Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

१२ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा सडक बनाउने क्रममा ढिस्कोले पुरिएर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिकाका–१ का ३१ वर्षीयको प्रेम पुन र प्रकाश घर्ती छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार बाटो बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो । दुवै जनाको शव अहिले […]

कोरियन भाषा परीक्षा उत्तीर्ण कामदारलाई धेरै नकुराउन आग्रह

१२ मंसिर, काठमाडौं । कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको टोली र वैदेशिक रोजगार विभागबीच इपिएस प्रणालीको प्रभावकारिताका बारेमा छलफल भएको छ। उक्त छलफलमा दुबै पक्षले आ-आफ्ना सरोकारका बिषयमा चर्चा गरेका थिए। कोरियन पक्षले नेतृत्व गर्दै महानिर्देशक किमले नेपाली कामदारहरुको कोरियाली अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै इपीएस प्रणालीबाट रोजगारीका […]

मौन अवधिको ४८ घण्टाभित्र के-के हुन्छ चुनावी खेल ?

१२ मंसिर, धरान । दुई दिनपछि हुने उपनिर्वाचनलाई सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् । पोखरा, धरान, महोत्तरी लगायतका केही निर्वाचन हुने तहको स्थलगत भ्रमणपछि के बुझियो भने- यो निर्वाचन नेकपाको मध्यावधिक समीक्षाको अवसर हो । कांग्रेस नेताहरुले जहाँ पुगेपछि एउटै कुरा दोहोर्‍याएका छन्- यो निर्वाचनमा कांग्रेसले जितेर नेकपाको सत्ता […]

चोरी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

१२ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङले १० वर्षदेखि फरार भएका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको साविक कुन्चोक गाविस-९ घर भइ धादिङको गजुरी-६ आदमघाट बस्दै आएका ३७ वर्षीय रामजी बानियालाई पक्राउ परेका हुन् । बानियालाई जिल्ला अदालत धादिङको ०६६ मंसिर २ गतेको फैसलाले चोरी मुद्दामा ५ वर्ष ५ महिना १० दिन […]

पुटिनको नेपाल भ्रमण हुनेमा आशावादी छौं : मन्त्री बाँस्कोटा

१२ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाललाई अन्र्तराष्ट्रिय मञ्चमा देखिने/सुनिने बनाउने गरी सरकारले आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटा भन्छन्, ‘हामी नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा देखिने/सुनिने बनाउछौं । यसै अन्तर्गत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिएका छौं ।’ तर, राष्ट्रपति पुटिनले नेपाल भ्रमण गर्छन् या […]

सरकारले भन्यो : लिम्पयाधुरासँगै सुस्ताको विवाद पनि टुङ्गिन्छ

१२ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याको समाधान एकैपटक खोजिने बताएका छन् । ‘कालापानी, लिपुलेकको प्रश्नै होइन, प्रश्न लिम्पयाधुराको हो । सिमा समस्या समाधानको विधि कुटनीतिक र राजनीतिक नै हो’ मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने । सीमा समस्या समाधानका लागि नेपाल […]

गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

१२ मंसिर, काठमाडौं । भक्तपुरमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका-५ प्राणोदय स्कूल नजिकै बा१२च ५६५६ नम्बरको पानी बोक्ने गाडीले ठक्कर दिदा सिन्धुपाल्चोक बाह्रविसे घर भइ भक्तपुर पुरानोठिमी बस्ने २५ वर्षीय ज्योति मगरको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ज्योतिको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु […]

२५ हजार घुससहित गोकर्णेश्वरका वडा सचिव पक्राउ

१२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित बुधबार पक्राउ गरेको हो । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको […]

अपहरणमा सं‌लग्नको अभियोगमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

१२ मंसिर, काठमाडौं । उदयपुरको बेलकाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । १६ वर्षीया बालकलाई अपहरण गरेको अभियोगमा आइतबार प्रहरीले वेलका नगरपालिका ३ बस्ने १९ वर्षका मनोज खत्रीलाई पक्राउ गरेको हो । पक्राउ परेका खत्री र सोही ठाउँका विशाल लिम्बुले १६ वर्षीया विशेष खड्कालाई अपहरण गरी जंगलतर्फ लगेका थिए । अपहरणमा परेका खड्काको […]

बहुदरमाई नगरपालिका-२ को वडा कार्यालयमा तालाबन्दी

१२ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका-२ को वडा कार्यालयमा ध्यानसिंह पिपराका स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । वडा अध्यक्षले अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै सर्वसाधरणले वडा सचिवको कार्यकक्षमा बिहीबार केहीबेर तालाबन्दी गरेका हुन् । सडकको बीचमा रहेको नहर (टरसरि) सफा गराइदिन आग्रह गर्न जाँदा वडा अध्यक्ष जितेन्द्र पटेलले अभद्र व्यवहार गरेको उनीहरुको भनाइ छ […]

‘प्लास्टिक र हर्न निषेध’ क्षेत्र घोषणामै सीमित, कार्यान्वयन गर्न वीरगञ्ज महानगरलाई स्मरणपत्र

१२ मंसिर, वीरगञ्ज । ‘प्लाष्टिक नियन्त्रण र हर्न निषेध’ क्षेत्र घोषणा गरेर कार्यान्वयन नगरेको भन्दै सरोकारवालाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई भेटेर स्मरणपत्र बुझाएका छन् । ‘हाम्रो वीरगञ्ज राम्रो वीरगञ्ज अभियान’ मा आवद्ध अभियन्ताहरुले नगर प्रमुख सरावगीलाई स्मरणपत्र बुझाएका हुन् । अभियानले वीरगञ्जमा प्लाष्टिक झोलाको सट्टा कागज र कपडाको झोला प्रयोग र पुनः प्रयोग गर्न […]

गोकर्णेश्वर-५ का वडा सचिव २५ हजार घुससहित पक्राउ

१२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिवलाई घुससहित पक्राउ गरेको छ । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ताका लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थमा वडा सचिव दिनेश बास्कोटालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग घुस माग […]

अर्काको जमिन एक इन्च पनि चाहिँदैन : मन्त्री बाँस्कोटा

१२ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालले प्रमाण पुगेको जमिनको मात्रै दाबी गरेको बताएका छन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनले भने, ‘हामीले विभिन्न प्रमाण पुगेको जमिनको मात्रै दाबी गरिरहेका छौ, प्रमाण नपुगेको जमिन एक इन्च पनि चाहिँदैन ।’ सञ्चारमन्त्री बाँस्कोटाले नेपालले […]

प्रहरी चौकीमा चालक मृत्यु प्रकरण : ५ दिनपछि शव परीक्षण

१२ मंसिर, डोटी । प्रहरी नियन्त्रणमा रहेका बेला मृत्यु भएका जीप चालकको बिहीबार शव परीक्षण भएको छ । मंसिर ८ गते डोटी जोरायल गाउँपालिका-१ गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीमा प्रहरी नियन्त्रणमा रहेका बेला डोटी जोरायल गाउँपालिका-४ का २१ वर्षीय गणेश पालीको मृत्यु भएको थियो । प्रहरीले चालक पालीले बिष सेवन गरी आत्महत्या गरेको दावी गर्दै […]

गुठी विधेयक ल्याउन सैद्धान्तिक सहमति

१२ मंसिर, काठमाडौं । सरकारले भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने प्रवत्ता बाँस्कोटाले जानकारी दिए । यसअघि सरकारले ल्याएको गुठी विधेयकको […]

जुम्लामा एक हप्तादेखि बेपत्ता बालक मृत भेटिए

१२ मंसिर, जुम्ला  । पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी बिहीबार चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए […]

चितवनमा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु

१२ मंसिर, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-८ खुरखुरेमा बिहीबार दिउँसो ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणगढ आउँदै गरेको ना६ख १४४ नम्बरको ट्रकले ना१४प १६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २२ वर्षीय विवेक चौधरीको मृत्यु भएको हो । मोटरसाइकल चालक राप्ती नगरपालिका-६ हर्दिका पृथ्वी केसी भने घाइते भएका छन् […]

अर्घाखाँची बस दुर्घटना अपडेट : मृतक १९ जनाकै सनाखत

१२ मंसिर, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते […]

सरकार र मेडिकल कलेज सञ्चालकबीचको सहमति खारेज गर्न माग

१२ मंसिर, काठमाडौं । अखिल नेपाल विद्यार्थी युनियनले सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी संगठनले एमबीबीएस, बीडीएस, नर्सिङ र बीपीएच लगायत मेडिकल शिक्षाका विद्यार्थीबाट असुलिएको सबै शुल्क फिर्ता गर्न माग गरेको छ । त्यस्तै २०७६/७७ को लागि वृद्धि गरिएको शुल्क पनि तत्काल खारेज गर्न […]

सागको उद्घाटन र समापनको दिन जोर विजोर लागू गरिने

१२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्न अनुरोध गरिने बताए […]

उपचुनावका दिन जाँड रक्सीमा प्रतिबन्ध, बाहिरका मान्छेलाई प्रवेश निषेध

१२, मंसिर, चितवन । शनिबार चितवनका दुई स्थानीय तहका तीनवटा वडामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका वडा नं १६ र पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ४ र ५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको जिल्लास्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ । जिल्लामा कुल […]



from समाचार – Online Khabar https://ift.tt/37LqcGH
via IFTTT
Powered by Blogger.