Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ललितपुर महानगरले बनाउन थाल्यो साइकल लेन

१४ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकल लेन निर्माणको ‘पाइलट प्रोजेक्ट’ सुरु गरेको छ । शनिबार कुपण्डोलमा आयाजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले त्यसको शुभारम्भ गरेका छन् । उनकाअनुसार अहिले कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाइनेछ । त्यसपछि पुल्चोकबाट सिधै मंगलबाजारसम्म पनि साइकल लेन बनाउने योजना छ । हाल भएको सडकको १.५ मिटर […]

सागका लागि बंगलादेशको क्रिकेट टिम घोषणा

१४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि बंगलादेशले क्रिकेट टिम घोषणा गरेको छ । नाजिमुल हसन सान्तोको कप्तानीमा रहेको टोलीमा शौम्य सरकार, मेहदी हसन लगायतका क्रिकेटर छन् ।

पोखरामा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियो

१४ मंसिर, काठमाडौं । कास्की क्षेत्र नं. २ को उपचुनावका क्रममा पोखरा महानगरपालिका-३३ बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको छ । २४१ औं मतदाताले मत हाल्न खोजदा हस्ताक्षर नभएको मत भेटिएको भन्दै बिरोध र होहल्ला भएको थियो । अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भइ केही समय मतदानसमेत रोकिएको थियो । […]

सेयर बजारको निरन्तर ओरालो यात्राले हताश बन्दै लगानीकर्ता

१२ मंसिर, काठमाडौं । पछिल्लो समय लगातार सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरु हताश बन्दै गएका छन् । आक्कलझुक्कल हरियाली देखिए पनि लामो समयदेखि सेयरबजारमा गिराबट आएको आयै छ । यो साताको कुरा गर्ने हो भने पनि गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारमा अधिकांश दिन बजार राताम्मे भयो । साताको पहिलो दिन आइतबार नै ओरालो लागेको बजार […]

गढीमाई- २ मा ७० प्रतिशत मत खस्यो

१४ मंसिर, रौतहट । रौतहटको गढिमाई नगरपालिका-२ को वडाध्यक्षको उपचुनावमा ७० प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता भएको छ । वडाका एक हजार ८२२ मतदाता मध्ये एक हजार १०० जनाले मतदान गरिसेको प्रमुख निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । वडाको उपचुनावका लागि ३ वटा मतदान केन्द्र तोकिएको […]

८० वर्ष कटेका हजुरबा लाठी टेकेर मतदानस्थलमा

१४ मंसिर, महोत्तरी । महोत्तरीको पिपरामा गाउँपालिका अध्यक्षका लागि भइरहेको मतदानमा उत्साह देखिएको छ । मतदान स्थलमा ज्येष्ठ नागरिकहरु लठ्ठी टेकेर भोट दिन आएका छन् । पिपरा-६ स्थित आदर्श मावि मतदानस्थलमा ८५ वर्षका राजेन्द्र यादव लौरो टेक्दै उभिएका भेटिए । बिहान ११ बजेसम्मको स्थिति हेर्दा यहाँ शान्तिपूर्ण रुपमा मदतान भइरहेको छ । पिपरामा राष्ट्रिय जनता […]

उपचुनाव : खानेपानी मन्त्री बीनाले भोट हालिन, विद्या लाइनमा

१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि भइरहेको निर्वाचनमा मन्त्रीदेखि चर्चित उम्मेदवारसम्मले मतदान गरेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर सहभागी भएकी छन् । मगर कञ्चनपुरको पुनर्वासकी मतदाता हुन् । उनले पुनर्वास–३, कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर शनिबार बिहानै मतदान गरेकी […]

सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद !

१४ मंसिर, बिराटनगर । सुनसरीको चतराधाम निवासी कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी परेको छ । तर, गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको ५ नम्बर कोठामा ‘मुटुको समस्या’ भन्दै बसिरहेका छन् । नेपाल प्रहरीले उनलाई सुरक्षा गार्डसमेत उपलब्ध गराउँदै आएको हुनाले उनी भीआइपी अभियुक्त हुन् । ‘कृष्णदासजी […]

इलियटको बञ्जर भूमिमा फर्सीको जरा उमार्ने मोहन कोइराला

१४ मंसिर, काठमाडौं । पहिलो र दोस्रो विश्वयुद्धको चापबाट विश्व घाइते हुँदै थियो, कवि मोहन कोइरालाले युगलाई घाइते बनाइदिए । त्यसैबाट जन्मियो घाइते युग । २०१७ सालमा प्रकाशित सोही कृतिले नेपाली साहित्यमा नवयुगीन प्रयोगवादी धाराको सुरुवात गर्‍यो । कोइरालाका यी कविताहरुमा विसंगति र निस्सारताको अभिव्यक्तिमात्रै पाइँदैन, निरर्थकताको अभिव्यक्तिमा सार्थकताको खोजी पनि भेटिन्छ । उन्नाइसौं शताब्दीमा […]

कडा सुरक्षा व्यवस्थाबीच दाङमा उपचुनाव, नमूना मतदान केन्द्रमा महिलामात्रै कर्मचारी

१४ मंसिर, दाङ । दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को अध्यक्षका लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दाङ क्षेत्र नंं ३ (ख) र घोराही उपमहानगरापलिका– १६ मा सौहार्दपूर्ण ढंगले मतदान भइरहेको बताए । निर्वाचनका लागि ३ सय ३८ पुरुष र ७२ जना महिला गरी ४ […]

डोटीका २ स्थानमा भेटिएको बम सेनाद्वारा डिस्पोज

१४ मंसिर, डोटी । डोटीका २ छुट्टा छुट्टै स्थानमा बम फेला परेका छन् । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार कुचेडामा भेटिएको प्रेसर कुकर बम शनिबार बिहान २ बजे नेपाली सेनाको बम […]

उपनिर्वाचनका तस्वीरहरू

१४ मंसिर, काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान भइरहेको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म हुनेछ । प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् […]

पोखराको मतदानस्थल नजिकै बम विस्फोट

१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए । मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको […]

तीनै तहका रिक्त पदमा आज उपनिर्वाचन

१४ मंसिर, काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदैछ । विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान हुन लागेको हो । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । निर्वाचन आयोगका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत जायर गर्न सक्नेछन् । […]

तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु

१४ मंसिर, काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सौहार्दपूर्ण वातावरणमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको अनलाइनखबरलाई जानकारी दिए । श्रेष्ठका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर […]

दुई लुम्बिनी : पर्खालभित्र, पर्खाल बाहिर !

१३ मंसिर, काठमाडौं । भैरहवा विमानस्थलमा ओर्लेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीतिर लाग्नासाथ विरक्त लाग्न थालिहाल्छ । सांसारिक मायाबाट निर्वाण प्राप्त गरेका बुद्धलाई सम्झेर हैन, बाटोको हालत देखेर वैराग्य भाव जाग्दोरहेछ । भलै, यो आलेखमा लुम्बिनी जाने बाटोको हालत देखाउँदै ‘तस्वीर हेर्दा कसको मन रुँदैन’ भन्न खोजिएको होइन । जब ‘लुम्बिनी : सम्पदा, समृद्धि र समाज’ […]

दशरथ रंगशालामा साग उद्घाटनको रिहर्सल

१३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद -साग) को आइतबार भब्य उद्घाटन हुँदैछ । उद्घाटन समारोहलाई भब्य बनाउन सबै जुटेको छ । उद्घाटन समारोहको शुक्रबार फाइनल रिहर्सल गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रिहर्सलले सागको उद्घाटन भब्य हुने देखाएको छ ।

उपेन्द्र यादवको स्पष्टीकरण : मन्त्रालय परिवर्तनले फरक पर्दैन

१३ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालय खोसेर कानूनमा पुर्‍याइएका उपप्रधानमन्त्री उपेन्द्र यादवले पदलोलुप देखाएको टिकाटिप्पणी भइरहेको छ । उनकै पार्टी समाजवादीकै नेताहरुले पनि सत्ता मोह देखाएको आरोप लगाएका छन् । यादवले शुक्रबार सञ्चारकर्मीहरुलाई मन्त्रालयमै बोलाएर स्पटीकरण मात्र दिएनन्, आफ्ना विषयमा भइरहेको टिकाटिप्पणीबारे असन्तुष्टि जनाएका छन् । ‘पत्रकारहरू अझै बौद्धिक, जिम्मेवार र मर्यादित बन्नुपर्छ जस्तो लाग्छ’, […]

कृष्णदासलाई महिलाको म्यासेजः ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुन्छ !

१३ मंसिर, विराटनगर । धर्मगुरु कृष्णदास गिरी उर्फ कृष्णदास महाराजमाथि बलात्कारको आरोप लगाउने महिलाले एक वर्षयता सामाजिक सञ्जाल फेसबुकबाट म्यासेजहरु पठाउँदै आएको खुलेको छ । पीडित भनिएकी महिलाले ४ कात्तिकमा धर्मगुरु कृष्णदासले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । उनको जाहेरीका आधारमा पक्राउ अनुमति लिइसकेको प्रहरीले हिरासतमा भने लिएको छैन । विराटनगरस्थित विराट नर्सिङहोम भर्ना […]

प्रधानमन्त्री ओली खतरामुक्त

१३ मंसिर, काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. […]

प्रहरीलाई घुसदिन खोजेको आरोपमा होटल सञ्चालिकाविरुद्ध मुद्धा

१३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको टोखा नगरपालिका-५ मा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्ट हाउसकी सञ्चालिका सोममाया राईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्न पुगेको प्रहरीको टोलीलाई नै ५० हजार घुस दिएको आरोपमा उनीविरुद्ध शुक्रबार मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार […]



from समाचार – Online Khabar https://ift.tt/2DtHgmJ
via IFTTT
Powered by Blogger.