Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ठाकुरराम क्याम्पसका सहायक क्याम्पस प्रमुखसहित तीनजना प्राध्यापक थुनिए

११ मंसिर, वीरगञ्ज । अनियमित ढंगले क्याम्पसमा प्राध्यापक नियुक्ति गरेको भन्दै विद्यार्थीहरुले वीरगञ्जको ठाकुरराम क्याम्पसका सहायक क्याम्पस प्रमुखसहित तीनजना प्राध्यापकहरुलाई बुधबार बैठक कक्षमा नै थुनेका छन् । क्याम्पसमा अनियमित ढंग बाट प्राध्यापक भर्ना गरेको विरोधमा अनेरास्ववियुले सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ता, रोशन लामिछाने र प्रशासन प्रमुख राजकुमार श्रीवास्तवलाई बैठक कक्षमा थुनेका हुन् । विद्यार्थीहरुले तीनै […]

चिलिमेले २५ प्रतिशत लाभांश वितरण गर्ने

११ मंसिर, काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस […]

जनमोर्चाको एक हप्ते ‘कालापानी अभियान’ सुरु

११ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चा, सुदुरपश्चिम प्रदेशले नेपाली भूभाग भारतले आफ्नोमा पारेको विरोधमा ‘कालापानी अभियान’ सुरु गरेको छ । लिम्पियाधुरा, लिपलेक, कालापानी लगायतका भूमि अतिक्रमणको विरोधमा बुधबारबाट एक हप्ते अभियान सुरु भएको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । जनमोर्चाले नेपाली भूभाग भारतीय नक्सामा समेटिनुलाई नेपालको सार्वभौमिकतामाथिको गम्भीर हस्तक्षेपको रुपमा लिएको छ । अध्यक्ष […]

वीरगञ्जमा सञ्चालित मानव सेवा र वृद्धा आश्रमलाई जमिन उपलब्ध गराउने प्रक्रिया सुरु

११ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मानव सेवा आश्रम वीरगञ्ज शाखा र वृद्धा आश्रमका लागि जमिन दिने प्रक्रिया सुरु गरेको छ । महानगरपालिकाभित्र रहेको ऐलानी जमिन असाहाय, दिनदु:खीहरुको सेवाका लागि स्थापना गरिने आश्रमका लागि दिन लागिएको हो । वीरगञ्जमा मानव सेवा आश्रमको शाखा भाडाको घरमा सञ्चालनमा छ । सडकमा अलपत्र अवस्थामा रहेका सहयोगापेक्षी मानिसलाई आश्रममा […]

कानूनमन्त्री उपेन्द्र यादवले आचारसंहिता बिर्सिए

११ मंसिर, जनकपुरधाम । चुनाव प्रचार–प्रसारमा बहालवाला मन्त्रीहरु सहभागी हुन नपाउने निर्वाचन आयोगको आचारसंहितालाई वास्ता नगरी उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र यादव बुधबार महोत्तरीको पिपरा पुगेका छन् । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा आगामी शनिबार हुन गइरहेको उपनिर्वाचनको प्रचार सभालाई सम्बोधन गर्न मन्त्री यादव काठमाडौंबाट मधेस झरेका हुन् । यसअघि मन्त्री यादवले भक्तपुरमा पुगेर चुनावीसभालाई सम्वोधन […]

विप्लव समूहका भोजपुर सेक्रेटरी बम विष्ट कारागार चलान 

११ मंसिर, भोजपुर । नेत्रविक्रम चन्द (विप्लव) समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ । मङ्गलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ । विष्टलाई भोजपुर नगरपालिका–१२ बेहेरे दोभान र रामप्रसा दराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको स्काभेटरमा […]

गुल्मीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

११ मंसिर, काठमाडौं । प्रहरीले गुल्मीबाट भरुवा बन्दुकसहित एक जनालाई  नियन्त्रणमा लिएको छ । मालिका गाउँपालिका-४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई एक थान भरुवा बन्दुकसहित मंगलबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने १६ वर्षीय एक युवकलाई भरुवा बन्दुक देखाएर मार्ने धम्की दिँदै हिँडेको सूचनाको आधारमा ईलाका प्रहरी […]

सामाजिक सुरक्षा कोषबाट भाग्ने छुट कसैलाई छैन : उपप्रधानमन्त्री पोखरेल

११ मंसिर, काठमाडौं । उपपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सुरक्षा कोषबाट भाग्ने छुट कसैलाई नभएको बताएका छन् । सामाजिक सुरक्षा योजना सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजिक सामाजिक सुरक्षा दिवसको कार्यक्रममा बुधबार उनले श्रमिक र रोजगारदाताले यसमा आवद्ध भएर दायित्व पूरा गर्नुपर्ने बताए । ‘सामाजिक सुरक्षाकोष अक्षरशः कार्यान्वयनको विकल्प छैन, कानूनबाट भाग्ने […]

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान   

११ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान सुरु गरेको हो । ‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान सुरु गरिएको अभियानका संयोजक मदन गिरीले बताए । “भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि दबाब सिर्जना […]

मध्यपहाडी लोकमार्ग : भिर कटान गर्न नसक्दा निर्माणमा समस्या   

११ मंसिर, जाजरकोट । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको नौ वर्ष बिते पनि झार्पा र कार्कीगाउँ बीचमा रहेको मन्ता भिरखण्डको बाटो निर्माण हुन नसक्दा समस्य हुँदै आएको छ । कुदुदेखि सुयाडासम्मको ८७ किमि सडकसमेत खुलिसकेको छ तर भन्ताभिरको ५ सय मिटर चट्टानका कारण नौ वर्षदेखि सडकको काम अलपत्र परेको हो । गत वर्षदेखि जाजरकोट खण्डको […]

प्रचण्डको चुनावी भाषण : अब तीन दिन छ, प्रतिक्रियावादीले लुकेर षडयन्त्र गर्छन्

११ मंसिर, पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताएका छन् । यसरी नै झुट बोलिरहे नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बद्धन्ती बन्ने अवस्था आउन सक्ने बताए । देउवाले कास्कीको चुनावीसभालाई सम्बोधन गर्दै भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग […]

पशुपतिमा थपिए ब्याट्रीबाट चल्ने दुईवटा गाडी

११ मंसिर, काठमाडौं । पशुपति मन्दिरको दर्शनार्थीको सेवाका लागि दुई वटा गाडी थपिएको छ । बुधबारबाट ६-६ सिट क्षमताका दुई वटा ‘इलेक्टि्रक भ्यान’ थपिएका हुन् । इण्डियन वमन्स एसोसियसनले ब्याट्रीबाट चल्ने दुईवटा गाडी बुधबार सहयोग गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । यसअघि कोषले ब्याट्रीबाट नै चल्ने दुई वटा […]

आन्दोलनरत विद्यार्थी भन्छन् : सरकार र मेडिकल कलेजको सहमति अस्वीकार्य

११ मंसिर, काठमाडौं । आन्दोलनरत चिकित्सा शिक्षा सङ्घर्ष समितिले सरकार र निजी मेडिकल कलेजहरुबीच भएको दुईबुँदे सहमति अस्वीकार्य भएको बताएको छ । सरकारले ठगीको मुद्दा चलाउने भन्दै अल्टिमेटम दिएपछि मेडिकल कलेजहरुले मंगलबार मध्यरातमा विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने सहमति गरेका थिए । तर सहमति भएको १२ घण्टा नपुग्दै आन्दोलनरत विद्यार्थीहरुले त्यसमा प्रश्न उठाएका छन् […]

जाडो बढ्यो, यो वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान  

११ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरु […]

अस्पताल पुगेर देउवाले लिए प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी

११ मंसिर, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् । ‘उहाँले डाक्टरहरु र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाजसँग भेट्नुभयो र स्वास्थ्य अवस्थाबारे चासो राख्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]

ठेकदार भर्सेस सरकार ! किन घेरिँदैछ बालुवाटार ?

११ मंसिर, काठमाडौं । निर्माण व्यवसायीहरु यतिबेला आन्दोलित छन् । विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पहिलो दिन सार्वजनिक खरिद अनुगमनको कार्यालयमा र पछिल्ला दुई दिन प्रधानमन्त्री निवास बालुवाटार अघि धर्नासहित प्रदर्शन गरिसक्यो । प्रधानमन्त्री अस्पताल भर्ना भएको दिन मंगलबार पनि ठेकदारहरु बालुवाटार घेराउमा व्यस्त थिए । भौतिक पूर्वाधारमन्त्रीका रुपमा […]

१५ महिनादेखि बेपत्ता पत्रकार खड्काको परिचयपत्रसहित अस्थिपञ्जर भेटियो

११ मंसिर, काठमाडौं । १५ महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामानसँगै अस्थिपञ्जर भेटिएको जानकारी दिएका हुन् । १५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने […]

नक्कली हस्ताक्षर गरी बैंकबाट साढे १९ लाख चोरी

११ मंसिर, काठमाडौं । राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल […]

कास्कीमा नेकपाको सभास्थल नजिकै बम विस्फोट

११ मंसिर, कास्की । पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति भने भएन […]

निर्माणाधीन परियोजनाबारे पर्यटनमन्त्रीले सोधे १५ प्रश्न

११ मंसिर, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो मन्त्रालय मातहत भएका विभाग तथा कार्यालयहरुलाई निर्माणाधीन परियोजनाबारे १५ प्रश्न सोधेका छन् । ठेक्का सम्झौता मिति, कबोल रकम, काम सक्नुपर्ने मिति, अहिलेस्म्म भएको काम म्याद थप भएको समयदेखि हालको अवस्था जस्ता विषय प्रश्नमा समेटिएका छन् र पाँच दिनभित्र जवाफ पठाउन भनिएको छ । ‘त्यसका आधारमा कतिपयको ठेक्का […]

शुल्क फिर्ता गरे/नगरेबारे अनुगमन गर्न सह-संयोजक तामाङको माग

११ मंसिर, काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गरे/नगरेबारे अनुगमन गर्न सरकारसँग माग गरेका छन् । सरकार र मेडिकल कलेज सञ्चालकबीच मंगलबार राति भएको शुल्क फिर्ता गर्ने सम्झौता कार्यान्वयनमा शंका व्यक्त गर्दै तामाङले अनुगमन टोली गठन गरेर परिचालन गर्न माग गरेका हुन् […]



from समाचार – Online Khabar https://ift.tt/2OowCDZ
via IFTTT
Powered by Blogger.