समाचार
९ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु भूमिमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन नपाउने भएका छन् । विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो । यसलाई एन्फाले निरन्तरता दिएपछि दुई […]
९ मंसिर, काठमाडौं । सरकारले आरोहण खुला भए पनि अहिलेसम्म आरोही नपुगेका हिमालमा रोयल्टी छुट दिने तयारी गरेको छ । पर्यटन विभागले मन्त्रालयसमक्ष यस्ता ३३ हिमालका लागि रोयल्टी छुटको सिफारिस गरेको हो । ‘आरोहणको सम्भावना रहेका तर, प्रवद्र्धनको अभावले ओझेलमा परेका हिमालमा शत प्रतिशत रोयल्टी छूटको सिफारिस मन्त्रालयमा पठाएका छौं’, विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, […]
९ मंसिर, पोखरा । वर्डप्रेस सम्बन्धी सेमिनार ‘वर्ड क्याम्प पोखरा २०१९’ यही मंसिर २१ र २२ गते हुने भएको छ । २१ गते पहिलो दिन बिरौटास्थित होटल पोखरा ग्रान्डमा र २२ गते दोस्रो दिन रानीपौवास्थित इन्फमेटिक्स कलेजमा कार्यक्रम हुने संयोजक पितम बहादुर सेनले जानकारी दिए । दुईदिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन विभिन्न देशबाट आएका प्रशिक्षकहरुबाट […]
९ मंसिर, काठमाडौं । हङकङमा सम्पन्न जिल्ला काउन्सिलको निर्वाचनमा प्रजातन्त्र पक्षधरहरूको जनलहर देखिएको छ । जारी मतगणना अनुसार, प्रजातन्त्र पक्षधर मतदाताहरूले अहिलेसम्म २ सय ७८ सिटमा विजय हासिल गरेका छन् । चीन पक्षधर उम्मेदवार भने निकै कमजोर देखिएका छन् । बीबीसीका अनुसार, अहिलेसम्म चीन पक्षधर ४२ उम्मेदवार मात्रै विजयी भएका छन् । विवादास्पद छवि भएका […]
९ मंसिर, काठमाडौं । पछिल्लो समय विवाह खर्चिलो बन्दै गएको छ । दहेजको प्रचलन भएका स्थानका विपन्न परिवारका लागि त विवाह झनै कष्टकर छ । विपन्न परिवारको यही बाध्यतालाई सुनसरीको कोशी गाउँपालिकाले सम्बोधन गर्ने भएको छ । गाउँपालिकाले विपन्न परिवारका छोरा–छोरीको निःशुल्क सामूहिक विवाह गरिदिएर विपन्न परिवारलाई सहायता गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष ऐयुव […]
९ मंसिर, कास्की । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ । घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट आचार्यले बताए । वडा नम्बर ३३ का अध्यक्ष भए पनि उनी वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए । उनले गाडीमा बम नै […]
८ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजनविपरीत […]
८ मंसिर, पोखरा । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका छन् । बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी छ । कास्की २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा भट्टराईले प्रधानमन्त्री ओली […]
८ मंसिर, भैरहवा । लुम्बिनी प्रेस क्लबले यसैसाता आयोजना गरेको ‘न्युज फेस्टिबल’ मा सहभागी हुन राजधानीबाट आएका पाहुनाहरु एकाबिहानै मायादेवी मन्दिर अवलोकन गर्न गए । मन्दिर दर्शनपछि सोधखोज गर्दै पिसाव फेर्ने ठाउँमा पुग्दा पथप्रदर्शकले भने, मुख्यमन्त्री शंकर पोखरेलज्यूले उदघाटन गरेको ट्वाइलेट यही हो ! मुख्यमन्त्रीबाट यति सानो ट्वाइलेटको उदघाटन ? जवाफ आयो- ई-ट्वाइलेट हो नि […]
८ मंसिर, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा औषधि उद्योगहरू खुल्ने क्रम बढ्न थालेको छ । देशको मध्यभाग, औषधिको बजार, भन्सार नाकाहरु नजिक, समथर भूभाग र पानीको सहज पहुँच भएकाले जिल्लामा औषधि उत्पादन गर्ने उद्योग खोल्ने प्रतिस्पर्धा नै चलेको छ । चितवन र गैंडाकोटमा गरी झण्डै एकदर्जन औषधि उद्योग छन् । केही उद्योगहरु सञ्चालनमा […]
८ मंसिर, काठमाडौं । दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आइतबार पशुपति क्षेत्रमा जम्मा भएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ […]
८ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दण्डहीनता राज्य प्रणालीको अंग भइसकेको टिप्पणी गरेका छन् । राजधानीमा आइतबार पि|mडम फोरमद्वारा आयोजित ‘पत्रकारको सुरक्षा र दण्डहीनता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानन्यायाधीश एवं आयोगका अध्यक्ष शर्मा प्रमुख अतिथिका रुपमा उपस्थित थिए । पूर्वप्रधानन्यायाधीशसमेत रहेका शर्माले कार्यक्रममा राजनीतिक नेताको जस्तै क्रान्तिकारी भाषण गरे । कार्यक्रममा बोल्दै […]
८ मंसिर, काठमाडौं । गीतमा दाँतको सौन्दर्यको बखान यसरी गरिन्छ, ‘मिलेका ती दाँतका पंक्ति ।’ साहित्यमा मोहक दाँतलाई ‘अनारका दानाजस्ता’ लेखिन्छ । तर सञ्जय महतले मिलेका दाँतमा दाह्रा थपेका छन् । नजिकबाट हेर्दा अनौठो र डरलाग्दा देखिन्छन् । यो अरुको हेराइ भो । उनको हेराइमा उनी डरलाग्दा छैनन् । अरुले कस्तो देख्छन् ? त्यसमा कुनै […]
८ मंसिर, कास्की । पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाए । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाको दावी थियो । देउवाको यस्तो भनाइले ल्याएको तरंगका बीच सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उनलाई […]
८ मंसिर, जनकपुरधाम । आइतबार साँझ जनकपुर विमानस्थलमा काठमाडौंबाट आएको विमानबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र केही दिनअघि मन्त्री पदबाट हटाइएका रघुवीर महासेठ र मातृका यादव ओर्लिए । तीन जनालाई स्वागत गर्न हातमा फूल लिएर सयौं व्यक्ति विमानस्थलमा भेला भएका थिए । कर्मचारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु मुख्यमन्त्री र नेकपाका […]
८ मंसिर, काठमाडौं । सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । अभियानको नक्सा समितिले आइतबार काठमाडौैंमा पत्रकार सम्मेलन गर्दै नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । अभियानले सार्वजनिक गरेको नक्सा डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेको बताएको छ । नक्सामा काली नदीको मुहानबारे र लिम्पियाधुरालाई पश्चिमी नेपालको […]
८ मंसिर, काठाडौं । देश अहिले १३औं दक्षिण एसियाली खेलकुदको माहोलमा छ, र त्यसको केन्द्रमा छ दशरथ रंगशाला । नेपालमा तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एसियाली खेलकुदको कुम्भ मेला सागको भब्य उद्घाटनसहित केही खेल यही हुनेछ । यो नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला पनि हो । तर खेल आयोजनाभन्दा पनि पहिले उद्घाटन समारोह कसरी […]
८ मंसिर, लहान । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको कार्यक्रमका लागि सिरहा आइपुगेका संयोजक महतोले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताए । लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका […]
८ मंसिर, वीरगञ्ज । सडकको नाला बनाउने काममा खटाइएका तीन बालकको वीरगञ्जमा उद्धार गरिएको छ । वीरगञ्ज महानगरपालिका २४ रामगढवामा नाला बनाउने काममा खटाइएका तीन जना बालकको नगर प्रमुख विजय कुमार सरावगीसहितको टोलीले उद्धार गरेको हो । भारतको बिहार राज्य अन्तर्गत गंगापुर भेलाही घर भएका १४, १५ र १६ बर्षका बालकलाई ठेकेदारले सडक बनाउने काममा […]
८ मंसिर, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको अनुभूति गर्न अझै दुई तीन वर्ष लाग्ने बताएका छन् । जिल्ला समन्वय समिति महासंघ अन्तर्गत प्रदेश ३ को भेलालाई आइतबार चितवनमा सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले संक्रमणकाल नसकिदासम्म संघीयताको अनुभूति गर्न नसकिने बताएका हुन् । त्यसका लागि अझै दुई तीन वर्ष लाग्ने उनको भनाइ छ […]
८ मंसिर, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित एक घरमा आइतबार आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट विष्णु भण्डारीको तीन तले घर जलेर पूर्ण रुपमा क्षति भएको जुम्लाका प्रहरी निरीक्षक नविन वलीले अनलाइनखबरलाई जानकारी दिइन् । तीन तलाको घरमा रहेका १४ वटा कोठा मध्ये भण्डारीले एउटा कोठा आफैले प्रयोग […]
from समाचार – Online Khabar https://ift.tt/2XH7POu
via IFTTT






















