समाचार
१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समयमा पुराा गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ । जसमा चक्रपथभित्र ठूला सवारी साधनहरु सञ्चाललन नगर्ने, दशरथ […]
१२ मंसिर, दाङ । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारीहरु मतदान केन्द्रमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयले कर्मचारीहरुलाई मतपेटिका, मतपत्र, मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाएको हो । जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने, ‘हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीहरुलाई मतदान स्थलमा पठाएका छौं […]
१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा भारत पनि सहभागी नहुने भएको छ । बिहीबार सार्वजनिक खेलतालिका अनुसार सागमा भारतले अन्तिम अवस्थामा आएर सहभागी नहुने बताएको हो । यसअघि प्रकाशित खेलतालिकामा भारतलाई समेत समेटिएको थियो । तर अन्तिम समयमा आएर सहभागी नहुने जानकारी गराएपछि ५ देशमात्र खेल्ने गरी खेलतालिका सार्वजनिक […]
१२ मंसिर, भद्रपुर । कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती सुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ । दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ । कपडा, धागोलगायतका उद्योग सञ्चालन […]
१२ मंसिर, पोखरा । पोखरा रंगशाला प्रवेशद्वार नजिकै छ, बास्केटबल कोर्ट । रंगशाला पुग्दा त्यहाँ साँझ–बिहान सधैं खेलाडीहरु अभ्यासमा देखिन्थे । तर, बिहीबारको दृष्य केही फरक थियो । कोर्ट भित्र केही कुर्सी र केही क्यानभास थिए । बास्केटबल कोर्टमा खेलाडी र बलको साटो क्यानभास थियो र थिए, क्यानभासमा एकतमास रङ पोतिरहेका कलाकारहरु । कोही क्यानभासमा […]
१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले घटनाले मर्माहित बनाएको भन्दै मृतकलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार वक्तव्यमार्फत सभापति देउवाले घाइतेलाई ढिलो नगरी सुविधा सम्पन्न अस्पतालमा उपचारको […]
१२ मंसिर, गुल्मी । २६ किलो लागूऔषध चरेससहित गुल्मीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका-३ रजवाराका ३३ वर्षीय बालाराम पुन रहेका छन् । गुल्मीको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट पुनलाई २६ किलो चरेससहित नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए । प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको […]
१२ मंसिर, धरान । नेकपाका अध्यक्ष प्रचण्डले अब को–को प्रधानमन्त्री बन्ने, आफ्नो दिमागमा लाइन रहेको बताएका छन् । अब नेकपाले मधेसी, जनजाति र दलितलाई प्रधानमन्त्री बनाउने प्रचण्डले घोषणा गरेका छन् । बुधबार एकैदिन पोखरा, धरान र भक्तपुरमा चुनावी सभालाई सम्वोधन गर्न भ्याएका प्रचण्डले पोखरा र धरान दुबै ठाउँको सम्वोधनमा महिला, दलित, जनजाति र मधेसीलाई नेकपाले […]
१२ मंसिर, चितवन । चितवनको चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमति कार्यान्वयनमा सघाउन आन्दोलनरत विद्यार्थीलाई अपील गरेको छ । बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर कलेजले आन्दोलन फिर्ता लिएर पठन पाठन सञ्चालन गर्न सहयोग गर्न कलेजले विद्यार्थीलाई आग्रह गरेको छ । मंगलबार राति सरकार र निजी मेडिकल कलेजका बीचमा अतिरिक्त शुल्क फिर्ता गर्ने लगायतका बिषयमा दुई […]
१२ मंसिर, काठमाडौं । जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य देखाउने र हाँसो ठट्टा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मौलिक शैली अस्पतालको सघन उपचार कक्षमा पनि कायमै देखेर चिकित्सकहरु हैरान भएका छन् । सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका प्रधानमन्त्री ओली भोलिपल्ट बिहानै उठेर हिँड्न खोजेपछि चिकित्सक पनि चकित […]
१२ मंसिर, चितवन । धावनमार्ग (रनवे) ओभरले तथा पार्किङ विस्तारका लागि चितवनको भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द हुनेछ । त्यसका लागि विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिएको विमानस्थल कार्यालयका प्रमुख पवन गौत्तमले अनलाइनखबरलाई […]
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका सेनानी (मेजर) राजेन्द्र शाही पुनः जिम्मेवारीमा फर्किएका छन् । शाहीमाथि लागेको मुद्दाको अन्तिम किनारा नलाग्दै जंगीअड्डाले जिम्मेवारीमा फर्काएको हो । महानगरीय प्रहरी प्रभाग, बसपार्कको टोलीले उनलाई १० कात्तिकमा सामाखुशीमा म्यारिज खेलिरहेका बेला पक्राउ गरेको थियो । जुवाखालबाट प्रहरीले एक लाख ५९ हजार ३ सय रुपैयाँ […]
१२ मंसिर, काठमाडौं । दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा मोरङको गिधनिया बस्तीमा भएको अवरोध हटेको छ । यो सँगै बस्ती क्षेत्रमा तार टाँग्ने र बिछ्याउने काम सुरु भएको छ । यो काम महिनौंदेखि रोकिएको थियो । ग्रामथानको हात्तिमुडा चोकबाट तार भूमिगत गर्ने काम सुरु भएको हो । मोरङको ग्रामथान गाउँपालिकास्थित गिधनिया बस्तीमा प्रशारण […]
१२ मंसिर, काठमाडौं । हुम्लामा भएको टिपर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४ पुगेको छ । ११ जना घाइते छन् । नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट नेपाल खाद्या सँस्थानको चामल ल्याएर सदरमुकाम सिमकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर बुधबार सिमकोट-डाँडालाग्नामा दुर्घटना भएको थियो । दुर्घटनामा नाम्खा गाउँपालिका-१ हेप्का […]
१२ मंसिर, डोटी । खैरो रङ्गको कोट, कोटभित्र त्यस्तै रङ्गको स्वीटर, घाँटीमा गलबन्दी, आँखामा कालो फ्रेमको मोटो सिसासहितको चश्मा, टाउकोमा ढाकाटोपी । दार्चुला निवासी दानीराम तिरुवाको पहिचान यति मात्र होइन । उनको पहिचान १८ हजार ५९ हलिया मुक्त गराउने एक योद्धाका रुपमा स्थापित भएको छ । नेताहरुले ‘देवघाट जाने उमेर’ तोक्दै गर्दा ६१ वर्षीय दानीरामको […]
१२ मंसिर, जनकपुरधाम । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत हुने कुस्ती प्रतियोगितामा ५५ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । बिभिन्न ५ देशका २४ महिलासहित ५५ खेलाडीले सहभागिता जनाउने भएका हुन् । आगामी मंसिर २० गतेदेखि जकपुरधाममा हुने कुस्ती प्रतियोगितामा भुटान र माल्दिभ्सले भने अहिलेसम्म खेलाडीहरुको नामावली पठाएका छैनन् । ‘अहिलेसम्म भुटान र माल्दिभ्सले […]
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावादसमेत दिएका छन् । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री […]
१२ मंसिर, जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइन्छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंगलबारबाट […]
१२ मंसिर, काठमाडौं । मन्त्रीहरुले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को रोष्टममा उभिएर दिएका आश्वासनको कार्यान्वयन न्यून रहेको पाइएको छ । मन्त्रीहरु तथा प्रधानमन्त्रीले आफैँले वा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यसो गर्छु/उसो गर्छु भनेर आश्वासन दिने गर्छन् । तर, दिइएका आश्वासन कार्यान्वयनमा भने तदारुकता नदेखिएको राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी […]
१२ मंसिर, काठमाडौं । अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भीरफोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा […]
१२ मंसिर, काभ्रे । अदालतको आदेशको अवज्ञा गर्दै काभ्रेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ । उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो उद्योगले इँटा उत्पादन तथा बिक्री वितरण थालेको हो । उच्च अदालतको […]
from समाचार – Online Khabar https://ift.tt/2DpfdVw
via IFTTT