समाचार
१३ मंसिर, काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. […]
१३ मंसिर, विराटनगर । धर्मगुरु कृष्णदास गिरी उर्फ कृष्णदास महाराजमाथि बलात्कारको आरोप लगाउने महिलाले एक वर्षयता सामाजिक सञ्जाल फेसबुकबाट म्यासेजहरु पठाउँदै आएको खुलेको छ । पीडित भनिएकी महिलाले ४ कात्तिकमा धर्मगुरु कृष्णदासले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । उनको जाहेरीका आधारमा पक्राउ अनुमति लिइसकेको प्रहरीले हिरासतमा भने लिएको छैन । विराटनगरस्थित विराट नर्सिङहोम भर्ना […]
१३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको टोखा नगरपालिका-५ मा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्ट हाउसकी सञ्चालिका सोममाया राईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्न पुगेको प्रहरीको टोलीलाई नै ५० हजार घुस दिएको आरोपमा उनीविरुद्ध शुक्रबार मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार […]
१३ मंसिर, धादिङ । नेपालको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी भगवती माईको न्वागी मेला त्रिपुरासुन्दरी माइत झरेपछि शुक्रबार सकिएको छ । बिहीबार साँझदेखि रातभर पूजापाठ गरेर शुक्रबार बिहानै त्रिपुरासुन्दरी माईलाई गाउँको मन्दिर सल्यानकोटबाट बेँसीमा रहेको आगिञ्चोकको सल्यानबेँसीमा झारिएको छ । प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर त्रिपुरासुन्दरी भगवतीको दर्शन […]
१३ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालय खोसेर कानूनमा पुर्याइएका उपप्रधानमन्त्री उपेन्द्र यादवले पदलोलुप देखाएको टिकाटिप्पणी भइरहेको छ । उनकै पार्टी समाजवादीकै नेताहरुले पनि सत्ता मोह देखाएको आरोप लगाएका छन् । यादवले शुक्रबार सञ्चारकर्मीहरुलाई मन्त्रालयमै बोलाएर स्पटीकरण मात्र दिएनन्, आफ्ना विषयमा भइरहेको टिकाटिप्पणीबारे असन्तुष्टि जनाएका छन् । ‘पत्रकारहरू अझै बौद्धिक, जिम्मेवार र मर्यादित बन्नुपर्छ जस्तो लाग्छ’, […]
१३ मंसिर, जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा भारतको अयोध्याबाट आएका ‘जन्ती’को जनकपुरधाममा भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजित भव्य समारोहकाबीच शुक्रबार भारतीय जन्तीको स्वागतका साथै तिलकोत्सव गरिएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतबाट आएका जन्तीलाई अबिर फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिन् । उनले राम, लक्ष्मणसहितको प्रतीकको […]
१३ मंसिर, काठमाडौं । विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन अर्को आयोजनाबाट पनि कालोसूचीका लागि सिफारिसमा परेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको सिफारिसअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेमा उसको कारबाही फुकुवा हुने म्याद थप लम्बिनेछ । काठमाडौंको तीनकुनेमास्थित दुईतर्फी १७० मीटर फराकिलो बागमती पुलको निर्माणमा लापरबाही गरेको भन्दै आयोजनाले कम्पनीको ठेक्का तोडेर कालोसूचीमा राख्न […]
१३ मसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं-तराई मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधीन सडकको निरीक्षण भ्रमण छन् । निरीक्षणका क्रममा उनले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव इलाका र निजगढस्थित जिरो प्वाइन्टको स्थलगत निरीक्षण गरी त्यहाँको साइट इन्चार्जबाट कार्यप्रगतिबारे जानकारी लिएका छन् । त्यस्तै राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत निरीक्षण गरेका […]
१३ मंसिर, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रजिअ विष्णुराज वेल्वासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन […]
१३ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने खालका जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्ने बताएका छन् । त्रिवि साधारणसभामा शुक्रबार उनले देशको उच्च शिक्षाको प्रमुख मियोका रूपमा रहेको त्रिविले देशको आर्थिक सामाजिक परिवर्तनमा भूमिका खेल्दै आए पनि यसलाई अझै प्रभावकारी र सशक्त बनाएर लैजानुपर्ने […]
१३ मंसिर, धरान । धरान उपमहानगरपालिकाको मेयर र एक वडाअध्यक्ष पदका लागि शनिबार उपनिर्वाचन हुँदैछ । निर्वाचन कार्यालयले मतपत्र बाँड्नेदेखि मतदानस्थलको सुरक्षासहित आवश्यक व्यवस्थाको तयारी सकेको जनाएको छ । धरानका मुख्य निर्वाचन अधिकारी राधाकृष्ण उप्रेतीले भोली हुने निर्वाचनका लागि आवश्य तयारी पुरा गरिएको जानकारी दिए । कार्यालयका अनुसार धरानमा २८ मतदान स्थलमा ९० केन्द्रहरु बनाइएको […]
१३ मंसिर, काठमाडौं । बहुमुल्य पत्थरको गैरकानूनी रुपमा ओसारपसार गरी करोडौं मूल्य पर्ने भन्दै कारोबार गर्ने गिरोहका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका-४ घर भई पनौती नगरपालिका ४ बस्ने ६२ वर्षीय नवराज खड्का, झापाकोको गौरदह नगरपालिका १ का ३८ वर्षीय हरि खापुङ, झापाको सताक्षीधाम नगरपालिका ४ का ३७ वर्षीय […]
१३ डोटी, मंसिर । शनिबार सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सात वडाध्यक्षका लागि मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले दिएको जानकारी अनुसार सात वडाध्यक्ष पदका लागि २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । बाजुराको त्रिवेणी नगरपालिका-१ को वडाध्यक्षका लागि हुने निर्वाचनमा तीन जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । […]
१३ मंसिर, काठमाडौं । नेपाली सेनाले आफ्नो मेडिकल कलेजले विद्यार्थीहरुसँग बढी शुल्क लिएको स्वीकार गरेको छ । शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरलेले प्रधानसेनापति पूर्णचन्द्र थापालाई बोलाएर नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले बढी शुल्क लिएको गुनासोबारे चासो राखेका थिए । जवाफमा सेनापति थापाले केही बढी शुल्क लिएको स्वीकार गरेको मन्त्रालय स्रोतले जनाएको छ । उनले शुल्क समायोजन […]
१३ मंसिर, काठमाडौं । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तारको परियोजनाबाट हात झिकेको छ । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले १६ किलोमिटर सडक विस्तारको योजनाबाट पन्छिएको हो । वर्षौंदेखि विभिन्न सडक परियोजनामा सघाउँदै आएको जाइकाको सहयोगमा हालै नागढुंगामा सुरुङमार्गको निर्माण सुरु भएको छ । तर, त्यो भन्दा अघिदेखि […]
१३ मंसिर, पोखरा । शुक्रबार दिउँसो राम आधारभूत माध्यामिक विद्यालयमा पुग्दा कोही खाल्टा खन्दै थिए, कोही बाँसको खाँबो गाड्दै । केही कर्मचारी मतदाता परिचय पत्रको लिस्ट लिएर बसेका छन् । केही कर्मचारी घाटीमा परिचयपत्र भिरेर कहाँ के भइरहेको छ, कहाँ के पुगेन हेरिरहेका थिए । प्रतिनिधिसभा सदस्य चयनका लागि कास्की क्षेत्र नम्बर २ मा भोलि […]
१३ मंसिर, काठमाडौं । भारतले सीमा अतिक्रमण गरेको कालापानी क्षेत्रको अनुगमनमा जाने संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय अलपत्र परेको छ । भारतले नेपाली भूभाग कालापनी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समोवश नेपालमा विरोध भइरहेको छ । सीमा विवाद चर्किएको बेला राज्य व्यवस्थाले पनि कालापानी क्षेत्रको स्थलगत अध्ययनमा जाने योजना बनायो । समिति सदस्य […]
१३ मंसिर, काठमाडौं । सुनसरी चतरा आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले निगरानीमा राखेको छ । आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा जाहेरी दर्ता भएपछि उनलाई निगरानीमा राखिएको हो । पीडित महिलाले ४ कात्तिकमा गिरीले आफूमाथि बलात्कार आरोप लगाएकी छन् । यसअघि प्रहरीले जाहेरी लिन मानेको थिएन । तर, पीडित […]
१३ मंसिर, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता र संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकको अवस्थाबारे संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले चासो राखेका छन् । शुक्रबार समिति सभापति शशी श्रेष्ठसँग समिचि सचिवालयमा नै भेटेर मन्त्री त्रिपाठीले विधेयकबारे छलफल गरेका हुन् । ‘नयाँ मन्त्री आएपछि कहाँ–कहाँ के–के भएको छ ? भनेर छलफल गर्न आवश्यक ठान्छु […]
१३ मंसिर, काठमाडौं । राष्ट्रिय निर्वाचन परीवेक्षण समिति (नियोक) उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अपिल गरेको छ । नियोकले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित अवस्थामा सम्पन्न गर्न सरोकारवालालाई अपिल गरेको हो । शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १(क) र दाङमा ३ (ख)मा […]
१३ मंसिर, काठमाडौं । टिपरको ठक्करबाट रौतहटमा शुक्रबार बिहान एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका-४ बस्ने १८ वर्षीय बिपिन रसाईली रहेका छन् । ना.२ ख २३२२ नम्बरको टिपरले बा.५५ प ९९८७ नम्बरको मोटरसाइकललाई रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा ठक्करदिँदा उनको घट्नस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]
from समाचार – Online Khabar https://ift.tt/34z5xDT
via IFTTT