समाचार
११ मंसिर, काठमाडौं । शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्था आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । कान्तिपुरले ‘प्रधानमन्त्री भेन्टिलेटरमा’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था स्थिर रहेको र उपचार जारी रहेको समाचारमा उल्लेख छ । अंग प्रत्यारोपण गराइका व्यक्तिमा एपेन्डिसाइटिसको शल्यक्रिया कति जोखिपूर्ण […]
१० मंसिर, काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच सहमति जुटेको छ । मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीचको बैठकले दुई बुँदे सहमति गरेको हो । सहमतिअनुसार मेडिकल कजेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा भोलिबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् भने ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा […]
१० मंसिर, काठमाडौं । मंगलबार सबेरै पेट दुखेपछि प्रधानमन्त्री केपी शर्मा ओली विहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे । चिकित्सकहरुले परीक्षण गर्दा थाहा भयो, एपेन्डिसाइटिस भएको रहेछ । त्यो पनि फुटिसकेको रहेछ । त्यसैले तत्काल अप्रेसन भयो । डा. रमेश सिंह भण्डारीले १२ः ४५ बजे उनको अप्रेसन गरे । अप्रेसनपछि प्रधानमन्त्री […]
१० मंसिर, सुस्ता (नवलपरासी) । डुंगाभित्र छिरेको पानी भाँडोले उघाउँदै नारायणी नदी पार गर्नासाथ घाटमा हामीलाई ‘रिसिभ’ गर्न उभिएका थिए, सुस्ता निवासी कमल हरिजन । नरोकिइकन हामी एउटा ड्यामको बाटो भएर अघि बढ्यौं, जुन ड्याम नेपाल सरकारले ८ करोडको लागतमा सुस्तामा बनाइरहेको रहेछ । नारायणी नदी नियन्त्रणका लागि भनेर बनाइएको तटबन्ध नदीको किनारमा थिएन, सुस्ताको […]
१० मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको सोमबार सार्वजनिक प्रतिवेदन अुनसार चालु आर्थिक वर्षको पहिलो चार महिनाको पुँजीगत खर्च जम्मा १४ प्रतिशत छ । चौमासिक समिक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष यही अवधिमा कर्मचारी समायोजनका बाबजुद अहिलेको तुलनामा बजेट खर्च बढी भएको बताए । विनीयोजित बजेट परिचालनमा गतवर्ष कर्मचारी समायोजन बाधक नबनेको उनको […]
१० मंसिर, काठमाडौं । चीनले केरुङ–काठमाडौं जोड्ने रेलमार्गको विस्तृत अम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ । असोजमा भएको चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसको कार्यान्वयनका लागि कठमाडौंमा मंगलबार भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाँडफाँट गरेको छ । बैठकपछि नेपाली टोलीको […]
१० मंसिर, काठमाडौं । मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरुले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगका आयुक्त नियुक्ति प्रकृयामा नेपाल सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । द्वन्द्वकालका गम्भीर अपराधहरूलाई छिपाउने मनसायसहित पर्याप्त परामर्शविना आयोगहरु पुनर्गठन गर्न खोजिएको उनीहरुको ठहर छ । आईसीजे, एम्नेष्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले मंगलबार संयुक्त […]
१० मंसिर, निजगढ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं […]
१० मंसिर, काठमाडौं । पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिमरास्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालत काठमडौंमा मंगलबार मुद्धा दायर गरेको छ । गुप्ताले २०४७ असार २७ गतेदेखि ०७५।०७६ सम्मको अवधिमा वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा उनीविरुद्ध मुद्दा […]
१० मंसिर, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा मंगलबार पक्राउ परेका छन् । विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेको भन्दै मृतक ऐरीका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । सोमबार सरस्वती […]
१० मंसिर, काठमाडौं । तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेज सहमतिमा नआए बुधबारबाट कारबाहीमा पर्ने भएका छन् । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले सहमतिमा नआए पक्राउ गरेर कारबाही गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी बैठकले मेडिकल कलेजसँग अन्तिम वार्ता गर्ने निर्णय […]
१० मंसिर, कैलाली । धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर मंगलबार एक महिलाको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा ७४ वर्षीया सुवधरा सिंहको आगोबाट जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । शरीरमा एक्कासि आगो सल्किन गई गम्भीर घाइते भएकी सिंहको सेती प्रादेशिक अस्पतालमा […]
१० मंसिर, काठमाडौं । आगामी १४ मंसिरमा हुन लागेको उपनिर्वाचनको प्रभाव संघीय संसदका विषयगत समितिमा पनि परेको छ । उपनिर्वाचन हुने क्षेत्रका र अन्य सांसदहरु समेत उपनिर्वाचनमा केन्द्रित हुँदा संसदीय समितिमा गणपूरक संख्या पुग्न छाडेका छन् । कतिपय समितिले उपनिर्वाचन अघि समितिका बैठक नबोलाउने निर्णय नै गरेका छन् । मंगलबारको बैठकमा प्रतिनधिसभाको कृषि, सहकारी तथा […]
१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले मंसिर ९ गते गरेको डाक्टर र कर्मचारी नियुक्ति निर्वाचन आचारसंहिता विपरीत भएको ठहर गरेको छ । आयोगले भक्तपुरमा कात्तिक ८ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै क्यान्सर अस्पताल समितिको निर्णय आचारसंहिता विपरीत भएको ठहर गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति […]
१० मंसिर, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसा रोक्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । सीआइएनले सुरु गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने सञ्चार अभियानको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘अहिले अभियान मात्र सञ्चालन भइरहेको छ । अभियान सञ्चालनमा मात्रै नभइ व्यवहारिक रूपमा नै लैङ्गिक हिंसा रोकथाम गर्ने काममा लाग्नेछु […]
१० मंसिर, काठमाडौं । मोरङ प्रहरीले विभिन्न घट्नामा अदालतबाट दोषी ठहर भई फरार ४६ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट चोरी, लागूऔषध, अंशचलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा दोषी ठहर भई कैद तथा जरिवानाको सजाय तोकिएका फरार ४६ जना प्रतिवादीहरुलाई सोमबार एकैदिन नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला […]
१० मंसिर, पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी फेरि कांग्रेसकै काँधमा आएको बताएका छन् । पोखराको भलाममा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले वर्तमान सरकारको लोकतान्त्रिक ब्यवस्था माथिको निरन्तरको प्रहारका कारण यो ब्यवस्था जोगाउने दायित्व फेरि कांग्रेस कै भएको बताए । १४ मंसिरमा हुने उपनिर्वाचनलाई लोकतन्त्र पक्षधर र […]
१० मंसिर, गोरखा । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक जना स्याङजा जिल्ला सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङजा जिल्ला सदस्य सागर अर्याल रहेका छन् । भिरकोट नगरपालिका–१ का ४८ बर्षीय अर्याललाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिकाको मझुवाबाट पक्राउ परेका […]
१० मंसिर, काठमाडौं । काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठक सर्वसाधारणको लागि खुला भएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्ल्यू बेरीले गद्दी बैठकलाई निर्देशित भ्रमणका लागि सर्वसाधारणको लागि खुला गरेका हुन् । यसअघि गद्दी बैठक सर्वसाधारणको लागि खुला थिएन । अब निर्देशित भ्रमणका लागि गद्दी […]
१० मंसिर, बुटवल । बुटवल–७ दीपनगरस्थित नीलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरूकुल विद्याश्रममा महायज्ञ सञ्चालन गरिने भएको छ । मंसिर १५ गतेदेखि शिव पञ्चपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो । हराउँदै गएको संस्कृत पाठशालाको विकास गरी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महायज्ञ आयोजना गर्न लागिएको यज्ञ सम्पादन मूल समितिका सहसंयोजक चुडामणि […]
from समाचार – Online Khabar https://ift.tt/2rvQvQs
via IFTTT