Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

होडिङ बोर्ड र भित्तेलेखन नहटाएकामा काठमाडौं महानगरविरुद्ध अवहेलना मुद्दा

१३ मंसिर, काठमाडौं । विज्ञापन होडिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायतका सामग्री नहटाएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले २०७२ भदौ १६ गते नै विज्ञान होर्डिङ बोर्ड, भित्तेलेखन, पोस्टरलगायतका सामग्री अटाउन परमादेश जारी गरेको र फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले […]

प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह सक्रिय, ३ जना पक्राउ

१३ मंसिर, काठमाडौं । प्रहरी र सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का […]

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

१३ मंसिर, काठमाडौं । ३६  वर्षीया एक जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको नागार्जुनबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटी रहेका छन् । नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार राति महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो […]

कर्णाली प्रदेशको पर्यटन गुरुयोजना निर्माण अन्तिम चरण

१३ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश सरकारको आर्थिक तथा विश्व वन्यजन्तु कोषको प्राविधिक सहयोगमा गुरुयोजनाको मस्यौदा तयार पारिएको हो । पर्यटन गुरुयोजना निर्माणविज्ञ समूहले गुरुयोजनाको मस्यौदामाथि सरोकारवालाबाट राय/सुझाव सङ्कलन थालेको छ । विज्ञ समूहले […]

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

१३ मङ्सिर, बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । वडा नं ७ का ५५ वर्षीय काया राय क्षेत्रीको गएराति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण […]

राष्ट्रपति जनकपुरमा : जानकी मन्दिरमा पूजापाठ, भारतीय जन्तीको स्वागत गर्ने

१३ मंसिर, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गरेकी छन् । विवाहपञचमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएकी राष्ट्रपतिले जानकी मन्दिरमा पूजापाठ गरेकी हुन् । पूजापाठपछि उनी मधेश भवनमा आयोजित दिवा भोजमा सहभागी हुँदै बाह्रबिघा मैदानमा भारतीय जन्तीलाई स्वागत गर्नेछिन् । राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री योगेश भट्टराई र […]

भ्रमण वर्षका लागि कर्णाली सरकारले आफ्नै लोगो र नारा बनाउने

१३ मंसिर, काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै कर्णाली सरकारले आफ्नो प्रदेशको पहिचान झल्कने गरी छुट्टै ब्राडिङ गर्ने भएको छ । प्रदेश सरकारले भ्रमण वर्ष सफल बनाउने नारासहितको लोगो खुला प्रतिस्पर्धाबाट आहृवान गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक आहृवान गर्दै नारासहितको लोगो मागेको हो । कर्णाली प्रदेशका पर्यटकीय गन्तब्य, संस्कृतिको पहिचान र प्रचार-प्रसार […]

पप्पुले पुल अलपत्र छाडेपछि बेलिब्रिज राख्ने तयारी

१२ मंसिर, बुटवल । भैरहवा–लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीमा पप्पु कन्स्ट्रक्सनले अलपत्र अवस्थामा छाडेका पुलको ठाउँमा बेलिब्रिज राख्ने तयारी भएको छ । पर्यटन मार्गका रूपमा एशियाली विकास बैंकद्वारा हुलाकी राजमार्गमा निर्माणाधीन दुईवटा पुलको काम पप्पु कन्स्ट्रक्सनले एक वर्ष म्याद थप्दा पनि पूरा नगरी अलपत्र छाडेपछि बेलिब्रिज राख्ने तयारी थालेको हो । प्रदेश ५ सरकारले […]

थप भिटामिन र क्याल्सियमसहितको नयाँ दूध बजारमा ल्याउँदै डीडीसी

१३ मंसिर, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मानव शरीरका लागि अतिआवश्यक तीन प्रकारका पोषक तत्वहरु थपेर नयाँ ब्रान्डको दूध बजारमा ल्याउने भएको छ । भिटामिन ए, भिटामिन डी र क्याल्सियमको अतिरिक्त मात्रासहित नयाँ ब्राण्डमा दूध उत्पादन सुरु भइसकेको संस्थानले जनाएको छ । उक्त दूध उत्पादनको पाइलट परियोजना सुरु भएको संस्थानका प्राविधिक राजेन्द्र […]

१३ औं सागमा नेपालको झण्डा पारस खड्काले बोक्ने !

१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई बोक्न दिने तयारी छ । केही समयअघि राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले १३ औं सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । […]

२ लाख राशीको रोटरी सेवा पदक साधना महिला विद्यालयलाई

१३ मंसिर, बुटवल । सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति र संस्थालाई रोटरी क्लब अफ बुटवलले दिँदै आएको दुई लाख रुपैयाँ राशीसहितको रोटरी सेवा पदक यसपटक बुटवलको साधना महिला विद्यालयले पाउने भएको छ । स्कुल जाने उमेरमा पढ्न नपाएका महिलाहरुलाई शिक्षा दिलाई नारी उत्थान र लैंगिक समानता प्रवर्द्धन गरेको मूल्याङ्कन स्वरुप विद्यालयलाई पदक दिन लागिएको हो […]

यसरी हुँदैछ रानीपोखरी पुनर्निर्माण (फोटोफिचर)

१३ मंसिर, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणलाई तीव्रता दिएको छ । २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माण वैशाखमा सक्ने प्राधिकरणको लक्ष्य छ । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माण तीन वर्षसम्म अघि नबढेपछि प्राधिकरणले जिम्मा लिएको हो । अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर […]

ब्राउन सुगरसहित तीन जना पक्राउ

१३ मंसिर, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ का २८ वर्षीय इन्द्रजीत धामी,  धनगढी उपमहानगरपालिका-८ की १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालिका-१ बस्ने १९ वर्षीया मोनिका थापा भनेर चिनिने मोनिका बुढा रहेका छन् । […]

दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते

१३ मंसिर, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले बताए । मृतकको समाचार तयार पार्दासम्म सनाखत हुन […]

भक्तपुर क्षेत्र नं.१ (क) मा २१ घण्टा सवारी प्रवेशमा रोक

१३ मंसिर, काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क) मा शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ । प्रदेशसभाको मतदान हुने भएकोले सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गरी शुक्रबार राति १२ बजेदेखि शनिबार राति ९ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएकोछ । तर, एम्बुलेन्स, शव […]

डाक्टर पक्राउ परेको घट्नाप्रति चिकित्सक संघको ध्यानाकर्षण

१३ मंसिर, काठमाडौं । नेपाल चिकित्सक संघले बलात्कारको आरोपमा एक चिकित्सक पक्राउ परेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालका डा.रोहितकुमार झा पक्राउ परेको विरोधमा संघले विज्ञप्ति निकालेको हो । डा. झा ‘होल बडी’ परीक्षण गर्न आएकी विरामीलाई बलात्कारको प्रयास गरेको आरोप ९ मंसिरमा अस्पतालबाटै पक्राउ परेका थिए । उनीविरुद्ध पीडित महिलाले […]

प्रचण्डले भने- चाँडै चीन भ्रमणमा जाँदैछु

१३ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड चीन भ्रमणमा जाने भएका छन् । यसको जानकारी उनी आफैंले दिएका हुन् । नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् । चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले […]

प्रधानमन्त्री ओली खतरामुक्त

१३ मंसिर, काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. […]

‘टु प्लस वान’ उपयुक्त लागेको छैन : प्रचण्ड

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल, भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् । नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा उनले जोड दिएका छन् । नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चीन र भारतसँग त्रिदेशीय […]

सूर्यविनायक-धुलिखेल सडक विस्तारबाट जाइकाले हात झिक्यो

१३ मंसिर, काठमाडौं । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तारको परियोजनाबाट हात झिकेको छ । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले १६ किलोमिटर सडक विस्तारको योजनाबाट पन्छिएको हो । वर्षौंदेखि विभिन्न सडक परियोजनामा सघाउँदै आएको जाइकाको सहयोगमा हालै नागढुंगामा सुरुङमार्गको निर्माण सुरु भएको छ । तर, त्यो भन्दा अघिदेखि […]

विदेश भ्रमण छोट्याएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

१३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उनले परिस्थितिबारे भने स्पष्ट खुलाएनन् । रुसी […]



from समाचार – Online Khabar https://ift.tt/2Y1QSyr
via IFTTT
Powered by Blogger.