समाचार
१३ मंसिर, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ का २८ वर्षीय इन्द्रजीत धामी, धनगढी उपमहानगरपालिका-८ की १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालिका-१ बस्ने १९ वर्षीया मोनिका थापा भनेर चिनिने मोनिका बुढा रहेका छन् । […]
१३ मंसिर, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले बताए । दुर्घटनामा बालबच्चा सहित अन्य १३ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी […]
१३ मंसिर, काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क) मा शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ । प्रदेशसभाको मतदान हुने भएकोले सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गरी शुक्रबार राति १२ बजेदेखि शनिबार राति ९ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएकोछ । तर, एम्बुलेन्स, शव […]
१३ मंसिर, काठमाडौं । नेपाल चिकित्सक संघले बलात्कारको आरोपमा एक चिकित्सक पक्राउ परेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालका डा.रोहितकुमार झा पक्राउ परेको विरोधमा संघले विज्ञप्ति निकालेको हो । डा. झा ‘होल बडी’ परीक्षण गर्न आएकी विरामीलाई बलात्कारको प्रयास गरेको आरोप ९ मंसिरमा अस्पतालबाटै पक्राउ परेका थिए । उनीविरुद्ध पीडित महिलाले […]
१३ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । यसको जानकारी उनी आफैंले दिएका हुन् । नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् । चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर चीनले प्रधानमन्त्री ओलीसँग चाहना […]
१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल, भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् । नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा उनले जोड दिएका छन् । नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चीन र भारतसँग त्रिदेशीय […]
१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् । रुसी […]
१३ मंसिर, काठमाडौं । विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने भएकी छन् । त्यसका लागि राष्ट्रपति भण्डारी जनकपुर प्रस्थान गर्दैछिन् । साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको जनकपुर आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसअघि […]
१३ मंसिर, भक्तपुर । मंसिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले यहाँका विभिन्न मतदानस्थलको बिहीबार साँझ अनुगमन गरेका हुन् । उनले भक्तपुर नगरपालिका–१० मा पाँच वटा मतदान केन्द्र रहेको सरस्वती विद्यागृह मावि नवदुर्गा स्थानको मतदान केन्द्रको […]
१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद ८ किलो सुन चिनियाँ नागरिकले भित्री वस्त्रमा लुकाएर ल्याइएको खुलेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले भित्री वस्त्रमा फल्स बटम बनाएर ४-४ किलो सुन लुकाएर ल्याएको भेटिएको हो । गएराति नियमित जाँचका क्रममा शंका लागेपछि खानतलासी गर्दा सुन बरामद भएको विमानस्थल भन्सार […]
१३ मंसिर, काठमाडौं । क्विन्स गोर्खा इन्जिनियर रेजिमेन्टका नम्बर २११६१७४१ सार्जेन्ट मेजर ज्ञानराज राई सन् १९९४ मा सेवा निवृत्त भएसँगै बेलायत सरकारले गोर्खा सैनिकमाथि गरेको अचाक्ली विभेदविरुद्व आन्दोलनमा सकृय भए । त्यसक्रममा उनले गोर्खा मुद्दालाई नेपालको सर्वोच्च अदालतमा पुर्याउने र त्यसलाई पुनरावलोकन गराउनेदेखि बेलायतमै पुगेर आमरण अनसन बस्नेसम्म काम गरे । लामो समयदेखि गोर्खा सैनिकहरुले […]
१३ मंसिर, तानसेन । पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको छ । बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा […]
१३ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् । काठमाडौंको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म पुगेका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घरबास (होमस्टे) सहित पर्यटकीय गन्तव्य […]
१३ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न बैंकबाट करिब ३० लाख रुपैयाँ लुटिएको प्रकरणमा संलग्न ६ भाइमध्येका हुन्, काभ्रेका २१ वर्षीय अञ्जन बराल । पक्राउ परेका सबै जनाविरुद्ध बैंकिङ कसूर सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । बरालविरुद्ध भने दुईवटा कसूरमा मुद्दा चल्न सक्छ । आखिर किन ? यसबारे जान्न दशैंको तीन दिनअघि […]
१३ मंसिर, काठमाडौं । वर्तमान संविधानमा भूगोल र जातिका आधारमा समानुपातिक समावेशी आरक्षण प्रणालीको व्यवस्था छ । तर, राष्ट्रिय समावेशी आयोगले विद्यमान आरक्षण प्रणालीलाई पुनरावलोकन गरी वर्गका आधारमा पनि आरक्षण दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक, सामाजिक र शैक्षिक आधारमा वर्गीय समावेशिताको कानुनी व्यवस्था गर्न भनेको हो । ‘अहिले जात […]
१३ मंसिर, काठमाडौं । उपनिर्वाचनका क्रममा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् । आचार संहिता उल्लंघन भएको बारे मिडियामा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जनाएको छ । ‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मिडियामा आएका समाचारहरुको […]
१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयका एक अधिकृतले अनलाइनखबरलाई बताए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ […]
१३ मंसिर, हुम्ला । हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी […]
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् । राष्ट्रपति भण्डारी बिहीबार साँझ ७ः ४० बजे महाराजगञ्जस्थित सेन्टर पुगेकी थिइन् । उनले प्रधानमन्त्रीलाई भेटेर उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा […]
१२ मङ्सिर, काठमाडौं । सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी […]
१२ मंसिर, काठमाडौं । पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) का सञ्चालकसहित दुई जनाविरुद्ध कास्की प्रहरीले २३ फागुन २०७५ मा ठगी मुद्दा दर्ता गर्यो । सरकारले निर्धारण गरेभन्दा १५ लाख बढी शुल्क असुलेको भन्दै विद्यार्थीले उजुरी गरेपछि प्रहरीले कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) […]
from समाचार – Online Khabar https://ift.tt/34vJaiD
via IFTTT