समाचार
१० मंसिर, काठमाडौं । काठमाडौंको हनुमानढोकामा रहेको गद्दी बैठक सर्वसाधारणको लागि खुला भएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्ल्यू बेरीले गद्दी बैठकलाई निर्देशित भ्रमणका लागि सर्वसाधारणको लागि खुला गरेका हुन् । यसअघि गद्दी बैठक सर्वसाधारणको लागि खुला थिएन । अब निर्देशित भ्रमणका लागि गद्दी […]
१० मंसिर, बुटवल । बुटवल–७ दीपनगरस्थित नीलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरूकुल विद्याश्रममा महायज्ञ सञ्चालन गरिने भएको छ । मंसिर १५ गतेदेखि शिव पञ्चपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो । हराउँदै गएको संस्कृत पाठशालाको विकास गरी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महायज्ञ आयोजना गर्न लागिएको यज्ञ सम्पादन मूल समितिका सहसंयोजक चुडामणि […]
१० मंसिर, काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक भएको छ । नेपाल विकास प्रतिष्ठानले गरेको एक अध्यनले दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको देखाएको छ । विश्व […]
१० मंसिर, काठमाडौं । सांसदहरुले नेपाली रैथाने जातका कृषिबालीको बीउबिजन संरक्षण गर्न कानूनमै व्यवस्था गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मंगलबार गरेको छलफलमा सांसद, कृषिविज्ञ र कृषि वैज्ञानिकले उन्नत र हाइब्रिड बीउले कृषिवस्तुका रैथाने जात लोप हुँदै गएकोमा चिन्ता जनाए । गत जेठ ७ गते प्रतिनिधिसभामा दर्ता भएको बीउबिजन […]
१० मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनबाट पनि पाइपलाइन मार्फत तेल ल्याउने बताएका छन् । रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आगामी तीन वर्षभित्रै चीनबाट पाइपलाइनबाट नेपालमा तेल ल्याउने दावी गरेका हुन् । कार्यक्रममा मन्त्री भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउने गरी […]
१० मंसिर, काठमाडौं । मेडिकल कलेजहरुले विद्यार्थीहरुको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान दोहोर्याएपछि अगामी कदमबारे सरकारले छलफल सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार अपरान्ह भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेललगायत सहभागी छन् । सरकारले सोमबार मेडिकल कलेजलाई अवैध शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको […]
१० मंसिर, काठमाडौं । बाँकेमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका-२ जब्बर पुरुवास्थित सडकमा भे१त २८९६ नम्बरको ट्याक्टले ठक्कर दिदा सोही ठाउँकी ५ वर्षीया सालिया बेगम खाँको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी खाँको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ठक्कर दिने चालकलाई […]
१० मंसिर, गोरखा । गोरखामा चेपाङ विद्यार्थीका लागि आवासीय सुविधासहितको छात्रावास सञ्चालनमा आएको छ । गण्डकी गाउँपालिका–६ भुम्लिचोकको तोमनडाँडा आधारभूत विद्यालयले गरिब तथा असहाय चेपाङ बालबालिकाको लागि आवासीय सुविधासहितको छात्रावास सञ्चालनमा ल्याएको हो । छात्रावास निर्माणका लागि चिनियाँ दूतावासबाट ८० लाख, सांसद बिकास कोषबाट १५ लाख र गाउँपालिकाबाट पनि आर्थिक सहयोग भएको विद्यालयका प्रधानाध्यापक कुल […]
१० मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । […]
१० मंसिर, काठमाडौं । वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । लतिलपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो कसजुको निधन भएको हो । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले दिउँसो २ बजे कसजुको निधन भएको पुष्टि गरे । निमोनियका कारण गम्भीर विरामी भएका उनलाई १९ कात्तिकमा मेडिसिटी अस्पतालमा भर्ना […]
१० मंसिर, काठमाडौं । निजी मेडिकल कलेजहरुले एमबीबीएस पढाइका लागि विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान सरकारसमक्ष राखेका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका हुन् । मेडिकल कलेज सञ्चालकहरुले शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता […]
१० मंसिर, काठमाडौं । भ्रमण वर्ष २०२० मा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा विद्यार्थी खटाइने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) ले आफ्नो स्टूडेन्ट च्याप्टरमार्फत स्वयमसेवीकाको रुपमा विमानस्थलमा विद्यार्थीलाई खटाउने भएको हो । यसमा त्रिभुवन विमानस्थलले सहयोग गर्ने भएको छ । टूरिजम तथा हस्पिटालिटी सम्बन्धी कलेजमा […]
१० मंसिर, निजगढ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं […]
१० मंसिर, काठमाडौं । आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेसँगै ठूलो भुक्तानीमा सहजता आएको हो । अन्य देशहरुमा धेरै पहिला सुरु भए पनि नेपालमा ४ महिनाअघि मात्र यसलाई कार्यान्वयनमा ल्याउने पहल भएको थियो […]
१० मंसिर, काठमाडौं । गत सिजन शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमै न्यूरोड टिम एनआरटीले विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरी खेल्दै अंक खोस्यो । उपाधिको दाबेदार आर्मीलाई २-२ मा राखेको खेलमा ए डिभिजन लिगमा पुनरागमन गरेको एनआरटीका दोस्रो गोल गर्ने खेलाडी थिए राजेश परियार । पहिलो खेलमै गोल गर्न सफल राजेश लिगमा राम्रो प्रदर्शन […]
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीमण्डल पुनर्गठन गर्दा मारवाडी समुदायका एक व्यापारीले अनपेक्षित ‘इन्ट्री’ पाए । ती भाग्यमानी थिए, दुगड स्पाइस एवं फुड्स कम्पनीका म्यानेजिङ डाइरेक्टर मोतीलाल दुगड । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा नियुक्ति पाएका दुगडको बारेमा अहिले एउटा चर्चा चलेको छ, उनी भारतीय हुन् भन्ने । एउटा भारतीय वेवसाइटले […]
नेपालमा तीन दशक अघि सुरु भएको लघुवित्तको अवधारणा अहिले गाउँगाउमा अभ्यासमा छ । बिकट क्षेत्रमा ठूला बैंकहरुको अनुपस्थितिले यो अभ्यासलाई अनुकुलता दिएको छ । बिकटका विपन्न वर्गमा लगानी गर्नकै लागि नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजत लिएर कारोबार गरेका लघुवित्त संस्थाहरुको संख्या अहिले सय नजिक पुगेको छ । यी संस्थाहरुले बिकटका गाउँमा गएर […]
१० मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकको हौसला बढाउन मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दुई दिनदेखि यसको तयारी गरिरहेका थिए । प्रधानमन्त्रीले खेलाडीलाई सम्बोधन गर्ने मात्र नभएर विशेष (स्पेसल) प्याकेज घोषणा गर्ने कार्यक्रम समेत […]
१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिमा रहेर काम गर्न शर्त राखेको छ । मंगलबार बसेको मानव अधिकार आयोगको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मान्यता अनुरुप संशोधन, द्वन्द्वपीडितहरुको भावना, सिफारिस समितिको तटस्थता, निष्पक्षता, पारदर्शिता एवं […]
१० मंसिर, काठमाडौं । नारायणहिटी दरवार संग्रहालयको संचालन–व्यवस्थापन अब विकास समिति मार्फत हुने भएको छ । सरकारले नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति (गठन) आदेश २०७६ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो । विकास समितिको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले गर्ने भएका छन् । समितिमा अर्थ र […]
१० मंसिर, रामेछाप । पदाधिकारीबीचको विवादले लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा पनि विकास निर्माणका कुनै काम सुरु गर्न सकेको छैन । गाउँपालिकाको वडानम्बर-१ दुरागाउँमा विद्युतीकरण गरिएको रकम भुक्तानीको विषयमा गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर खड्का, उपाध्यक्ष दीपशिखा दाहाल, प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहति कार्यपालिकाका अन्य सदस्यहरु बीच गत असारदेखि विवाद छ । […]
from समाचार – Online Khabar https://ift.tt/34q2Zrq
via IFTTT