समाचार
१३ मंसिर, काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलोपटक प्रतिस्पर्धात्मक क्रिकेट म्याच आयोजना गरिएको छ । रामपुर कृषि क्याम्पसका दुई समूहबीच शुक्रबार भएको खेलमा सातौं ब्याचले छैटौं ब्याचमाथि ५ विकेटको जित निकाल्यो । सो खेल हेर्न २० रुपैयाँको टिकटको व्यवस्था गरिएको थियो । यसबाट उठेको रकम रंगशाला निर्माण खर्च गरिने धुर्मुस सुन्तली […]
१३ मंसिर, काठमाडौं । भारतले सीमा अतिक्रमण गरेको कालापानी क्षेत्रको अनुगमनमा जाने संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय अलपत्र परेको छ । भारतले नेपाली भूभाग कालापनी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समोवश नेपालमा विरोध भइरहेको छ । सीमा विवाद चर्किएको बेला राज्य व्यवस्थाले पनि कालापानी क्षेत्रको स्थलगत अध्ययनमा जाने योजना बनायो । समिति सदस्य […]
१३ मंसिर, काठमाडौं । काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पूर्वसध्यामा विराज महर्जनसहित पहिलो रोजाईका ७ जना खेलाडीले मनाङ मर्स्याङ्दी क्लब छाडेका छन् । विराज महर्जन, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अविषेक रिजाल र देवेन्द्र तामाङले मनाङ छाडेका हुन् । उनीहरु सबै मच्छिन्द्र क्लब जाने भएका हुन् । लामो समयदेखि प्रतियोगिता […]
१३ मंसिर, काठमाडौं । सुनसरी चतरा आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले निगरानीमा राखेको छ । आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा जाहेरी दर्ता भएपछि उनलाई निगरानीमा राखिएको हो । पीडित महिलाले ४ कात्तिकमा गिरीले आफूमाथि बलात्कार आरोप लगाएकी छन् । यसअघि प्रहरीले जाहेरी लिन मानेको थिएन । तर, पीडित […]
१३ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता र संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकको अवस्थाबारे संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले चासो राखेका छन् । शुक्रबार समिति सभापति शशी श्रेष्ठसँग समिचि सचिवालयमा नै भेटेर मन्त्री त्रिपाठीले विधेयकबारे छलफल गरेका हुन् । ‘नयाँ मन्त्री आएपछि कहाँ–कहाँ के–के भएको छ ? भनेर छलफल गर्न आवश्यक ठान्छु […]
१३ मंसिर, काठमाडौं । राष्ट्रिय निर्वाचन परीवेक्षण समिति (नियोक) उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अपिल गरेको छ । नियोकले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित अवस्थामा सम्पन्न गर्न सरोकारवालालाई अपिल गरेको हो । शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १(क) र दाङमा ३ (ख)मा […]
१३ मंसिर, काठमाडौं । टिपरको ठक्करबाट रौतहटमा शुक्रबार बिहान एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका-४ बस्ने १८ वर्षीय बिपिन रसाईली रहेका छन् । ना.२ ख २३२२ नम्बरको टिपरले बा.५५ प ९९८७ नम्बरको मोटरसाइकललाई रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा ठक्करदिँदा उनको घट्नस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]
१३ मंसिर, काठमाडौं । मंसिर १ गते राति कब्जामा लिइएको डिजेल ट्याङ्करको अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । नेपाल आयल निगम प्रदेश १ का प्राविधिक र प्रहरीको संयुक्त टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा कब्जामा लिइएको ट्याङ्करले पम्पमा तेल खन्याएको खुलेको छ । ट्याङ्करका चालक र सहचालकसहित थप एक जनालाई हिरासतमा राखेर […]
१३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को चौथो महिना (साउन–कात्तिक) मा पनि आयात घटेको छ । वैदेशिक व्यापारको असन्तुलनबाट आक्रान्त अर्थतन्त्रका यो सुखद संकेत हो । भन्सार विभागको तथ्यांकअनुसार पहिलो चौमासिकमा गत आर्थिक वर्ष २०७५/७६ को भन्दा ६.९२ प्रतिशतले आयात घटेको छ । अघिल्लो आवको पहिलो चार महिनामा ४ खर्ब ८३ अर्ब ७५ […]
१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोकादेखि स्वयम्भूसम्म बनाउन लागेको सम्पदा पदमार्गको काम एक महिनाभित्रै सुरु हुने भएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सम्पदा पदमार्गको गुरुयोजना बनिसकेकोले एक महिनाभित्रै निर्माण सुरु हुने बताए । यो पदमार्गले दुई सम्पदालाई जोड्ने भन्दै उनले पदमार्गभित्र पर्ने सडक निर्माणसँगै सत्तल, मौलिक घर, बाटो मर्मत लगायतका काम पनि सुरु […]
१३ मंसिर, काठमाडौं । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो । सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरे । जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० […]
एकताका विवाह, पार्टी वा पिकनिकमा नेपाली गीत विरलै बज्थे । देशको युवा–पुस्ता विदेशी संगीतमै रमाएको थियो । फेरि, युवा–युवतीलाई झुमाउने खालका नेपाली गीत पनि त्यति आएका थिएनन् । २०६३ सालतिर रोज मोक्तानको आवाजमा एउटा गीत बजारमा आयो, ‘कलकत्ते काँइयो …’ । जयनन्द लामाको पुरानो गीतलाई रिमिक्स भर्सनमा तयार गरिएको यो गीतमा युवापुस्ता तानियो । विवाह […]
१३ मंसिर, काठमाडौं । सरकारको विदेश मामिलासम्बन्धी ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सीमा विवादबारे अध्ययन गर्ने भएको छ । भारतको राजनीतिक नक्सामा नेपाली भूभागसमेत भारततिरै देखाएको विषयमा आफूहरूले विस्तृत अध्ययन गर्न लागेको प्रतिष्ठानका प्रवक्ता मात्रिका पौडेलले जानकारी दिए । ‘सीमा विवादबारे धारणामा एकरुपताका लागि अध्ययन गर्न लागेका हौं’ प्रवक्ता पौडेलले अनलाइनखबरसँग भने, ‘कुन मोडालिटीमा […]
१३ मंसिर, काठमाडौं । विज्ञापन होडिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायतका सामग्री नहटाएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले २०७२ भदौ १६ गते नै विज्ञान होर्डिङ बोर्ड, भित्तेलेखन, पोस्टरलगायतका सामग्री अटाउन परमादेश जारी गरेको र फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले […]
१३ मंसिर, काठमाडौं । प्रहरी र सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का […]
१३ मंसिर, काठमाडौं । ३६ वर्षीया एक जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको नागार्जुनबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटी रहेका छन् । नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार राति महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो […]
१३ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश सरकारको आर्थिक तथा विश्व वन्यजन्तु कोषको प्राविधिक सहयोगमा गुरुयोजनाको मस्यौदा तयार पारिएको हो । पर्यटन गुरुयोजना निर्माणविज्ञ समूहले गुरुयोजनाको मस्यौदामाथि सरोकारवालाबाट राय/सुझाव सङ्कलन थालेको छ । विज्ञ समूहले […]
१३ मङ्सिर, बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । वडा नं ७ का ५५ वर्षीय काया राय क्षेत्रीको गएराति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण […]
१३ मंसिर, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गरेकी छन् । विवाहपञचमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएकी राष्ट्रपतिले जानकी मन्दिरमा पूजापाठ गरेकी हुन् । पूजापाठपछि उनी मधेश भवनमा आयोजित दिवा भोजमा सहभागी हुँदै बाह्रबिघा मैदानमा भारतीय जन्तीलाई स्वागत गर्नेछिन् । राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री योगेश भट्टराई र […]
१३ मंसिर, काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै कर्णाली सरकारले आफ्नो प्रदेशको पहिचान झल्कने गरी छुट्टै ब्राडिङ गर्ने भएको छ । प्रदेश सरकारले भ्रमण वर्ष सफल बनाउने नारासहितको लोगो खुला प्रतिस्पर्धाबाट आहृवान गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक आहृवान गर्दै नारासहितको लोगो मागेको हो । कर्णाली प्रदेशका पर्यटकीय गन्तब्य, संस्कृतिको पहिचान र प्रचार-प्रसार […]
१२ मंसिर, बुटवल । भैरहवा–लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीमा पप्पु कन्स्ट्रक्सनले अलपत्र अवस्थामा छाडेका पुलको ठाउँमा बेलिब्रिज राख्ने तयारी भएको छ । पर्यटन मार्गका रूपमा एशियाली विकास बैंकद्वारा हुलाकी राजमार्गमा निर्माणाधीन दुईवटा पुलको काम पप्पु कन्स्ट्रक्सनले एक वर्ष म्याद थप्दा पनि पूरा नगरी अलपत्र छाडेपछि बेलिब्रिज राख्ने तयारी थालेको हो । प्रदेश ५ सरकारले […]
from समाचार – Online Khabar https://ift.tt/2rDny58
via IFTTT