Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

क्षमतावान र प्राज्ञिक सहकारीकर्मी चाहिएको छ : मन्त्री अर्याल

९ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिएकी छन् । सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आयोजना गरेको गोष्ठीलाई सोमबार सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पुर्‍याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताइन् […]

नक्शाबारे प्रधानमन्त्रीमाथि सभापतिज्यूको आंशका मात्र हो : कांग्रेस प्रवक्ता

९ मंसिर, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको गम्भिर आरोप विवादित बनेपछि प्रवक्ता विश्वप्रकाश शर्माले सच्याउने प्रयास प्रयास गरेका छन् । भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्शा जारी गरेको भनेर सभापतिले आशंका मात्र गरेको उनको भनाइ छ । सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘यो सभापति ज्यूको […]

सरकारले लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गयो : पौडेल   

९ मंसिर, दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताएका छन् । रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिलेको वर्तमान सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण हुन्, राणा शासनकै पद चिह्नमा हिँडेर यिनीहरुले देशलाई लान खोजिरहेका छन्, एकपछि अर्को […]

सिंहदरबार फर्किदै उपेन्द्र, कानुन मन्त्रालयबाटै संविधान संशोधनको पहल गर्ने

९ मंसिर, काठमाडौं । सरकार छाड्ने कि बर्खास्तीमा पर्ने भन्ने चर्चा चलिरहेका बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अन्ततः कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार भएका छन् । उनी सोमबार अपरान्ह मन्त्रालय गएर कार्यभार सम्हाल्ने भएका छन् । कानुन मन्त्रालयका सचिव राजिव गौतमलाई खबर गरेर आउँला भनेका उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यादव […]

मन्दिरको धर्मशालामा युवक मृत भेटिए  

९ मंसिर, जलेश्वर । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा सोमबार बिहान एक युवक मृत भेटिएका छन् । नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक सोमबार बिहान सो मन्दिरको धर्मशालामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए । गए राति सो मन्दिरमा भजन, कीर्तन भइरहेको […]

ओढारमा बस्न नपाउँदा दुःखी छन् चेपाङ

पौराणिक किंवदन्ती अनुसार रामायण कालमा वाल्मीकि आश्रमसँग जोडिन्छ चेपाङ जातिको उत्पत्तिको कथा । वाल्मीकि ऋषिको आश्रममा वनबासको समय बिताउँदा उनको लोहोरी नामको एक छोरा थिए । उनैको सन्तति मान्छन् चेपाङहरुले आफूलाई । त्यही वाल्मीकि आश्रममा हुर्किएका लोहोरीका सन्तानहरुले कहिलै पनि बोलीमा मृदुलता त्यागेका छैनन् । मदिराले लठ्ठ हुँदा होस् या त कठिन परिस्थितिसँग जुध्दा नै […]

धुलिखेलबाट नौ लाखसहित जुवाडे पक्राउ

९ मंसिर, काभ्रे । जिल्ला प्रहरी कार्यालय, काभ्रेले धुलिखेल नगरपालिका–९, रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार […]

भारतले सागमा पुरुष फुटबल नखेल्ने !

९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा भारतले नखेल्ने सम्भावना बढेको छ । खेलाडीको नाम दर्ता नगराएकाले भारतले नखेल्ने चर्चा शुरु भएको छ । यसअघि नै पुरुष र महिला फुटबलको लागि ड्र भइसकेको छ र खेल तालिका पनि सार्वजनिक भइसकेको छ। तर अहिलेसम्म भारतले खेलाडी दर्ता नगराएपछि खेल्ने सम्भावना कमजोर बनेको […]

बाराबाट पक्राउ ८ अभियुक्तमध्ये ७ जना जरिवाना तिरेर छुटे

९ मंसिर, वीरगञ्ज । बारा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार ८ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जरिवाना तिराएर छाडिएको छ । इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी श्रीनगर बैरिया र अस्थायी प्रहरी चौकी गंगापुर बाराबाट खटिएको प्रहरी टोलीले फरार ८ अभियुक्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले […]

रसुवागढी नाकाबाट करिब १ किलो सुनसहित २ महिला पक्राउ

९ मंसिर, काठमाडौं । रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले […]

‘अकुपाई टुँडिखेल’का अभियन्ताले मेयरलाई भेट्ने

९ मंसिर, काठमाडौं । अतिक्रमित टुँडिखेलको संरक्षण गर्न भन्दै थालिएको ‘अकुपाई टुँडिखेल‘ अभियानका अभियान्ताहरुले सोमबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई ध्यानाकर्षण गराउने भएका छन् । मेयर शाक्यलाई भेटेर तत्कालै खुलामञ्च अनुगमन गर्न र यसलाई खुल्ला गर्न ध्यानाकर्षण गराउन लागेको अभियान्ता आलोक तुलाधरले जानकारी दिए । ‘टुँडिखेल खुला गराउन महानगरले नै नेतृत्व लिनुपर्छ, यसकारण आज हामी […]

पशुपतिनाथमा एक रात : कतै मायालु जोडी, कतै सिद्राको व्यापार

दिउँसैदेखि सुरुभएको पशुपतिको जात्रा साँझ परेसँगै झनै चुलिँदै गएको छ । जागिरेहरुले जागिरको छुटि्ट भएपछि रमिता हेर्नको भीड बढ्दै छ । यो रमिताले जात्राको महत्व बढाइरहेको छ । सबैभन्दा रोचक प्रसँग बोकेको पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्ती तिर कसैको ध्यान छैन । आफ्नै सुरमा हिँड्ने घुमन्तेहरु बाहेक विश्वरुपसँगैको सो मूर्तिप्रति कसैको ध्यान छैन । […]

नलगाडको मुआब्जामा चलखेल, मन्त्री बस्नेतले दिए कारबाहीको चेतावनी

९ मंसिर, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा निर्माणाधीन नलगाड जलविद्युत आयोजनामा सहयोग गर्न जिल्लाबासीलाई अपिल गरेका छन् । ४ सय १७ मेगावाट क्षमताको आयोजनाको काममा भाँजो हाल्ने नियतका साथ गरिने गतिविधि सहृय नहुने उनले चेतावनी दिए । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्यांकन प्रतिवेदन (ईआईए)बारे छलफल गर्न राजधानीमा आयोजित सरोकारवाला सहभागी गोष्ठीमा मन्त्री […]

पितृका नाममा छरियो शतबीज

९ मंसिर, काठमाडौं । बालाचतुर्दशीअन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ । भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन […]

प्रेस संगठनले गर्‍यो केन्द्रीय समिति विस्तार (सूचीसहित)

९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको २३५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ । केन्द्रीय समितिमा पूर्वएमालेनिकट प्रेस चौतारीबाट १२४ र पूर्वमाओवादीनिकट प्रेस सेन्टरबाट ८२ सदस्य छन् । यस्तै, विक्रम लुइँटेलको संयोजकत्वमा २१ सदस्यीय लेखा आयोग पनि गठन भएको छ । प्रेस सेन्टरमा यसअघि नै महेश्वर दाहाल […]

विमल, अन्जन र दिनेशले घरेलु मैदानमै हुने साग गुमाउने

९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु भूमिमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन नपाउने भएका छन् । विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो । यसलाई एन्फाले निरन्तरता दिएपछि दुई […]

८३ वर्षमा कहाँ पुग्यो नेपालको उद्योग ?

९ मंसिर, काठमाडौं । सरकारले आज विविध कार्यक्रम गरी पाँचौँ उद्योग दिवस मनाउँदै छ । १९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै २०७२ सालदेखि यो दिवस मनाउन थालिएको हो । २०७१ साल चैत २० गते मन्त्रिपरिषद बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । ‘उद्योग […]

आरोही नपुगेका ३३ हिमालमा शत प्रतिशत रोयल्टी छुटको सिफारिस

९ मंसिर, काठमाडौं । सरकारले आरोहण खुला भए पनि अहिलेसम्म आरोही नपुगेका हिमालमा रोयल्टी छुट दिने तयारी गरेको छ । पर्यटन विभागले मन्त्रालयसमक्ष यस्ता ३३ हिमालका लागि रोयल्टी छुटको सिफारिस गरेको हो । ‘आरोहणको सम्भावना रहेका तर, प्रवद्र्धनको अभावले ओझेलमा परेका हिमालमा शत प्रतिशत रोयल्टी छूटको सिफारिस मन्त्रालयमा पठाएका छौं’, विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, […]

जेठो लघुवित्तको वृतान्त : निर्धनका हरिहर

९ मंसिर, काठमाडौं । गरीब अर्थात धन नभएका मान्छेहरु । अझ भनौं समाजमा अपहेलित हुने एउटा ठूलो समूह । हाम्रो समाजमा वित्तीय स्रोतबाट बन्चितहरु जहिल्यै गरीब रहे र अरुको सेवा गरिरहे । अरुको सेवामा जीवन बिताउने गरीबहरुको कसरी होला त उत्थान ? नेपाल राष्ट्र बैंकका दिवंगत डेपुटी गभर्नर डा. हरिहरदेव पन्तको मनमा यो प्रश्न खेलिरहन्थ्यो […]

वर्डक्याम्प पोखरा २१ मंसिरमा

९ मंसिर, पोखरा । वर्डप्रेस सम्बन्धी सेमिनार ‘वर्ड क्याम्प पोखरा २०१९’ यही मंसिर २१ र २२ गते हुने भएको छ । २१ गते पहिलो दिन बिरौटास्थित होटल पोखरा ग्रान्डमा र २२ गते दोस्रो दिन रानीपौवास्थित इन्फमेटिक्स कलेजमा कार्यक्रम हुने संयोजक पितम बहादुर सेनले जानकारी दिए । दुईदिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन विभिन्न देशबाट आएका प्रशिक्षकहरुबाट […]

हङकङकाे निर्वाचनमा प्रजातन्त्र पक्षधरहरूको जित

९ मंसिर, काठमाडौं । हङकङमा सम्पन्न जिल्ला काउन्सिलको निर्वाचनमा प्रजातन्त्र पक्षधरहरूको जनलहर देखिएको छ । जारी मतगणना अनुसार, प्रजातन्त्र पक्षधर मतदाताहरूले अहिलेसम्म २ सय ७८ सिटमा विजय हासिल गरेका छन् । चीन पक्षधर उम्मेदवार भने निकै कमजोर देखिएका छन् । बीबीसीका अनुसार, अहिलेसम्म चीन पक्षधर ४२ उम्मेदवार मात्रै विजयी भएका छन् । विवादास्पद छवि भएका […]



from समाचार – Online Khabar https://ift.tt/2OKszRx
via IFTTT
Powered by Blogger.