्रीले भने– अनन्तकालसम्म सार्क निष्क्रिय रहे विचित्र हुनेछ

१० असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयसम्म सार्क निष्क्रिय रहिरहे त्यसले विचित्र परिणाम ल्याउने बताएका छन् । सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । तर, उनले त्यस्तो सम्भावित विचित्र परिणमबारे भने केही खुलाएका छैनन् । ‘सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरिनहुने भएको छ […]

‘संसद् विकास कोष’ को बजेट कस्ता कार्यक्रमलाई ?

१० असोज, काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरुले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ६ करोड रुपैयाँका दरले बजेट छुट्याएको छ । विगतमा सासंद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई गत आर्थिक वर्षबाट ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नामाकरण गरिएको थियो । हालै ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) […]

अब १६ स्थानीय तहमा मात्रै बैंक पुग्न बाँकी

१० असोज, काठमाडौं । मुलुक संघीय संरचनामा गएसँगै सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुर्‍याउने योजना बनाएको थियो । उक्त योजना साकार पार्न राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शाखा विस्तार गर्न निर्देशन दियो । आर्थिक वर्ष २०७३/७४ मा नै राष्ट्र बैंकले दिएको निर्देशन आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा बैंकहरुले पूरा गर्नै आँटेका छन् । राष्ट्र […]

दशैंमा सडक दुर्घटना कम गर्ने कार्ययोजना के छ ?

१० असोज, काठमाडौं । दशैं नजिकिएसँगै लामो दुरीका सवारी साधनमा यात्रुको चाप बढ्न थालेको छ । यो सडक दुर्घटनाको भय बढ्ने समय पनि हो । पूर्व–पश्चिम राजमार्गअन्तरगत नवलपरासीमा सोमबार राति भएका दुई सडक दुर्घटनामा ६ जनाले ज्यान गुमाए । खरकट्टा जंगलमा रोकिराखेको ट्रकमा तीव्र गतिमा आएको कार ठोक्किँदा ५ जनाको मृत्यू भएको थियो । राति […]

त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले आज जिम्बाब्वेसँग खेल्दै

१० असोज, काठमाडौं । सिंगापुरमा आजबाट सुरु हुने टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो । टेष्ट राष्ट्र जिम्बाब्वेलाई पराजित गर्ने लक्ष्यमा नेपाली टिम रहेको छ । डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले […]

सयवर्षे सत्यमोहन : स्फूर्तिको राज के हो ?

काठमाडौं । नेपालीहरुको ७२ वर्षे औसत आयु पार गरेर सत्यमोहन जोशी सय वर्ष कटिसकेका छन् । हामी नेपालीका निम्ति सय वर्ष बाँच्नु एक दूर्लभ अवसर हो । संस्कृतिविद् जोशी सय वर्षको उमेरमा पनि निरोगी छन् । यस्तो लाग्छ, उनमा अझैसम्म युवा जोश, उर्जा र जाँगर ज्यूँको त्यूँ छ । आखिर यत्तिका उमेरसम्म उनी कसरी स्वस्थ […]

नियम तोडेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना

१० असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनालाई एन्टोनी ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै कारबाही गरिएको छ । स्पेनिस फुटबल फेडेरेसनले नियमविपरीत ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना गरेको हो । बार्सिलोनाले एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा गत जुलाईमा अनुबन्ध गरेको थियो । उता, एथ्लेटिको मड्रिडले भने रिलिज क्लोउजभन्दा कम […]

क्यान अधिवेशन आजदेखि, अध्यक्षमा पाण्डे र चन्द भिड्दै

१० असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजबाट सुरु हुँदैछ । नक्सालस्थित एक होटलमा आज दिउँसोदेखि सुरु हुने क्यानअधिवेशनमा निर्वाचन भने शनिबार हुनेछ । लामो समयदेखि क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनमा छ । यो निर्वाचनबाट क्यान निलम्बन फुकुवाको बाटो खुल्ने ठानिएकाे छ । निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच अध्यक्ष पदका […]

गेटा मेडिकल कलेजको ८० प्रतिशत काम सकियो

१० असोज, धनगढी । सुदूरपश्चिम क्षेत्रकै ‘ड्रिम प्रोजेक्ट’ का रुपमा लिइएको धनगढीमा निर्माणाधीन गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सकिएको कलेज पूर्वाधार निर्माण विकास समितिले जनाएको छ । ६ सय शैयाको उक्त मेडिकल कलेज बनेपछि सुदुरपश्चिमका जनता लाभान्वित हुनेछन् । नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माणको घोषणा गरे पनि निर्माण कार्य ढिलो […]



from समाचार – Online Khabar https://ift.tt/2n9MZZQ
via IFTTT
Powered by Blogger.