समाचार
१० मंसिर, वीरगञ्ज । पर्साबाट २ जुवाडे र ३ लागूऔषध कारबारी पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा जुवा-तास खेलिरहेको अवस्थामा प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–९ का ५० वर्षीय बेराहिम मिया र वीरगञ्ज–२६, सुगौलीका ३६ वर्षीय लालबाबु पटेल छन् । पक्राउ परेकाहरूको […]
१० मंसिर, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौंरामा भीरबाट लडेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३२ वर्षीय सुरेश थापा मगर छन् । मगर बा २० च ५९३९ नम्बरको बोलेरोका चालक हुन् । प्रहरीका अनुसार, मकवानपुरबाट माछा बोकेर काठमाडौं जान लागेका उनी शौचका लागि भीरमा गएका थिए । इन्द्रसरोवर गाउँपालिका–१, मार्खुका मगरको शव […]
१० मंसिर, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए […]
१० मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको गत भदौमा बसेको चौथो बैठकले निजी क्षेत्रका संघ–संस्थाबाट भ्रमण वर्ष अवधिभर गर्न सकिने कार्यक्रमको सूची माग्यो । भदौभरिमा कार्यक्रमको सूची संकलन गरी असोज १ मै सम्झौता गर्ने सरकार र भ्रमण वर्ष सचिवालयको तयारी थियो । तर, मध्य मंसिर लाग्दा पनि निजी क्षेत्रले अझै कार्यक्रमको […]
१० मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले केही समयअघि देशमा कर्जाको माग उच्च भएको भन्दै यसलाई सरकारको सफलताका रूपमा व्याख्या गरे । तर, कर्जाको माग बढ्नुलाई आफ्नो सफलता ठान्ने सरकारले पुँजी अभावको समस्या समाधान गर्न भने चासो नदिएको बैंकरहरूको गुनासो छ । खतिवडाले भनेजस्तै पछिल्लो कर्जाको माग निकै उच्च भएता पनि पुँजी अभावका कारण […]
१० मंसिर, काठमाडौं । नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबार काठमाडौंमा सुरु भएकाे छ । सन्धिको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई बैठकले अन्तिम रूप दिने गरी मंगलबार बिहान काठमाडाैंमा बैठक सुरू भएकाे नेपाली टोलीको नेतृत्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव […]
१० मंसिर, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर २ दानवाङमा पहिलो पटक बिजुली पुगेको छ । बिजुली बाल्न पाएको खुसीमा स्थानीयबासीले नाचगान गरेका छन् । खुसियालीमा पूर्वसामान्य प्रशासन मन्त्री एवम् प्रतिनिधिसभा सांसद टेकबहादुर बस्नेतसहित स्थानीयबासी सोरठी र लहरे नाच नाचेका थिए । संघीय सरकारबाट विनियोजित १ करोड ५८ लाख रुपैयाँ बजेटबाट दानवाङमा बिजुली पुगेको […]
१० मंसिर, काठमाडौं । दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिकिनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली यसको व्यवस्थापन, खेलाडीको मनोबल वृद्धिलगायतमा केन्द्रित हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दक्षिण एसियाली खेलकुद (साग) का खेलाडीलाई विशेष सम्बोधन गर्दैछन् । मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले दक्षिण […]
१० मंसिर, काठमाडौं । गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा ३ क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज […]
९ मंसिर, काठमाडौं । आफूले सरकार छाड्दा मधेस आन्दोलनको सहयात्री राष्ट्रिय जनता पार्टीसँग नेकपाले संघ र प्रदेश सरकारमा सहकार्य गर्ने उपेन्द्र यादवको आशंकालाई राजपा अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले खारेज गरिदिएका छन् । समाजवादी पार्टीको नेतृत्वले राजपालाई देखाएर सत्तामा बसिरहन कार्यकर्तामाथि इमोशनल ब्ल्याकमेल गरेको आरोपसमेत राजकिशोरले लगाए । मन्त्रिपरिषद पुनर्गठनप्रति असहमति जनाएको समाजवादी पार्टीले […]
१० मंसिर, रुकुमपूर्व । लागूऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूमे–३, क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी पक्राउ गरिएको जिल्ला […]
९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पहिलाे चौमासिकमा पुँजीगत खर्च सन्तोषजनक नभएको बताएका छन् । साथै सबै मन्त्रालयलाई ठेक्काको विस्तृत विवरण तयार पार्न र काम गर्न नसक्ने ठेकदारहरुको ठेक्का खोस्न निर्देशन दिएका छन् । सोमबार समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले समग्रतामा १४ प्रतिशत पुँजीगत खर्च न्यून भएको बताए । उनले […]
९ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टीबीचको निकटता चिन्ताको विषय भएको बताएका छन् । साथै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एकता गराउन चीनले निर्णायक भूमिका खेलेको उनको दाबी छ । ‘द वायर’ का लागि ह्याप्पिमन ज्याकोबले लिएको भिडियो अन्तर्वार्तामा रायले करिब पौने घन्टा नेपाल–भारत […]
९ मंसिर, काठमाडौं । विश्वका शक्तिशाली व्यक्तिभित्र पर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्ता दिइएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सेर्गेइ लाभ्रोभमार्फत राष्ट्रपति विद्या भण्डारीले पुटिनलाई पठाएको निम्तोपत्र हस्तान्तरण गरेका हुन् । सोमबार मस्कोमा भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई […]
९ मंसिर, काठमाडौं । सरकारले २० जना सह–सचिवको दरबन्दी थपेको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप भएको हो । सामान्य प्रशासन मन्त्रालयमार्फत पेश भएको प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सह–सचिव रहनेछन् भने निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सह–सचिवको नेतृत्व रहनेछ । […]
९ मंसिर, काठमाडौं । ‘अब मेरो पनि महरासँग भेट हुने भो !’ चेकजाँच गर्न आएकी विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा चिकित्सक रोहितप्रसाद झाले हातमा हत्कडीमा लाग्नेवित्तिकै ठट्यौली शैलीमा भने । मेडिसिटी अस्पतालबाट नियन्त्रणमा लिएर जाउलाखेलस्थित हिरासतमा पुर्याएपछि भने झाको अनुहारको रंग बदलियो । जबरजस्ती करणी उद्योगमा पक्राउ परेका झालाई भेट्न पुगेकी श्रीमती उनलाई देख्ने बाहिर […]
९ मंसिर, काठमाडौं । गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २ बस्ने अजहर हुसेन र आरिफ हुसेनलाई गैरकानूनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र दिएको आरोपमा […]
९ मंसिर, काठमाडौं । पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल नेपाली भूमि भारतले अतिक्रमण गरेको विषयमा समाधान खोज्ने सबैभन्दा उपयुक्त अवसर आएको बताउँछन् । नेपालमा दुईतिहाइ बहुमत र भारतमा पनि निर्णय गर्न सक्ने बलियो सरकार भएकाले यो विषय अहिले नै सल्टाउनुपर्ने उनको धारणा छ । दार्चुलाको प्रमुख जिल्ला अधिकारी भएका बेला ०३८ सालमा सीमा अतिक्रमणसम्बन्धी प्रतिवेदन गृह […]
९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको साँखुबाट घुस लिने र दिने दुबै जनालाई पक्राउ गरेको छ । घुस लिएको आरोपमा शंखरापुर नगरपालिकाको वडा नं. ७ साँखु स्थित नापी कार्यालय साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकी र घुस दिएको आरोपमा सेवाग्राही ज्ञान बहादुर कार्कीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । सेवाग्राही कार्कीले जग्गाको ट्रेस नक्सा […]
९ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले आफूहरूबीच उपचुनावका लागि भएको तालमेलको सहमति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उल्लंघन गरेको आरोप लगाएको छ । प्यूठानको बरौलामा सहमति विपरीत आफ्नो पार्टीका उम्मेदवारलाई हराउन नेकपा लागेको मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुई पार्टीबीचको सहमति अनुसार प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर २ […]
९ मंसिर, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले देशको सुरक्षा गर्न नसक्ने सरकारलाई डाँडा कटाउनु पर्ने बताएका छन् । भारतले नेपालको सीमा मिच्दा समेत बोल्न नसक्ने सरकारको खोक्रो राष्ट्रवाद उदाङ्गो भएको उनको भनाइ छ । देशभक्ति देखाएर दुई तिहाईको बहुमत ल्याउन सक्ने कम्युनिष्टले अहिले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले सीमा मिचेर आफ्नो सेना […]
from समाचार – Online Khabar https://ift.tt/2XLpCUV
via IFTTT