समाचार
१४ मंसिर, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडानम्बर ६ को वडाध्यक्ष पदको लागि शनिबार भएको मतदानमा ७५.३९ प्रतिशत मत खसेको छ । कुल मतदाता २०४८ मध्ये १५४४ मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये महिला ८७६ र पुरुष ६६८ रहेका छन् । पुरुष भन्दा २ सय ८ जना बढी महिलाहरुले मतदान […]
१४ मंसिर, काठमाडौं । करिब रातको १० बजेको समय । काठमाडौंको सडक चकमन्न बन्दै गएपनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए । जाडो शुरु भइसकेको छ । बिहान-बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । रातको १० बजे चिसो सिरेटो नचल्ने […]
१४ मंसिर, वीरगञ्ज । पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदको लागि शनिबार भएको मतदानमा २१२८ जना (८१.७८ प्रतिशत)ले मतदान गरेका छन् । १२११ पुरुष र ९१७ जना महिला गरी २१२८ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् । यस वडामा १४९२ पुरुष र १११० जना महिला गरी जम्मा […]
१४ मंसिर, काठमाडौं । रोल्पाको ऐतिहासिक थवाङ गाउँको चुनाव हरेक पटक रोचक हुन्छ । त्यसैले सबैको चासोमा पनि रहन्छ । यो पटक उपचुनावमा पनि थवाङ छुटेन । थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार मतदान भएको छ । तर मत एकदमै न्यून खसेको छ । यो वडामा कुल मतदाता १२८४ छन् […]
१४ मंसिर, काठमाडौं । कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ । […]
१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको गाडीको शिशा पुच्छ्ने क्रममा अचानक गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको […]
१४ मंसिर ,बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वाथ्य क्षेत्रमा सरकारको लगानी अपर्याप्त रहेको बताएका छन् । उनले लगानी बढाउन तीनै तहका सरकार लागि परेको बताए । बुटवलमा कपाल प्रत्यारोपणको सेवासहित इम्युन हेल्थ केयर प्रालिको शुभारम्भ गर्दै उनले विशेषज्ञसहितको विशिष्टीकृत स्वाथ्य सेवाको परिकल्पना सरकारको गरेको भन्दै सबै नागरिक स्वाथ्यको पहुँचबाट टाढा […]
१४ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रदेशसभा पदका लागि अहिले मतदान जारी छ । दिउँसो साढे ३ बजेसम्म ५६ प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ । यो निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा २२ […]
१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसोसम्म बजेसम्म ५५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले दिउँसो साढे २ बजेसम्म ५५ प्रतिशत मत खसेको जानकारी दिए । कास्की-२ उपचुनाव हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि […]
१३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । भोलि उद्घाटनको दिन हुने मार्चमा कमलबहादुरले नेपाली खेलाडीहरुको नेतृत्व गर्दै झण्डा बोक्नेछन् । यसअघि नेपालका पूर्वकप्तान पारस खड्काको पनि नाम सिफारिस भएको थियो । कमलको नाम बैकल्पिकमा थियो । तर नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय […]
१४ मंसिर, काठमाडौं । काभ्रेबाट प्रहरीले एक थान गोलीसहित पेस्तोल बरामद गरेको छ । काभ्रेको रोशी गाउँपालिका-११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिबाट म्याग्जिन सहितको पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली शुक्रबार राति बरामद भएको प्रहरीले जनाएको छ । उक्त प्रालिको कार्यालय तथा कामदारहरु बस्न बनाइएको घर टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको […]
१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपचुनावमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपचुनाव भएको प्रतिनिधिसभाको एक मात्र क्षेत्र कास्की- २ मा ४५ प्रतिशत मत खसेको छ । एउटा मात्रै उपमहानगरपालिका धरानमा २ बजेसम्म ४५ […]
१४ मंसिर, महोत्तरी । ‘न केही आश छ, न कसैमाथि विश्वास’ पिपरा गाउँपालिका ३ स्थित सोहडबा मावि केन्द्रमा मतदानमा भेटिएकी सुकनीदेवी मुखिया भन्छिन्, ‘मत खसाउने हाम्रो अधिकार हो, त्यही अधिकार प्रयोग गर्न मात्रै आएकी हुँ ।’ जसलाई मत दिएपनि आफ्नै तालले काम गर्ने गरेको र चुनावपछि घुम्न समेत नआउने गरेको उनको गुनासो छ । उनीसँगै […]
१४ मंसिर, दमौली । वर्षौदेखि भोगचलन गर्दै आएका आँबुखैरेनी गाउँपालिकाका वडा १, २ र ३ का ८५ व्यक्तिलाई नापी कार्यालय तनहुँले गाउँ ब्लक पूर्जा वितरण गरेको छ । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नापनक्सा गर्दा छुट भएका स्थानमा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बरका आधारमा नापेर भोगचलनअनुसारको […]
१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । प्रमख जिल्ला अधिकारी रमेश केसीले दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको जानकारी दिए । कास्की-२ उपचुनाव हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु […]
१४ मंसिर, वीरगञ्ज । वीरगञ्ज स्थित शंकराचार्य गेट आसपासको क्षेत्रमा शनिबार सरसफाई गरिएको छ । ‘भोलुन्टर ग्रुप’ को आव्हानमा तेस्रो साता समेत सरसफाई गरिएको हो । सरसफाई अभियन्ताले सरसफाईपछि शंकराचार्य गेटदेखि दक्षितर्फ उभिएर राष्ट्रिय गान समेत गाएका थिए । देशको मुख्य नाका वीरगञ्ज–रक्सौल नाका सफाईको तेस्रो साता नगर प्रमुख विजय कुमार सरावगी स्वयं नाका पुगेका […]
१४ मंसिर, काठमाडौं । कास्की क्षेत्र नं. २ को अर्काे मदतानस्थलमा पनि बम विस्फोट भएको छ । पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ । यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा […]
१४ मंसिर, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा वडाध्यक्षको लागि भइरहेको मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको निर्यावचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार दिउँसो १ बजेसम्ममा ६३ प्रतिशत भन्दा बढी मत खसिसकेको छ । वडाध्यक्षको पदका लागि भइरहेको उपचुनावमा २ हजार ६ सय २ जना मतदाताले मतदान […]
१४ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकल लेन निर्माणको ‘पाइलट प्रोजेक्ट’ सुरु गरेको छ । शनिबार कुपण्डोलमा आयाजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले त्यसको शुभारम्भ गरेका छन् । उनकाअनुसार अहिले कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाइनेछ । त्यसपछि पुल्चोकबाट सिधै मंगलबाजारसम्म पनि साइकल लेन बनाउने योजना छ । हाल भएको सडकको १.५ मिटर […]
१४ मंसिर, काठमाडौं । कास्की क्षेत्र नं. २ को उपचुनावका क्रममा पोखरा महानगरपालिका-३३ बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको छ । २४१ औं मतदाताले मत हाल्न खोजदा हस्ताक्षर नभएको मत भेटिएको भन्दै बिरोध र होहल्ला भएको थियो । अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भइ केही समय मतदानसमेत रोकिएको थियो । […]
१२ मंसिर, काठमाडौं । पछिल्लो समय लगातार सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरु हताश बन्दै गएका छन् । आक्कलझुक्कल हरियाली देखिए पनि लामो समयदेखि सेयरबजारमा गिराबट आएको आयै छ । यो साताको कुरा गर्ने हो भने पनि गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारमा अधिकांश दिन बजार राताम्मे भयो । साताको पहिलो दिन आइतबार नै ओरालो लागेको बजार […]
from समाचार – Online Khabar https://ift.tt/2qPT1Br
via IFTTT