Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चितल मारेर परालमा लुकाउने एक जना पक्राउ

९ मंसिर, चितवन । चितल मारेर परालको टौवामा लुकाउने एक जना चितवनको खैरहनीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका-१३ बस्ने हेमबहादुर ढुंगाना रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गणका सुरक्षाकर्मीहरुले आइतबार उनलाई चितल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसहित नियन्त्रणमा लिएको हो । घर नजिकैको टौवामा […]

गर्भवती महिलालाई तिलोत्तमामा निःशुल्क क्याल्सियम

९ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई क्याल्सियम निःशुल्क उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउने उद्देश्यले प्रदेश ५ मै पहिलोपटक तिलोत्तमा नगरपालिकाले स्वास्थ्य संस्थामार्फत् क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्छ । स्वास्थ्यकर्मीले […]

‘अकुपाई टुँडिखेल’ अभियन्ताले मेयर भेट्न पाएनन्

९ मंसिर, काठमाडौं । अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले सुरु भएको ‘अकुपाई टुँडिखेल’ अभियानका अभियान्ताहरुले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न पाएनन् । मेयर शाक्यलाई भेट्न अभियान्ताहरु दिउँसो २ बजे भेट्न महानगरपालिकाको कार्यालय सुन्धारा पुगेका थिए । उनीहरु पुग्दा मेयर शाक्य कार्यकक्षमा भेटिएनन् । अभियान अन्तर्गत सोमबार मेयर शाक्यलाई भेटेर तत्कालै […]

उपचुनाव बहिष्कारको नारा लगाउने ९ जना पक्राउ

९ मंसिर, काठमाडौं । सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँड्ने ९ जनालाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए । पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको एसपी […]

मेडिकल कलेजको राष्ट्रियकरण सुरु गर्न डा. केसीको माग

९ मंसिर, काठमाडौँ । प्रा. डा. गोविन्द केसीले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजविरुद्ध ठगी मुद्दा चलाउन र कलेजको राष्ट्रियकरण सुरु गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले सरकारले दिएको समयसीमाभित्र अतिरिक्त शुल्क फिर्ता नगर्ने कलेजविरुद्ध ठगी मुद्दा चलाउन र मेडिकल कलेजको राष्ट्रियकरण प्रक्रिया सुरु गर्न माग गरेका छन् । […]

काठमाडौं आउने जहाजमा नेपाल चिनाउने अडियो सन्देश बजाइने

९ मंसिर, काठमाडौं । नेपाल अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका जहाजमा नेपालको परिचयात्मक अडियो सन्देश बजाइने भएको छ । अध्यागमन विभागले यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलले उक्त अभियानलाई शीघ्र कार्यान्वयनमा ल्याउन मन्त्रालयसमक्ष आग्रहसमेत गरेका छन् । पौडेलका अनुसार अडियो म्यासेज […]

आरुघाटको मुआब्जा एक हप्ताभित्रै तोकिने

९ मंसिर, गोरखा । बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाटलगायत बजार क्षेत्रको मुआब्जा निर्धारण एक हप्ताभित्र निर्धारण गर्ने तयारी भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले केही दिनभित्र मुआब्जा निर्धारण हुने बताए । आफूहरु त्यसको अन्तिम तयारीमा रहेको जानकारी दिँदै उनले अनलाइनखबरसँग भने ‘हामीले गृहकार्य गरिरहेका छौं, एक […]

दाङमा सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास

९ मंसिर, दाङ । दाङको देउखुरीमा सर्पदंश उपचार केन्द्र भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । देउखुरीमा सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास भएसँगै यस क्षेत्रका बासिन्दा हर्षित बनेका छन् । लमही अस्पताल भवनको नजिकै सर्पदंश उपचार केन्द्र भवन निर्माण हुन लागेको हो । पश्चिममा नेपालगंजदेखि पूर्वमा कपिलवस्तुसम्म सर्पदंश उपचार केन्द्र नहुँदा यस क्षेत्रमा […]

देउवालाई प्रचण्डको जवाफ : राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाऔं

९, मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् । सोमबार चितवनको भरतपुर महानगरपालिका १६ मा आयोजित […]

सुधार गृहको झ्याल फुटाएर भागे दुई बालक

९ मंसिर, विराटनगर । बलात्कार र ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि बाल सुधार गृह विराटनगर चलान भएका दुई बालक भागेका छन् । सोमबार बिहान सुधार गृहको दोस्रो तलामा रहेको झ्याल फुटाएर १६ र १७ वर्षीय दुई बालक भागेका हुन् । ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि सुधार गृहमा रहेका १६ र १७ […]

१३औं साग : यसरी सजिँदैछ पोखरा रंगशाला

९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)का लागि अहिले पोखरा रंगशाला पुनर्निर्माणलाई तीव्र बनाइएको छ । रंगशाला गेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल खेल्दै गरेको बोर्ड टाँगिएको छ भने रङरोगनलाई पनि गरिसकिएको छ । साग खेल हुन अब १ हप्तामात्रै बाँकी छ । साग आउन १ हप्तामात्रै बाँकी छँदा रंगशालाभित्र रहेका पूर्वाधारदेखि अव्यवस्थित खाली […]

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको निकटता चिन्ताजनक : रणजित राय

९ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टीबीचको निकटता चिन्ताको विषय भएको बताएका छन् । साथै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एकता गराउन चीनले निर्णायक भूमिका खेलेको उनको दाबी छ । ‘द वायर’ का लागि ह्याप्पिमन ज्याकोबले लिएको भिडियो अन्तर्वार्तामा रायले करिब पौने घन्टा नेपाल–भारत […]

५० ग्राम गाँजा बोकेका दुई युवाले प्रहरीलाई दुई हजार घुस दिन खोजेपछि…

९ मंसिर, काठमाडौं । करिब ५० ग्राम अवैध लागूऔषध गाँजा बोक्ने दुई युवकले प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोजेपछि उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जन रहेका छन् । ललितपुर महानगरपालिका-१२ लगनखेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको […]

कानूनमन्त्री यादवलाई पदभार ग्रहणमा ९ प्रश्न

९ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानून दिइएको थियो । मन्त्रालय हेरफेर गर्दा मन्त्री यादव भने भारतमा थिए । शुक्रबार स्वदेश फर्किएका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादव आइतबार उपनिर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन कास्की गए […]

मन्त्री पदलाई युद्धकै मोर्चा ठानेको छु : उद्योगमन्त्री भट्ट

९ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् । पाँचौं उद्योग दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले भने ‘युद्धको मोर्चाको रुपमा मन्त्रालय पाएका छौं, । हामीलाई युद्ध हार्ने छुट छैन । उद्योगीका समस्या गम्भीरतापूर्वक लिने र अध्ययन गर्ने  बेला हो । अहिले बोल्ने बेला भएको […]

‘ओलीले मोदीलाई सोध्न सक्नुपर्छ, सुगौली सन्धि मान्ने कि नमान्ने ?’

९ मंसिर, काठमाडौं । पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल नेपाली भूमि भारतले अतिक्रमण गरेको विषयमा समाधान खोज्ने सबैभन्दा उपयुक्त अवसर आएको बताउँछन् । नेपालमा दुईतिहाइ बहुमत र भारतमा पनि निर्णय गर्न सक्ने बलियो सरकार भएकाले यो विषय अहिले नै सल्टाउनुपर्ने उनको धारणा छ । दार्चुलाको प्रमुख जिल्ला अधिकारी भएका बेला ०३८ सालमा सीमा अतिक्रमणसम्बन्धी प्रतिवेदन गृह […]

मादक पदार्थ सेवन गरी एक व्यक्तिले लगाए आफ्नै घरमा आगो

९ मंसिर, काठमाडौं । तेह्रथुममा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । तेह्रथुमको मेन्छयायेम गाउँपालिका-३ सिकिम्बाका ५२ वर्षीय मिङमा निरिङ शेर्पाले मादक पदार्थ सेवन गरी आइतबार आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आफ्नै घरमा आगो लगाउने शेर्पालाई नियन्त्रणमा […]

दशरथ रंगशालामा नेपाली फुटबल टिमको अभ्यास

९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेदकुद (साग)को तयारीमा रहेको नेपाली फुटबल टिमले दशरथ रंगशालामा अभ्यास गरेको छ । २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको रंगशालाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । अधिकांश काम सकिएको भए पनि भीआईपी प्याराफिट हाल्ने काम भइरहेको छ । त्यस्तै अवस्थामा सोमबार नेपाली टोलीले रंगशालामा अभ्यास थालेको छ ।

ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्रे सुरु

९ मङ्सिर, दमौली । ‘ट्रयाक’ खुलेको २४ वर्षपछि भीमाद नगरपालिका-५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे सुरु भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार ५७३ को लागतमा सडक कालोपत्रे सुरु भएको हो । कार्यालयका प्रमुख लक्ष्मी भण्डारीका अनुसार विसं २०५२ मा ट्रयाक खुलेको उक्त मोटरमार्ग […]

उर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चीनको युनान प्रान्त इच्छुक

९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चीनको युनान प्रान्तका गर्भनर रुआन चेङगफा बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको थियो । मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी जिनपिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको […]

१०८ जोडीको विवाह एउटै मण्डपमा हुँदै

९ मङ्सिर, जलेश्वर । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए । जनकपुरस्थित जानकी मन्दिरसँगै […]



from समाचार – Online Khabar https://ift.tt/33gLKYu
via IFTTT
Powered by Blogger.