समाचार
१३ मंसिर, काठमाडौं । वर्तमान संविधानमा भूगोल र जातिका आधारमा समानुपातिक समावेशी आरक्षण प्रणालीको व्यवस्था छ । तर, राष्ट्रिय समावेशी आयोगले विद्यमान आरक्षण प्रणालीलाई पुनरावलोकन गरी वर्गका आधारमा पनि आरक्षण दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक, सामाजिक र शैक्षिक आधारमा वर्गीय समावेशिताको कानुनी व्यवस्था गर्न भनेको हो । ‘अहिले जात […]
१३ मंसिर, काठमाडौं । उपनिर्वाचनका क्रममा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् । आचार संहिता उल्लंघन भएको बारे मिडियामा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जनाएको छ । ‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मिडियामा आएका समाचारहरुको […]
१३ मंसिर, हुम्ला । हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी […]
१३ मंसिर, काठमाडौं । आजका पत्रिकामा प्रधानमन्त्रीको स्वास्थ्य, मन्त्रालयको कार्यप्रगति र सवारी दुर्घटनासँग सम्बन्धित समाचार प्राथमिकताका साथ छापिएका छन् । कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्लेटलेट्स चढाइएको समाचार छापेको छ । एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री ओलीलाई बिहीबार प्लेटलेट्स चढाइएको हो । प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा […]
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् । राष्ट्रपति भण्डारी बिहीबार साँझ ७ः ४० बजे महाराजगञ्जस्थित सेन्टर पुगेकी थिइन् । उनले प्रधानमन्त्रीलाई भेटेर उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा […]
१२ मङ्सिर, काठमाडौं । सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी […]
१२ मंसिर, काठमाडौं । पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) का सञ्चालकसहित दुई जनाविरुद्ध कास्की प्रहरीले २३ फागुन २०७५ मा ठगी मुद्दा दर्ता गर्यो । सरकारले निर्धारण गरेभन्दा १५ लाख बढी शुल्क असुलेको भन्दै विद्यार्थीले उजुरी गरेपछि प्रहरीले कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) […]
१२ मंसिर, डोटी । खैरो रङ्गको कोट, कोटभित्र त्यस्तै रङ्गको स्वीटर, घाँटीमा गलबन्दी, आँखामा कालो फ्रेमको मोटो सिसासहितको चश्मा, टाउकोमा ढाकाटोपी । दार्चुला निवासी दानीराम तिरुवाको पहिचान यति मात्र होइन । उनको पहिचान १८ हजार ५९ हलिया मुक्त गराउने एक योद्धाका रुपमा स्थापित भएको छ । नेताहरुले ‘देवघाट जाने उमेर’ तोक्दै गर्दा ६१ वर्षीय दानीरामको […]
१२ मंसिर, काठमाडौं । ठूलो तामझामका साथ नेपाल एयरसलाइन्सले १२ भदौमा जापानको ओसाकामा सीधा हवाई उडान थालेको थियो । एयरबस ए ३३३० वाइडबडीमा ओसाका जाने यात्रुहरुको सूचीमा तत्कालीन पर्यटन राज्यमन्त्री धनबहादुर बूढा, पर्यटन व्यवसायी र एयरलाइन्सका कर्मचारीसमेत थिए । तर, तीन महिना नपुग्दै नेपाल एयरलाइन्स ओसाका उडान बन्द गर्ने निष्कर्षमा पुगेको छ । यो तीन […]
१२ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याको समाधान एकैपटक खोजिने बताएका छन् । ‘कालापानी, लिपुलेकको प्रश्नै होइन, प्रश्न लिम्पयाधुराको हो । सिमा समस्या समाधानको विधि कुटनीतिक र राजनीतिक नै हो’ मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने । सीमा समस्या समाधानका लागि नेपाल […]
१२ मंसिर, काठमाडौं । सरकारले पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने नयाँ मापदण्ड बनाएको छ । यसले ८ सय सीसीको गाडीलाई ट्याक्सी बनाउन त रोकेको छ, तर सरकारको यो मापदण्ड लागू गर्न ट्याक्सी चालक तथा व्यवसायीले सर्त राखेका छन्, भाडादर बढाउनुपर्छ ।’ ट्याक्सीको भाडा बढाउनुपर्ने उनीहरुको पुरानै माग […]
१२ मंसिर, धरान । दुई दिनपछि हुने उपनिर्वाचनलाई सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् । पोखरा, धरान, महोत्तरी लगायतका केही निर्वाचन हुने तहको स्थलगत भ्रमणपछि के बुझियो भने- यो निर्वाचन नेकपाको मध्यावधिक समीक्षाको अवसर हो । कांग्रेस नेताहरुले जहाँ पुगेपछि एउटै कुरा दोहोर्याएका छन्- यो निर्वाचनमा कांग्रेसले जितेर नेकपाको सत्ता […]
१२ मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी–२ मा रहेको नागढुंगा चेक प्वाइन्टबाट मकवानपुरका ५१ वर्षीय प्रताप मोक्तान र १९ वर्षीय सन्तोष खत्री पक्राउ परेका हुन् । नियमित चेकजाँचका क्रममा छुट्टाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी अशोक सिंहले बताए । उनका अनुसार धादिङबाट […]
१२ मंसिर, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सका पदाधिकारीहरुसँग कार्यप्रगतिबारे सोधपुछ गरेका छन् । चौमासिक समीक्षाका क्रममा मन्त्रालयले बुधबारदेखि मातहतका हरेक विभाग, प्राधिकरण, विकास समितिबाट विस्तृत प्रस्तुति लिन थालेको थियो । यसक्रममा अहिलेसम्म भएका कामको समीक्षा गर्दै कुनै समस्या भए समाधानको उपाय खोजी हुने मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए […]
१२ मंसिर, काठमाडौं । अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका ५८ वर्षीया गोबर्द्धनप्रसाद सरावगी र अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरुलाई ३८ लाख १२ हजार रुपैयाँसहित न्युरोटबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका […]
१२ मंसिर, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ । पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको हो । बिस्फोटबाट कुनै क्षति नभएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको देखिएको छ । […]
१२ मंसिर, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचन गराउन निर्वाचन आयोगबाट खटिएका ५ हजार ५ सय ५२ कर्मचचारी मतदानस्थलमा पुगेका छन् । आयोगले बिहीबार विज्ञप्ति जारी गरी कर्मचारीहरु मतदानस्थलमा पुगिसकेको जानकारी दिएको छ । कर्मचारीले मतदान हुनुअघि सर्वदलीय एवं सर्वपक्षीय बैठक गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन मतदाता परिचयपत्र […]
१२ मंसिर, विराटनगर । अदालतले तोकेको ७५ रुपैयाँ जरिवाना नतिर्दा विराटनगरबाट १६ जना पक्राउ परेका छन् । जुवा मुद्दामा जिल्ला अदालत मोरङबाट ७५ रुपैयाँ जरिवाना तोकिएका १६ जना ५ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्वर ६, ७ र ११ का हुन् । जुवा मुद्दामा २०७१ साल असार ३ गते १६ […]
१२ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा सतप्रतिशत नजिक पुग्नेगरी काम गर्न गृहमन्त्रालय र मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्रालयमा आव २०७६/०७७को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘ तोकिएको लक्ष्य सत प्रतिशत पुर्याउन कोशिस गर्नुहोस्, त्यसो […]
१२ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा सडक बनाउने क्रममा ढिस्कोले पुरिएर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिकाका–१ का ३१ वर्षीयको प्रेम पुन र प्रकाश घर्ती छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार बाटो बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो । दुवै जनाको शव अहिले […]
१२ मंसिर, काठमाडौं । कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको टोली र वैदेशिक रोजगार विभागबीच इपिएस प्रणालीको प्रभावकारिताका बारेमा छलफल भएको छ। उक्त छलफलमा दुबै पक्षले आ-आफ्ना सरोकारका बिषयमा चर्चा गरेका थिए। कोरियन पक्षले नेतृत्व गर्दै महानिर्देशक किमले नेपाली कामदारहरुको कोरियाली अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै इपीएस प्रणालीबाट रोजगारीका […]
from समाचार – Online Khabar https://ift.tt/35KhgQ5
via IFTTT