Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो : देउवा

१० मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । […]

कहाँ चुके लालबाबु पण्डित ?

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको सोमबार सार्वजनिक प्रतिवेदन अुनसार चालु आर्थिक वर्षको पहिलो चार महिनाको पुँजीगत खर्च जम्मा १४ प्रतिशत छ । चौमासिक समिक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष यही अवधिमा कर्मचारी समायोजनका बाबजुद अहिलेको तुलनामा बजेट खर्च बढी भएको बताए । विनीयोजित बजेट परिचालनमा गतवर्ष कर्मचारी समायोजन बाधक नबनेको उनको […]

केरुङ–काठमाडौं रेलमार्ग : नेपालले इआईए, चीनले सम्भाव्यता अध्ययन गर्ने सहमति

१० मंसिर, काठमाडौं । चीनले केरुङ–काठमाडौं जोड्ने रेलमार्गको विस्तृत अम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ । असोजमा भएको चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसको कार्यान्वयनका लागि कठमाडौंमा मंगलबार भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाँडफाँट गरेको छ । बैठकपछि नेपाली टोलीको […]

‘सरकारले अपराधमा संलग्नहरुलाई संरक्षण गर्न खोज्यो’

१० मंसिर, काठमाडौं । मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरुले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगका आयुक्त नियुक्ति प्रकृयामा नेपाल सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । द्वन्द्वकालका गम्भीर अपराधहरूलाई छिपाउने मनसायसहित पर्याप्त परामर्शविना आयोगहरु पुनर्गठन गर्न खोजिएको उनीहरुको ठहर छ । आईसीजे, एम्नेष्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले मंगलबार संयुक्त […]

ठेकदारले काम नगरे म नै अनसनमा बस्छु : प्रचण्ड

१० मंसिर, निजगढ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं […]

मालपोतका सुब्बाविरुद्ध १५ करोडको भष्ट्राचार मुद्धा 

१० मंसिर, काठमाडौं । पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिमरास्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालत काठमडौंमा मंगलबार मुद्धा दायर गरेको छ । गुप्ताले २०४७ असार २७ गतेदेखि ०७५।०७६ सम्मको अवधिमा वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा उनीविरुद्ध मुद्दा […]

आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

१० मंसिर, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा मंगलबार पक्राउ परेका छन् । विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेको भन्दै मृतक ऐरीका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । सोमबार सरस्वती […]

मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरे भोलिदेखि कारबाही

१० मंसिर, काठमाडौं । तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेज सहमतिमा नआए बुधबारबाट कारबाहीमा पर्ने भएका छन् । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले सहमतिमा नआए पक्राउ गरेर कारबाही गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी बैठकले मेडिकल कलेजसँग अन्तिम वार्ता गर्ने निर्णय […]

आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु 

१० मंसिर, कैलाली । धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर मंगलबार एक महिलाको मृत्यु भएको छ । आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा ७४ वर्षीया सुवधरा सिंहको आगोबाट जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । शरीरमा एक्कासि आगो सल्किन गई गम्भीर घाइते भएकी सिंहको सेती प्रादेशिक अस्पतालमा […]

उपनिर्वाचनका कारण संसदीय समितिका काम प्रभावित

१० मंसिर, काठमाडौं । आगामी १४ मंसिरमा हुन लागेको उपनिर्वाचनको प्रभाव संघीय संसदका विषयगत समितिमा पनि परेको छ । उपनिर्वाचन हुने क्षेत्रका र अन्य सांसदहरु समेत उपनिर्वाचनमा केन्द्रित हुँदा संसदीय समितिमा गणपूरक संख्या पुग्न छाडेका छन् । कतिपय समितिले उपनिर्वाचन अघि समितिका बैठक नबोलाउने निर्णय नै गरेका छन् । मंगलबारको बैठकमा प्रतिनधिसभाको कृषि, सहकारी तथा […]

भक्तपुर क्यान्सर अस्पतालको नियुक्ति २४ घण्टाभित्र बदर गर्न निर्वाचन आयोगको निर्देशन

१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले मंसिर ९ गते  गरेको डाक्टर र कर्मचारी नियुक्‍ति निर्वाचन आचारसंहिता विपरीत भएको ठहर गरेको छ । आयोगले भक्तपुरमा कात्तिक ८ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै क्यान्सर अस्पताल समितिको निर्णय आचारसंहिता विपरीत भएको ठहर गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति […]

लैङ्गिक हिंसा रोक्ने काममा लाग्छु : मन्त्री गुरुङ

१० मंसिर, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसा रोक्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । सीआइएनले सुरु गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने सञ्चार अभियानको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘अहिले अभियान मात्र सञ्चालन भइरहेको छ । अभियान सञ्चालनमा मात्रै नभइ व्यवहारिक रूपमा नै लैङ्गिक हिंसा रोकथाम गर्ने काममा लाग्नेछु […]

मोरङबाट एकैदिन ४६ जना फरार प्रतिवादी पक्राउ

१० मंसिर, काठमाडौं । मोरङ प्रहरीले विभिन्न घट्नामा अदालतबाट दोषी ठहर भई फरार ४६ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट चोरी, लागूऔषध, अंशचलन, सार्वजनिक अपराध, जुवा तथा लुटपिट लगायतका अपराधमा दोषी ठहर भई कैद तथा जरिवानाको सजाय तोकिएका फरार ४६ जना प्रतिवादीहरुलाई सोमबार एकैदिन नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला […]

लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ : केसी

१० मंसिर, पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी फेरि कांग्रेसकै काँधमा आएको बताएका छन् । पोखराको भलाममा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता केसीले वर्तमान सरकारको लोकतान्त्रिक ब्यवस्था माथिको निरन्तरको प्रहारका कारण यो ब्यवस्था जोगाउने दायित्व फेरि कांग्रेस कै भएको बताए । १४ मंसिरमा हुने उपनिर्वाचनलाई लोकतन्त्र पक्षधर र […]

विप्लव समूहका स्याङजा जिल्ला सदस्य गोरखामा पक्राउ

१० मंसिर, गोरखा । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक जना स्याङजा जिल्ला सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङजा जिल्ला सदस्य सागर अर्याल रहेका छन् । भिरकोट नगरपालिका–१ का ४८ बर्षीय अर्याललाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिकाको मझुवाबाट पक्राउ परेका […]

हनुमानढोका गद्दी बैठक सर्वसाधारणको लागि खुला

१० मंसिर, काठमाडौं । काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठक सर्वसाधारणको लागि खुला भएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्ल्यू बेरीले गद्दी बैठकलाई निर्देशित भ्रमणका लागि सर्वसाधारणको लागि खुला गरेका हुन् । यसअघि गद्दी बैठक सर्वसाधारणको लागि खुला थिएन । अब निर्देशित भ्रमणका लागि गद्दी […]

गुरूकुल विद्याश्रम सञ्चालन गर्न महायज्ञ गरिँदै

१० मंसिर, बुटवल । बुटवल–७ दीपनगरस्थित नीलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरूकुल विद्याश्रममा महायज्ञ सञ्चालन गरिने भएको छ । मंसिर १५ गतेदेखि शिव पञ्चपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो । हराउँदै गएको संस्कृत पाठशालाको विकास गरी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महायज्ञ आयोजना गर्न लागिएको यज्ञ सम्पादन मूल समितिका सहसंयोजक चुडामणि […]

सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी २७ हजार नेपालीले गुमाउँछन ज्यान

१० मंसिर, काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक भएको छ । नेपाल विकास प्रतिष्ठानले गरेको एक अध्यनले दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको देखाएको छ । विश्व […]

बीउबिजन ऐनमाथि बहस – काली काँक्रो र लुलु गाईको बीउ जोगाऔं

१० मंसिर, काठमाडौं । सांसदहरुले नेपाली रैथाने जातका कृषिबालीको बीउबिजन संरक्षण गर्न कानूनमै व्यवस्था गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मंगलबार गरेको छलफलमा सांसद, कृषिविज्ञ र कृषि वैज्ञानिकले उन्नत र हाइब्रिड बीउले कृषिवस्तुका रैथाने जात लोप हुँदै गएकोमा चिन्ता जनाए । गत जेठ ७ गते प्रतिनिधिसभामा दर्ता भएको बीउबिजन […]

३ वर्षभित्र चीनबाट पाइपलाइनमा तेल ल्याउँछौं : मन्त्री भट्ट

१० मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनबाट पनि पाइपलाइन मार्फत तेल ल्याउने बताएका छन् । रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आगामी तीन वर्षभित्रै चीनबाट पाइपलाइनबाट नेपालमा तेल ल्याउने दावी गरेका हुन् । कार्यक्रममा मन्त्री भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्‍याउने गरी […]

मेडिकल कलेजविरुद्धको कारबाहीबारे शिक्षा मन्त्रालयमा छलफल

१० मंसिर, काठमाडौं । मेडिकल कलेजहरुले विद्यार्थीहरुको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान दोहोर्‍याएपछि अगामी कदमबारे सरकारले छलफल सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार अपरान्ह भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेललगायत सहभागी छन् । सरकारले सोमबार मेडिकल कलेजलाई अवैध शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको […]



from समाचार – Online Khabar https://ift.tt/35DxeeU
via IFTTT
Powered by Blogger.