Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखलाई विद्यार्थीले कुटे

९ मंसिर, काठमाडौं । त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने कुटिएका छन् । सोमबार बिहान क्याम्पसभित्र प्रवेश गर्ने वित्तिकै विद्यार्थीको हुलले न्यौपानीमाथि कुटपिट गरेको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार अनेरास्ववियू मनराज थापा र गोविन्द थपलिया पक्राउ परेका हुन् । […]

कानुनमा पदभार सम्हाल्दै उपेन्द्र यादवले भने- प्रधानमन्त्रीले बढी नै माया गर्नुभयो

९ मंसिर, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबारबाट कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । निजी गाडी चढेर मन्त्रालयमा आएका यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । यसबारे प्रधानमन्त्रीले तपाईंसँग परामर्श […]

चितवनको जगतपुरमा सामूहिक तरकारी खेती  

९ मंसिर, चितवन । पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती थालिएको छ । भरतपुर महानगरपालिका- २४ का किसानहरुले केरुङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती थालेका हुन् । वडाध्यक्ष समेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार, सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिइएको […]

ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जना पक्राउ

९ मंसिर, काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट करिब १२ लाख मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित काभ्रे तेमाल गाउँपालिका-४ घर भएका रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी गरेको आरोपमा ४ जनालाई आइतबार […]

भारतको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार  

९ मंसिर, काठमाडौं । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो । माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुवै जनाको नेपाली […]

धुलिखेलबाट साढे ९ लाखसहित २३ जना जुवाडे पक्राउ

९ मङ्सिर, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका-९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले ९ लाख ५७ हजार ८७० […]

क्षमतावान र प्राज्ञिक सहकारीकर्मी चाहिएको छ : मन्त्री अर्याल

९ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिएकी छन् । सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आयोजना गरेको गोष्ठीलाई सोमबार सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पुर्‍याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताइन् […]

नक्शाबारे प्रधानमन्त्रीमाथि सभापतिज्यूको आंशका मात्र हो : कांग्रेस प्रवक्ता

९ मंसिर, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको गम्भिर आरोप विवादित बनेपछि प्रवक्ता विश्वप्रकाश शर्माले सच्याउने प्रयास प्रयास गरेका छन् । भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर सभापतिले आशंका मात्र गरेको उनको भनाइ छ । सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘यो सभापति ज्यूको […]

सरकारले लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गयो : पौडेल   

९ मंसिर, दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताएका छन् । रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिलेको वर्तमान सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण हुन्, राणा शासनकै पद चिह्नमा हिँडेर यिनीहरुले देशलाई लान खोजिरहेका छन्, एकपछि अर्को […]

उपेन्द्र यादवले कानुन मन्त्रालयबाटै संविधान संशोधनको पहल गर्ने

९ मंसिर, काठमाडौं । सरकार छाड्ने कि बर्खास्तीमा पर्ने भन्ने चर्चा चलिरहेका बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्ततः कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । कानुन मन्त्रालयका सचिव राजिव गौतमलाई खबर गरेर आउँला भनेका उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यादव पाँच दिनदेखि सिंहदरवार छिरेका थिएनन् । पोखराबाट काठमाडौं फर्किएलगत्तै सोमबार अपराह्न उनी […]

मन्दिरको धर्मशालामा युवक मृत भेटिए  

९ मंसिर, जलेश्वर । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा सोमबार बिहान एक युवक मृत भेटिएका छन् । नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक सोमबार बिहान सो मन्दिरको धर्मशालामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए । गए राति सो मन्दिरमा भजन, कीर्तन भइरहेको […]

ओढारमा बस्न नपाउँदा दुःखी छन् चेपाङ

९ मंसिर, काठमाडौं । पौराणिक किंवदन्ती अनुसार रामायण कालमा वाल्मीकि आश्रमसँग जोडिन्छ चेपाङ जातिको उत्पत्तिको कथा । वाल्मीकि ऋषिको आश्रममा वनबासको समय बिताउँदा उनको लोहोरी नामको एक छोरा थिए । उनैको सन्तति मान्छन् चेपाङहरुले आफूलाई । त्यही वाल्मीकि आश्रममा हुर्किएका लोहोरीका सन्तानहरुले कहिलै पनि बोलीमा मृदुलता त्यागेका छैनन् । मदिराले लठ्ठ हुँदा होस् या त […]

भारतले सागमा पुरुष फुटबल नखेल्ने !

९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा भारतले नखेल्ने सम्भावना बढेको छ । खेलाडीको नाम दर्ता नगराएकाले भारतले नखेल्ने चर्चा शुरु भएको छ । यसअघि नै पुरुष र महिला फुटबलको लागि ड्र भइसकेको छ र खेल तालिका पनि सार्वजनिक भइसकेको छ। तर अहिलेसम्म भारतले खेलाडी दर्ता नगराएपछि खेल्ने सम्भावना कमजोर बनेको […]

बाराबाट पक्राउ ८ अभियुक्तमध्ये ७ जना जरिवाना तिरेर छुटे

९ मंसिर, वीरगञ्ज । बारा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार ८ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जरिवाना तिराएर छाडिएको छ । इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी श्रीनगर बैरिया र अस्थायी प्रहरी चौकी गंगापुर बाराबाट खटिएको प्रहरी टोलीले फरार ८ अभियुक्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले […]

रसुवागढी नाकाबाट करिब १ किलो सुनसहित २ महिला पक्राउ

९ मंसिर, काठमाडौं । रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले […]

‘अकुपाई टुँडिखेल’का अभियन्ताले मेयरलाई भेट्ने

९ मंसिर, काठमाडौं । अतिक्रमित टुँडिखेलको संरक्षण गर्न भन्दै थालिएको ‘अकुपाई टुँडिखेल‘ अभियानका अभियान्ताहरुले सोमबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई ध्यानाकर्षण गराउने भएका छन् । मेयर शाक्यलाई भेटेर तत्कालै खुलामञ्च अनुगमन गर्न र यसलाई खुल्ला गर्न ध्यानाकर्षण गराउन लागेको अभियान्ता आलोक तुलाधरले जानकारी दिए । ‘टुँडिखेल खुला गराउन महानगरले नै नेतृत्व लिनुपर्छ, यसकारण आज हामी […]

पशुपतिनाथमा एक रात : कतै मायालु जोडी, कतै सिद्राको व्यापार

दिउँसैदेखि सुरुभएको पशुपतिको जात्रा साँझ परेसँगै झनै चुलिँदै गएको छ । जागिरेहरुले जागिरको छुटि्ट भएपछि रमिता हेर्नको भीड बढ्दै छ । यो रमिताले जात्राको महत्व बढाइरहेको छ । सबैभन्दा रोचक प्रसँग बोकेको पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्ती तिर कसैको ध्यान छैन । आफ्नै सुरमा हिँड्ने घुमन्तेहरु बाहेक विश्वरुपसँगैको सो मूर्तिप्रति कसैको ध्यान छैन । […]

कार्यकारी अध्यक्षको अभ्यास कसरी गर्दैछन् प्रचण्ड ?

९ मंसिर, काठमाडौं । पार्टी सचिवालय बैठकबाट कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि उत्साहित बनेका नेकपा अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक आह्वान गर्ने भएका छन् । विधान अनुसार तीन-तीन महिनामा बस्नुपर्ने बैठक एक वर्षदेखि बस्न सकेको छैन । नेकपा स्रोतका अनुसार केही स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन दबाब दिनेगरी हस्ताक्षर संकलन समेत थालेपछि प्रचण्डले परामर्श थालेका […]

नलगाडको मुआब्जामा चलखेल, मन्त्री बस्नेतले दिए कारबाहीको चेतावनी

९ मंसिर, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा निर्माणाधीन नलगाड जलविद्युत आयोजनामा सहयोग गर्न जिल्लाबासीलाई अपिल गरेका छन् । ४ सय १७ मेगावाट क्षमताको आयोजनाको काममा भाँजो हाल्ने नियतका साथ गरिने गतिविधि सहृय नहुने उनले चेतावनी दिए । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्यांकन प्रतिवेदन (ईआईए)बारे छलफल गर्न राजधानीमा आयोजित सरोकारवाला सहभागी गोष्ठीमा मन्त्री […]

पितृका नाममा छरियो शतबीज

९ मंसिर, काठमाडौं । बालाचतुर्दशीअन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ । भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन […]

प्रेस संगठनले गर्‍यो केन्द्रीय समिति विस्तार (सूचीसहित)

९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको २३५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ । केन्द्रीय समितिमा पूर्वएमालेनिकट प्रेस चौतारीबाट १२४ र पूर्वमाओवादीनिकट प्रेस सेन्टरबाट ८२ सदस्य छन् । यस्तै, विक्रम लुइँटेलको संयोजकत्वमा २१ सदस्यीय लेखा आयोग पनि गठन भएको छ । प्रेस सेन्टरमा यसअघि नै महेश्वर दाहाल […]



from समाचार – Online Khabar https://ift.tt/2QNxQdD
via IFTTT
Powered by Blogger.