Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

देउवाले बोलाएको बैठकमा पौडेल सहभागी भएनन्

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन् । देउवाले बुधबार साँझ पदाधिकारीहरुको बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाएका थिए । तर पौडेल अनुपस्थित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पौडेल समूहले २६ मंसिरबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो । लामो […]

प्रदेश ५ मा नेपाल भ्रमण वर्ष : बर्दियामा उद्घाटन, बाँकेमा जंगल सफारी

१६ पुस, बुटवल । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रदेश ५ मा बर्दियाको ठाकुरद्वारामा उद्घाटन भएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ सरकारले ‘घुम्न जाउँ बर्दिया’ भन्ने नाराका साथमा बर्दियाको ठाकुरद्वारामा बुधबार विषेश कार्यक्रम गर्‍यो । भ्रमण वर्षको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । भ्रमण वर्ष उद्घाटन […]

ठोरी घुम्ने भारतीय पर्यटकको भीड

१६ पुस, काठमाडौं । भ्रमण वर्ष २०२० को पहिलो दिन नै पर्साको पर्यटकीय स्थल ठोरीमा करिब ४० हजारको संख्यामा भारतीय पर्यटक भित्रिएका छन् । अंग्रेजी नयाँ वर्ष २०२० मनाउन भारतीय पर्यटक तराईको ‘मिनी उपत्यका’ को रुपमा चिनिने ठोरी आएका हुन् । भारतको पटना,  बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागंज आसपासका क्षेत्रका वासिन्दा ठोरी घुम्न र वनभोजका […]

सर्वोच्चले माग्यो सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज र नक्सा

१६ पुस,काठमाडौं । सर्वोच्च अदालतले सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गर्न सरकारलाई आदेश दिएको हो । वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको रिटमाथि अदालतमा सोमवार सुनुवाइ भएको थियो । […]

भ्रमण वर्षमा गण्डकी प्रदेशको लक्ष्य १० लाख पर्यटक

१६ पुस, पोखरा । २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० बुधबार सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पनि पोखराको लेकसाइडबाट भ्रमण वर्षको उद्घाटन गरेको छ । भ्रमण वर्षको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत प्रदेशका ११ वटै जिल्लाका जनप्रतिनिधिको सहभागितामा उद्घाटन गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले भ्रमण वर्ष सफल […]

सशस्त्रमा ६ डीआईजीको दरबन्दी खाली

६ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी नेतृत्वका लागि दाबेदार मानिएका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । सेवा अवधि सकिन ५ वर्ष बाँकी रहँदै बुधबारबाट डीआईजी सुरजकुमार श्रेष्ठ र बाबुराम पाण्डेले अवकाश पाएका हुन् । श्रेष्ठ सशस्त्र प्रहरीमा अब्बल अधिकृतको रुपमा चिनिन्थे । डीआईजीको ५ वर्षे पदावधि सकिएपछि श्रेष्ठ […]

पेट्रोल र डिजलको मूल्य बढ्यो

१६ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत […]

सुर्खेतमा प्रहरी र विप्लव समूहबीच जम्काभेट हुँदा गोली चल्यो

१६ पुस, सुर्खेत । सुर्खेतमा प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चलेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका-८, जुवालथाइमा सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली देख्ने वित्तिकै विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए । प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ । फायरिङपछि विप्लव कार्यकर्ता भागेको प्रहरीको भनाइ छ […]

कर्णालीमा यसरी शुभारम्भ भयो पर्यटन वर्ष (फोटो फिचर)

१६ पुस, काठमाडौं । कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्‍याली निकाली बुलबुले उद्यानमा आएर भ्रमण वर्षको उद्घाटन गरिएको हो । शुभारम्भका क्रममा कर्णालीका जातजाति विशेषका भेषभुषा र संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो । उनीहरुका छुट्टाछुट्टै झाँकीहरु प्रदर्शन गरिएको थियो । पर्यटन […]

वेल्डिङ गर्ने क्रममा कारमा आगलागी

१६ पुस, काठमाडौं । वेल्डिङ गर्ने क्रममा धादिङको मलेखुमा  एउटा कारमा आगलागी भएको छ । गजुरी गाउँपालिका-२ मलेखुस्थित भद्रकाली मोटरसाइकल वर्कशपमा मर्मतपछि वेल्डिङ गर्ने क्रममा बा.६ च २१५५ नम्बरको कारमा बुधबार अचानक आगलागी भएको हो । आगलागीबाट कार पूर्ण रुपमा जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगो […]

डा. भट्टराईको प्रस्तावः नेपालमा पनि इस्वी संवत लागू गरौं

१६ पुस, काठमाडाैं । इस्वी संवत २०१९ बिदा भएर आज बुधबारबाट २०२० सुरु भएको छ । यस अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान चलिरहेको छ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने नयाँ वर्षको शुभकामनासँगै एउटा प्रस्ताव पनि गरेका छन्, नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउने । टि्वटरमा डा. भट्टराईले लेखेका छन्, […]

सगरमाथा र लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य : राष्ट्रपति भण्डारी

१६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी छन् । बुधबार नेपाल भ्रमण वर्षको शुभारम्भ गर्दै उनले सर्वोच्च शिखर सगरमाथा र गौतम वुद्धको जन्मस्थल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी हुन् । विगतमा द्वन्द्व रहे पनि अहिले मुलुक समृद्धिको बाटोमा रहेको भन्दै राष्ट्रपति भण्डारीले अब पर्यटन […]

सामान्य प्रशासन मन्त्रालयका खरिदारविरुद्ध भ्रष्टचारको मुद्धा

१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८३ हजार रुपैयाँ घुस लिएको आरोपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका खरिदार त्रिलोचना पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्धा दायर गरेको छ । पोखरेलले ५ वटा सडकको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयार गर्ने क्रममा किर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको तथा सोही झुठ्ठा […]

मुख्यमन्त्रीको आग्रह : खप्तड र अपी सैपालमा होटल खोल्नुस्

१६ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा लगानी गर्न व्यवसायीहरुलाई आह्वान गरेको छ । व्यवसाय सञ्चालनमा रहेका समस्याहरु नीतिगत रुपमा समाधान गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भने, ‘अब खप्तडमा होटल बन्नुपर्छ, अपी सैपालमा बन्नुपर्छ । त्यहाँ लगानी […]

‘नेपाल आउनुहोस्, जीवनभरका लागि मिठो अनुभव लिएर जानुहोस्’

१६ पुस, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई अपील गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस् ।’ उनले अघि भने, […]

भुक्तानी विवादमा रुमल्लियो प्रदेश २, सत्तारुढ सांसदसमेत आन्दोलित

१६ पुस, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेशसभा सदस्य बेचु लुँगेलीले आफ्नो संसदीय कोषबाट सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा सामुदायिक भवन निर्माण गराएकी छन् । उपभोक्ता समितिमार्फत् गत आर्थिक बर्षमै ३ लाख २५ हजार खर्चिएर सामुदायिक भवनको छत ढलान गरे पनि भुक्तानी भएको छैन । नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य सरस्वती चौधरीका अनुसार धनुषामा […]

गुप्तचरसम्बन्धी विधेयक मौलिक हकमाथिको खेलाँची : कांग्रेस

१६ पुस, काठमाडौं । सरकारले ल्याएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ ले नागरिकलाई मौलिक हकबाट वञ्चित गर्ने भन्दै प्रतिपक्षी सांसदहरुले विरोध गरेका छन् । सत्ता पक्षका सांसदले भने विधेयकले देशविरुद्ध गुप्तचरी गर्नेलाई मात्र कारबाही गर्ने भन्दै बचाउ गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा उक्त विधेयकमाथि छलफल गर्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले राणा शासन र पञ्चायतमा […]

बस, जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु   

१६ पुस,  कास्की । पोखरामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बुधबार बिहान अन्दाजी २:५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने […]

भ्रमण वर्षको पहिलो दिन नाकामै पर्यटकको स्वागत

१६ पुस, विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो पहिलो दिन विराटनगर नाका हुँदै भित्रिएका भारतीय पर्यटकहरुलाई नाकाबाटै स्वागत गरिएको छ । प्रदेश १ का पर्यटकीय क्षेत्र घुम्न आएका भारतीय पर्यटकहरुलाई नाकाबाट नै स्वागत गरिएको हो । नेपाल भारत मैत्री युवा संघले विराटनगर भन्सार क्षेत्रमा बुधबार विहान पर्यटकलाई स्वागत गरेको हो । सपरिवार र […]

मालारानीमा ४० किलोको घण्ट हस्तान्तरण गर्दै अर्घाखाँचीमा भ्रमण वर्ष शुभारम्भ

१६ पुस, बुटवल । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा मन्दिरमा घण्ट हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदीय दल प्रदेश-५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका-३ मा पर्ने मालारानी मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् । सांसद क्षेत्रीले लुम्बिनी क्षेत्र हुँदै अर्घाखाँचीको सुपादेउराली दर्शन […]

‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने आदर्शको स्रोत मेरी हजुरआमा’

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सपनामात्रै बाँड्ने गरेको आरोप लाग्ने गर्छ । रेल, पानी जहाज, घरघरमा ग्याँसको पाइपलाइन, देशभित्रै पेट्रोलियम पदार्थ उत्खनन्, अनि हावाबाट बिजुली यस्तै यस्तै सपना । प्रधानमन्त्री आफैंले भन्ने गरेका पनि छन्–म मुर्छित सपनाहरुलाई ब्युँताउन चाहन्छु । मैले देखेका र देखाएका सपनाहरु पूरा गर्नकै लागि हुन् । सम्बृद्ध नेपाल […]



from समाचार – Online Khabar https://ift.tt/36dwP3y
via IFTTT
Powered by Blogger.