समाचार
१० मंसिर, काठमाडौं । गत सिजन शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमै न्यूरोड टिम एनआरटीले विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरी खेल्दै अंक खोस्यो । उपाधिको दाबेदार आर्मीलाई २-२ मा राखेको खेलमा ए डिभिजन लिगमा पुनरागमन गरेको एनआरटीका दोस्रो गोल गर्ने खेलाडी थिए राजेश परियार । पहिलो खेलमै गोल गर्न सफल राजेश लिगमा राम्रो प्रदर्शन […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीमण्डल पुनर्गठन गर्दा मारवाडी समुदायका एक व्यापारीले अनपेक्षित ‘इन्ट्री’ पाए । ती भाग्यमानी थिए, दुगड स्पाइस एवं फुड्स कम्पनीका म्यानेजिङ डाइरेक्टर मोतीलाल दुगड । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा नियुक्ति पाएका दुगडको बारेमा अहिले एउटा चर्चा चलेको छ, उनी भारतीय हुन् भन्ने । एउटा भारतीय वेवसाइटले […]
नेपालमा तीन दशक अघि सुरु भएको लघुवित्तको अवधारणा अहिले गाउँगाउमा अभ्यासमा छ । बिकट क्षेत्रमा ठूला बैंकहरुको अनुपस्थितिले यो अभ्यासलाई अनुकुलता दिएको छ । बिकटका विपन्न वर्गमा लगानी गर्नकै लागि नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजत लिएर कारोबार गरेका लघुवित्त संस्थाहरुको संख्या अहिले सय नजिक पुगेको छ । यी संस्थाहरुले बिकटका गाउँमा गएर […]
१० मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकको हौसला बढाउन मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दुई दिनदेखि यसको तयारी गरिरहेका थिए । प्रधानमन्त्रीले खेलाडीलाई सम्बोधन गर्ने मात्र नभएर विशेष (स्पेसल) प्याकेज घोषणा गर्ने कार्यक्रम समेत […]
१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिमा रहेर काम गर्न शर्त राखेको छ । मंगलबार बसेको मानव अधिकार आयोगको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मान्यता अनुरुप संशोधन, द्वन्द्वपीडितहरुको भावना, सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं […]
१० मंसिर, काठमाडौं । नारायणहिटी दरवार संग्रहालयको संचालन–व्यवस्थापन अब विकास समिति मार्फत हुने भएको छ । सरकारले नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति (गठन) आदेश २०७६ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो । विकास समितिको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले गर्ने भएका छन् । समितिमा अर्थ र […]
१० मंसिर, रामेछाप । पदाधिकारीबीचको विवादले लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा पनि विकास निर्माणका कुनै काम सुरु गर्न सकेको छैन । गाउँपालिकाको वडानम्बर-१ दुरागाउँमा विद्युतीकरण गरिएको रकम भुक्तानीको विषयमा गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्का, उपाध्यक्ष दीपशिखा दाहाल, प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहति कार्यपालिकाका अन्य सदस्यहरु बीच गत असारदेखि विवाद छ । […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरिएको हो । अहिले सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) मा रहेका प्रधानमन्त्री चिकित्सकहरुको निरन्तर निगरानीमा […]
१० मंसिर, काठमाडौं । चितवनको भरतपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी(पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार सोमबार राति ११ बजे ना७त ४७० नम्बरको ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको चक्काले किचेको […]
१० मंसिर, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोमछापबाट बा४ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेका व्यक्तिको नाम खुलाएनन् । ‘सीसी टीभी फुटेजको […]
१० मंसिर, काठमाडौं । लोक बाजाहरु इतिहास हुन्, जुन हाम्रा पुर्खाहरुले आफ्नो परम्पराअनुसार बजाए । यस अर्थमा बाजाहरु हाम्रो पहिचान पनि हुन् । नेपाली लोकबाजा संग्रहालय हेर्दा नेपाली साँस्कृतिक इतिहास र पहिचानको संरक्षण भएको लाग्छ । काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर परिसरको सत्तलमा भाडामा बसिरहेको संग्रहालयको अवस्था भने नाजुक छ । वरिपरिको वातावरण हेर्दा कसैलाई पनि […]
१० मंसिर, ठिनी । मुस्ताङस्थित चिनियाँ सीमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । प्रहरी […]
१० मंसिर, काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरी बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ । गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ प्रतिकिलो थियो । तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय […]
१० मंसिर, काठमाडौं । लक्ष्य अनुसार काम भयो भने आगामी असार मसान्तसम्म माथिल्लो तामाकोसीबाट विजुली उत्पादन सुरु भइसक्नुपर्छ । तर अझै केही जटिल र महत्वपूर्ण कामहरु बाँकी रहेकाले ढुक्क भइहाल्ने अवस्था छैन । विद्युत प्राधिकरणका अनुसार ठाडो सुरुङमा पेनस्टक पाइप हाल्ने लगायतका चुनौतीपूर्ण कामहरु निर्विघ्नरुपले भए यथासमयमा आयोजना सम्पन्न हुन सक्छ । अन्तिम समयमा कुनै […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सकिएको छ । महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन गरिएको हो । अस्पतालका डा. अरुण सायमीले भने, ‘एपेन्डिसाइटिसको सानो अपरेसन भर्खरै सकिएको छ ।’ अप्रेसन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, कति दिन बस्नुपर्छ भनेर […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे । तर एपेन्डिसाइटिसका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि उनी अस्पतालमा भर्ना भए । अस्पताल जानुअघिसम्म राजकाजका काममा सक्रिय रहेका प्रधानमन्त्री ओलीले अघिल्लो दिन सञ्चार माध्यममा एक घण्टा लामो अन्तरवार्तासमेत दिन भ्याए । अन्तर्वार्तामा उनले आफ्नो […]
१० मङ्सिर, बाजुरा । जगन्नाथ गाउँपालिका-५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावलको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए । घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा स्वास्थ्य केन्द्र गोत्री पुर्याइएको स्वास्थ्य एकाइमा कार्यरत […]
१० मंसिर, काठमाडौं । नेपाल र रुस सैन्य–प्राविधिक समन्वय सम्वन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार यसबारे औपचारिक जानकारी दिएका हुन् । ‘सैन्य–प्राविधिक समन्वयमा धेरै राम्रा कुराहरु छन् । हामीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सहमति गरेका छौं,’ नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसित भेटवार्तापछि लाभ्रोभले भने । उनले यसबारे विस्तृत जानकारी भने […]
१० मङ्सिर, महोत्तरी । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको सीमा विवादबारे आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच कुराकानी हुनसक्ने बताएका छन् । तर, त्योभन्दा पहिले विभिन्न लेभलमा कुराकानी भएर टुंगिन सक्ने बताउँदै प्रधानमन्त्रीले त्यहाँबाट टुंगिएन भने प्रधानमन्त्रीको लेभलमा कुराकानी हुने स्पष्ट पारेका छन् । सोमबार एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भने, ‘यसमा मोदीजी […]
१० मंसिर, काठमाडौं । मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरुले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगका आयुक्त नियुक्ति प्रकृयामा नेपाल सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । द्वन्द्वकालका गम्भीर अपराधहरूलाई छिपाउने मनसायसहित पर्याप्त परामर्शविना आयोगहरु पुनर्गठन गर्न खोजिएको उनीहरुको ठहर छ । आईसीजे, एम्नेष्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले मंगलबार संयुक्त […]
from समाचार – Online Khabar https://ift.tt/2DefM4x
via IFTTT