समाचार
१२ मंसिर, काठमाडौं । ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए । शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न […]
१२ मंसिर, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ । सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ […]
१२ मंसिर, काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन भारतीय भलिबल टोली नेपाल आइपुगेको छ । प्रतियोगितामा सहभागी हुने या नहुने भन्ने अन्योलता चिर्दै भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । भारतीय महिला भलिबल टोलीले आजै नेपालसँग प्रतिस्पर्धा गर्दैछ । भलिबलतर्फ […]
१२ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । गएराति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ५ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै दोलखा, काभ्रे, काठमाडौं उपत्यकालगायत स्थानसम्म महसुस भएको थियो । ०७२ वैशाख १२ […]
११ मंसिर, काठमाडौं । थप दुई वटा बन्दरगाह प्रयोग गर्न दिन नेपालले राखेको प्रस्ताव भारतले अस्वीकार गरेको छ । नेपाल–भारत पारवहन सन्धि विस्तृत पुनरावलोकनका लागि काठमाडौंमा बसेको दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा भारतीय पक्षले बन्दरगाह प्रयोग सम्बन्धमा पछि निर्णय दिने बताएको वाणिज्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालले हाल भारतको कोलकत्ता र […]
११ मंसिर, काठमाडौं । नेपाली सेनाले निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनौट सम्बन्धी अन्तिम सूची सार्वजनिक गरेको छ । प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । जसमा अधिकांश कोरियन कम्पनी छन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार योसिन […]
११ मंसिर, काठमाडौं । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको […]
११ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख सुधार आएको छ । तर उनलाई अझै केही दिन सघन उपचार कक्ष (आईसीयू)मै राखिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मंगलबार सबेरैदेखि पेट दुखेपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसपछि इलेक्टिभ […]
११ मंसिर, काठमाडौं । आगामी शनिबार हुने उपचुनावलाई कतिपय विश्लेषकले सरकार र प्रतिपक्षको लोकप्रियता मापन गर्ने ‘मिनी जनमत संग्रह’ भन्न भ्याएका छन् । के यो चुनाव ‘मिनी जनमत संग्रह’ नै हो त ? सरकारको लोकप्रियता घट्यो कि बढ्यो भन्ने प्रश्नमा नमूना संकलनका लागि एउटै प्रतिनिधिसभाको चुनावलाई आधार मान्न सकिन्छ कि सकिँदैन ? तीनवटा प्रदेशसभा र […]
११ मंसिर, जनकपुरधाम । आगामी शनिबार प्रदेश २ को १ गाउँपालिकाको अध्यक्ष र विभिन्न स्थानीय तहको ९ वटा वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिदैं जाँदा राजनीतिक दल र उम्मेदवारबाट निर्वाचन आचारसंहिता उलंघन हुने क्रम बढेको छ । संघीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु खुल्ला रुपले चुनाव प्रचार प्रसारमा सहभागी भएका छन् । […]
११ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले उपनिर्वाचन कम्युनिस्टको असफलता र कांग्रेसको निरिहताविरुद्ध मिनी जनमत संग्रह भएको दावी गरेका छन् । बुधबार कास्की क्षेत्र नं-२ को उपनिर्वाचनको चुनावी सभालाई पोखरामा सम्बोधन गर्दै नेता बोहराले आसन्न निर्वाचन धर्म परिवर्तनविरुद्ध र हिन्दु राष्ट्रको पक्षमा सशक्त र नयाँ जनमतको रुपमा अभिव्यक्त हुने पनि बताएका […]
११ मंसिर, वीरगञ्ज । क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै रकम असुली गर्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-५ का २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी रहेका छन् । चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ बस्ने अनन्त खतिवडालाई डर-धम्की देखाइ रकम माग्ने गरेको पर्सा प्रहरीले […]
११ मंसिर, काठमाडौं । सामाजिक सुरक्षा योजना घोषणा भएको दिन पारेर सरकारले बुधबार पहिलो सामाजिक सुरक्षा दिवस मनायो । तर ‘नयाँ युगको सुरुवात’को संज्ञा दिइएको यो कार्यक्रमबारे अझै बहस भने टुंगिएको छैन । एकथरिको मत छ, सामाजिक सुरक्षा कार्यक्रम अव्यवहारिक भयो । अर्कोथरिले भन्छ, श्रमिकको हितमा छ । यही द्विविधाका कारण कोषप्रति अपेक्षाकृत आकर्षण देखिएको […]
११ मंसिर, काठमाडौं । अमेरिकाले नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा रहेको विश्लेषण सार्वजनिक गरेको करिब एक महिनापछि नेपाली सेनाले जवाफ फर्काएको छ । अमेरिकी प्रतिवेदनमा भनिएझैँ नेपालको सुरक्षा स्थिति कमजोर नरहेको छनक दिने गरी सेनाले प्रतिआतंकवाद तथा ‘एन्टी हाइज्याकिङ’ सम्बन्धी कारबाहीमा उत्कृष्ट मानिएको टोलीसँग संयुक्त अभ्यास गरेको छ । प्रतिवेदन सार्वजनिक भएपछि ८ मंसिरबाट सेनाले सञ्चालन […]
११ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले बुधबार पोखराको चुनावी सभालाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ‘देवघाटतिर जानुपर्ने विचरा बूढा मान्छे’ भनेपछि यो विषयले समाजिक सञ्जाल तताएको छ । बुधबार पोखराको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहिँ विदा लिनुपर्छ भन्नेहरुले विचरा ७७ वर्षको बूढालाई, जो अब देवघाटतिर […]
११ मंसिर, काठमाडौं । देशका केही बन्द उद्योग र कृषि तालिम केन्द्रको जग्गा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको पाइएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गठन गरेको ‘सरकारी आश्वासन अध्ययन उपसमिति’ले बन्द उद्योग र कृषि तालिम केन्द्रको जग्गा सशस्त्रलाई क्याम्प राख्न दिएको पाइएको जनाएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम […]
११ मंसिर, गोरखा । बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट लगायत बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि बुधबार बसेको सरोकारवालाको बैठक निष्कर्षविहीन टुङ्गिएको छ । आयोजनाको वातावरण मुआब्जा वितरण, पुर्नवास तथा पुर्नस्थापना इकाइ सिउरेनीटारमा बैठक बसेको थियो । बुधबार साँझ अबेरसम्म बसेको बैठकले मुआब्जा निर्धारण गर्ने तयारी गरेतापनि अन्तत: प्राविधिक कारण देखाउँदै बैठक विना निष्कर्ष टुङ्गिएको छ […]
११ मंसिर, पोखरा । एक समय नेता प्रदीप गिरीले शेरबहादुर देउवालाई अध्ययन नगर्ने नेताले सरकार चलाइरहेको भनेर व्यंग्य गरेछन् । देउवाले प्रदीपलाई जवाफ दिएछन्, ‘तिमीले अध्ययन गरेर नाप्यौ ? म तीनचोटि प्रधानमन्त्री भइसकें ।’ अध्ययनसम्बन्धी दुई नेताबीचको यो संवाद एकताका चर्चित थियो । ‘अनपढहरु नेता भए । औंठा छाप सांसद बने… केही वर्षअघि यो विषय […]
११ मंसिर, विराटनगर । आगामी शनिबार मोरङको धनपालाथान गाउँपालिका– २ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनलाई मुख्य दुई ठूला दल नेकपा र नेपाली कांग्रेसले प्रतिष्ठाको लडाइँ बनाएका छन् । वडा अध्यक्षको निर्वाचनको प्रचार–प्रसारका लागि नेपाली कांग्रेस र नेकपाबाट केन्द्रीय तहका नेतादेखि जिल्ला तहका नेतासम्म धनपालथानमा केन्द्रित भएका छन् । धनपालथान–२ मा नेपाली कांग्रेसले नारायण […]
११ मंसिर, काठमाडौं । नागरिक समाजका अगुवाहरूले नेपालको वास्तविक नक्सा सहितको श्वेतपत्र जारी गर्न माग गरेका छन् । सीमा बचाउ अभियान र सजग नागरिकहरूले बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याललाई भेटेर संविधानमै सुगौली सन्धि अनुसारको नक्सा राख्न माग गरेका हुन् । सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार काली (महाकाली) पश्चिमका […]
११ मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्ररीसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरेर कीर्ते हस्ताक्षर गरेर रकम निकाल्ने ६ जनाको समूहलाई सार्वजनिक गर्यो । यो समूहले नक्कली हस्ताक्षर गरेर बैंकहरुबाट चेकबुक र एटीएम कार्ड लिने र उनीहरुको पैसा निकाल्ने गर्दै आएको थियो । बैंकमा राखेको रकम समेत चोरी भएको पाइएपछि नेपाल राष्ट्र बैंकले चासो देखाएको छ […]
from समाचार – Online Khabar https://ift.tt/2DmuxlA
via IFTTT