समाचार
९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको साँखुबाट घुस लिने र दिने दुबै जनालाई पक्राउ गरेको छ । घुस लिएको आरोपमा शंखरापुर नगरपालिकाको वडा नं. ७ साँखु स्थित नापी कार्यालय साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकी र घुस दिएको आरोपमा सेवाग्राही ज्ञान बहादुर कार्कीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । सेवाग्राही कार्कीले जग्गाको ट्रेस नक्सा […]
९ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले आफूहरूबीच उपचुनावका लागि भएको तालमेलको सहमति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उल्लंघन गरेको आरोप लगाएको छ । प्यूठानको बरौलामा सहमति विपरीत आफ्नो पार्टीका उम्मेदवारलाई हराउन नेकपा लागेको मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुई पार्टीबीचको सहमति अनुसार प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर २ […]
९ मंसिर, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले देशको सुरक्षा गर्न नसक्ने सरकारलाई डाँडा कटाउनु पर्ने बताएका छन् । भारतले नेपालको सीमा मिच्दा समेत बोल्न नसक्ने सरकारको खोक्रो राष्ट्रवाद उदाङ्गो भएको उनको भनाइ छ । देशभक्ति देखाएर दुई तिहाईको बहुमत ल्याउन सक्ने कम्युनिष्टले अहिले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले सीमा मिचेर आफ्नो सेना […]
९ मंसिर, जनकपुरधाम । यस पटक भारतको अयोध्याबाट जनकपुरधाम आउने जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा स्वागत गरिने भएको छ । प्रत्येक पाँच बर्षमा अयोध्याबाट विवाहपञ्चमीको अवसर पारेर जनकपुरधाममा जन्ती आउने गर्दछ । यस पटक अयोध्याबाट जन्ती हिँडिसकेको र मंसिर ११ गते आइपुग्ने जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले जानकारी दिए । उनले यसअघि […]
९ मंसिर, वीरगञ्ज । समाजवादी पार्टी नेपाल सर्मथित समाजवादी विद्यार्थी युनियनले वीरगञ्जमा चन्दा संकलन सुरु गरेको छ । नेशनल मेडिकल कलेजमा विद्यार्थी कुटपिट गर्नेहरुलाई कारबाही नगर्ने जिल्लाका जिम्मेवार प्रमुख व्यक्तिहरुलाई दिन सोमबारबाट चन्दा संकलन सुरु गरिएको युनियनले जनाएको छ । उनीहरुले सोमबार पहिलो दिनमै १२ हजार १३ रुपैयाँ संकलन गरेका छन् । अतिरिक्त शुल्क फिर्ताको […]
९ मंसिर, काठमाडौं । मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि विद्यार्थीबाट लिएको सबै अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने बताएका छन् । सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा मेडिकल कलेज सञ्चालकहरुले शिक्षण शुल्कबाहेक आफूहरुले लिएको रजिष्ट्रेशन शुल्क, सम्बन्धन शुल्क, परीक्षा शुल्क र इन्टर्नसिप शुल्क फिर्ता गर्न नसक्ने बताएका हुन् । नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाले बैठकपछि भने, ‘हामी नेपाल […]
९ मंसिर, काठमाडौं । राप्रपाका महामन्त्री एवम् प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देनले नेपालको भूमि मिचिदा पनि सीमा रक्षाका लागि सरकार चुप लागेको आरोप लगाएका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसमेत समेटिएको स्मरण गराउँदै लिङदेनले सरकारले कुनै ठोस कदम नचाल्नु चिन्ताको विषय भएको बताए । राप्रपा लमजुङले सुन्दर बजार […]
९ मंसिर, विराटनगर । उच्च अदालत विराटनगरले कोरम नपुगी गरिएको उर्लाबारी नगरपालिकाको चौथो नगरसभाको निर्णय बदर गर्ने फैसला गरेको छ । उपमेयर लक्ष्मी भण्डारीसहित १३ जना कार्यपालिका सदस्यहरुले दायर गरेको रीटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शेखरप्रसाद पौडेलको इजलासले नगरसभाको निर्णय बदर गर्ने फैसला गरेको हो । १९ कार्यापालिका सदस्य भएको नगरमा ६ जनाले मात्र नगरसभाको […]
९ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको हो । महाशाखाले सोमबार मात्रै १८८ सवारी साधनका चालकलाई कारबाही गरेको जनाएको छ । ध्वनि प्रदूषणले श्रवण […]
९ मंसिर, काठमाडौं । ‘अब मेरो पनि महरासँग भेट हुने भो !’ चेकजाँच गर्न आएकी विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा चिकित्सक रोहितप्रसाद झाले हातमा हत्कडीमा लाग्नेवित्तिकै ठट्यौली शैलीमा भने । मेडिसिटी अस्पतालबाट नियन्त्रणमा लिएर जाउलाखेलस्थित हिरासतमा पुर्याएपछि भने झाको अनुहारको रंग बदलियो । जबरजस्ती करणी उद्योगमा पक्राउ परेका झालाई भेट्न पुगेकी श्रीमती उनलाई देख्ने बाहिर […]
९ मंसिर, बुटवल । गौतमबुद्धको जीवनी र बौद्धक्षेत्रका बारेमा तपाईलाई के के थाहा छ ? उनको आमा—बुवा, जन्म—मृत्यु, लुम्बिनी, रामग्राम, देवदह, कन्थक घोडा, सारथी छन्दक, बोधगया, पञ्चशीलबारे तपाईलाई कति थाहा छ ? बुद्धले आफ्नो जीवनको पहिलो २९ बर्ष बिताएको ठाउँमा कपिलवस्तु नगरपालिका ३ मा रहेको तिलौराकोटमा पुग्दा तपाई अचम्मा पर्नुहुन्छ । कारण कक्षा ५ मा […]
९ मंसिर, काठमाडौं । उद्योग दिवसको कार्यक्रममा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र राज्यमन्त्रीसमक्ष उद्योगी व्यवसायीले गुनासोको भारी बिसाएका छन् । आफूहरु समस्याको चाङमा उभिएको बताउँदै उनीहरुले उद्योग क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरिदिन मन्त्रीद्वयलाई आग्रह गरे । देशमा उद्यम गर्ने वातावरण नबनेसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनीहरुको भनाइ थियो । तरलता अभाव, बैंकको […]
९ मंसिर, काठमाडौं । विश्वका शक्तिशाली व्यक्तिभित्र पर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्ता दिइएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सेर्गेइ लाभ्रोभमार्फत राष्ट्रपति विद्या भण्डारीले पुटिनलाई पठाएको निम्तोपत्र हस्तान्तरण गरेका हुन् । सोमबार मस्कोमा भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई […]
९ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय टिमको कप्तानी पद छाडे लगतै पारस खड्काले दुबईको टी–१० लिग खेल्ने अवसर पाए । यसलाई उनको अन्तराष्ट्रिय फ्रेन्चाइज लिगको उडानको सुरुवात मानिएको थियो । टीम अबुधाबीमा आवद्ध भएका उनले सुरुवाती दुई र अन्तिमका ए खेलमा अवसर पाए । सुरुवाती दुई खेलमा छैटौं नम्बरमा ब्याटिङ गर्न गएका उनले निकै कम […]
९ मंसिर, चितवन । चितल मारेर परालको टौवामा लुकाउने एक जना चितवनको खैरहनीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका-१३ बस्ने हेमबहादुर ढुंगाना रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गणका सुरक्षाकर्मीहरुले आइतबार उनलाई चितल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसहित नियन्त्रणमा लिएको हो । घर नजिकैको टौवामा […]
९ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई क्याल्सियम निःशुल्क उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउने उद्देश्यले प्रदेश ५ मै पहिलोपटक तिलोत्तमा नगरपालिकाले स्वास्थ्य संस्थामार्फत् क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्छ । स्वास्थ्यकर्मीले […]
९ मंसिर, काठमाडौँ । मेडिकल कलेजहरुले अवैध रुपमा असुलेको शुल्क फिर्ता फिर्ता नगरे २४ घण्टाभित्र सरकारले कारवाही गर्ने भएको छ । सोमबार गृहमन्त्रालयमा भएको छलफलले अवैध शुल्क असुल्ने कलेज विरुद्द एक्सनमा उत्रिने निर्णय गरेको स्रोतले बताएको छ। छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेललगायत सहभागी थिए । ‘विद्यार्थी र अभिभावक ठगिएको […]
९ मंसिर, काठमाडौं । अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले सुरु भएको ‘अकुपाई टुँडिखेल’ अभियानका अभियान्ताहरुले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न पाएनन् । मेयर शाक्यलाई भेट्न अभियान्ताहरु दिउँसो २ बजे भेट्न महानगरपालिकाको कार्यालय सुन्धारा पुगेका थिए । उनीहरु पुग्दा मेयर शाक्य कार्यकक्षमा भेटिएनन् । अभियान अन्तर्गत सोमबार मेयर शाक्यलाई भेटेर तत्कालै […]
९ मंसिर, काठमाडौं । सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँड्ने ९ जनालाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए । पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको एसपी […]
९ मंसिर, काठमाडौँ । प्रा. डा. गोविन्द केसीले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजविरुद्ध ठगी मुद्दा चलाउन र कलेजको राष्ट्रियकरण सुरु गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले सरकारले दिएको समयसीमाभित्र अतिरिक्त शुल्क फिर्ता नगर्ने कलेजविरुद्ध ठगी मुद्दा चलाउन र मेडिकल कलेजको राष्ट्रियकरण प्रक्रिया सुरु गर्न माग गरेका छन् । […]
९ मंसिर, काठमाडौं । नेपाल अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका जहाजमा नेपालको परिचयात्मक अडियो सन्देश बजाइने भएको छ । अध्यागमन विभागले यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलले उक्त अभियानलाई शीघ्र कार्यान्वयनमा ल्याउन मन्त्रालयसमक्ष आग्रहसमेत गरेका छन् । पौडेलका अनुसार अडियो म्यासेज […]
from समाचार – Online Khabar https://ift.tt/2Dcv9KE
via IFTTT






















