Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

तिहारको बेला बिभिन्न दुर्घटना हुँदा प्रदेश १ मा २९ जनाको मृत्यु

१५ कात्तिक, विराटनगर । तिहारको अवधिमा विभिन्न घटनामा परी प्रदेश १ मा २९ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाका अनुसार सवारी दुर्घटना, आगलागी, झगडा, आत्महत्यालगायत घटनाका कारण २९ जनाको मृत्यु भएको हो । तिहारको अवधिमा प्रदेश १ मा ४१ वटा सवारी दुर्घटना भएका छन् । जसका कारण ६ […]

सुत्केरीको मृत्युपछि विराट नर्सिङ होममा तनाव

१५ कात्तिक, विराटनगर । उपचार गराउन भर्ना भएकी सुत्केरीको मृत्युपछि विराटनगरको विराट नर्सिङ होममा मृतकमा आफन्तले प्रदर्शन गरेका छन् । सामान्य प्रसुतिमार्फत छोरा जन्माएकी सुनसरी दुहरी नगरपालिका– ८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गरेका हुन् । मंगलबार विराट मेडिकल कलेज टंकीशिनवारीमा छोरा जन्माएकी रमिलाको रक्तश्राव नरोकिएपछि चिकित्सकले सोही […]

छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ

१५ कात्तिक, वीरगञ्ज । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३८ वर्षका कोल्हवी–२ बस्ने उनीमाथि २२ बर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोप छ । बिहीबार पीडित महिलाले प्रहरीसामू उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । […]

धरानको मेयरका लागि नेकपाबाट तीन जनाको नाम सिफारिस

१५ कात्तिक, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान कमिटीले मेयरका उम्मेदवारका लागि तीन नाम सिफारिस गरेको छ । धरान कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वाहाङ चोत्लुङ (सुब्बा) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो । जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेद्धवारको टुंगो लगाउने नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीले बताए । प्रकाश र […]

जनकपुरमा साहित्यिक महोत्सव, गंगासागर पोखरीमै स्टेज

१५ कात्तिक, जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाम ‘नेपाल साहित्यिक महोत्सव’ हुने भएको छ । कात्तिक २२, २३ र २४ गते हुने महोत्सवमा साहित्यसँगै राजनीति र विकासका एजेण्डामा चर्चा हुनेछ । आयोजककाअनुसार महोत्सवमा ११ वटा सत्र राखिनेछ, जसमा मधेशमा विभिन्न कालखण्डमा भएको राजनीतिबारे पत्रकार, राजनीतिज्ञ र कानुन व्यवसायीबीच संवाद गरिनेछ । ‘स्वाभिमान, सम्मान र […]

धादिङ र सर्लाहीबाट लागूऔषधसहित ५ जना पक्राउ

१५ कात्तिक, काठमाडौं । धादिङ र सर्लाहीबाट प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मलेखुबाट अवैध लागूऔषध गाँजासहित कास्की पोखरा महानगरपालिका-१४ बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रोल्पा झेलबाङ गाउँपालिका-३ बस्ने २६ वर्षीया संगिता परियारलाई प्रहरीले शुक्रबार विहान पक्राउ गरेको हो । प्रहरी चौकी मलेखु र ईलाका प्रहरी कार्यालय […]

महराको बयान बन्द इजलासमा

१५ कात्तिक, काठमाडौं । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा गरिएको छ । महराविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको थियो । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराको बयान बन्द इजलासमा जारी रहेको बताए । बिहीबार ढिला गरी मुद्दा दर्ता भएकाले […]

उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार

१५ कात्तिक, काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि केन्द्रीय सुरक्षा कार्ययोजना तयार भएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित छलफलमा उक्त केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका समावेश गरिएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा […]

तरुण दलले भन्यो- सन्दीपको भनिएको हतियार प्रहरीकै, फिङ्गर प्रिन्ट जाँच होस्

१५ कात्तिक, काठमाडौं । नेपाल तरुण दलले नेपालगञ्जका सन्दीपजंग शाहको साथबाट बरामद भएको भनिएको हतियार प्रहरीकै भएको दाबी गरेको छ । प्रहरीले झुठा बहाना बनाएर शाहलाई फसाउन खोजेको तरुण दलको आरोप छ । निर्माण व्यवसायीसमेत रहेका शाह नेपाल तरुण दल नेपालगञ्ज नगरका अध्यक्ष हुन् । नेपालगञ्ज उपमहानगरपालिका-१३ निवासी सन्दीपसहित दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, […]

कैलालीमा बसको ठक्करबाट २ बालकको मृत्यु

१५ कात्तिक, कैलाली । कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका  ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साझा चौक नजिकै साइकलमा सवार […]

दिल्ली विमानस्थलमा शंकास्पद वस्तु भेटियो

१५ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु भेटिएको छ । विमानस्थलको आगमन क्षेत्रको टर्मिनल–३ मा शुक्रबार बिहान शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद वस्तु राखिएको झोला भेटिएको सूचना पाएलगत्तै प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको छ । झोलाभित्र विस्फोटक पदार्थ (आरडीएक्स)हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, अहिलेसम्म त्यहाँका सुरक्षाकर्मीले यसको पुष्टि […]

पहिलो त्रैमासिक रिपोर्ट : आयात घट्यो, साँघुरिदै व्यापार घाटा

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि –असोजसम्मको अवधि) मा देशको वैदेशिक व्यापार सुधारको बाटोमा देखिएको छ । यो अवधिमा निर्यात वृद्धि र आयातमा कमीसँगै व्यापार घाटा साँघुरिएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ३ खर्ब ३४ अर्ब ९४ करोड […]

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

१५ कात्तिक, जनकपुरधाम । प्रदेश २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो । यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर […]

पहिलो पटक पशुपति-फोक्शुण्डो बुलेट राइड

१५ कात्तिक, काठमाडौं । मनघरी फाउण्डेशन र नासा बुलेट क्लबको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपतिदेखि डोल्पाको फोकशुण्डो तालसम्म बुलेट बाइक र्‍याली सुरु भएको छ । कर्णालीको पर्यटन प्रबर्धन र भिजिट नेपाल २०२० लाई सफल बनाउन रोइलइफिल्ड मोटरसाइकल राइडरले काठमाडौं – फोक्शुण्डो यात्रा थालेका हुन् । यात्राको शुक्रबार बिहान पशुपति क्षेत्रबाट सुरु भएको छ । […]

तरुण दलका नेपालगञ्ज सभापति अत्याधुनिक पेस्तोलसहित पक्राउ

१५ कात्तिक, बाँके । तरुण दलका नेपालगञ्ज नगर सभापतिलगायत ६ जनालाई प्रहरीले अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको छ । जिल्लाको जानकी गाउँपालिकाबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट गएराति […]

चिकित्सक बिदा बसेपछि प्रसूति सेवा बन्द

१५ कात्तिक, संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ । अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका […]

बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा

१५ कात्तिक, काठमाडौं । श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका हुन् । जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेको थियो । पत्रिकाले सार्वजनिक […]

काठ मिलबाट ४५ क्युफिट सालको गोलिया बरामद

१५ कात्तिक, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ सखुवा प्रसौनी टोलमा सञ्चालित सुदामा समिलबाट ४५ क्युफिट सालको काँचो काठ बरामद भएको छ । अवैध रूख कटान गरी ल्याएर लुकाएर राखेको अवस्थामा सालको १२ थान गोलिया वनगस्ती टोलीले सेना र प्रहरीको सहायतामा बरामद गरेको हो । मधुवन मथौल सबडिभिजन कार्यालय बढनियारका सुबेदार प्रदीप तिमल्सिनाले सुदामा समिलबाट […]

कृष्णनगरको तनाव साम्य, मूर्ति विसर्जन, शव उठाइयो

१५ कात्तिक, बुटवल । लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य भएको छ । आजै कर्फ्यु हटाउने संकेत स्थानीय प्रशासनले दिएको छ । बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने […]

बागलुङ केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

१५ कात्तिक, काठमाडौं । बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ३ः५१ बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बागलुङसँगै म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेत महसुस गरिएको छ । बिहानै भूकम्पको धक्का महसुस […]

सांसद गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी

१५ कात्तिक, काठमाडौं । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको काठमाडौंस्थित निवासमा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको हो । उनी बस्दै आएको घर सूचना आयोगको कार्यालयको ठीक अगाडि छ । आफू सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर […]



from समाचार – Online Khabar https://ift.tt/2Nops0I
via IFTTT
Powered by Blogger.