Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि नातेदारको स्वास्थ्य परीक्षण हुँदै

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको स्वास्थ्य, बस दुर्घटना, नेपाल–भारत सीमा विवादका समाचारले आजका पत्रपत्रिकाहरूमा प्राथमिकता पाएका छन् । कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै पूर्ण खतरामुक्त नरहेको लेखेको छ । उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार, एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य […]

निजगढ–काठमाडौं द्रुतमार्गः परामर्शदाता छान्न अन्तिम सूची सार्वजनिक

११ मंसिर, काठमाडौं । नेपाली सेनाले निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनौट सम्बन्धी अन्तिम सूची सार्वजनिक गरेको छ । प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । जसमा अधिकांश कोरियन कम्पनी छन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार योसिन […]

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

११ मंसिर, काठमाडौं । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको […]

प्रदेश २ मा उपनिर्वाचन प्रचारमा मन्त्रीहरुको लर्को

११ मंसिर, जनकपुरधाम । आगामी शनिबार प्रदेश २ को १ गाउँपालिकाको अध्यक्ष र विभिन्न स्थानीय तहको ९ वटा वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिदैं जाँदा राजनीतिक दल र उम्मेदवारबाट निर्वाचन आचारसंहिता उलंघन हुने क्रम बढेको छ । संघीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु खुल्ला रुपले चुनाव प्रचार प्रसारमा सहभागी भएका छन् । […]

उपनिर्वाचन कम्युनिस्टको असफलता र कांग्रेसको निरिहताविरुद्ध जनमतसंग्रह : राप्रपा नेता बोहरा

११ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले उपनिर्वाचन कम्युनिस्टको असफलता र कांग्रेसको निरिहताविरुद्ध मिनी जनमत संग्रह भएको दावी गरेका छन् । बुधबार कास्की क्षेत्र नं-२ को उपनिर्वाचनको चुनावी सभालाई पोखरामा सम्बोधन गर्दै नेता बोहराले आसन्न निर्वाचन धर्म परिवर्तनविरुद्ध र हिन्दु राष्ट्रको पक्षमा सशक्त र नयाँ जनमतको रुपमा अभिव्यक्त हुने पनि बताएका […]

नेपाललाई धामरा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न दिन भारत असहमत

११ मंसिर, काठमाडौं । थप दुई वटा बन्दरगाह प्रयोग गर्न दिन नेपालले राखेको प्रस्ताव भारतले अस्वीकार गरेको छ । नेपाल–भारत पारवहन सन्धि विस्तृत पुनरावलोकनका लागि काठमाडौंमा बसेको दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा भारतीय पक्षले बन्दरगाह प्रयोग सम्बन्धमा पछि निर्णय दिने बताएको वाणिज्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपालले हाल भारतको कोलकत्ता र […]

प्रहरी निरीक्षक हुँ भन्दै रकम असुली गर्न खोज्ने एक जना पक्राउ

११ मंसिर, वीरगञ्ज । क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै रकम असुली गर्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-५ का २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी रहेका छन् । चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ बस्ने अनन्त खतिवडालाई डर-धम्की देखाइ रकम माग्ने गरेको पर्सा प्रहरीले […]

अमेरिकालाई नेपाली सेनाको जवाफ : आतंकवादको सामना गर्न सक्षम छौं

११ मंसिर, काठमाडौं । अमेरिकाले नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा रहेको विश्लेषण सार्वजनिक गरेको करिब एक महिनापछि नेपाली सेनाले जवाफ फर्काएको छ । अमेरिकी प्रतिवेदनमा भनिएझैँ नेपालको सुरक्षा स्थिति कमजोर नरहेको छनक दिने गरी सेनाले प्रतिआतंकवाद तथा ‘एन्टी हाइज्याकिङ’ सम्बन्धी कारबाहीमा उत्कृष्ट मानिएको टोलीसँग संयुक्त  अभ्यास गरेको छ । प्रतिवेदन सार्वजनिक भएपछि ८ मंसिरबाट सेनाले सञ्चालन […]

प्रचण्डलाई पौडेलको जवाफ- देवघाट जान परे सँगै जाऔंला !

११ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले बुधबार पोखराको चुनावी सभालाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ‘देवघाटतिर जानुपर्ने विचरा बूढा मान्छे’ भनेपछि यो विषयले समाजिक सञ्जाल तताएको छ । बुधबार पोखराको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहिँ विदा लिनुपर्छ भन्नेहरुले विचरा ७७ वर्षको बूढालाई, जो अब देवघाटतिर […]

बन्द उद्योग र कृषि तालिम केन्द्रमा सशस्त्र प्रहरीको कब्जा !

११ मंसिर, काठमाडौं । देशका केही बन्द उद्योग र कृषि तालिम केन्द्रको जग्गा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको पाइएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गठन गरेको ‘सरकारी आश्वासन अध्ययन उपसमिति’ले बन्द उद्योग र कृषि तालिम केन्द्रको जग्गा सशस्त्रलाई क्याम्प राख्न दिएको पाइएको जनाएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम […]

आरुघाट मुआब्जा निर्धारणका लागि बसेको बैठक निष्कर्षविहीन

११ मंसिर, गोरखा । बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट लगायत बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि बुधबार बसेको सरोकारवालाको बैठक निष्कर्षविहीन टुङ्गिएको छ । आयोजनाको वातावरण मुआब्जा वितरण, पुर्नवास तथा पुर्नस्थापना इकाइ सिउरेनीटारमा बैठक बसेको थियो । बुधबार साँझ अबेरसम्म बसेको बैठकले मुआब्जा निर्धारण गर्ने तयारी गरेतापनि अन्तत: प्राविधिक कारण देखाउँदै बैठक विना निष्कर्ष टुङ्गिएको छ […]

वडाध्यक्षको चुनावमा केन्द्रीय नेताको लर्को !

११ मंसिर, विराटनगर । आगामी शनिबार मोरङको धनपालाथान गाउँपालिका– २ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनलाई मुख्य दुई ठूला दल नेकपा र नेपाली कांग्रेसले प्रतिष्ठाको लडाइँ बनाएका छन् । वडा अध्यक्षको निर्वाचनको प्रचार–प्रसारका लागि नेपाली कांग्रेस र नेकपाबाट केन्द्रीय तहका नेतादेखि जिल्ला तहका नेतासम्म धनपालथानमा केन्द्रित भएका छन् । धनपालथान–२ मा नेपाली कांग्रेसले नारायण […]

सिंहदरबारमा छलफल : नालापानी माग्दैनौं, कालापानी छाड्दैनौं

११ मंसिर, काठमाडौं । नागरिक समाजका अगुवाहरूले नेपालको वास्तविक नक्सा सहितको श्वेतपत्र जारी गर्न माग गरेका छन् । सीमा बचाउ अभियान र सजग नागरिकहरूले बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याललाई भेटेर संविधानमै सुगौली सन्धि अनुसारको नक्सा राख्न माग गरेका हुन् । सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार काली (महाकाली) पश्चिमका […]

नक्कली हस्ताक्षर प्रकरण : लाखौं चोरीमा बैंक कर्मचारीकै संलग्नता !

११ मंसिर, काठमाडौं । महानगरीय प्रहरी प्ररीसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरेर कीर्ते हस्ताक्षर गरेर रकम निकाल्ने ६ जनाको समूहलाई सार्वजनिक गर्‍यो । यो समूहले नक्कली हस्ताक्षर गरेर बैंकहरुबाट चेकबुक र एटीएम कार्ड लिने र उनीहरुको पैसा निकाल्ने गर्दै आएको थियो । बैंकमा राखेको रकम समेत चोरी भएको पाइएपछि नेपाल राष्ट्र बैंकले चासो देखाएको छ […]

सिमाना जोगाउन सुरक्षाचौकी थप्दैछौं : गृह मन्त्री

११ मंसिर, काठमाडौं । गृह मन्त्री रामबहादुर थापाले नेपाली भूभाग जोगाउन सीमा क्षेत्रमा सुरक्षा चौकी थप्न लागेको बताएका छन् । सिंहदरबारमा बुधबार सीमा बचाऊ अभियानको ज्ञापनपत्र बुझ्दै उनले ‘सीमा सुरक्षा निगरानी चौकी’ बढाउन लागेको बताएका हुन् । गृह मन्त्री थापाले भने, ‘दश–दश किलोमिटरको अन्तरमा सुरक्षा चौकी राख्ने तयारी गरिरहेका छौं ।’ अहिले ३५–३५ किलोमिटरको फरकमा […]

सामाजिक सुरक्षा योजनाको एक वर्ष : रोजगारदाताको असन्तुष्टि

११ मंसिर, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणाको एक बर्ष पूरा भएको अवसरमा सरकारले बुधबार ‘सामाजिक सुरक्षा दिवस २०७६’ मनाएको छ । कार्यक्रममा सहभागी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले यो योजना उत्साहप्रद ढङ्गले अघि बढेको बताए । […]

आन्दोलनरत विद्यार्थी भन्छन् : सरकार र मेडिकल कलेजको सहमति अस्वीकार्य

११ मंसिर, काठमाडौं । आन्दोलनरत चिकित्सा शिक्षा सङ्घर्ष समितिले सरकार र निजी मेडिकल कलेजहरुबीच भएको दुईबुँदे सहमति अस्वीकार्य भएको बताएको छ । सरकारले ठगीको मुद्दा चलाउने भन्दै अल्टिमेटम दिएपछि मेडिकल कलेजहरुले मंगलबार मध्यरातमा विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने सहमति गरेका थिए । तर सहमति भएको १२ घण्टा नपुग्दै आन्दोलनरत विद्यार्थीहरुले त्यसमा प्रश्न उठाएका छन् […]

बैंकबाट रकम चोरी गर्ने समूहसँग दुई हजार नागरिकताको प्रतिलिपी र फोटो

११ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न बैंकबाट रकम चोरी गर्ने गिरोहको साथबाट प्रहरीले ठूलो परिणाममा नागरिकताको प्रतिलिपी बरामद गरेको छ । आइतबार जनता बैंकबाट नक्कली हस्ताक्षरको प्रयोगबाट चोरिएको करिब २० लाख रुपैयाँबारे अनुसन्धानका क्रममा पक्राउ परेको समूहको साथबाट करिब दुई हजार नागरिकताको प्रतिलिपी बरामद भएको हो । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, […]

नवलपरासीमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ मंसिर, काठमाडौं । नवलपरासीमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बर्दघाट नगरपालिका-११ मौराटाँडीस्थित पूर्वपश्चिम राजमार्गमा लु२च ४४२७ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँकी ६० वर्षीया बुद्धिमाया सुवेदीको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर भएकी सुवेदीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने चालक […]

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

११ मंसिर, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख […]

वडाध्यक्षलाई भोट माग्दै मैदानमा उत्रिए मुख्यमन्त्री !

११ मंसिर, दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल आचार संहिताको ख्याल नगरी वडाध्यक्षको चुनाव प्रचारमा खटिएका छन् । घोराही उपमहानगरपालिका वडा नं १६ मा नेकपाबाटै बागी उम्मेदवारी परेपछि बागीलाई कडा आलोचना गर्दै मुख्यमन्त्री पोखरेल बुधबार चुनाबी मैदानमा उत्रिएका हुन् । घोराही-१६ मा नेकपाका उम्मदेवार लछिन बुढाको निधनपछि हुन लागेको चुनावमा पार्टी निर्णयविपरीत स्वतन्त्र […]



from समाचार – Online Khabar https://ift.tt/2sorOGh
via IFTTT
Powered by Blogger.