Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सागको उद्घाटन र समापनको दिन जोर विजोर लागू गरिने

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्न अनुरोध गरिने बताए […]

उपचुनावका दिन जाँड रक्सीमा प्रतिबन्ध, बाहिरका मान्छेलाई प्रवेश निषेध

१२, मंसिर, चितवन । शनिबार चितवनका दुई स्थानीय तहका तीनवटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका वडा नं १६ र पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको जिल्लास्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ । जिल्लामा कुल […]

सभामुखको भूमिकामा देखिदै शिवमाया, परामर्शसँगै अध्यक्षता पनि

१२ मंसिर, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखको अधिकार प्रयोगमा थप सक्रियता बढाएकी छन् । विधेयक प्रमाणीकरण गर्ने बाहेक अरु अधिकार प्रयोगका लागि उनले कानुनी र राजनीतिक परामर्शसमेत गरिरहेकी छन् । सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी तुम्बाहाम्फेले पछिल्लो समय अझ बढी सक्रिय भएर छलफल/परामर्शलाई तीब्रता दिएकी छन् । सभामुख अध्यक्ष रहने संयन्त्रको अध्यक्षता गरी […]

आचारसंहिता विपरीत प्रयोग भएका ५ वटा सरकारी मोटरसाइकल प्रहरी नियन्त्रणमा

१२ मंसिर, वीरगञ्ज । निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरिएका ५ वटा सरकारी सवारी साधन प्रहरीले पर्साबाट नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महुबनले ४ वटा पल्सर मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको हो । बुधबार मौन अवधि सुरु हुनुअघि विभिन्न दलले पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा चुनावी सभा राखेका थिए । चुनावी सभामा जनप्रतिनिधिहरु सरकारी […]

गोरखामा यो वर्षभित्र विजुलीका काठे पोल विस्थापित गरिने

१२ मंसिर, गोरखा । विद्युत लाइन विस्तारका लागि जिल्लामा प्रयोग भएका सबै काठेपोल चालु आर्थिक बर्षभित्रै विस्थापित गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार हाल जिल्लामा करिव सात हजार काठे पोल प्रयोगमा छन् । काठेपोलको ठाउँमा स्टिल पोल राखिने केन्द्र प्रमुख माधव न्यौपानेले बताए । ‘असार मसान्तसम्म सबै काठेपोल हटाउने लक्ष्य […]

काठमाडौंमा पैदलयात्री : कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

१२ मङ्सिर,  काठमाडौँ । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बाटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो […]

साग खेलकुदको समयमा पुराना गाडी नचलाउन ट्राफिकको अनुरोध

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समयमा पुराा गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ । जसमा चक्रपथभित्र ठूला सवारी साधनहरु सञ्चाललन नगर्ने, दशरथ […]

दाङको मतदान केन्द्रमा खटिए कर्मचारी

१२ मंसिर, दाङ । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारीहरु मतदान केन्द्रमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयले कर्मचारीहरुलाई मतपेटिका, मतपत्र, मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाएको हो । जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने, ‘हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीहरुलाई मतदान स्थलमा पठाएका छौं […]

सागको पुरुष फुटबलमा भारत सहभागी नहुने

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा भारत पनि सहभागी नहुने भएको छ । बिहीबार सार्वजनिक खेलतालिका अनुसार सागमा भारतले अन्तिम अवस्थामा आएर सहभागी नहुने बताएको हो । यसअघि प्रकाशित खेलतालिकामा भारतलाई समेत समेटिएको थियो । तर अन्तिम समयमा आएर सहभागी नहुने जानकारी गराएपछि ५ देशमात्र खेल्ने गरी खेलतालिका सार्वजनिक […]

मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती  

१२ मंसिर, भद्रपुर । कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती सुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ । दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ । कपडा, धागोलगायतका उद्योग सञ्चालन […]

पोखरा रंगशालामा खेल होइन चित्रकला !

१२ मंसिर, पोखरा । पोखरा रंगशाला प्रवेशद्वार नजिकै छ, बास्केटबल कोर्ट । रंगशाला पुग्दा त्यहाँ साँझ–बिहान सधैं खेलाडीहरु अभ्यासमा देखिन्थे । तर, बिहीबारको दृष्य केही फरक थियो । कोर्ट भित्र केही कुर्सी र केही क्यानभास थिए । बास्केटबल कोर्टमा खेलाडी र बलको साटो क्यानभास थियो र थिए, क्यानभासमा एकतमास रङ पोतिरहेका कलाकारहरु । कोही क्यानभासमा […]

अर्घाखाँची दुर्घटनाप्रति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले घटनाले मर्माहित बनाएको भन्दै मृतकलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार वक्तव्यमार्फत सभापति देउवाले घाइतेलाई ढिलो नगरी सुविधा सम्पन्न अस्पतालमा उपचारको […]

२६ किलो लागूऔषध चरेससहित एक जना पक्राउ

१२ मंसिर, गुल्मी । २६ किलो लागूऔषध चरेससहित गुल्मीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका-३ रजवाराका ३३ वर्षीय बालाराम पुन रहेका छन् । गुल्मीको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट पुनलाई २६ किलो चरेससहित नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए । प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको […]

‘को को प्रधानमन्त्री बन्ने ? मेरो दिमागमा लाइन छ : प्रचण्ड

१२ मंसिर, धरान । नेकपाका अध्यक्ष प्रचण्डले अब को–को प्रधानमन्त्री बन्ने, आफ्नो दिमागमा लाइन रहेको बताएका छन् । अब नेकपाले मधेसी, जनजाति र दलितलाई प्रधानमन्त्री बनाउने प्रचण्डले घोषणा गरेका छन् । बुधबार एकैदिन पोखरा, धरान र भक्तपुरमा चुनावी सभालाई सम्वोधन गर्न भ्याएका प्रचण्डले पोखरा र धरान दुबै ठाउँको सम्वोधनमा महिला, दलित, जनजाति र मधेसीलाई नेकपाले […]

भद्रगोल छ, तैपनि पोखरामा साग हुन्छ

१२ मंसिर, काठमाडौं । पोखरा रंगशालाको मुख्य गेट रंगरोगन गरेर चिटिक्क पारिएको छ । गेटको दुवै पिल्लरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भकुण्डो हान्दै गरेको तस्वीरसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को बोर्ड राखिएको छ । विदेशी खेलाडी तथा प्रतिनिधिहरुको स्वागतका लागि पोखरा सिंगार्ने काम भइरहेको छ । यो सबै हेर्दा जो कोहीलाई लाग्छ, पोखरामा सागको […]

शुल्क फिर्ताको सहमति कार्यान्वयनमा सहयोग गर्न विद्यार्थीलाई अपील

१२ मंसिर, चितवन । चितवनको चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमति कार्यान्वयनमा सघाउन आन्दोलनरत विद्यार्थीलाई अपील गरेको छ । बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर कलेजले आन्दोलन फिर्ता लिएर पठन पाठन सञ्चालन गर्न सहयोग गर्न कलेजले विद्यार्थीलाई आग्रह गरेको छ । मंगलबार राति सरकार र निजी मेडिकल कलेजका बीचमा अतिरिक्त शुल्क फिर्ता गर्ने लगायतका बिषयमा दुई […]

प्रधानमन्त्री हिँड्न खोजेपछि चिकित्सक हैरान, मोबाइल भेटेपछि धमाधम रिप्लाई

१२ मंसिर, काठमाडौं । जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य देखाउने र हाँसो ठट्टा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मौलिक शैली अस्पतालको सघन उपचार कक्षमा पनि कायमै देखेर चिकित्सकहरु हैरान भएका छन् । सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका प्रधानमन्त्री ओली भोलिपल्ट बिहानै उठेर हिँड्न खोजेपछि चिकित्सक पनि चकित […]

मंसिर १५ देखि भरतपुर विमानस्थल १० दिन बन्द रहने

१२ मंसिर, चितवन । धावनमार्ग (रनवे) ओभरले तथा पार्किङ विस्तारका लागि चितवनको भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द हुनेछ । त्यसका लागि विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिएको विमानस्थल कार्यालयका प्रमुख पवन गौत्तमले अनलाइनखबरलाई […]

जुवा खालबाट समातिएका प्रधानमन्त्रीका एडीसी जिम्मेवारीमा फर्किए

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका सेनानी (मेजर) राजेन्द्र शाही पुनः जिम्मेवारीमा फर्किएका छन् । शाहीमाथि लागेको मुद्दाको अन्तिम किनारा नलाग्दै जंगीअड्डाले जिम्मेवारीमा फर्काएको हो । महानगरीय प्रहरी प्रभाग, बसपार्कको टोलीले उनलाई १० कात्तिकमा सामाखुशीमा म्यारिज खेलिरहेका बेला पक्राउ गरेको थियो । जुवाखालबाट प्रहरीले एक लाख ५९ हजार ३ सय रुपैयाँ […]

गिधनिया बस्तीमा अवरोध हटाएर तार बिछ्याउन सुरु

१२ मंसिर, काठमाडौं । दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा मोरङको गिधनिया बस्तीमा भएको अवरोध हटेको छ । यो सँगै बस्ती क्षेत्रमा तार टाँग्ने र बिछ्याउने काम सुरु भएको छ । यो काम महिनौंदेखि रोकिएको थियो । ग्रामथानको हात्तिमुडा चोकबाट तार भूमिगत गर्ने काम सुरु भएको हो । मोरङको ग्रामथान गाउँपालिकास्थित गिधनिया बस्तीमा प्रशारण […]

हुम्ला टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

१२ मंसिर, काठमाडौं । हुम्लामा भएको टिपर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४ पुगेको छ । ११ जना घाइते छन्  । नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट नेपाल खाद्या सँस्थानको चामल ल्याएर सदरमुकाम सिमकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर बुधबार सिमकोट-डाँडालाग्नामा दुर्घटना भएको थियो । दुर्घटनामा नाम्खा गाउँपालिका-१ हेप्का […]



from समाचार – Online Khabar https://ift.tt/37Dy4tM
via IFTTT
Powered by Blogger.