Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रोकिएन तस्करी, ५ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य, उपनिर्वाचन र दक्षिण एसियाली खेलकुदसँग सम्बन्धित विषयले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक महिला बेचबिखन, सुनतस्करी, सार्वजनिक जग्गा अतिक्रमणलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।  साथमा शनिबारीय सामग्री त छँदैछ । अन्नपूर्ण, नागरिक र राजधानीले कीर्तिमानी खेलाडी साग त्यागेर वैदेशिक रोजगारीमा गएको लेखेका छन् । एथ्लेटिक्सको कीर्तिमानी […]

तीनै तहका रिक्त पदमा आज उपनिर्वाचन

१४ मंसिर, काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदैछ । विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान हुन लागेको हो । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । निर्वाचन आयोगका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत जायर गर्न सक्नेछन् । […]

दशरथ रंगशालामा साग उद्घाटनको रिहर्सल

१३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद -साग) को आइतबार भब्य उद्घाटन हुँदैछ । उद्घाटन समारोहलाई भब्य बनाउन सबै जुटेको छ । उद्घाटन समारोहको शुक्रबार फाइनल रिहर्सल गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रिहर्सलले सागको उद्घाटन भब्य हुने देखाएको छ ।

हामीले ठूलो मेहनतले बिगारेको लुम्बिनी हो यो !

लुम्बिनीका बारेमा मलाई के लाग्छ त भन्दा एक त मलाई दिक्क लाग्छ । यत्रो चिजको यो हालत ? यो दिक्दारलाग्दो कुरा हो । नालायकी हामीले बाँड्नुपर्छ । म यही जिल्लाको मान्छे हुँ । मैले पनि बाँड्नुपर्छ । म यहाँको नागरिक हुँ, यसअर्थमा बाँड्नुपर्छ । तर, यो सर्वथा हाम्रो राज्यको नालायकी हो । यो भन्नलाई हामीले […]

मञ्चमा दाह्री पालेको मुस्लिमलाई पनि राखिदिनोस् न बाबा !

मैले लुम्बिनीका बारेमा तीनपटक प्रदेशसभामा कुरा उठाइसकेको छु । संघीय प्रणालीमा जाँदै गर्दा लुम्बिनीमा प्रदेशसभा पनि छ भनेर चिनाउनुपर्छ भनेर मैले तीन/तीनपटक प्रदेश सरकारको ध्यानाकर्षण गराएको छु । प्रदेश सरकारका पर्यटन मन्त्रीले हामीले गर्नुपर्ने सिफारिसहरु संघीय सरकारलाई गरिसक्या छौं, छिटै नै कानून संशोधन भएर स्थानीय तहका प्रमुख, प्रदेशसभा, प्रतिनिधिसभाका माननीयज्यूहरुलाई लुम्बिनी विकास बोर्डको सदस्यमा समावेश […]

प्रधानमन्त्री ओली खतरामुक्त

१३ मंसिर, काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. […]

दुई लुम्बिनी : पर्खालभित्र, पर्खाल बाहिर !

१३ मंसिर, काठमाडौं । भैरहवा विमानस्थलमा ओर्लेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीतिर लाग्नासाथ विरक्त लाग्न थालिहाल्छ । सांसारिक मायाबाट निर्वाण प्राप्त गरेका बुद्धलाई सम्झेर हैन, बाटोको हालत देखेर वैराग्य भाव जाग्दोरहेछ । भलै, यो आलेखमा लुम्बिनी जाने बाटोको हालत देखाउँदै ‘तस्वीर हेर्दा कसको मन रुँदैन’ भन्न खोजिएको होइन । जब ‘लुम्बिनी : सम्पदा, समृद्धि र समाज’ […]

कृष्णदासलाई महिलाको म्यासेजः ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुन्छ !

१३ मंसिर, विराटनगर । धर्मगुरु कृष्णदास गिरी उर्फ कृष्णदास महाराजमाथि बलात्कारको आरोप लगाउने महिलाले एक वर्षयता सामाजिक सञ्जाल फेसबुकबाट म्यासेजहरु पठाउँदै आएको खुलेको छ । पीडित भनिएकी महिलाले ४ कात्तिकमा धर्मगुरु कृष्णदासले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । उनको जाहेरीका आधारमा पक्राउ अनुमति लिइसकेको प्रहरीले हिरासतमा भने लिएको छैन । विराटनगरस्थित विराट नर्सिङहोम भर्ना […]

प्रहरीलाई घुसदिन खोजेको आरोपमा होटल सञ्चालिकाविरुद्ध मुद्धा

१३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको टोखा नगरपालिका-५ मा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्ट हाउसकी सञ्चालिका सोममाया राईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्न पुगेको प्रहरीको टोलीलाई नै ५० हजार घुस दिएको आरोपमा उनीविरुद्ध शुक्रबार मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार […]

प्रसिद्ध न्वागी मेला सल्यानबेँसीमा, त्रिपुरासुन्दरी माइत झरिन्   

१३ मंसिर, धादिङ । नेपालको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी भगवती माईको न्वागी मेला त्रिपुरासुन्दरी माइत झरेपछि शुक्रबार सकिएको छ । बिहीबार साँझदेखि रातभर पूजापाठ गरेर शुक्रबार बिहानै त्रिपुरासुन्दरी माईलाई गाउँको मन्दिर सल्यानकोटबाट बेँसीमा रहेको आगिञ्चोकको सल्यानबेँसीमा झारिएको छ । प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर त्रिपुरासुन्दरी भगवतीको दर्शन […]

उपेन्द्र यादवको स्पष्टीकरण : मन्त्रालय परिवर्तनले फरक पर्दैन

१३ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालय खोसेर कानूनमा पुर्‍याइएका उपप्रधानमन्त्री उपेन्द्र यादवले पदलोलुप देखाएको टिकाटिप्पणी भइरहेको छ । उनकै पार्टी समाजवादीकै नेताहरुले पनि सत्ता मोह देखाएको आरोप लगाएका छन् । यादवले शुक्रबार सञ्चारकर्मीहरुलाई मन्त्रालयमै बोलाएर स्पटीकरण मात्र दिएनन्, आफ्ना विषयमा भइरहेको टिकाटिप्पणीबारे असन्तुष्टि जनाएका छन् । ‘पत्रकारहरू अझै बौद्धिक, जिम्मेवार र मर्यादित बन्नुपर्छ जस्तो लाग्छ’, […]

विवाह पञ्चमी समारोहमा राष्ट्रपति भण्डारी सहभागी

१३ मंसिर, जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा भारतको अयोध्याबाट आएका ‘जन्ती’को जनकपुरधाममा भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजित भव्य समारोहकाबीच शुक्रबार भारतीय जन्तीको स्वागतका साथै तिलकोत्सव गरिएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतबाट आएका जन्तीलाई अबिर फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिन् । उनले राम, लक्ष्मणसहितको प्रतीकको […]

बागमती पुलको ठेक्का तोडियो, पप्पु फेरि कालोसूचीमा सिफारिस

१३ मंसिर, काठमाडौं । विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन अर्को आयोजनाबाट पनि कालोसूचीका लागि सिफारिसमा परेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको सिफारिसअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेमा उसको कारबाही फुकुवा हुने म्याद थप लम्बिनेछ । काठमाडौंको तीनकुनेमास्थित दुईतर्फी १७० मीटर फराकिलो बागमती पुलको निर्माणमा लापरबाही गरेको भन्दै आयोजनाले कम्पनीको ठेक्का तोडेर कालोसूचीमा राख्न […]

उपप्रधानमन्त्रीले गरे फास्ट ट्र्याकको निरीक्षण

१३ मसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं-तराई मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधीन सडकको निरीक्षण भ्रमण  छन् । निरीक्षणका क्रममा उनले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव इलाका र निजगढस्थित जिरो प्वाइन्टको स्थलगत निरीक्षण गरी त्यहाँको साइट इन्चार्जबाट कार्यप्रगतिबारे जानकारी लिएका छन् । त्यस्तै राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका […]

अर्घाखाँची बस दुर्घटनाको छानबिन समिति गठन   

१३ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रजिअ विष्णुराज वेल्वासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन […]

त्रिवि अन्तर्राष्ट्रियस्तरमा जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्छ : शिक्षामन्त्री 

१३ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने खालका जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्ने बताएका छन् । त्रिवि साधारणसभामा शुक्रबार उनले देशको उच्च शिक्षाको प्रमुख मियोका रूपमा रहेको त्रिविले देशको आर्थिक सामाजिक परिवर्तनमा भूमिका खेल्दै आए पनि यसलाई अझै प्रभावकारी र सशक्त बनाएर लैजानुपर्ने […]

धरानमा मतदानको प्रतीक्षा (फोटो फिचर)

१३ मंसिर, धरान । धरान उपमहानगरपालिकाको मेयर र एक वडाअध्यक्ष पदका लागि शनिबार उपनिर्वाचन हुँदैछ । निर्वाचन कार्यालयले मतपत्र बाँड्नेदेखि मतदानस्थलको सुरक्षासहित आवश्यक व्यवस्थाको तयारी सकेको जनाएको छ । धरानका मुख्य निर्वाचन अधिकारी राधाकृष्ण उप्रेतीले भोली हुने निर्वाचनका लागि आवश्य तयारी पुरा गरिएको जानकारी दिए । कार्यालयका अनुसार धरानमा २८ मतदान स्थलमा ९० केन्द्रहरु बनाइएको […]

गैरकानूनी रुपमा पत्थरको कारोबार गर्ने ५ जना पक्राउ

१३ मंसिर, काठमाडौं । बहुमुल्य पत्थरको गैरकानूनी रुपमा ओसारपसार गरी करोडौं मूल्य पर्ने भन्दै कारोबार गर्ने गिरोहका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका-४ घर भई पनौती नगरपालिका ४ बस्ने ६२ वर्षीय नवराज खड्का, झापाकोको गौरदह नगरपालिका १ का ३८ वर्षीय हरि खापुङ,  झापाको सताक्षीधाम नगरपालिका ४ का ३७ वर्षीय […]

सूपमा ७ वडाध्यक्षका लागि शनिबार मतदान हुँदै

१३ डोटी, मंसिर । शनिबार सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सात वडाध्यक्षका लागि मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले दिएको जानकारी अनुसार सात वडाध्यक्ष पदका लागि २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । बाजुराको त्रिवेणी नगरपालिका-१ को वडाध्यक्षका लागि हुने निर्वाचनमा तीन जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । […]

सेनाको मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने सेनापतिको प्रतिवद्धता

१३ मंसिर, काठमाडौं । नेपाली सेनाले आफ्नो मेडिकल कलेजले विद्यार्थीहरुसँग बढी शुल्क लिएको स्वीकार गरेको छ । शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरलेले प्रधानसेनापति पूर्णचन्द्र थापालाई बोलाएर नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले बढी शुल्क लिएको गुनासोबारे चासो राखेका थिए । जवाफमा सेनापति थापाले केही बढी शुल्क लिएको स्वीकार गरेको मन्त्रालय स्रोतले जनाएको छ । उनले शुल्क समायोजन […]

सूर्यविनायक-धुलिखेल सडक विस्तारबाट जाइकाले हात झिक्यो

१३ मंसिर, काठमाडौं । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तारको परियोजनाबाट हात झिकेको छ । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले १६ किलोमिटर सडक विस्तारको योजनाबाट पन्छिएको हो । वर्षौंदेखि विभिन्न सडक परियोजनामा सघाउँदै आएको जाइकाको सहयोगमा हालै नागढुंगामा सुरुङमार्गको निर्माण सुरु भएको छ । तर, त्यो भन्दा अघिदेखि […]



from समाचार – Online Khabar https://ift.tt/2R6CX8L
via IFTTT
Powered by Blogger.