समाचार
१२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित बुधबार पक्राउ गरेको हो । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको […]
१२ मंसिर, काठमाडौं । उदयपुरको बेलकाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । १६ वर्षीया बालकलाई अपहरण गरेको अभियोगमा आइतबार प्रहरीले वेलका नगरपालिका ३ बस्ने १९ वर्षका मनोज खत्रीलाई पक्राउ गरेको हो । पक्राउ परेका खत्री र सोही ठाउँका विशाल लिम्बुले १६ वर्षीया विशेष खड्कालाई अपहरण गरी जंगलतर्फ लगेका थिए । अपहरणमा परेका खड्काको […]
१२ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका-२ को वडा कार्यालयमा ध्यानसिंह पिपराका स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । वडा अध्यक्षले अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै सर्वसाधरणले वडा सचिवको कार्यकक्षमा बिहीबार केहीबेर तालाबन्दी गरेका हुन् । सडकको बीचमा रहेको नहर (टरसरि) सफा गराइदिन आग्रह गर्न जाँदा वडा अध्यक्ष जितेन्द्र पटेलले अभद्र व्यवहार गरेको उनीहरुको भनाइ छ […]
१२ मंसिर, वीरगञ्ज । ‘प्लाष्टिक नियन्त्रण र हर्न निषेध’ क्षेत्र घोषणा गरेर कार्यान्वयन नगरेको भन्दै सरोकारवालाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई भेटेर स्मरणपत्र बुझाएका छन् । ‘हाम्रो वीरगञ्ज राम्रो वीरगञ्ज अभियान’ मा आवद्ध अभियन्ताहरुले नगर प्रमुख सरावगीलाई स्मरणपत्र बुझाएका हुन् । अभियानले वीरगञ्जमा प्लाष्टिक झोलाको सट्टा कागज र कपडाको झोला प्रयोग र पुनः प्रयोग गर्न […]
१२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिवलाई घुससहित पक्राउ गरेको छ । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ताका लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थमा वडा सचिव दिनेश बास्कोटालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग घुस माग […]
१२ मंसिर, डोटी । प्रहरी नियन्त्रणमा रहेका बेला मृत्यु भएका जीप चालकको बिहीबार शव परीक्षण भएको छ । मंसिर ८ गते डोटी जोरायल गाउँपालिका-१ गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीमा प्रहरी नियन्त्रणमा रहेका बेला डोटी जोरायल गाउँपालिका-४ का २१ वर्षीय गणेश पालीको मृत्यु भएको थियो । प्रहरीले चालक पालीले बिष सेवन गरी आत्महत्या गरेको दावी गर्दै […]
१२ मंसिर, काठमाडौं । सरकारले भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने प्रवत्ता बाँस्कोटाले जानकारी दिए । यसअघि सरकारले ल्याएको गुठी विधेयकको […]
१२ मंसिर, जुम्ला । पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी बिहीबार चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए […]
१२ मंसिर, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-८ खुरखुरेमा बिहीबार दिउँसो ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणगढ आउँदै गरेको ना६ख १४४ नम्बरको ट्रकले ना१४प १६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २२ वर्षीय विवेक चौधरीको मृत्यु भएको हो । मोटरसाइकल चालक राप्ती नगरपालिका-६ हर्दिका पृथ्वी केसी भने घाइते भएका छन् […]
१२ मंसिर, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते […]
१२ मंसिर, काठमाडौं । अखिल नेपाल विद्यार्थी युनियनले सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी संगठनले एमबीबीएस, बीडीएस, नर्सिङ र बीपीएच लगायत मेडिकल शिक्षाका विद्यार्थीबाट असुलिएको सबै शुल्क फिर्ता गर्न माग गरेको छ । त्यस्तै २०७६/७७ को लागि वृद्धि गरिएको शुल्क पनि तत्काल खारेज गर्न […]
१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्न अनुरोध गरिने बताए […]
१२, मंसिर, चितवन । शनिबार चितवनका दुई स्थानीय तहका तीनवटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका वडा नं १६ र पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको जिल्लास्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ । जिल्लामा कुल […]
१२ मंसिर, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखको अधिकार प्रयोगमा थप सक्रियता बढाएकी छन् । विधेयक प्रमाणीकरण गर्ने बाहेक अरु अधिकार प्रयोगका लागि उनले कानुनी र राजनीतिक परामर्शसमेत गरिरहेकी छन् । सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी तुम्बाहाम्फेले पछिल्लो समय अझ बढी सक्रिय भएर छलफल/परामर्शलाई तीब्रता दिएकी छन् । सभामुख अध्यक्ष रहने संयन्त्रको अध्यक्षता गरी […]
१२ मंसिर, वीरगञ्ज । निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरिएका ५ वटा सरकारी सवारी साधन प्रहरीले पर्साबाट नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महुबनले ४ वटा पल्सर मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको हो । बुधबार मौन अवधि सुरु हुनुअघि विभिन्न दलले पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा चुनावी सभा राखेका थिए । चुनावी सभामा जनप्रतिनिधिहरु सरकारी […]
१२ मंसिर, गोरखा । विद्युत लाइन विस्तारका लागि जिल्लामा प्रयोग भएका सबै काठेपोल चालु आर्थिक बर्षभित्रै विस्थापित गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार हाल जिल्लामा करिव सात हजार काठे पोल प्रयोगमा छन् । काठेपोलको ठाउँमा स्टिल पोल राखिने केन्द्र प्रमुख माधव न्यौपानेले बताए । ‘असार मसान्तसम्म सबै काठेपोल हटाउने लक्ष्य […]
१२ मङ्सिर, काठमाडौँ । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बाटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो […]
१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समयमा पुराा गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ । जसमा चक्रपथभित्र ठूला सवारी साधनहरु सञ्चाललन नगर्ने, दशरथ […]
१२ मंसिर, दाङ । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारीहरु मतदान केन्द्रमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयले कर्मचारीहरुलाई मतपेटिका, मतपत्र, मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाएको हो । जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने, ‘हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीहरुलाई मतदान स्थलमा पठाएका छौं […]
१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा भारत पनि सहभागी नहुने भएको छ । बिहीबार सार्वजनिक खेलतालिका अनुसार सागमा भारतले अन्तिम अवस्थामा आएर सहभागी नहुने बताएको हो । यसअघि प्रकाशित खेलतालिकामा भारतलाई समेत समेटिएको थियो । तर अन्तिम समयमा आएर सहभागी नहुने जानकारी गराएपछि ५ देशमात्र खेल्ने गरी खेलतालिका सार्वजनिक […]
१२ मंसिर, भद्रपुर । कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती सुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ । दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ । कपडा, धागोलगायतका उद्योग सञ्चालन […]
from समाचार – Online Khabar https://ift.tt/2Dnv074
via IFTTT