समाचार
१२ मंसिर, डोटी । खैरो रङ्गको कोट, कोटभित्र त्यस्तै रङ्गको स्वीटर, घाँटीमा गलबन्दी, आँखामा कालो फ्रेमको मोटो सिसासहितको चश्मा, टाउकोमा ढाकाटोपी । दार्चुला निवासी दानीराम तिरुवाको पहिचान यति मात्र होइन । उनको पहिचान १८ हजार ५९ हलिया मुक्त गराउने एक योद्धाका रुपमा स्थापित भएको छ । नेताहरुले ‘देवघाट जाने उमेर’ तोक्दै गर्दा ६१ वर्षीय दानीरामको […]
१२ मंसिर, काठमाडौं । ठूलो तामझामका साथ नेपाल एयरसलाइन्सले १२ भदौमा जापानको ओसाकामा सीधा हवाई उडान थालेको थियो । एयरबस ए ३३३० वाइडबडीमा ओसाका जाने यात्रुहरुको सूचीमा तत्कालीन पर्यटन राज्यमन्त्री धनबहादुर बूढा, पर्यटन व्यवसायी र एयरलाइन्सका कर्मचारीसमेत थिए । तर, तीन महिना नपुग्दै नेपाल एयरलाइन्स ओसाका उडान बन्द गर्ने निष्कर्षमा पुगेको छ । यो तीन […]
१२ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याको समाधान एकैपटक खोजिने बताएका छन् । ‘कालापानी, लिपुलेकको प्रश्नै होइन, प्रश्न लिम्पयाधुराको हो । सिमा समस्या समाधानको विधि कुटनीतिक र राजनीतिक नै हो’ मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने । सीमा समस्या समाधानका लागि नेपाल […]
१२ मंसिर, काठमाडौं । सरकारले पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने नयाँ मापदण्ड बनाएको छ । यसले ८ सय सीसीको गाडीलाई ट्याक्सी बनाउन त रोकेको छ, तर सरकारको यो मापदण्ड लागू गर्न ट्याक्सी चालक तथा व्यवसायीले सर्त राखेका छन्, भाडादर बढाउनुपर्छ ।’ ट्याक्सीको भाडा बढाउनुपर्ने उनीहरुको पुरानै माग […]
१२ मंसिर, धरान । दुई दिनपछि हुने उपनिर्वाचनलाई सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् । पोखरा, धरान, महोत्तरी लगायतका केही निर्वाचन हुने तहको स्थलगत भ्रमणपछि के बुझियो भने- यो निर्वाचन नेकपाको मध्यावधिक समीक्षाको अवसर हो । कांग्रेस नेताहरुले जहाँ पुगेपछि एउटै कुरा दोहोर्याएका छन्- यो निर्वाचनमा कांग्रेसले जितेर नेकपाको सत्ता […]
१२ मङ्सिर, काठमाडौं । सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी […]
१२ मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी–२ मा रहेको नागढुंगा चेक प्वाइन्टबाट मकवानपुरका ५१ वर्षीय प्रताप मोक्तान र १९ वर्षीय सन्तोष खत्री पक्राउ परेका हुन् । नियमित चेकजाँचका क्रममा छुट्टाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी अशोक सिंहले बताए । उनका अनुसार धादिङबाट […]
१२ मंसिर, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सका पदाधिकारीहरुसँग कार्यप्रगतिबारे सोधपुछ गरेका छन् । चौमासिक समीक्षाका क्रममा मन्त्रालयले बुधबारदेखि मातहतका हरेक विभाग, प्राधिकरण, विकास समितिबाट विस्तृत प्रस्तुति लिन थालेको थियो । यसक्रममा अहिलेसम्म भएका कामको समीक्षा गर्दै कुनै समस्या भए समाधानको उपाय खोजी हुने मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए […]
१२ मंसिर, काठमाडौं । अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका ५८ वर्षीया गोबर्द्धनप्रसाद सरावगी र अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरुलाई ३८ लाख १२ हजार रुपैयाँसहित न्युरोटबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका […]
१२ मंसिर, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ । पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति नभएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको देखिएको छ । […]
१२ मंसिर, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचन गराउन निर्वाचन आयोगबाट खटिएका ५ हजार ५ सय ५२ कर्मचचारी मतदानस्थलमा पुगेका छन् । आयोगले बिहीबार विज्ञप्ति जारी गरी कर्मचारीहरु मतदानस्थलमा पुगिसकेको जानकारी दिएको छ । कर्मचारीले मतदान हुनुअघि सर्वदलीय एवं सर्वपक्षीय बैठक गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन मतदाता परिचयपत्र […]
१२ मंसिर, विराटनगर । अदालतले तोकेको ७५ रुपैयाँ जरिवाना नतिर्दा विराटनगरबाट १६ जना पक्राउ परेका छन् । जुवा मुद्दामा जिल्ला अदालत मोरङबाट ७५ रुपैयाँ जरिवाना तोकिएका १६ जना ५ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्वर ६, ७ र ११ का हुन् । जुवा मुद्दामा २०७१ साल असार ३ गते १६ […]
१२ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा सतप्रतिशत नजिक पुग्नेगरी काम गर्न गृहमन्त्रालय र मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्रालयमा आव २०७६/०७७को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘ तोकिएको लक्ष्य सत प्रतिशत पुर्याउन कोशिस गर्नुहोस्, त्यसो […]
१२ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा सडक बनाउने क्रममा ढिस्कोले पुरिएर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिकाका–१ का ३१ वर्षीयको प्रेम पुन र प्रकाश घर्ती छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार बाटो बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो । दुवै जनाको शव अहिले […]
१२ मंसिर, काठमाडौं । कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको टोली र वैदेशिक रोजगार विभागबीच इपिएस प्रणालीको प्रभावकारिताका बारेमा छलफल भएको छ। उक्त छलफलमा दुबै पक्षले आ-आफ्ना सरोकारका बिषयमा चर्चा गरेका थिए। कोरियन पक्षले नेतृत्व गर्दै महानिर्देशक किमले नेपाली कामदारहरुको कोरियाली अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै इपीएस प्रणालीबाट रोजगारीका […]
१२ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङले १० वर्षदेखि फरार भएका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको साविक कुन्चोक गाविस-९ घर भइ धादिङको गजुरी-६ आदमघाट बस्दै आएका ३७ वर्षीय रामजी बानियालाई पक्राउ परेका हुन् । बानियालाई जिल्ला अदालत धादिङको ०६६ मंसिर २ गतेको फैसलाले चोरी मुद्दामा ५ वर्ष ५ महिना १० दिन […]
१२ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाललाई अन्र्तराष्ट्रिय मञ्चमा देखिने/सुनिने बनाउने गरी सरकारले आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटा भन्छन्, ‘हामी नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा देखिने/सुनिने बनाउछौं । यसै अन्तर्गत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिएका छौं ।’ तर, राष्ट्रपति पुटिनले नेपाल भ्रमण गर्छन् या […]
१२ मंसिर, काठमाडौं । भक्तपुरमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका-५ प्राणोदय स्कूल नजिकै बा१२च ५६५६ नम्बरको पानी बोक्ने गाडीले ठक्कर दिदा सिन्धुपाल्चोक बाह्रविसे घर भइ भक्तपुर पुरानोठिमी बस्ने २५ वर्षीय ज्योति मगरको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ज्योतिको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु […]
१२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित बुधबार पक्राउ गरेको हो । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको […]
१२ मंसिर, काठमाडौं । उदयपुरको बेलकाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । १६ वर्षीया बालकलाई अपहरण गरेको अभियोगमा आइतबार प्रहरीले वेलका नगरपालिका ३ बस्ने १९ वर्षका मनोज खत्रीलाई पक्राउ गरेको हो । पक्राउ परेका खत्री र सोही ठाउँका विशाल लिम्बुले १६ वर्षीया विशेष खड्कालाई अपहरण गरी जंगलतर्फ लगेका थिए । अपहरणमा परेका खड्काको […]
१२ मंसिर, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका-२ को वडा कार्यालयमा ध्यानसिंह पिपराका स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । वडा अध्यक्षले अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै सर्वसाधरणले वडा सचिवको कार्यकक्षमा बिहीबार केहीबेर तालाबन्दी गरेका हुन् । सडकको बीचमा रहेको नहर (टरसरि) सफा गराइदिन आग्रह गर्न जाँदा वडा अध्यक्ष जितेन्द्र पटेलले अभद्र व्यवहार गरेको उनीहरुको भनाइ छ […]
from समाचार – Online Khabar https://ift.tt/2Y1TYT9
via IFTTT