समाचार
१० मंसिर, काठमाडौं । आगामी १४ मंसिरमा हुन लागेको उपनिर्वाचनको प्रभाव संघीय संसदका विषयगत समितिमा पनि परेको छ । उपनिर्वाचन हुने क्षेत्रका र अन्य सांसदहरु समेत उपनिर्वाचनमा केन्द्रित हुँदा संसदीय समितिमा गणपूरक संख्या पुग्न छाडेका छन् । कतिपय समितिले उपनिर्वाचन अघि समितिका बैठक नबोलाउने निर्णय नै गरेका छन् । मंगलबारको बैठकमा प्रतिनधिसभाको कृषि, सहकारी तथा […]
१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले मंसिर ९ गते गरेको डाक्टर र कर्मचारी नियुक्ति निर्वाचन आचारसंहिता विपरीत भएको ठहर गरेको छ । आयोगले भक्तपुरमा कात्तिक ८ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै क्यान्सर अस्पताल समितिको निर्णय आचारसंहिता विपरीत भएको ठहर गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति […]
१० मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा विद्यार्थी खटिने भएका छन् । प्यासिफिक एसिया ट्राभल एशोसिएशनले आफ्नो स्टूडेन्ट च्याप्टरमार्फत स्वयमसेवीका रुपमा विमानस्थलमा विद्यार्थीलाई खटाउने भएको हो । यसमा त्रिभुवन विमानस्थलले सहयोग गर्ने भएको छ । टूरिजम तथा हस्पिटालिटी सम्बन्धी कलेजमा अध्ययन गरिरहेका […]
१० मंसिर, काठमाडौं । चीनले अब केरुङ काठमाडौं जोड्ने रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ । दुई देशका अधिकारीहरुबीच मंगलबार काठमाडौंमा बसेको बैठकले सम्भाव्यता अध्ययनका क्रममा दुई देशले गर्ने कामहरु बाँडफाँट भएको छ । भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले भने, ‘चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा भएको एमओयू कार्यान्वयनका लागि बैठक बसेको हो […]
१० मंसिर, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसा रोक्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । सीआइएनले सुरु गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने सञ्चार अभियानको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘अहिले अभियान मात्र सञ्चालन भइरहेको छ । अभियान सञ्चालनमा मात्रै नभइ व्यवहारिक रूपमा नै लैङ्गिक हिंसा रोकथाम गर्ने काममा लाग्नेछु […]
१० मंसिर, काठमाडौं । मोरङ प्रहरीले विभिन्न घट्नामा अदालतबाट दोषी ठहर भई फरार ४६ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट चोरी, लागूऔषध, अंशचलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा दोषी ठहर भई कैद तथा जरिवानाको सजाय तोकिएका फरार ४६ जना प्रतिवादीहरुलाई सोमबार एकैदिन नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला […]
१० मंसिर, पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी फेरि कांग्रेसकै काँधमा आएको बताएका छन् । पोखराको भलाममा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले वर्तमान सरकारको लोकतान्त्रिक ब्यवस्था माथिको निरन्तरको प्रहारका कारण यो ब्यवस्था जोगाउने दायित्व फेरि कांग्रेस कै भएको बताए । १४ मंसिरमा हुने उपनिर्वाचनलाई लोकतन्त्र पक्षधर र […]
१० मंसिर, गोरखा । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक जना स्याङजा जिल्ला सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङजा जिल्ला सदस्य सागर अर्याल रहेका छन् । भिरकोट नगरपालिका–१ का ४८ बर्षीय अर्याललाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिकाको मझुवाबाट पक्राउ परेका […]
१० मंसिर, काठमाडौं । काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठक सर्वसाधारणको लागि खुला भएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्ल्यू बेरीले गद्दी बैठकलाई निर्देशित भ्रमणका लागि सर्वसाधारणको लागि खुला गरेका हुन् । यसअघि गद्दी बैठक सर्वसाधारणको लागि खुला थिएन । अब निर्देशित भ्रमणका लागि गद्दी […]
१० मंसिर, बुटवल । बुटवल–७ दीपनगरस्थित नीलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरूकुल विद्याश्रममा महायज्ञ सञ्चालन गरिने भएको छ । मंसिर १५ गतेदेखि शिव पञ्चपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो । हराउँदै गएको संस्कृत पाठशालाको विकास गरी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महायज्ञ आयोजना गर्न लागिएको यज्ञ सम्पादन मूल समितिका सहसंयोजक चुडामणि […]
१० मंसिर, काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक भएको छ । नेपाल विकास प्रतिष्ठानले गरेको एक अध्यनले दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको देखाएको छ । विश्व […]
१० मंसिर, काठमाडौं । सांसदहरुले नेपाली रैथाने जातका कृषिबालीको बीउबिजन संरक्षण गर्न कानूनमै व्यवस्था गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मंगलबार गरेको छलफलमा सांसद, कृषिविज्ञ र कृषि वैज्ञानिकले उन्नत र हाइब्रिड बीउले कृषिवस्तुका रैथाने जात लोप हुँदै गएकोमा चिन्ता जनाए । गत जेठ ७ गते प्रतिनिधिसभामा दर्ता भएको बीउबिजन […]
१० मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनबाट पनि पाइपलाइन मार्फत तेल ल्याउने बताएका छन् । रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आगामी तीन वर्षभित्रै चीनबाट पाइपलाइनबाट नेपालमा तेल ल्याउने दावी गरेका हुन् । कार्यक्रममा मन्त्री भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउने गरी […]
१० मंसिर, काठमाडौं । मेडिकल कलेजहरुले विद्यार्थीहरुको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान दोहोर्याएपछि अगामी कदमबारे सरकारले छलफल सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार अपरान्ह भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेललगायत सहभागी छन् । सरकारले सोमबार मेडिकल कलेजलाई अवैध शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको […]
१० मंसिर, काठमाडौं । बाँकेमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका-२ जब्बर पुरुवास्थित सडकमा भे१त २८९६ नम्बरको ट्याक्टले ठक्कर दिदा सोही ठाउँकी ५ वर्षीया सालिया बेगम खाँको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी खाँको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ठक्कर दिने चालकलाई […]
१० मंसिर, गोरखा । गोरखामा चेपाङ विद्यार्थीका लागि आवासीय सुविधासहितको छात्रावास सञ्चालनमा आएको छ । गण्डकी गाउँपालिका–६ भुम्लिचोकको तोमनडाँडा आधारभूत विद्यालयले गरिब तथा असहाय चेपाङ बालबालिकाको लागि आवासीय सुविधासहितको छात्रावास सञ्चालनमा ल्याएको हो । छात्रावास निर्माणका लागि चिनियाँ दूतावासबाट ८० लाख, सांसद बिकास कोषबाट १५ लाख र गाउँपालिकाबाट पनि आर्थिक सहयोग भएको विद्यालयका प्रधानाध्यापक कुल […]
१० मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । […]
१० मंसिर, काठमाडौं । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले दिउँसो २ बजे कसजुको निधन भएको पुष्टि गरे । निमोनियका कारण गम्भीर विरामी भएका उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना […]
१० मंसिर, काठमाडौं । निजी मेडिकल कलेजहरुले एमबीबीएस पढाइका लागि विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान सरकारसमक्ष राखेका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका हुन् । मेडिकल कलेज सञ्चालकहरुले शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता […]
१० मंसिर, काठमाडौं । भ्रमण वर्ष २०२० मा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा विद्यार्थी खटाइने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) ले आफ्नो स्टूडेन्ट च्याप्टरमार्फत स्वयमसेवीकाको रुपमा विमानस्थलमा विद्यार्थीलाई खटाउने भएको हो । यसमा त्रिभुवन विमानस्थलले सहयोग गर्ने भएको छ । टूरिजम तथा हस्पिटालिटी सम्बन्धी कलेजमा […]
१० मंसिर, निजगढ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं […]
from समाचार – Online Khabar https://ift.tt/2sh6sdL
via IFTTT