Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सीमा मिचिदा पनि सरकार चुप बस्यो : लिङदेन

९ मंसिर, काठमाडौं । राप्रपाका महामन्त्री एवम् प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देनले नेपालको भूमि मिचिदा पनि सीमा रक्षाका लागि सरकार चुप लागेको आरोप लगाएका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसमेत समेटिएको स्मरण गराउँदै लिङदेनले सरकारले कुनै ठोस कदम नचाल्नु चिन्ताको विषय भएको बताए । राप्रपा जमजुङले सुन्दर बजार […]

उर्लाबारी नगरसभाका निर्णय बदर गर्ने उच्च अदालतको फैसला

९ मंसिर, विराटनगर । उच्च अदालत विराटनगरले कोरम नपुगी गरिएको उर्लाबारी नगरपालिकाको चौथो नगरसभाको निर्णय बदर गर्ने फैसला गरेको छ । उपमेयर लक्ष्मी भण्डारीसहित १३ जना कार्यपालिका सदस्यहरुले दायर गरेको रीटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शेखरप्रसाद पौडेलको इजलासले नगरसभाको निर्णय बदर गर्ने फैसला गरेको हो । १९ कार्यापालिका सदस्य भएको नगरमा ६ जनाले मात्र नगरसभाको […]

उपत्यकामा हर्न बजाउन कडाइ, एकै दिनमा १८८ सवारी चालक कारबाहीमा

९ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको हो । महाशाखाले सोमबार मात्रै १८८  सवारी साधनका चालकलाई कारबाही गरेको जनाएको छ । ध्वनि प्रदूषणले श्रवण […]

विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर पक्राउ

९ मंसिर, काठमाडौं । उपचारका लागि आएको बिरामीमाथि बलात्कारको प्रयास गरेको आरोपमा एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको मेडिसिटी हस्पिटलका चिकित्सक रोहितप्रसाद झा छन् । पीडित ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीपछि सोमबार साँझ प्रहरी परिसर, ललितपुरले उनलाई पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताएअनुसार उनी […]

तिलौराकोट र गौतम बुद्धको तीनपुस्ते बताउने ९ वर्षीय बालक

९ मंसिर, बुटवल । गौतमबुद्धको जीवनी र बौद्धक्षेत्रका बारेमा तपाईलाई के के थाहा छ ? उनको आमा—बुवा, जन्म—मृत्यु, लुम्बिनी, रामग्राम, देवदह, कन्थक घोडा, सारथी छन्दक, बोधगया, पञ्चशीलबारे तपाईलाई कति थाहा छ ? बुद्धले आफ्नो जीवनको पहिलो २९ बर्ष बिताएको ठाउँमा कपिलवस्तु नगरपालिका ३ मा रहेको तिलौराकोटमा पुग्दा तपाई अचम्मा पर्नुहुन्छ । कारण कक्षा ५ मा […]

मन्त्रीलाई निजी क्षेत्रको आग्रह : हाम्रो अभिभावक बनिदिनुस्

९ मंसिर, काठमाडौं । उद्योग दिवसको कार्यक्रममा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र राज्यमन्त्रीसमक्ष उद्योगी व्यवसायीले गुनासोको भारी बिसाएका छन् । आफूहरु समस्याको चाङमा उभिएको बताउँदै उनीहरुले उद्योग क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरिदिन मन्त्रीद्वयलाई आग्रह गरे । देशमा उद्यम गर्ने वातावरण नबनेसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनीहरुको भनाइ थियो । तरलता अभाव, बैंकको […]

परराष्ट्रमन्त्री मस्कोमा, पुटिनलाई नेपाल भ्रमणको निम्तो

९ मंसिर, काठमाडौं । विश्वका शक्तिशाली व्यक्तिभित्र पर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्ता दिइएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुसी समकक्षी सेर्गेइ लाभ्रोभमार्फत राष्ट्रपति विद्या भण्डारीले पुटिनलाई पठाएको निम्तोपत्र हस्तान्तरण गरेका हुन् । सोमबार मस्कोमा भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवलाई […]

चितल मारेर परालमा लुकाउने एक जना पक्राउ

९ मंसिर, चितवन । चितल मारेर परालको टौवामा लुकाउने एक जना चितवनको खैरहनीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका-१३ बस्ने हेमबहादुर ढुंगाना रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गणका सुरक्षाकर्मीहरुले आइतबार उनलाई चितल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसहित नियन्त्रणमा लिएको हो । घर नजिकैको टौवामा […]

गर्भवती महिलालाई तिलोत्तमामा निःशुल्क क्याल्सियम

९ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई क्याल्सियम निःशुल्क उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउने उद्देश्यले प्रदेश ५ मै पहिलोपटक तिलोत्तमा नगरपालिकाले स्वास्थ्य संस्थामार्फत् क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्छ । स्वास्थ्यकर्मीले […]

‘अकुपाई टुँडिखेल’ अभियन्ताले मेयर भेट्न पाएनन्

९ मंसिर, काठमाडौं । अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले सुरु भएको ‘अकुपाई टुँडिखेल’ अभियानका अभियान्ताहरुले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई भेट्न पाएनन् । मेयर शाक्यलाई भेट्न अभियान्ताहरु दिउँसो २ बजे भेट्न महानगरपालिकाको कार्यालय सुन्धारा पुगेका थिए । उनीहरु पुग्दा मेयर शाक्य कार्यकक्षमा भेटिएनन् । अभियान अन्तर्गत सोमबार मेयर शाक्यलाई भेटेर तत्कालै […]

उपचुनाव बहिष्कारको नारा लगाउने ९ जना पक्राउ

९ मंसिर, काठमाडौं । सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँड्ने ९ जनालाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए । पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको एसपी […]

मेडिकल कलेजको राष्ट्रियकरण सुरु गर्न डा. केसीको माग

९ मंसिर, काठमाडौँ । प्रा. डा. गोविन्द केसीले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजविरुद्ध ठगी मुद्दा चलाउन र कलेजको राष्ट्रियकरण सुरु गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले सरकारले दिएको समयसीमाभित्र अतिरिक्त शुल्क फिर्ता नगर्ने कलेजविरुद्ध ठगी मुद्दा चलाउन र मेडिकल कलेजको राष्ट्रियकरण प्रक्रिया सुरु गर्न माग गरेका छन् । […]

काठमाडौं आउने जहाजमा नेपाल चिनाउने अडियो सन्देश बजाइने

९ मंसिर, काठमाडौं । नेपाल अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका जहाजमा नेपालको परिचयात्मक अडियो सन्देश बजाइने भएको छ । अध्यागमन विभागले यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलले उक्त अभियानलाई शीघ्र कार्यान्वयनमा ल्याउन मन्त्रालयसमक्ष आग्रहसमेत गरेका छन् । पौडेलका अनुसार अडियो म्यासेज […]

आरुघाटको मुआब्जा एक हप्ताभित्रै तोकिने

९ मंसिर, गोरखा । बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाटलगायत बजार क्षेत्रको मुआब्जा निर्धारण एक हप्ताभित्र निर्धारण गर्ने तयारी भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले केही दिनभित्र मुआब्जा निर्धारण हुने बताए । आफूहरु त्यसको अन्तिम तयारीमा रहेको जानकारी दिँदै उनले अनलाइनखबरसँग भने ‘हामीले गृहकार्य गरिरहेका छौं, एक […]

दाङमा सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास

९ मंसिर, दाङ । दाङको देउखुरीमा सर्पदंश उपचार केन्द्र भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । देउखुरीमा सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास भएसँगै यस क्षेत्रका बासिन्दा हर्षित बनेका छन् । लमही अस्पताल भवनको नजिकै सर्पदंश उपचार केन्द्र भवन निर्माण हुन लागेको हो । पश्चिममा नेपालगंजदेखि पूर्वमा कपिलवस्तुसम्म सर्पदंश उपचार केन्द्र नहुँदा यस क्षेत्रमा […]

देउवालाई प्रचण्डको जवाफ : राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाऔं

९, मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् । सोमबार चितवनको भरतपुर महानगरपालिका १६ मा आयोजित […]

झ्याल फोडेर भागे सुधार गृहका दुई बन्दी

९ मंसिर, विराटनगर । बाल सुधार गृह विराटनगरा रहेका दुई जना बालक सुधार गृहको तेस्रो तल्लाबाट हाम्फालेर भागेका छन् । सोमबार बिहान जरवस्ती करणी मुद्दा र ज्यान मार्ने उद्योग मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका १६ र १७ वर्ष उमेरका बालक गृहको झ्याल फोडेर भागेका हुन् । सुधार गृहमा जम्मा ५० जना बालक अटने क्षमता […]

१३औं साग : यसरी सजिँदैछ पोखरा रंगशाला

९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)का लागि अहिले पोखरा रंगशाला पुनर्निर्माणलाई तीव्र बनाइएको छ । रंगशाला गेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल खेल्दै गरेको बोर्ड टाँगिएको छ भने रङरोगनलाई पनि गरिसकिएको छ । साग खेल हुन अब १ हप्तामात्रै बाँकी छ । साग आउन १ हप्तामात्रै बाँकी छँदा रंगशालाभित्र रहेका पूर्वाधारदेखि अव्यवस्थित खाली […]

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको निकटता चिन्ताजनक : रणजित राय

९ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टीबीचको निकटता चिन्ताको विषय भएको बताएका छन् । साथै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एकता गराउन चीनले निर्णायक भूमिका खेलेको उनको दाबी छ । ‘द वायर’ का लागि ह्याप्पिमन ज्याकोबले लिएको भिडियो अन्तर्वार्तामा रायले करिब पौने घन्टा नेपाल–भारत […]

५० ग्राम गाँजा बोकेका दुई युवाले प्रहरीलाई दुई हजार घुस दिन खोजेपछि…

९ मंसिर, काठमाडौं । करिब ५० ग्राम अवैध लागूऔषध गाँजा बोक्ने दुई युवकले प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोजेपछि उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जन रहेका छन् । ललितपुर महानगरपालिका-१२ लगनखेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको […]

कानूनमन्त्री यादवलाई पदभार ग्रहणमा ९ प्रश्न

९ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानून दिइएको थियो । मन्त्रालय हेरफेर गर्दा मन्त्री यादव भने भारतमा थिए । शुक्रबार स्वदेश फर्किएका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादव आइतबार उपनिर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन कास्की गए […]



from समाचार – Online Khabar https://ift.tt/2pTs7rO
via IFTTT
Powered by Blogger.