Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राजस्व प्रशासन स्वच्छ राख्नुस् : अर्थमन्त्री

८ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनलाई स्वच्छ राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । राजस्व प्रशासनमा पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले भन्सारका कर्मचारीलाई निर्देशन दिएका हुन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षणमा पुगेका अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री भएर काम गर्न […]

चीनका कम्युनिस्ट नेता फर्किए, विचारको छलफल शिक्षाप्रद रहेको नेकपाको ठहर

८ असोज, काठमाडौं । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताव नेतृत्वको टोली काठमाडौंमा दुई दिने प्रशिक्षण तथा नेकपासँगको समझदारीपत्रमा हस्ताक्षरपछि बुधवार बेइजिङ फर्किएको छ । तावलाई बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ […]

विप्लव समूहका बागलुङ सेक्रेटरी पक्राउ

८ असोज, गुल्मी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी रामबहादुर कुँवर ‘नवीन’ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ती टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । कुँवरलाई मंगलवार दिउँसो बडीगाड गाउँपालिका–५, रेमीस्थित आफ्नै घरबाट […]

बञ्चरेडाँडाको फोहर व्यवस्थापनस्थलको निर्माण कार्य रोकियो

८ असोज, काठमाडौं । सहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण सुरु गरेको दीर्घकालीन फोहर संकलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको […]

दशैंलाई अग्रिम टिकट नदिने साना सवारीले यसरी ठग्छन् यात्रु

८ असोज, काठमाडौं । दशैं आउन केही दिन अगाडि लामो दुरीमा चल्ने बसहरुले अग्रिम टिकट बुकिङ खुला गर्छन् । यसले गर्दा यात्रुलाई आफ्नो यात्रा पहिल्यै सुनिश्चित गर्न सजिलो हुन्छ भने, पछि हुलमुलमा ठगिने डर पनि हुँदैन । तर, छोटो वा मध्यम दुरीमा चल्ने साना सवारीसाधनको टिकट भने अग्रिम काट्न सकिँदैन । काठमाडौंबाट बाहिरिने यात्रुको ठूलो […]

विद्युत् खपत बढ्दा ‘पिक डिमान्ड’ भने घट्यो

८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालमा विद्युतको उच्च माग १ हजार ६ सय मेगावाट हुने अनुमान थियो । तर, १ हजार ३ सय २० मेगावाटमा सीमीत भयो । यसको मुख्य कारण थियो, पिक डिमान्ड (साँझ–बिहानको विद्युत माग) घट्नु । नेपालको विद्युत आपूर्तिमा सबैभन्दा चुनौती भनेकै पिक डिमान्डको व्यवस्थापन हो । बिहान […]

थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

८ असोज, काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरी […]

‘हामी एसएलसी टपर हैनौं, स्कलरले दुनियाँ बदल्दैनन्’

मेरो पुस्ता घरभन्दा एकघण्टा टाढाको प्राथमिक विद्यालयमा पराल वा खोस्टोले बुनेको चकटी स्कुल गएको पुस्ता हो । मभन्दा अगाडिको पुस्ताको त कुरै नगरौं । डा.सूर्यराज आचार्यले इञ्जिनियरिङमा पीएचडी गर्नुभयो । तपाईंले पढ्दै गर्दा हामीलाई लाइबेरी जाने फुर्सद थिएन । यो देशमा राष्ट्रियताको झण्डा पनि हामीले नै बोक्यौं । जनजीविकाको झण्डा पनि हामीले नै बोक्यौं । […]

टिप्स : स्वस्थ खसी कसरी छान्ने ?

८ असोज, काठमाडौं । दशैं आएपछि नेपालमा मासुको विक्री ह्वात्तै बढ्छ । थोरै उपभोग गर्ने वा आर्थिक स्थिति कमजोर भएकाहरु तौलेर मासु किन्छन् भने धेरै उपभोग गर्नेहरु खसी नै ढाल्छन् । मासु मानिसका लागि महत्वपूर्ण पौष्टिक आहार पनि हो । तर, मान्छेका लागि मात्र नभएर किटाणुका लागि पनि यो उत्तिकै पौष्टिक हुन्छ । त्यसैले मासुको […]

साविकको वाईसीएलले टुंगो लगायो १५५ सदस्य

८ असोज, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय समितिमा रहनेहरुमध्ये, आफ्नो भागमा परेको संख्या अनुसारको नामावली साविकको वाईसीएल नेपालले टुंगो लगाएको छ । ३३५ सदस्यीय केन्द्रीय समितिमा साविकको वाईसीएलको भागमा १५५ जना र साविकको युवासंघका भागमा १७६ जना परेको थियो । चार सदस्य पछि मनोनित गर्ने सहमति भएको छ । राष्ट्रिय युवा संघ नेपालका […]

कृषि विकास बैंक ह्याकिङ प्रकरण : बैंककै कर्मचारीको संलग्नता !

८ असोज, काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय सिस्टम हृयाकिङको विषय चर्चामा छ । चिनियाँ हृयाकरहरुले एटिएम हृयाक गरेर करोडौं रकम निकालेको विषय सेलाउन नपाउदै पुनः कृषि विकास बैंक ह्याक भएको घटना सार्वजनिक भएको छ । कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको छ । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख रुपैयाँ निकालिएको […]

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी

८ असोज, काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् । प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै गैरे अध्यक्षमा विजयी भएका हुन् । यसअघि निवर्तमान नेतृत्व वामपन्थी निकटको थियो । तर, टानको चुनावमा जस्तै वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा पनि नेकपा […]

कृषि विकास बैंकबाट चोरियो १ करोड ५६ लाख

८ असोज, काठमाडौं । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे । यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो […]

मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने, प्रधानमन्त्रीलाई बुझाए साँचो

८ असोज, काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६/७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना […]

भिल्लारियलमाथि बार्सिलोनाको जित

८ असोज, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान र अर्तुर भिडाले गोल गरे । यता, भिल्लारियलका लागि भने स्यान्टी क्याजोर्लाले गोल फर्काएका थिए । खेलको छैटौं मिनेटमा नै बार्सिलोनाका ग्रिजम्यानले […]

युवा फुटबल टिमका मुख्य प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

८ असोज, काठमाडौं । नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघ -एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक […]

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु

८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स पार्टीले औपचारिक रुपमा महाभियोगको प्रक्रिया सुरु गरेको हो । प्रतिनिधिसभाका सभामुख नेन्सी पलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति ट्रम्पले संविधानको घोर उल्लंघन गरेको बताउँदै उनले भनेकी छन्, ‘राष्ट्रपति जवाफदेही हुनुपर्छ, कुनै पनि कानुनभन्दा […]

माधव नेपाल र मातृका यादवमाथि नै कारबाही गर्न प्रदेश कमिटीको सिफारिस

७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को कमिटीले बर्दिबास घटनामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवको संलग्नता रहेको ठहर गरेको छ । साथै दुबै नेतामाथि थप छानविन गरेर कारबाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहसंयोजकद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मेवारी […]

विपन्न दलितलाई छैन भर, सोध्छन्- कहिले बन्छ घर ?

७ असोज, वीरगञ्ज । विपन्न दलितको घर सरकारले बनाइदिन्छ भन्ने गाउँमा चर्चा सुनेपछि बारा कलैया उपमहानगरपालिका-१०, मटिअर्वाका रामदेव पासवानले जनता आवास कार्यक्रममा आवेदन दिए । अरुकोमा ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका पासवानको परिवारमा ४ बालबालिका र श्रीमतीसहित ६ सदस्य छन् । कमाउने उनी एक्ला हुन् । श्रीमती अपाङ्ग छिन् । सम्पत्तिका नाममा फुसको छाप्रो […]

शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा

७ असोज, काठमाडौं । शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा भएको छ । एक बर्ष भन्दा बढी समय एकै ठाउँमा बसेका सहसचिवहरुलाई सरुवा गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । विगत दुई महिनादेखि जिम्मेवारीविहीन रहेका वरिष्ठ सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखामा पठाइएको छ । शिक्षा विभागका दीपक शर्मालाई प्रावधिक शिक्षा महाशाखामा, योजना महाशाखाका वैकुण्ठ अर्याललाई शिक्षक […]

कैलालीमा चट्याङ लागेर १५ भेडा मरे  

७ असोज, लम्की । कैलालीको जानकी गाउँपालिका–९ कटासेमा मंगलबार पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मृत्यु भएको छ । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ । जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे […]



from समाचार – Online Khabar https://ift.tt/2mulbiO
via IFTTT
Powered by Blogger.