Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पाल्पामा एकै पटक १४१ शिक्षक विस्थापित

१३ मंसिर, तानसेन । पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको छ । बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा […]

पर्यटकीयस्थल भ्रमण गर्दै नुवाकोट पुगे उपराष्ट्रपति

१३ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् । काठमाडौंको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म पुगेका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घरबास (होमस्टे) सहित पर्यटकीय गन्तव्य […]

बैंकबाट लाखौं चोर्ने ‘विद्यार्थी’को अर्को धन्दा !

१३ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न बैंकबाट करिब ३० लाख रुपैयाँ लुटिएको प्रकरणमा संलग्न ६ भाइमध्येका हुन्, काभ्रेका २१ वर्षीय अञ्जन बराल । पक्राउ परेका सबै जनाविरुद्ध बैंकिङ कसूर सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । बरालविरुद्ध भने दुईवटा कसूरमा मुद्दा चल्न सक्छ । आखिर किन ? यसबारे जान्न दशैंको तीन दिनअघि […]

समावेशी आयोग भन्छ- गरीबलाई आरक्षण चाहियो !

१३ मंसिर, काठमाडौं । वर्तमान संविधानमा भूगोल र जातिका आधारमा समानुपातिक समावेशी आरक्षण प्रणालीको व्यवस्था छ । तर, राष्ट्रिय समावेशी आयोगले विद्यमान आरक्षण प्रणालीलाई पुनरावलोकन गरी वर्गका आधारमा पनि आरक्षण दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक, सामाजिक र शैक्षिक आधारमा वर्गीय समावेशिताको कानुनी व्यवस्था गर्न भनेको हो । ‘अहिले जात […]

आचार संहिता उल्लंघनका १६ उजुरी निर्वाचन आयोगमा दर्ता

१३ मंसिर, काठमाडौं । उपनिर्वाचनका क्रममा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् । आचार संहिता उल्लंघन भएको बारे मिडियामा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जनाएको छ । ‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मिडियामा आएका समाचारहरुको […]

विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयका एक अधिकृतले अनलाइनखबरलाई बताए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ […]

हुम्लामा हिमपात, चिसो बढ्यो

१३ मंसिर, हुम्ला । हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी […]

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगिन् राष्ट्रपति

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् । राष्ट्रपति भण्डारी बिहीबार साँझ ७ः ४० बजे महाराजगञ्जस्थित सेन्टर पुगेकी थिइन् । उनले प्रधानमन्त्रीलाई भेटेर उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा […]

नेकपाको स्थायी र केन्द्रीय कमिटी बैठक छिट्टै बोलाउछौं : महासचिव पौडेल   

१२ मङ्सिर, काठमाडौं । सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ  । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी […]

शुल्क निर्धारणका छिद्रहरु, जसमा टेकेर मेडिकल कलेजहरु लाखौं असुल्छन्

१२ मंसिर, काठमाडौं । पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) का सञ्चालकसहित दुई जनाविरुद्ध कास्की प्रहरीले २३ फागुन २०७५ मा ठगी मुद्दा दर्ता गर्‍यो । सरकारले निर्धारण गरेभन्दा १५ लाख बढी शुल्क असुलेको भन्दै विद्यार्थीले उजुरी गरेपछि प्रहरीले कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) […]

६१ वर्षका दानीराम, जसले अझै लड्न बाँकी छ !

१२ मंसिर, डोटी । खैरो रङ्गको कोट, कोटभित्र त्यस्तै रङ्गको स्वीटर, घाँटीमा गलबन्दी, आँखामा कालो फ्रेमको मोटो सिसासहितको चश्मा, टाउकोमा ढाकाटोपी । दार्चुला निवासी दानीराम तिरुवाको पहिचान यति मात्र होइन । उनको पहिचान १८ हजार ५९ हलिया मुक्त गराउने एक योद्धाका रुपमा स्थापित भएको छ । नेताहरुले ‘देवघाट जाने उमेर’ तोक्दै गर्दा ६१ वर्षीय दानीरामको […]

नेपाल एयरलाइन्स आफैंले भनेको थियो नारिता उडान चाहिन्न (पत्रसहित)

१२ मंसिर, काठमाडौं । ठूलो तामझामका साथ नेपाल एयरसलाइन्सले १२ भदौमा जापानको ओसाकामा सीधा हवाई उडान थालेको थियो । एयरबस ए ३३३० वाइडबडीमा ओसाका जाने यात्रुहरुको सूचीमा तत्कालीन पर्यटन राज्यमन्त्री धनबहादुर बूढा, पर्यटन व्यवसायी र एयरलाइन्सका कर्मचारीसमेत थिए । तर, तीन महिना नपुग्दै नेपाल एयरलाइन्स ओसाका उडान बन्द गर्ने निष्कर्षमा पुगेको छ । यो तीन […]

सरकारले भन्यो : लिम्पयाधुरासँगै सुस्ताको विवाद पनि टुङ्गिन्छ

१२ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याको समाधान एकैपटक खोजिने बताएका छन् । ‘कालापानी, लिपुलेकको प्रश्नै होइन, प्रश्न लिम्पयाधुराको हो । सिमा समस्या समाधानको विधि कुटनीतिक र राजनीतिक नै हो’ मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने । सीमा समस्या समाधानका लागि नेपाल […]

ट्याक्सीको नयाँ मापदण्डले भाडा बढाउला ?

१२ मंसिर, काठमाडौं । सरकारले पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने नयाँ मापदण्ड बनाएको छ । यसले ८ सय सीसीको गाडीलाई ट्याक्सी बनाउन त रोकेको छ, तर सरकारको यो मापदण्ड लागू गर्न ट्याक्सी चालक तथा व्यवसायीले सर्त राखेका छन्, भाडादर बढाउनुपर्छ ।’ ट्याक्सीको भाडा बढाउनुपर्ने उनीहरुको पुरानै माग […]

मौन अवधिको ४८ घण्टाभित्र के-के हुन्छ चुनावी खेल ?

१२ मंसिर, धरान । दुई दिनपछि हुने उपनिर्वाचनलाई सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् । पोखरा, धरान, महोत्तरी लगायतका केही निर्वाचन हुने तहको स्थलगत भ्रमणपछि के बुझियो भने- यो निर्वाचन नेकपाको मध्यावधिक समीक्षाको अवसर हो । कांग्रेस नेताहरुले जहाँ पुगेपछि एउटै कुरा दोहोर्‍याएका छन्- यो निर्वाचनमा कांग्रेसले जितेर नेकपाको सत्ता […]

१६ किलो चरेशसहित नागढुंगाबाट २ जना पक्राउ

१२ मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी–२ मा रहेको नागढुंगा चेक प्वाइन्टबाट मकवानपुरका ५१ वर्षीय प्रताप मोक्तान र १९ वर्षीय सन्तोष खत्री पक्राउ परेका हुन् । नियमित चेकजाँचका क्रममा छुट्टाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी अशोक सिंहले बताए । उनका अनुसार धादिङबाट […]

नेपाल एयरलाइन्सका अध्यक्षलाई पर्यटनमन्त्रीको प्रश्नैप्रश्न

१२ मंसिर, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सका पदाधिकारीहरुसँग कार्यप्रगतिबारे सोधपुछ गरेका छन् । चौमासिक समीक्षाका क्रममा मन्त्रालयले बुधबारदेखि मातहतका हरेक विभाग, प्राधिकरण, विकास समितिबाट विस्तृत प्रस्तुति लिन थालेको थियो । यसक्रममा अहिलेसम्म भएका कामको समीक्षा गर्दै कुनै समस्या भए समाधानको उपाय खोजी हुने मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए […]

हुण्डी कारोबारको आशंकामा ३८ लाख रुपैयाँसहित २ जना पक्राउ

१२ मंसिर, काठमाडौं । अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका ५८ वर्षीया गोबर्द्धनप्रसाद सरावगी र अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरुलाई ३८ लाख १२ हजार रुपैयाँसहित न्युरोटबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका […]

महोत्तरीको पिपरामा नेकपा उम्मेदवारको घरमा बिस्फोट

१२ मंसिर, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ । पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति नभएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको देखिएको छ । […]

उपनिर्वाचन गराउन ५५ सय कर्मचारी मतदास्थलमा पुगे

१२ मंसिर, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचन गराउन निर्वाचन आयोगबाट खटिएका ५ हजार ५ सय ५२ कर्मचचारी मतदानस्थलमा पुगेका छन् । आयोगले बिहीबार विज्ञप्ति जारी गरी कर्मचारीहरु मतदानस्थलमा पुगिसकेको जानकारी दिएको छ । कर्मचारीले मतदान हुनुअघि सर्वदलीय एवं सर्वपक्षीय बैठक गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन मतदाता परिचयपत्र […]

७५ रुपैयाँ जरिवाना नतिर्दा १६ जना पक्राउ

१२ मंसिर, विराटनगर । अदालतले तोकेको ७५ रुपैयाँ जरिवाना नतिर्दा विराटनगरबाट १६ जना पक्राउ परेका छन् । जुवा मुद्दामा जिल्ला अदालत मोरङबाट ७५ रुपैयाँ जरिवाना तोकिएका १६ जना ५ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्वर ६, ७ र ११ का हुन् । जुवा मुद्दामा २०७१ साल असार ३ गते १६ […]



from समाचार – Online Khabar https://ift.tt/2OvVnya
via IFTTT
Powered by Blogger.