समाचार
१० मंसिर, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक डा. प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापबाट बा ४ ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेका व्यक्तिको नाम खुलाएनन् । […]
१० मंसिर, काठमाडौं । लोक बाजाहरु इतिहास हुन्, जुन हाम्रा पुर्खाहरुले आफ्नो परम्पराअनुसार बजाए । यस अर्थमा बाजाहरु हाम्रो पहिचान पनि हुन् । नेपाली लोकबाजा संग्रहालय हेर्दा नेपाली साँस्कृतिक इतिहास र पहिचानको संरक्षण भएको लाग्छ । काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर परिसरको सत्तलमा भाडामा बसिरहेको संग्रहालयको अवस्था भने नाजुक छ । वरिपरिको वातावरण हेर्दा कसैलाई पनि […]
१० मंसिर, ठिनी । मुस्ताङस्थित चिनियाँ सीमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । प्रहरी […]
१० मंसिर, काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरी बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ । गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ प्रतिकिलो थियो । तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय […]
१० मंसिर, काठमाडौं । लक्ष्य अनुसार काम भयो भने आगामी असार मसान्तसम्म माथिल्लो तामाकोसीबाट विजुली उत्पादन सुरु भइसक्नुपर्छ । तर अझै केही जटिल र महत्वपूर्ण कामहरु बाँकी रहेकाले ढुक्क भइहाल्ने अवस्था छैन । विद्युत प्राधिकरणका अनुसार ठाडो सुरुङमा पेनस्टक पाइप हाल्ने लगायतका चुनौतीपूर्ण कामहरु निर्विघ्नरुपले भए यथासमयमा आयोजना सम्पन्न हुन सक्छ । अन्तिम समयमा कुनै […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सकिएको छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन गरिएको हो । अस्पतालका निर्देशक डा. अरुण सायमीले भने, ‘एपेन्डिसाइटिसको सानो अपरेसन भर्खरै सकिएको छ ।’ अप्रेसन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे । तर एपेन्डिसाइटिसका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि उनी अस्पतालमा भर्ना भए । अस्पताल जानुअघिसम्म राजकाजका काममा सक्रिय रहेका प्रधानमन्त्री ओलीले अघिल्लो दिन सञ्चार माध्यममा एक घण्टा लामो अन्तरवार्तासमेत दिन भ्याए । अन्तर्वार्तामा उनले आफ्नो […]
१० मङ्सिर, बाजुरा । जगन्नाथ गाउँपालिका-५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावलको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए । घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा स्वास्थ्य केन्द्र गोत्री पुर्याइएको स्वास्थ्य एकाइमा कार्यरत […]
१० मंसिर, काठमाडौं । नेपाल र रुस सैन्य–प्राविधिक समन्वय सम्वन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार यसबारे औपचारिक जानकारी दिएका हुन् । ‘सैन्य–प्राविधिक समन्वयमा धेरै राम्रा कुराहरु छन् । हामीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सहमति गरेका छौं,’ नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसित भेटवार्तापछि लाभ्रोभले भने । उनले यसबारे विस्तृत जानकारी भने […]
१० मङ्सिर, महोत्तरी । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको सीमा विवादबारे आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच कुराकानी हुनसक्ने बताएका छन् । तर, त्योभन्दा पहिले विभिन्न लेभलमा कुराकानी भएर टुंगिन सक्ने बताउँदै प्रधानमन्त्रीले त्यहाँबाट टुंगिएन भने प्रधानमन्त्रीको लेभलमा कुराकानी हुने स्पष्ट पारेका छन् । सोमबार एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भने, ‘यसमा मोदीजी […]
१० मङ्सिर, राँझा (बाँके) । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंम्बरको मोटरसाइकल सोमबार राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका-१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका-४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए । उनका अनुसार सोमबार […]
१० मंसिर, हेटौंडा । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् । मंगलबार हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र नेकपाका नेताहरूसँग कुरा गदै उनले अब प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल राख्न नहुने बताए । ‘राजधानी तोक्ने, नामकरण गर्ने […]
१० मंसिर, वीरगञ्ज । पर्साबाट २ जुवाडे र ३ लागूऔषध कारबारी पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका–४ स्थित पोखरीको डिलमा जुवा-तास खेलिरहेको अवस्थामा प्रहरीले दुई जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–९ का ५० वर्षीय बेराहिम मिया र वीरगञ्ज–२६, सुगौलीका ३६ वर्षीय लालबाबु पटेल छन् । पक्राउ परेकाहरूको […]
१० मंसिर, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौंरामा भीरबाट लडेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३२ वर्षीय सुरेश थापा मगर छन् । मगर बा २० च ५९३९ नम्बरको बोलेरोका चालक हुन् । प्रहरीका अनुसार, मकवानपुरबाट माछा बोकेर काठमाडौं जान लागेका उनी शौचका लागि भीरमा गएका थिए । इन्द्रसरोवर गाउँपालिका–१, मार्खुका मगरको शव […]
१० मंसिर, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए […]
१० मंसिर, काठमाडौं । आइतबार बिहान नयाँ बानेश्वरमा मर्निङ वाक गरिरहेका डाक्टर प्रभु जोशीलाई गाडीले ठक्कर दिएर भाग्यो । उनले घटनास्थलमै ज्यान गुमाए । गत शुक्रबारयताका तीन दिनमा देशका विभिन्न स्थानमा सवारी साधनको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको यो चौथो घटना थियो । सडकको छेउमा हिँडिरहेका वा बाटो काटिरहेका यात्रु सवारी दुर्घटनामा पर्ने क्रम पछिल्ला […]
सग्लै रहेर जिन्दगी चलिरहेको बेला थोरै हलचल गर्नपनि ह्विलचियर खोज्नुपर्ने अवस्था आयो भने के सोँच्ला मान्छे… ? जिन्दगीको रस सकियो, बिना रस गुदीको के काम ? मैले सोचेको जीवन ? मेरो अबको यात्रा ?’ मसँग प्रश्न मात्र थिए र साथमा प्रश्नलाई मलजल गर्ने समाज । मलाई ढाडस चाहिएका बेला ठीक उल्टो सहानुभूति थप्ने मानिसहरु मात्रै […]
१० मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको गत भदौमा बसेको चौथो बैठकले निजी क्षेत्रका संघ–संस्थाबाट भ्रमण वर्ष अवधिभर गर्न सकिने कार्यक्रमको सूची माग्यो । भदौभरिमा कार्यक्रमको सूची संकलन गरी असोज १ मै सम्झौता गर्ने सरकार र भ्रमण वर्ष सचिवालयको तयारी थियो । तर, मध्य मंसिर लाग्दा पनि निजी क्षेत्रले अझै कार्यक्रमको […]
१० मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले केही समयअघि देशमा कर्जाको माग उच्च भएको भन्दै यसलाई सरकारको सफलताका रूपमा व्याख्या गरे । तर, कर्जाको माग बढ्नुलाई आफ्नो सफलता ठान्ने सरकारले पुँजी अभावको समस्या समाधान गर्न भने चासो नदिएको बैंकरहरूको गुनासो छ । खतिवडाले भनेजस्तै पछिल्लो कर्जाको माग निकै उच्च भएता पनि पुँजी अभावका कारण […]
१० मंसिर, काठमाडौं । नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबार काठमाडौंमा सुरु भएकाे छ । सन्धिको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई बैठकले अन्तिम रूप दिने गरी मंगलबार बिहान काठमाडाैंमा बैठक सुरू भएकाे नेपाली टोलीको नेतृत्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव […]
from समाचार – Online Khabar https://ift.tt/33ehv4k
via IFTTT