Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

शुल्क फिर्ता गरे/नगरेबारे अनुगमन गर्न सह-संयोजक तामाङको माग

११ मंसिर, काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गरे/नगरेबारे अनुगमन गर्न सरकारसँग माग गरेका छन् । सरकार र मेडिकल कलेज सञ्चालकबीच मंगलबार राति भएको शुल्क फिर्ता गर्ने सम्झौता कार्यान्वयनमा शंका व्यक्त गर्दै तामाङले अनुगमन टोली गठन गरेर परिचालन गर्न माग गरेका हुन् […]

सडक मानवमुक्त घोषणा हुँदै बुटवल, ३ दिनमा ४० को उद्धार

११ मंसिर, बुटवल । बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गर्नका लागि सडकमा भेटिने त्यस्ता व्यक्तिको उद्धार गर्ने कामलाई तीव्र बनाइएको छ । प्रदेश ५ सरकारले समेत प्रदेशमा सडक मानवमुक्त अभियान चलाइरहेको बेला बुटवललाई सडक मानवमुक्त नगर घोषणा गर्ने तयारी गरिएको छ । मानव सेवा आश्रम बुटवलको सहयोगमा बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गर्न […]

काठमाडौंका बैंकबाट १९ लाख बढी चोरी, कर्मचारी संलग्न भएको आशंका

११ मंसिर, काठमाडौं । राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनले […]

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले

११ मंसिर, काठमाडौं । मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आएको र उनी कुराकानी गर्न थालेको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तमकृष्ण श्रेष्ठले बुधबार बिहान १०ः३० बजे एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जनाएका हुन् । ‘विशेषज्ञ चिकित्सकहरूबाट शल्यक्रियापश्चात हाल […]

रानीपोखरीको पुनर्निर्माण वैशाखमै सकिने

११ मंसिर, काठमाडौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ । ०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको […]

कर्णाली प्रदेश सरकारद्वारा कानूनविपरीत रकमान्तर

११ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी रकमान्तर गरिएको हो । ऐन मिचेर रकमान्तर गरेको भेटिएपछि समितिले मंगलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ । समितिको बैठकमा आन्तरिक […]

साग भलिबल आजबाट, कप्तान अरुणा भन्छिन्– उत्साह र दबाव दुवै छ

११ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदको औपचारिक उद्घाटन मंसिर १५ मा हुँदैछ । तर सागअन्तर्गत हुने भलिबल प्रतियोगिता भने मंसिर ११ गतेदेखि सुरु हुँदैछ । बुधबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ । भारतबाहेकका प्रतियोगी देशका टिमहरू नेपाल आइसकेका छन् । भारतले […]

उपचुनावको प्रचार आज अन्तिम, नेकपा र कांग्रेस आमने–सामने

११ मंसिर, काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु आज अन्तिम प्रचारमा जुटेका छन् । शनिबार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा […]

उद्योगीले मागे ‘उधारो असुली’ कानून

११ मंसिर, काठमाडौं । केही दिनअघि नेपालका चर्चित उद्योगीहरूको एउटा समूह नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार पुग्यो । टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सचित मोरसहित अधिकांश पदाधिकारी संलग्न थिए । उनीहरूले गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेर निजी क्षेत्रका विभिन्न गुनासा सुनाए । बैंकको ब्याजदर, लगानीको वातावरण लगायतका विषयमा छलफल हुँदै गर्दा अध्यक्ष मोरले एउटा […]

ठेकदार भर्सेस सरकार ! किन घेरिँदैछ बालुवाटार ?

११ मंसिर, काठमाडौं । निर्माण व्यवसायीहरु यतिबेला आन्दोलित छन् । विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पहिलो दिन सार्वजनिक खरिद अनुगमनको कार्यालयमा र पछिल्ला दुई दिन प्रधानमन्त्री निवास बालुवाटार अघि धर्नासहित प्रदर्शन गरिसक्यो । प्रधानमन्त्री अस्पताल भर्ना भएको दिन मंगलबार पनि ठेकदारहरु बालुवाटार घेराउमा व्यस्त थिए । भौतिक पूर्वाधारमन्त्रीका रुपमा […]

श्रम सम्झौताले पनि काम गरेन, मलेसिया जाने कामदारसँग चर्को असुली

११ मंसिर, काठमाडौं । सिन्धुलीका झलकबहादुर बिक र पोष्टराज बिकले मलेसियामा रोजगारीका लागि जाँदा ‘एक रुपैयाँ पनि तिर्नु नपर्ने’ सुनेका थिए । तर, त्यसविपरीत उनीहरूले जनही एक लाख रुपैयाँभन्दा बढी खर्चिनैपर्ने अवस्था आयो । ८० हजार रुपैयाँ म्यानपावरलाई बुझाइसकेका उनीहरू थप एक लाख २० हजार तिर्ने तयारीमा थिए । तर, आफ्नो नाममा श्रम स्वीकृति नै […]

तीन विमानस्थलको अपडेट : निजगढमा प्रगति शून्य, पोखरा र गौतमबुद्ध रफ्तारमा

११ मंसिर, काठमाडौं । सरकारले निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत गरेको छ । तीमध्ये दुई आयोजना रफ्तारमा अघि बढेका छन् भने एउटाको प्रगति शून्य छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक)को अवधिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति […]

‘फ्लड लाइट’मा फुटबल टिमको अभ्यास

११ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपालको यू-२३ फुटबल टिमले मंगलबार फ्लड लाइटमा अभ्यास गरेको छ । साढे चार वर्षपछि सोमबार दशरथ रंगशालामा पहिलोपटक अभ्यास गरेको टिमले आज फ्लड लाइटमा तालिम गरेको हो । १३ औं साग मंसिर १५ देखि सुरु हुँदैछ । फुटबल खेल भने मंसिर १६ मा सुरु हुनेछ […]

भक्तपुर क्यान्सर अस्पताल : पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर

११ मंसिर, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा. दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा. उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टरमा डा. अजयकुमार झालाई नियुक्त गरेको थियोे । जिल्लामा निर्वाचन आचारसंहिता लागू […]

गुल्मीमा जिप दुर्घटना, १ को मृत्यु, ४ घाइते

११ मंसिर, गुल्मी । गुल्मीमा गएराति जिप दुर्घटना हुँदा१ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छन् । जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा सत्यवती गाउँपालिका–३, सिङदीका ६८ वर्षीय ललितादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका […]

हात्ती र बाँदरबाट जोगिन चन्दा उठाएर सामूहिक पूजा

११ मंसिर, राजविराज । सप्तरीको कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि मंगलबार अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन् । स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ सामूहिक पूजा गरेका हुन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको […]

उपनिर्वाचनको मौन अवधि आजबाट, दलहरु अन्तिम प्रचारमा व्यस्त

११ मंसिर, काठमाडौं । १४ मंसिरको उपनिर्वाचनको मौन अवधि बुधबार मध्यरातिबाट सुरु हुँदै छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन । त्यसैले उम्मेदवारहरु आज अन्तिम प्रचारमा व्यस्त छन् । उम्मेदवारहरुले घरदैलो, जनसभा लगायतका कार्यक्रम गर्दै आएका छन् । बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन […]

‘प्रधानमन्त्रीलाई मेरै मिर्गौलाले काम गरिरहोस्’

११ मंसिर, काठमाडौं । दुई हप्ताअघि अञ्जान घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । केपीका गाला सुन्निएर पुक्क भएका थिए । तर, हाउभाउले कत्ति पनि बिरामी देखिँदैनथे । चश्माको छेकोबाट हेर्दै प्रधानमन्त्रीले प्रश्न गरे, ‘नियमित स्वास्थ्य परीक्षण गरिरहेकी छ्यौ ?’ अञ्जानले ‘अँ’ भन्ने भावमा टाउको हल्लाइन् । एकछिनपछि फेरि प्रधानमन्त्री बोले, ‘तिमी […]

‘प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट हटाइयो’

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने, ‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।’ त्रिवि शिक्षण अस्पताल […]

उपनिर्वाचन : कास्कीका २९ विद्यालयमा तीन दिन बिदा

११ मंसिर, पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख […]

सरकार र निजी मेडिकल कलेजबीच सहमति, बुधबारबाट अतिरिक्त शुल्क फिर्ता हुने

१० मंसिर, काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच सहमति जुटेको छ । मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीचको बैठकले दुई बुँदे सहमति गरेको हो । सहमतिअनुसार मेडिकल कजेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा भोलिबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् भने ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा […]



from समाचार – Online Khabar https://ift.tt/2XP2tAU
via IFTTT
Powered by Blogger.