Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा

१५ कात्तिक, काठमाडौं । श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका हुन् । जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेको थियो । पत्रिकाले सार्वजनिक […]

काठ मिलबाट ४५ क्युफिट सालको गोलिया बरामद

१५ कात्तिक, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ सखुवा प्रसौनी टोलमा सञ्चालित सुदामा समिलबाट ४५ क्युफिट सालको काँचो काठ बरामद भएको छ । अवैध रूख कटान गरी ल्याएर लुकाएर राखेको अवस्थामा सालको १२ थान गोलिया वनगस्ती टोलीले सेना र प्रहरीको सहायतामा बरामद गरेको हो । मधुवन मथौल सबडिभिजन कार्यालय बढनियारका सुबेदार प्रदीप तिमल्सिनाले सुदामा समिलबाट […]

कृष्णनगरको तनाव साम्य, मूर्ति विसर्जन, शव उठाइयो

१५ कात्तिक, बुटवल । लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य भएको छ । आजै कर्फ्यु हटाउने संकेत स्थानीय प्रशासनले दिएको छ । बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने […]

बागलुङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

१५ कात्तिक, काठमाडौं । बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ३ः५१ बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बागलुङसँगै म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेत महसुस गरिएको छ । बिहानै भूकम्पको धक्का महसुस […]

सांसद गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी

१५ कात्तिक, काठमाडौं । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको काठमाडौंस्थित निवासमा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको हो । उनी बस्दै आएको घर सूचना आयोगको कार्यालयको ठीक अगाडि छ । आफू सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर […]

‘क्षमताभन्दा बढी यात्रु बोक्दा साँखु बस दुर्घटना’

१५ कात्तिक, काठमाडौं । साँखुमा बिहीबार भएको बस दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोक्नु भएको प्रहरीले जनाएको छ । तीन जनाको मृत्यु र ६५ जना घाइते हुनेगरी भएको दुर्घटनाको कारण ओभरलोड भएको निष्कर्ष प्रहरीले निकालेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘बसमा जम्मा २५ जना जति अटाउने क्षमता रहेछ । […]

चुहानडाँडा एयरपोर्टको डीपीआर यसै वर्ष हुने

१५ कात्तिक, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा अन्तिमपटक सम्बाेधन गरेका थिए । सम्बाेधनका क्रममा उनले त्यहाँ विमानस्थल निर्माणको योजना सुनाएका थिए । ‘आज हामी यहाँ एयरपोर्ट बनाउने हिसावबाट हेर्न आएका छौं, यहाँको अवस्था बुझ्न आएका हौं । एयरपोर्टको नक्सा, इस्टिमेट, डिजाइन सबै छ । पहिले २९ […]

ठूला बसमा आर्थिक संकट : साझादेखि मयूरसम्म उस्तै

१५ कात्तिक, काठमाडौं । काठमाडौंमा साझा यातायातलाई पछ्याउँदै ठूला र अत्याधिुनिक बस चलाउने होड जारी छ । सडकमा माइक्रोबसको सिन्डिकेट तोड्ने गरी आएका यस्ता बस सञ्चालन गर्ने कम्पनीहरु भने समस्याग्रस्त बन्न थालेका छन् । ठूलो लगानीमा भित्र्याइएका बसले अपेक्षित आर्जन गर्न नसकेको व्यवसायी बताउँछन् । व्यवस्थापनको अनुभवहीनताले पनि समस्या पैदा भएको पाइएको छ । काठमाडौंमा […]

‘अन्नपूर्ण क्षेत्रमा उद्धार नपाएरै अब पर्यटकको ज्यान गुम्ने छैन’

१५ कात्तिक, पोखरा । मर्दी हिमाल पदयात्रामा गएकी डच नागरिक कोरी भ्यान ०७४ माघ ८ गते बेपत्ता भइन् । उनको परिवार र नेपालका रेस्क्यु टोलीले लाख कोसिस गर्दा पनि कोरी भेटिइनन् । मर्दी आधार शिविरबाटै ०७३ असोजमा इजरायली नागरिक अमित रिचम्यान हराए । गएको वर्ष चैत ६ गते जापानी नागरिक ६४ वर्षीय नाजासावा माजासीको अन्नपूर्ण […]

रुपन्देहीमा माटोबिनै तरकारी खेती

१५ कात्तिक,बुटवल । कुनै पनि खेती गर्न माटो वा खेतबारी नै चाहिन्छ भन्ने आम नेपाली किसानहरुको मान्यता छ । तर, अब माटोविनै पनि तरकारी खेती गर्न सकिने प्रविधि विकास भइसकेको छ । विदेशमा धेरै वर्ष अघिदेखि प्रचलनमा आइसकेको हाइड्रोपोनिक प्रविधि रुपन्देहीको तिलोत्तमामा पनि भित्रिएको छ । तिलोत्तमा–३ विष्णुपुरामा तीन परिवार मिलेर डेढ करोड लगानीमा लुम्बिनी […]

सी चिनफिङ अवतारमा मनोज गजुरेल कति सफल ?

१५ कात्तिक, काठमाडौं । आफ्ना प्रहसनमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने हास्यव्यंग्यकर्मी मनोज गजुरेल पछिल्लोपटक चीनका राष्ट्रपति सी चिनफिङको हुलियामा प्रकट भए । सिस्नुपानी नेपालको हास्यव्यंग्यात्मक देउसी कार्यक्रममा उनको यो हुलिया पहिलोपटक सार्वजनिक भयो । अनुहारको जोडकोड हेर्दा सीभन्दा नितान्त भिन्न छन् गजुरेल । चिम्सा आँखा र थेप्चो नाक भएका मंगोलियनसँग बाहुनको छोराको अनुहार मिल्ने कुरा […]

३७९ वर्ष पुरानो कात्तिक नाच आजदेखि

१५ कात्तिक, काठमाडौं । यस वर्षको कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ३ सय ७९ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा १२ दिनसम्म नियमित देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाचको नाम दिइएको […]

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुंगो

१५ कात्तिक, तम्घास । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका-६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई […]

तराई-मधेसमा छठको रौनक, आज खरना 

१५ कात्तिक, वीरगञ्ज । छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाइँदैछ । छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’ पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् । साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर […]

ट्रम्पविरुद्ध महाअभियोग जाँचको प्रस्ताव तल्लो सदनबाट स्वीकृत

१५ कात्तिक, काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । ट्रम्पका वकिलहरुको अधिकार क्षेत्र पनि तोकिएको यस प्रस्तावको ह्वाइट हाउसले भने निन्दा गरेको छ । महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत हुनुको अर्थ राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउन मन्जुरी […]

शीर्ष स्थानमा उक्लिने मौका गुमायो ग्रानाडाले

१५ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिने मौका ग्रानाडाले गुमाएको छ । बिहीबार राति भएको खेलमा गेटाफेसँग ३–१ गोलअन्तरले पराजित हुँदै ग्रानाडा शीर्ष स्थानमा पुग्नबाट चुक्यो । पहिलो हाफमा दुई गोल खाएको ग्रानाडाले दोस्रो हाफमा एक गोल फर्काए पनि थप एक गोल खान पुग्यो । गेटाफेलाई पराजित गरेको भए ग्रानाडा २३ […]

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

१५ कात्तिक, म्याग्दी । जिल्लाको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२, बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् । बेनी नगरपालिका–८, कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रु १० हजारबाट विभिन्न किसिमका राहत सामग्री […]

प्रतिबन्धपछि कप्तान मेस्सी अर्जेन्टिनी टिममा फर्किए

१५ कात्तिक, काठमाडौं । तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका छन् । अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् । गत जुलाई ६ मा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि चिलीसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले ३-१ गोलको जित हात पारेको थियो । तर कप्तान मेस्सीले भने त्यसमा […]

इस्लामिक स्टेटले गर्‍यो बगदादी मारिएको पुष्टि, अल हाशमी बने नयाँ नेता

१५ कात्तिक, काठमाडौं । इस्लामिक स्टेट (आईएस)ले आफ्नो नेता अबु बक्र अल बगदादी मारिएको पुष्टि गर्दै नयाँ नेता चुनेको छ । इस्लामिक स्टेटले अबु इब्राहिम अल-हाशमीलाई नयाँ नेता चुनेको हो । यसअघि २७ अक्टुबरमा अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा बगदादी मारिएका थिए । इस्लामिक स्टेटले एक अडियो सन्देश जारी गर्दै आफ्ना प्रवक्ता अबु अल हसन […]

डिस्चार्जपछि प्रधानमन्त्रीले भने-आई एम फिट

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओली बुधबार विहान अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री निजी सचिवालयले नियमित चेकजाँच मात्र भएको […]

महराविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता

१४ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योग गरेको अभियोगको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले महराले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको निष्कर्षसहित अदालतमा मुद्दा दर्ता गरेको हो । संसद सचिवालयकी एक कर्मचारीले १२ असोजमा महरा आफ्नो कोठामा आएको र बलात्कार प्रयास गरेको भन्दै प्रहरीलाई […]



from समाचार – Online Khabar https://ift.tt/34fAc8s
via IFTTT
Powered by Blogger.