Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सल्यानको कुमाखमालिकामा नेकपा विजयी

१४ मंसिर, सल्यान । कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ । कुमाखमालिका ५ यसअघि पनि नेकपाले नै जितेको ठाउँ […]

पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुँदैनन्ः मन्त्री ढकाल   

१४ मंसिर, भरतपुर  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित नहुने बताएका छन् । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणपछि शनिबार आयोजित छलफलमा उनले हरेक बिरामीलाई राज्य मेरो अभिभावक हो भन्ने प्रत्याभूति दिलाउने गरी काम गर्ने उल्लेख गरे । प्रारम्भिक चरणमा मन्त्रालयको काम र अस्पतालको अवस्थाबारे जानकारी लिइरहेको मन्त्री […]

सीमा अतिक्रमणविरुद्ध विप्लव समूहले भारतीय दुतावास अगाडि प्रदर्शन गर्ने

१४ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने भएको छ । भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत ७१ स्थानमा सीमा मिचेको भन्दै मंसिर २२ गते काठमाडौंस्थित दूतावास अगाडि प्रदर्शन गर्न लागेको उक्त समूहका प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विप्लव समूहले सीमा बचाउ […]

तस्वीरमा कास्की-२ को उपचुनाव

१४ मंसिर, पोखरा । कतै बम बिस्फोट कतै सामान्य विवादका बीच कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतदान सकिएको छ । यहाँ ४ ठाउँमा बस बिस्फोट र ३ ठाउँमा सामान्य विवादका बीच ६३.४८ प्रतिशत मत खसेको छ । अघिल्लो चुनावमा भन्दा यसपटक मतदाता संख्या बढी भए पनि करिब ४ हजार कमले मात्र मतदानमा सहभागिता जनाएका […]

पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर विजयी

१४ मंसिर, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए । कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा […]

दाङ-३ ‘ख’ मा उपचुनाव : ६६.५३ प्रतिशत मत खस्यो

१४ मंसिर, घोराही । दाङको क्षेत्र नम्बर ३ ‘ख’ मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ४५ हजार ७१८ मत अर्थात् ६६.५३ प्रतिशत मत खसेको छ । दाङ ३ (ख) मा ६८ हजार ७१९ मतदातामध्ये २५ हजार ५९० महिला र २० हजार १२८ पुरूषले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर […]

सागको उद्घाटन समारोह ३ घन्टा १४ मिनेट

१४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको भोलि भब्य समारोहका बीच उद्घाटन हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोह ३ घन्टा १४ मिनेटको हुनेछ । उद्घाटन समारोहमा सहभागी हुनेहरु ४ बजे रगंशालामा प्रवेश गरिसक्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । सागमा २८ […]

रुरुक्षेत्र-६ को वडाध्यक्ष उपनिर्वाचन : ७५ प्रतिशत मत खस्यो 

१४ मंसिर, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडानम्बर ६ को वडाध्यक्ष पदको लागि शनिबार भएको मतदानमा ७५.३९ प्रतिशत मत खसेको छ । कुल मतदाता २०४८ मध्ये १५४४ मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये महिला ८७६ र पुरुष ६६८ रहेका छन् । पुरुष भन्दा २ सय ८ जना बढी महिलाहरुले मतदान […]

बोराभित्रको बास !

१४ मंसिर, काठमाडौं । करिब रातको १० बजेको समय । काठमाडौंको सडक चकमन्न बन्दै गएपनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए । जाडो शुरु भइसकेको छ । बिहान-बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । रातको १० बजे चिसो सिरेटो नचल्ने […]

सखुवा प्रसौनी ५ मा उपनिर्वाचन : ८१.७८ प्रतिशत मत खस्यो

१४ मंसिर, वीरगञ्ज । पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदको लागि शनिबार भएको मतदानमा २१२८ जना (८१.७८ प्रतिशत)ले मतदान गरेका छन् । १२११ पुरुष र ९१७ जना महिला गरी २१२८ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् । यस वडामा १४९२ पुरुष र १११० जना महिला गरी जम्मा […]

थवाङको उपचुनाव : २०९ मत मात्र खस्यो

१४ मंसिर, काठमाडौं । रोल्पाको ऐतिहासिक थवाङ गाउँको चुनाव हरेक पटक रोचक हुन्छ । त्यसैले सबैको चासोमा पनि रहन्छ । यो पटक उपचुनावमा पनि थवाङ छुटेन । थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार मतदान भएको छ । तर मत एकदमै न्यून खसेको छ । यो वडामा कुल मतदाता १२८४ छन् […]

सकियो मतदान

१४ मंसिर, काठमाडौं । कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ । […]

पार्किङ गरी राखेको गाडी अचानक गुड्दा एक जनाको मृत्यु

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको गाडीको शिशा पुच्छ्ने क्रममा अचानक गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको […]

स्वास्थ्य क्षेत्रमा सरकारी लगानी अपर्याप्त : मन्त्री बराल

१४ मंसिर ,बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वाथ्य क्षेत्रमा सरकारको लगानी अपर्याप्त रहेको बताएका छन् । उनले लगानी बढाउन तीनै तहका सरकार लागि परेको बताए । बुटवलमा कपाल प्रत्यारोपणको सेवासहित इम्युन हेल्थ केयर प्रालिको शुभारम्भ गर्दै उनले विशेषज्ञसहितको विशिष्टीकृत स्वाथ्य सेवाको परिकल्पना सरकारको गरेको भन्दै सबै नागरिक स्वाथ्यको पहुँचबाट टाढा […]

तस्वीरमा भक्तपुरको उपनिर्वाचन  

१४ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रदेशसभा पदका लागि अहिले मतदान जारी छ । दिउँसो साढे ३ बजेसम्म ५६ प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ । यो निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा २२ […]

कास्की-२ मा साढे दुई बजेसम्म ५५ प्रतिशत मत खस्यो

१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसोसम्म बजेसम्म ५५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले दिउँसो साढे २ बजेसम्म ५५ प्रतिशत मत खसेको जानकारी दिए । कास्की-२ उपचुनाव हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि […]

सागको उद्घाटनमा नेपालको झण्डा कमलबहादुरले बोक्ने

१३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । भोलि उद्घाटनको दिन हुने मार्चमा कमलबहादुरले नेपाली खेलाडीहरुको नेतृत्व गर्दै झण्डा बोक्नेछन् । यसअघि नेपालका पूर्वकप्तान पारस खड्काको पनि नाम सिफारिस भएको थियो । कमलको नाम बैकल्पिकमा थियो । तर नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय […]

काभ्रेबाट एक राउण्ड गोलीसहित पेस्तोल बरामद

१४ मंसिर, काठमाडौं । काभ्रेबाट प्रहरीले एक थान गोलीसहित पेस्तोल बरामद गरेको छ । काभ्रेको रोशी गाउँपालिका-११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिबाट म्याग्जिन सहितको पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली शुक्रबार राति बरामद भएको प्रहरीले जनाएको छ । उक्त प्रालिको कार्यालय तथा कामदारहरु बस्न बनाइएको घर टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको […]

उपचुनाव अपडेट : १ बजेसम्म ५३ प्रतिशत मत खस्यो

१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपचुनावमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपचुनाव भएको प्रतिनिधिसभाको एक मात्र क्षेत्र कास्की- २ मा ४५ प्रतिशत मत खसेको छ । एउटा मात्रै उपमहानगरपालिका धरानमा २ बजेसम्म ४५ […]

पिपराका मतदाता भन्छन् – न आश छ, न कसैमाथि विश्वास

१४ मंसिर, महोत्तरी । ‘न केही आश छ, न कसैमाथि विश्वास’ पिपरा गाउँपालिका ३ स्थित सोहडबा मावि केन्द्रमा मतदानमा भेटिएकी सुकनीदेवी मुखिया भन्छिन्, ‘मत खसाउने हाम्रो अधिकार हो, त्यही अधिकार प्रयोग गर्न मात्रै आएकी हुँ ।’ जसलाई मत दिएपनि आफ्नै तालले काम गर्ने गरेको र चुनावपछि घुम्न समेत नआउने गरेको उनको गुनासो छ । उनीसँगै […]

आँबुखैरेनीमा ८५ परिवारलाई लालपूर्जा वितरण   

१४ मंसिर, दमौली ।   वर्षौदेखि भोगचलन गर्दै आएका आँबुखैरेनी गाउँपालिकाका वडा १, २ र ३ का ८५ व्यक्तिलाई नापी कार्यालय तनहुँले गाउँ ब्लक पूर्जा वितरण गरेको छ । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नापनक्सा गर्दा छुट भएका स्थानमा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बरका आधारमा नापेर भोगचलनअनुसारको […]



from समाचार – Online Khabar https://ift.tt/33G1Jj2
via IFTTT
Powered by Blogger.