समाचार
१७ पुस, विराटनगर । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । सुरुमा काली मन्दिर अगाडिबाट सुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन […]
१७ पुस, काठमाडौं । सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ । चितवनका प्रहरी प्रमुख मल्ललाई गत साता प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । मल्लले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी […]
१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधवार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित ६ जना पुरस्कृत भएका […]
१७ पुस, धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उदघाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले भने, ‘म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन । बरु नेताहरु कार्यकर्ता सिध्याउन हिँड्छन् त्यसरी कहिलेकाहीँ ।’ उनले प्रदेशस्तरबाट […]
१७ पुस, काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय सेनाका […]
१६ पुस, काठमाडौं । बुधवारबाट नेपाल भ्रमण वर्ष २०२० सुरु भयो, जसको लक्ष्य छ २० लाख विदेशी पर्यटक भित्र्याउने । यो लक्ष्य पुरा गर्ने हो भने दैनिक औसत ५ हजार ४ सय ८० पर्यटक आउनुपर्छ । अहिले औसत ३ हजार १३ जना विदेशी पर्यटक आइरहेका छन् । विश्वमा धेरै देशहरुले सहजै वर्षेनी करोडौं विदेशी पर्यटक […]
१७ पुस, बुटवल । भैरहवाको गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रकृयासँगै रुपन्देहीमा पर्यटक लक्षित ठूला र स्तरीय होटलमा लगानी बढ्न थालेको छ । संसारभरका बौद्धमार्गीको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी नजिक अन्तर्राष्ट्रिय विमानस्थल नै सञ्चालनको तयारी भएसँगै व्यावसायीले स्तरीय होटल तथा रेष्टुराँहरुमा लगानी बढाएका हुन् । पर्यटन व्यवसायमा राम्रो सम्भावना देखेर व्यावसायीहरुले पुराना होटलको […]
१७ पुस, काठमाडौं । आन्तरिक विवादका कारण काठमाडौं विश्वविद्यालय (केयू)मा पठनपाठन बन्द भएको छ । आन्दोलन विगतदेखि नै हुँदै भए पनि पठनपाठन रोकिएको थिएन । तर मंगलबारदेखि पहिलो पटक विश्वविद्यालयमा सबै पठनपाठन बन्द भएको छ । ‘यसअघिका आन्दोलनमा कार्यकक्षहरुमात्र बन्द हुन्थे, तर अहिले त पठनपाठन नै अवरुद्ध भएको छ,’ काठमाडौं विश्वविद्यालयका एक कर्मचारीले भने । […]
१७ पुस, काठमाडौं । परिपक्वताको खुट्किलो चढ्दै गर्दा नै रेवती गुरुङ पश्चिमा संसारसँग परिचित भइन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दा उनले थाहा पाइन् कि सभ्यता र संस्कृतिको जग युरोप र अमेरिका रहेछ । विकास अध्ययन पढ्न थालेपछि थाहा पाइन्, विकास प्रक्रिया पनि पश्चिमबाटै सुरु भएछ । उनलाई लाग्यो, नेपालीहरू हर कुरामा विदेशीभन्दा, विशेषतः गोराहरूभन्दा पछाडि […]
१७ पुस, चितवन । गत पुस ८ गते सौराहाको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा पूजाकली नामको हात्तीको मृत्यु भयो । एक बर्षदेखि बिरामी रहेकी पूजाकलीको उमेर ३८ बर्षको मात्रै थियो । पूजाकलीले अहिलेसम्म झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिई । एशियन हात्तीको औसत आयु ६० बर्षसम्मको हुन्छ । तर, गिनिज बुक अफ वल्र्ड […]
१७ पुस, काठमाडौं । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद प्रक्रिया रोकेर ‘यथास्थिति’मा राख्न निर्देशन दिएको साढे ३ महिना बित्यो । पूर्व योजनाअनुसार साझालाई नै बस खरिद प्रक्रिया अघि बढाउन दिने कि निकासा गरिएको रकम फिर्ता लिएर नयाँ प्रक्रिया थाल्ने भन्नेबारे सरकार अझै अनिर्णित छ । सरकारले गत असोज १ गते साझा यातायातलाई पत्र लेखेर […]
१७ पुस, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले ठूलो परिमाणमा कारोबार हुने कम्पनीमा केही खाद्यवस्तु बिग्रनु सामान्य घटना भएको भन्दै आफ्नो बचाउ गरेको छ । साथै उसले उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै गुणस्तरहीन खाद्यवस्तु नबेचेको प्रस्टीकरण पनि दिएको छ । गत आइतबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले […]
१७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल हुँदैछ । अहिलेसम्म जित हात पार्न नसकेका विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब आज खेल्दैछन् । तीन चरणको खेल खेल्दासम्म गोलविहीन सरस्वतीले कुनै अंक जोड्न सकेको छैन । उता, एपीएफले एक खेल बराबरीबाट १ अंक मात्र जोडेको छ । दुई […]
१७ पुस, काठमाडौं । नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान साढे ३ बजे इटहरी ९ भोजपुरे टोलस्थित निवासमा उनको निधन भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेका प्रधान बिभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बिहीबार शोक विज्ञप्ति […]
१६ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ आयोजित भब्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिन् । उद्घाटन कार्यक्रमलाई चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री […]
१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सपनामात्रै बाँड्ने गरेको आरोप लाग्ने गर्छ । रेल, पानी जहाज, घरघरमा ग्याँसको पाइपलाइन, देशभित्रै पेट्रोलियम पदार्थ उत्खनन्, अनि हावाबाट बिजुली यस्तै यस्तै सपना । प्रधानमन्त्री आफैंले भन्ने गरेका पनि छन्–म मुर्छित सपनाहरुलाई ब्युँताउन चाहन्छु । मैले देखेका र देखाएका सपनाहरु पूरा गर्नकै लागि हुन् । सम्बृद्ध नेपाल […]
१६ पुस, सर्लाही (हरिवन) । सर्लाहीको हरिवन बजार कटेर पूर्वतर्फ लाग्दै गर्दा दुर्गन्ध आउन थाल्छ । यो गन्ध ईन्दुशंकर चिनी उद्योगको हो । चिनी उद्योग चल्न थालेपछि पूर्व-पश्चिम राजमार्गमा यात्रा गर्नेहरूको नाकले यो उद्योगको गन्ध थाहा पाइहाल्छ । राजमार्गबाट सय मिटर भित्र उद्योग छ । दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ् गर्ने क्षमताको उद्योग यो […]
१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन् । देउवाले बुधबार साँझ पदाधिकारीहरुको बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाएका थिए । तर पौडेल अनुपस्थित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पौडेल समूहले २६ मंसिरबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो । लामो […]
१६ पुस, बुटवल । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रदेश ५ मा बर्दियाको ठाकुरद्वारामा उद्घाटन भएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ सरकारले ‘घुम्न जाउँ बर्दिया’ भन्ने नाराका साथमा बर्दियाको ठाकुरद्वारामा बुधबार विषेश कार्यक्रम गर्यो । भ्रमण वर्षको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । भ्रमण वर्ष उद्घाटन […]
१६ पुस, काठमाडौं । भ्रमण वर्ष २०२० को पहिलो दिन नै पर्साको पर्यटकीय स्थल ठोरीमा करिब ४० हजारको संख्यामा भारतीय पर्यटक भित्रिएका छन् । अंग्रेजी नयाँ वर्ष २०२० मनाउन भारतीय पर्यटक तराईको ‘मिनी उपत्यका’ को रुपमा चिनिने ठोरी आएका हुन् । भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागंज आसपासका क्षेत्रका वासिन्दा ठोरी घुम्न र वनभोजका […]
१६ पुस,काठमाडौं । सर्वोच्च अदालतले सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गर्न सरकारलाई आदेश दिएको हो । वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको रिटमाथि अदालतमा सोमवार सुनुवाइ भएको थियो । […]
from समाचार – Online Khabar https://ift.tt/2FbcnEt
via IFTTT






















