Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मध्यपहाडी लोकमार्ग : भिर कटान गर्न नसक्दा निर्माणमा समस्या   

११ मंसिर, जाजरकोट । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको नौ वर्ष बिते पनि झार्पा र कार्कीगाउँ बीचमा रहेको मन्ता भिरखण्डको बाटो निर्माण हुन नसक्दा समस्य हुँदै आएको छ । कुदुदेखि सुयाडासम्मको ८७ किमि सडकसमेत खुलिसकेको छ तर भन्ताभिरको ५ सय मिटर चट्टानका कारण नौ वर्षदेखि सडकको काम अलपत्र परेको हो । गत वर्षदेखि जाजरकोट खण्डको […]

कास्कीमा प्रचण्डको चुनावी भाषण : देउवाजीलाई धन्यवाद !

११ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताएका छन् । यसरी नै झुट बोलिरहे नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बद्धन्ती बन्ने अवस्था आउन सक्ने बताए । देउवाले कास्कीको चुनावीसभालाई सम्बोधन गर्दै भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग […]

पशुपतिमा थपिए ब्याट्रीबाट चल्ने दुईवटा गाडी

११ मंसिर, काठमाडौं । पशुपति मन्दिरको दर्शनार्थीको सेवाका लागि दुई वटा गाडी थपिएको छ । बुधबारबाट ६-६ सिट क्षमताका दुई वटा ‘इलेक्टि्रक भ्यान’ थपिएका हुन् । इण्डियन वमन्स एसोसियसनले ब्याट्रीबाट चल्ने दुईवटा गाडी बुधबार सहयोग गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । यसअघि कोषले ब्याट्रीबाट नै चल्ने दुई वटा […]

जाडो बढ्यो, यो वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान  

११ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरु […]

अस्पताल पुगेर देउवाले लिए प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी

११ मंसिर, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् । ‘उहाँले डाक्टरहरु र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाजसँग भेट्नुभयो र स्वास्थ्य अवस्थाबारे चासो राख्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]

१५ महिनादेखि बेपत्ता पत्रकार खड्काको परिचयपत्रसहित अस्थिपञ्जर भेटियो

११ मंसिर, काठमाडौं । १५ महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामानसँगै अस्थिपञ्जर भेटिएको जानकारी दिएका हुन् । १५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने […]

नक्कली हस्ताक्षर गरी बैंकबाट साढे १९ लाख चोरी

११ मंसिर, काठमाडौं । राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल […]

निर्माणाधीन परियोजनाबारे पर्यटनमन्त्रीले सोधे १५ प्रश्न

११ मंसिर, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो मन्त्रालय मातहत भएका विभाग तथा कार्यालयहरुलाई निर्माणाधीन परियोजनाबारे १५ प्रश्न सोधेका छन् । ठेक्का सम्झौता मिति, कबोल रकम, काम सक्नुपर्ने मिति, अहिलेस्म्म भएको काम म्याद थप भएको समयदेखि हालको अवस्था जस्ता विषय प्रश्नमा समेटिएका छन् र पाँच दिनभित्र जवाफ पठाउन भनिएको छ । ‘त्यसका आधारमा कतिपयको ठेक्का […]

शुल्क फिर्ता गरे/नगरेबारे अनुगमन गर्न सह-संयोजक तामाङको माग

११ मंसिर, काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गरे/नगरेबारे अनुगमन गर्न सरकारसँग माग गरेका छन् । सरकार र मेडिकल कलेज सञ्चालकबीच मंगलबार राति भएको शुल्क फिर्ता गर्ने सम्झौता कार्यान्वयनमा शंका व्यक्त गर्दै तामाङले अनुगमन टोली गठन गरेर परिचालन गर्न माग गरेका हुन् […]

जनताले विस्तारै विकल्पको खोजी गर्नेछन् : जमुना शर्मा

११ मंसिर, पोखरा । पोखरा–१२ एउटा चोक छ, भानुचोक । भानुभक्तको शालिक भएको पार्क छेउमा झण्डा भएको गाडी रोकिएको छ । पार्कजनिकै स्टाण्डमा देखाइएको छ प्रचार सामाग्री । बाटो आउजाउ गर्नेहरु एकछिन हेर्छन्, जान्छन् । गाडी आसपास कोही मान्छे छैनन् तर बजिरहेछ एउटा गीत । कास्कीमा गुलाफको फूल… यो प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा […]

सडक मानवमुक्त घोषणा हुँदै बुटवल, ३ दिनमा ४० को उद्धार

११ मंसिर, बुटवल । बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गर्नका लागि सडकमा भेटिने त्यस्ता व्यक्तिको उद्धार गर्ने कामलाई तीव्र बनाइएको छ । प्रदेश ५ सरकारले समेत प्रदेशमा सडक मानवमुक्त अभियान चलाइरहेको बेला बुटवललाई सडक मानवमुक्त नगर घोषणा गर्ने तयारी गरिएको छ । मानव सेवा आश्रम बुटवलको सहयोगमा बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गर्न […]

काठमाडौंका बैंकबाट १९ लाख बढी चोरी, कर्मचारी संलग्न भएको आशंका

११ मंसिर, काठमाडौं । राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनले […]

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले

११ मंसिर, काठमाडौं । मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको र उनी कुराकानी गर्न थालेको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तमकृष्ण श्रेष्ठले बुधबार बिहान १०ः३० बजे एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जनाएका हुन् । ‘विशेषज्ञ चिकित्सकहरूबाट शल्यक्रियापश्चात हाल […]

रानीपोखरीको पुनर्निर्माण वैशाखमै सकिने

११ मंसिर, काठमाडौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ । ०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको […]

कर्णाली प्रदेश सरकारद्वारा कानूनविपरीत रकमान्तर

११ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी रकमान्तर गरिएको हो । ऐन मिचेर रकमान्तर गरेको भेटिएपछि समितिले मंगलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ । समितिको बैठकमा आन्तरिक […]

साग भलिबल आजबाट, कप्तान अरुणा भन्छिन्– उत्साह र दबाव दुवै छ

११ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदको औपचारिक उद्घाटन मंसिर १५ मा हुँदैछ । तर सागअन्तर्गत हुने भलिबल प्रतियोगिता भने मंसिर ११ गतेदेखि सुरु हुँदैछ । बुधबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ । भारतबाहेकका प्रतियोगी देशका टिमहरू नेपाल आइसकेका छन् । भारतले […]

उपचुनावको प्रचार आज अन्तिम, नेकपा र कांग्रेस आमने–सामने

११ मंसिर, काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु आज अन्तिम प्रचारमा जुटेका छन् । शनिबार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा […]

उद्योगीले मागे ‘उधारो असुली’ कानून

११ मंसिर, काठमाडौं । केही दिनअघि नेपालका चर्चित उद्योगीहरूको एउटा समूह नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार पुग्यो । टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सचित मोरसहित अधिकांश पदाधिकारी संलग्न थिए । उनीहरूले गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेर निजी क्षेत्रका विभिन्न गुनासा सुनाए । बैंकको ब्याजदर, लगानीको वातावरण लगायतका विषयमा छलफल हुँदै गर्दा अध्यक्ष मोरले एउटा […]

ठेकदार भर्सेस सरकार ! किन घेरिँदैछ बालुवाटार ?

११ मंसिर, काठमाडौं । निर्माण व्यवसायीहरु यतिबेला आन्दोलित छन् । विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पहिलो दिन सार्वजनिक खरिद अनुगमनको कार्यालयमा र पछिल्ला दुई दिन प्रधानमन्त्री निवास बालुवाटार अघि धर्नासहित प्रदर्शन गरिसक्यो । प्रधानमन्त्री अस्पताल भर्ना भएको दिन मंगलबार पनि ठेकदारहरु बालुवाटार घेराउमा व्यस्त थिए । भौतिक पूर्वाधारमन्त्रीका रुपमा […]

श्रम सम्झौताले पनि काम गरेन, मलेसिया जाने कामदारसँग चर्को असुली

११ मंसिर, काठमाडौं । सिन्धुलीका झलकबहादुर बिक र पोष्टराज बिकले मलेसियामा रोजगारीका लागि जाँदा ‘एक रुपैयाँ पनि तिर्नु नपर्ने’ सुनेका थिए । तर, त्यसविपरीत उनीहरूले जनही एक लाख रुपैयाँभन्दा बढी खर्चिनैपर्ने अवस्था आयो । ८० हजार रुपैयाँ म्यानपावरलाई बुझाइसकेका उनीहरू थप एक लाख २० हजार तिर्ने तयारीमा थिए । तर, आफ्नो नाममा श्रम स्वीकृति नै […]

तीन विमानस्थलको अपडेट : निजगढमा प्रगति शून्य, पोखरा र गौतमबुद्ध रफ्तारमा

११ मंसिर, काठमाडौं । सरकारले निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत गरेको छ । तीमध्ये दुई आयोजना रफ्तारमा अघि बढेका छन् भने एउटाको प्रगति शून्य छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक)को अवधिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति […]



from समाचार – Online Khabar https://ift.tt/2pQEyo2
via IFTTT
Powered by Blogger.