Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘को को प्रधानमन्त्री बन्ने ? मेरो दिमागमा लाइन छ : प्रचण्ड

१२ मंसिर, धरान । नेकपाका अध्यक्ष प्रचण्डले अब को–को प्रधानमन्त्री बन्ने, आफ्नो दिमागमा लाइन रहेको बताएका छन् । अब नेकपाले मधेसी, जनजाति र दलितलाई प्रधानमन्त्री बनाउने प्रचण्डले घोषणा गरेका छन् । बुधबार एकैदिन पोखरा, धरान र भक्तपुरमा चुनावी सभालाई सम्वोधन गर्न भ्याएका प्रचण्डले पोखरा र धरान दुबै ठाउँको सम्वोधनमा महिला, दलित, जनजाति र मधेसीलाई नेकपाले […]

शुल्क फिर्ताको सहमति कार्यान्वयनमा सहयोग गर्न विद्यार्थीलाई अपील

१२ मंसिर, चितवन । चितवनको चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमति कार्यान्वयनमा सघाउन आन्दोलनरत विद्यार्थीलाई अपील गरेको छ । बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर कलेजले आन्दोलन फिर्ता लिएर पठन पाठन सञ्चालन गर्न सहयोग गर्न कलेजले विद्यार्थीलाई आग्रह गरेको छ । मंगलबार राति सरकार र निजी मेडिकल कलेजका बीचमा अतिरिक्त शुल्क फिर्ता गर्ने लगायतका बिषयमा दुई […]

प्रधानमन्त्री हिँड्न खोजेपछि चिकित्सक हैरान, मोबाइल भेटेपछि धमाधम रिप्लाई

१२ मंसिर, काठमाडौं । जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य देखाउने र हाँसो ठट्टा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मौलिक शैली अस्पतालको सघन उपचार कक्षमा पनि कायमै देखेर चिकित्सकहरु हैरान भएका छन् । सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका प्रधानमन्त्री ओली भोलिपल्ट बिहानै उठेर हिँड्न खोजेपछि चिकित्सक पनि चकित […]

मंसिर १५ देखि भरतपुर विमानस्थल १० दिन बन्द रहने

१२ मंसिर, चितवन । धावनमार्ग (रनवे) ओभरले तथा पार्किङ विस्तारका लागि चितवनको भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द हुनेछ । त्यसका लागि विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिएको विमानस्थल कार्यालयका प्रमुख पवन गौत्तमले अनलाइनखबरलाई […]

जुवा खालबाट समातिएका प्रधानमन्त्रीका एडीसी जिम्मेवारीमा फर्किए

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका सेनानी (मेजर) राजेन्द्र शाही पुनः जिम्मेवारीमा फर्किएका छन् । शाहीमाथि लागेको मुद्दाको अन्तिम किनारा नलाग्दै जंगीअड्डाले जिम्मेवारीमा फर्काएको हो । महानगरीय प्रहरी प्रभाग, बसपार्कको टोलीले उनलाई १० कात्तिकमा सामाखुशीमा म्यारिज खेलिरहेका बेला पक्राउ गरेको थियो । जुवाखालबाट प्रहरीले एक लाख ५९ हजार ३ सय रुपैयाँ […]

गिधनिया बस्तीमा अवरोध हटाएर तार बिछ्याउन सुरु

१२ मंसिर, काठमाडौं । दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा मोरङको गिधनिया बस्तीमा भएको अवरोध हटेको छ । यो सँगै बस्ती क्षेत्रमा तार टाँग्ने र बिछ्याउने काम सुरु भएको छ । यो काम महिनौंदेखि रोकिएको थियो । ग्रामथानको हात्तिमुडा चोकबाट तार भूमिगत गर्ने काम सुरु भएको हो । मोरङको ग्रामथान गाउँपालिकास्थित गिधनिया बस्तीमा प्रशारण […]

हुम्ला टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

१२ मंसिर, काठमाडौं । हुम्लामा भएको टिपर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४ पुगेको छ । ११ जना घाइते छन्  । नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट नेपाल खाद्या सँस्थानको चामल ल्याएर सदरमुकाम सिमकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर बुधबार सिमकोट-डाँडालाग्नामा दुर्घटना भएको थियो । दुर्घटनामा नाम्खा गाउँपालिका-१ हेप्का […]

भुटान र माल्दिभ्सले कुस्ती खेलाडीको नामावली पठाएनन्

१२ मंसिर, जनकपुरधाम । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत हुने कुस्ती प्रतियोगितामा ५५ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । बिभिन्न ५ देशका २४ महिलासहित ५५ खेलाडीले सहभागिता जनाउने भएका हुन् । आगामी मंसिर २० गतेदेखि जकपुरधाममा हुने कुस्ती प्रतियोगितामा भुटान र माल्दिभ्सले भने अहिलेसम्म खेलाडीहरुको नामावली पठाएका छैनन् । ‘अहिलेसम्म भुटान र माल्दिभ्सले […]

शुभेच्छुकलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने– मेरो स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावादसमेत दिएका छन् । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री […]

विवाह पञ्चमी महोत्सव : नेपाल आए अयोध्याका जन्ती

१२ मंसिर, जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइन्छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंगलबारबाट […]

मन्त्रीहरू संसदमा बोल्छन्, कार्यान्वयन हुँदैन !

१२ मंसिर, काठमाडौं । मन्त्रीहरुले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)  को रोष्टममा उभिएर दिएका आश्वासनको कार्यान्वयन न्यून रहेको पाइएको छ । मन्त्रीहरु तथा प्रधानमन्त्रीले आफैँले वा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यसो गर्छु/उसो गर्छु भनेर आश्वासन दिने गर्छन् । तर, दिइएका आश्वासन कार्यान्वयनमा भने तदारुकता नदेखिएको राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी […]

विष्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर

१२ मंसिर, काठमाडौं । अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भीरफोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा […]

हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पको हस्ताक्षर

१२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हङकङका प्रदर्शनकारीहरूको पक्षमा खुलेका छन् । हङकङको संसदमा सुपुर्दगी सन्धि पेस भएपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । प्रजातन्त्र माग्दै आन्दोलन जारी रहेका बेला ट्रम्पले प्रदर्शनकारीहरूलाई समर्थन गर्ने अमेरिकी संसद्को विधेयकमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति ट्रम्पले चीन, त्यहाँका राष्ट्रपति सी चिनिफिङ र हङकङका जनताप्रति सम्मान दर्शाउन […]

काभ्रेमा अदालतको आदेश विपरीत इँटा उत्पादन

१२ मंसिर, काभ्रे । अदालतको आदेशको अवज्ञा गर्दै काभ्रेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित सत्यनारायण ब्रिक इण्ड्रष्ट्रिज प्रालिले इँटा उत्पादन तथा बिक्री वितरण थालेको छ । उच्च अदालत पाटन, ललिपतपुरद्वारा नमोबुद्धमा रहेका इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशको अवज्ञा गर्दै सो उद्योगले इँटा उत्पादन तथा बिक्री वितरण थालेको हो । उच्च अदालतको […]

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित

१२ मंसिर, काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए । शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न […]

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत

१२ मंसिर, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ । सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ […]

रातारात आइपुग्यो भारतीय भलिबल टोली, आज नेपालसँग प्रतिस्पर्धा गर्ने

१२ मंसिर, काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुल (साग) मा भाग लिन भारतीय भलिबल टोली नेपाल आइपुगेको छ । प्रतियोगितामा सहभागी हुने या नहुने भन्ने अन्योलता चिर्दै भारतीय महिला तथा पुरूष भलिबल टोली बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । भारतीय महिला भलिबल टोलीले आजै नेपालसँग प्रतिस्पर्धा गर्दैछ । भलिबलतर्फ […]

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

१२ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । गएराति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ५ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै दोलखा, काभ्रे, काठमाडौं उपत्यकालगायत स्थानसम्म महसुस भएको थियो । ०७२ वैशाख १२ […]

प्रधानमन्त्रीलाई केही दिन आईसीयूमै राखिने

११ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख सुधार आएको छ । तर उनलाई अझै केही दिन सघन उपचार कक्ष (आईसीयू)मै राखिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मंगलबार सबेरैदेखि पेट दुखेपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसपछि इलेक्टिभ […]

नेपाललाई धामरा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न दिन भारत असहमत

११ मंसिर, काठमाडौं । थप दुई वटा बन्दरगाह प्रयोग गर्न दिन नेपालले राखेको प्रस्ताव भारतले अस्वीकार गरेको छ । नेपाल–भारत पारवहन सन्धि विस्तृत पुनरावलोकनका लागि काठमाडौंमा बसेको दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा भारतीय पक्षले बन्दरगाह प्रयोग सम्बन्धमा पछि निर्णय दिने बताएको वाणिज्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालले हाल भारतको कोलकत्ता र […]

निजगढ–काठमाडौं द्रुतमार्गः परामर्शदाता छान्न अन्तिम सूची सार्वजनिक

११ मंसिर, काठमाडौं । नेपाली सेनाले निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनौट सम्बन्धी अन्तिम सूची सार्वजनिक गरेको छ । प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । जसमा अधिकांश कोरियन कम्पनी छन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार योसिन […]



from समाचार – Online Khabar https://ift.tt/2DowJt1
via IFTTT
Powered by Blogger.