समाचार
९ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानून दिइएको थियो । मन्त्रालय हेरफेर गर्दा मन्त्री यादव भने भारतमा थिए । शुक्रबार स्वदेश फर्किएका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादव आइतबार उपनिर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन कास्की गए […]
९ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् । पाँचौं उद्योग दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले भने ‘युद्धको मोर्चाको रुपमा मन्त्रालय पाएका छौं, । हामीलाई युद्ध हार्ने छुट छैन । उद्योगीका समस्या गम्भीरतापूर्वक लिने र अध्ययन गर्ने बेला हो । अहिले बोल्ने बेला भएको […]
९ मंसिर, काठमाडौं । तेह्रथुममा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । तेह्रथुमको मेन्छयायेम गाउँपालिका-३ सिकिम्बाका ५२ वर्षीय मिङमा निरिङ शेर्पाले मादक पदार्थ सेवन गरी आइतबार आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आफ्नै घरमा आगो लगाउने शेर्पालाई नियन्त्रणमा […]
९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेदकुद (साग)को तयारीमा रहेको नेपाली फुटबल टिमले दशरथ रंगशालामा अभ्यास गरेको छ । २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको रंगशालाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । अधिकांश काम सकिएको भए पनि भीआईपी प्याराफिट हाल्ने काम भइरहेको छ । त्यस्तै अवस्थामा सोमबार नेपाली टोलीले रंगशालामा अभ्यास थालेको छ ।
९ मङ्सिर, दमौली । ‘ट्रयाक’ खुलेको २४ वर्षपछि भीमाद नगरपालिका-५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे सुरु भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रे सुरु भएको हो । कार्यालयका प्रमुख लक्ष्मी भण्डारीका अनुसार विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्ग […]
९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चीनको युनान प्रान्तका गर्भनर रुआन चेङगफा बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको थियो । मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी जिनपिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको […]
९ मङ्सिर, जलेश्वर । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए । जनकपुरस्थित जानकी मन्दिरसँगै […]
९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियालसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानद्बाट दुबई जान लागेका राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतीय नागरिक ४७ वर्षीय अस्फाक मिराज पक्राउ परेका हुन् । अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुक लैजान लागेको अवस्थमा उनलाई आइतबार साँझ १ […]
९ मंसिर, काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले मुलुकको अवस्थाअनुसार कृषि क्षेत्रको परिवर्तन गर्न कानून संशोधन गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले बीउबीजनसम्बन्धी हालका नीति र कामलाई संघीय ढाँचा अनुरुप बनाउन कानून संशोधन गर्ने बताएका हुन् । ‘बीउबीजनसम्बन्धी हाम्रा नीति र गतिविधि संघीय ढाँचा […]
९ मंसिर, काठमाडौं । त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरी गुठी […]
९ मंसिर, काठमाडौं । त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने कुटिएका छन् । सोमबार बिहान क्याम्पसभित्र प्रवेश गर्ने वित्तिकै विद्यार्थीको हुलले न्यौपानीमाथि कुटपिट गरेको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार अनेरास्ववियू मनराज थापा र गोविन्द थपलिया पक्राउ परेका हुन् । […]
९ मंसिर, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबारबाट कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । निजी गाडी चढेर मन्त्रालयमा आएका यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । यसबारे प्रधानमन्त्रीले तपाईंसँग परामर्श […]
९ मंसिर, चितवन । पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती थालिएको छ । भरतपुर महानगरपालिका- २४ का किसानहरुले केरुङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती थालेका हुन् । वडाध्यक्ष समेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार, सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिइएको […]
९ मंसिर, काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट करिब १२ लाख मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित काभ्रे तेमाल गाउँपालिका-४ घर भएका रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी गरेको आरोपमा ४ जनालाई आइतबार […]
९ मंसिर, काठमाडौं । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो । माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुवै जनाको नेपाली […]
९ मङ्सिर, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका-९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले ९ लाख ५७ हजार ८७० […]
९ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिएकी छन् । सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आयोजना गरेको गोष्ठीलाई सोमबार सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पुर्याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताइन् […]
९ मंसिर, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको गम्भिर आरोप विवादित बनेपछि प्रवक्ता विश्वप्रकाश शर्माले सच्याउने प्रयास प्रयास गरेका छन् । भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर सभापतिले आशंका मात्र गरेको उनको भनाइ छ । सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘यो सभापति ज्यूको […]
९ मंसिर, दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताएका छन् । रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिलेको वर्तमान सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण हुन्, राणा शासनकै पद चिह्नमा हिँडेर यिनीहरुले देशलाई लान खोजिरहेका छन्, एकपछि अर्को […]
९ मंसिर, काठमाडौं । सरकार छाड्ने कि बर्खास्तीमा पर्ने भन्ने चर्चा चलिरहेका बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्ततः कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । कानुन मन्त्रालयका सचिव राजिव गौतमलाई खबर गरेर आउँला भनेका उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यादव पाँच दिनदेखि सिंहदरवार छिरेका थिएनन् । पोखराबाट काठमाडौं फर्किएलगत्तै सोमबार अपराह्न उनी […]
९ मंसिर, जलेश्वर । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा सोमबार बिहान एक युवक मृत भेटिएका छन् । नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक सोमबार बिहान सो मन्दिरको धर्मशालामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए । गए राति सो मन्दिरमा भजन, कीर्तन भइरहेको […]
from समाचार – Online Khabar https://ift.tt/2DjY4fH
via IFTTT






















