Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो : देउवा

१० मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । […]

वरिष्ठ पत्रकार एवं साहित्यकार विनय कसजुको निधन

१० मंसिर, काठमाडौं । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले दिउँसो २ बजे कसजुको निधन भएको पुष्टि गरे । निमोनियका कारण गम्भीर विरामी भएका उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना […]

पर्यटकको स्वागत गर्न विमानस्थलमा विद्यार्थी खटाइने

१० मंसिर, काठमाडौं । भ्रमण वर्ष २०२० मा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा विद्यार्थी खटाइने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) ले आफ्नो स्टूडेन्ट च्याप्टरमार्फत स्वयमसेवीकाको रुपमा विमानस्थलमा विद्यार्थीलाई खटाउने भएको हो । यसमा त्रिभुवन विमानस्थलले सहयोग गर्ने भएको छ । टूरिजम तथा हस्पिटालिटी सम्बन्धी कलेजमा […]

ठेकदारले काम नगरे म नै अनसनमा बस्छु : प्रचण्ड

१० मंसिर, निजगढ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं […]

सबै बैंकमा आरटीजीएस : चेक नकाटी खाताबाट पैसा निकाल्न सकिने

१० मंसिर, काठमाडौं । आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो भुक्तानीमा सहजता आएको हो । अन्य देशहरुमा धेरै पहिला सुरु भए पनि नेपालमा ४ महिनाअघि मात्र यसलाई कार्यान्वयनमा ल्याउने पहल भएको थियो […]

विमलको स्थानमा आएका राजेशको साग सपना

१० मंसिर, काठमाडौं । गत सिजन शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमै न्यूरोड टिम एनआरटीले विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरी खेल्दै अंक खोस्यो । उपाधिको दाबेदार आर्मीलाई २-२ मा राखेको खेलमा ए डिभिजन लिगमा पुनरागमन गरेको एनआरटीका दोस्रो गोल गर्ने खेलाडी थिए राजेश परियार । पहिलो खेलमै गोल गर्न सफल राजेश लिगमा राम्रो प्रदर्शन […]

राज्यमन्त्री दुगडको ‘राजस्थान कनेक्सन’ के हो ?

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीमण्डल पुनर्गठन गर्दा मारवाडी समुदायका एक व्यापारीले अनपेक्षित ‘इन्ट्री’ पाए । ती भाग्यमानी थिए, दुगड स्पाइस एवं फुड्स कम्पनीका म्यानेजिङ डाइरेक्टर मोतीलाल दुगड । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा नियुक्ति पाएका दुगडको बारेमा अहिले एउटा चर्चा चलेको छ, उनी भारतीय हुन् भन्ने । एउटा भारतीय वेवसाइटले […]

‘कृषिमा लगानी कम भयाे, नीति परिवर्तन आवश्यक छ’

नेपालमा तीन दशक अघि सुरु भएको लघुवित्तको अवधारणा अहिले गाउँगाउमा अभ्यासमा छ । बिकट क्षेत्रमा ठूला बैंकहरुको अनुपस्थितिले यो अभ्यासलाई अनुकुलता दिएको छ । बिकटका विपन्न वर्गमा लगानी गर्नकै लागि नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजत लिएर कारोबार गरेका लघुवित्त संस्थाहरुको संख्या अहिले सय नजिक पुगेको छ । यी संस्थाहरुले बिकटका गाउँमा गएर […]

प्रधानमन्त्री बिरामी हुँदा घोषणा भएन खेलाडीको स्पेसल प्याकेज

१० मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकको हौसला बढाउन मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दुई दिनदेखि यसको तयारी गरिरहेका थिए । प्रधानमन्त्रीले खेलाडीलाई सम्बोधन गर्ने मात्र नभएर विशेष (स्पेसल) प्याकेज घोषणा गर्ने कार्यक्रम समेत […]

सिफारिस समितिमा रहेर काम गर्न मानवअधिकार आयोगले राख्यो शर्त

१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिमा रहेर काम गर्न शर्त राखेको छ । मंगलबार बसेको मानव अधिकार आयोगको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मान्यता अनुरुप संशोधन, द्वन्द्वपीडितहरुको भावना, सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं […]

नारायणहिटी संग्रहालय व्यवस्थापन अब विकास समितिमार्फत

१० मंसिर, काठमाडौं । नारायणहिटी दरवार संग्रहालयको संचालन–व्यवस्थापन अब विकास समिति मार्फत हुने भएको छ । सरकारले नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति (गठन) आदेश २०७६ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो । विकास समितिको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले गर्ने भएका छन् । समितिमा अर्थ र […]

पदाधिकारी विवादले लिखु तामाकोसीको काम ४ महिनादेखि ठप्प

१० मंसिर, रामेछाप । पदाधिकारीबीचको विवादले लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा पनि विकास निर्माणका कुनै काम सुरु गर्न सकेको छैन । गाउँपालिकाको वडानम्बर-१ दुरागाउँमा विद्युतीकरण गरिएको रकम भुक्तानीको विषयमा गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्का, उपाध्यक्ष दीपशिखा दाहाल, प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहति कार्यपालिकाका अन्य सदस्यहरु बीच गत असारदेखि विवाद छ । […]

अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिर

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ । पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरिएको हो । अहिले सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) मा रहेका प्रधानमन्त्री चिकित्सकहरुको निरन्तर निगरानीमा […]

चितवनमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

१० मंसिर, काठमाडौं । चितवनको भरतपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी(पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार सोमबार राति ११ बजे ना७त ४७० नम्बरको ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको चक्काले किचेको […]

बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस रामेछापमा भेटियो

१० मंसिर, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोमछापबाट बा४ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेका व्यक्तिको नाम खुलाएनन् । ‘सीसी टीभी फुटेजको […]

‘उठीबास’ हुने अवस्थामा लोकबाजा संग्रहालय

१० मंसिर, काठमाडौं । लोक बाजाहरु इतिहास हुन्, जुन हाम्रा पुर्खाहरुले आफ्नो परम्पराअनुसार बजाए । यस अर्थमा बाजाहरु हाम्रो पहिचान पनि हुन् । नेपाली लोकबाजा संग्रहालय हेर्दा नेपाली साँस्कृतिक इतिहास र पहिचानको संरक्षण भएको लाग्छ । काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर परिसरको सत्तलमा भाडामा बसिरहेको संग्रहालयको अवस्था भने नाजुक छ । वरिपरिको वातावरण हेर्दा कसैलाई पनि […]

कोरला नाकामा सशस्त्र प्रहरीको ‘बिओपी’ स्थापना हुने   

१० मंसिर, ठिनी । मुस्ताङस्थित चिनियाँ सीमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । प्रहरी […]

प्याजको भाउ प्रतिकिलो दुई सय ५० रुपैयाँ !

१० मंसिर, काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरी बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ । गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ प्रतिकिलो थियो । तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय […]

माथिल्लो तामाकोसी अन्तिम चरणमा पुग्दा ठेकेदार झक्झकाउँदै कुलमान

१० मंसिर, काठमाडौं । लक्ष्य अनुसार काम भयो भने आगामी असार मसान्तसम्म माथिल्लो तामाकोसीबाट विजुली उत्पादन सुरु भइसक्नुपर्छ । तर अझै केही जटिल र महत्वपूर्ण कामहरु बाँकी रहेकाले ढुक्क भइहाल्ने अवस्था छैन । विद्युत प्राधिकरणका अनुसार ठाडो सुरुङमा पेनस्टक पाइप हाल्ने लगायतका चुनौतीपूर्ण कामहरु निर्विघ्नरुपले भए यथासमयमा आयोजना सम्पन्न हुन सक्छ । अन्तिम समयमा कुनै […]

प्रधानमन्त्री ओलीको अप्रेसन सकियो, केही दिन अस्पतालमै बस्नुपर्ने

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सकिएको छ । महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन गरिएको हो । अस्पतालका डा. अरुण सायमीले भने, ‘एपेन्डिसाइटिसको सानो अपरेसन भर्खरै सकिएको छ ।’ अप्रेसन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, कति दिन बस्नुपर्छ भनेर […]

आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीको भनाइ – ५ पटक मिर्गौला फेरेका मान्छे काम गरिराखेका छन्, मलाई १५/२० वर्ष समस्या हुँदैन

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे । तर एपेन्डिसाइटिसका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि उनी अस्पतालमा भर्ना भए । अस्पताल जानुअघिसम्म राजकाजका काममा सक्रिय रहेका प्रधानमन्त्री ओलीले अघिल्लो दिन सञ्चार माध्यममा एक घण्टा लामो अन्तरवार्तासमेत दिन भ्याए । अन्तर्वार्तामा उनले आफ्नो […]



from समाचार – Online Khabar https://ift.tt/2qLJBqn
via IFTTT
Powered by Blogger.