Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पेट्रोल र डिजलको मूल्य बढ्यो

१६ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत […]

सुर्खेतमा प्रहरी र विप्लव समूहबीच जम्काभेट हुँदा गोली चल्यो

१६ पुस, सुर्खेत । सुर्खेतमा प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चलेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका-८, जुवालथाइमा सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली देख्ने वित्तिकै विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए । प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ । फायरिङपछि विप्लव कार्यकर्ता भागेको प्रहरीको भनाइ छ […]

कर्णालीमा यसरी शुभारम्भ भयो पर्यटन वर्ष (फोटो फिचर)

१६ पुस, काठमाडौं । कर्णाली प्रदेश सरकारले पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्‍याली निकाली बुलबुले उद्यानमा आएर भ्रमण वर्षको उद्घाटन गरिएको हो । शुभारम्भका क्रममा कर्णालीका जातजाति विशेषका भेषभुषा र संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो । उनीहरुका छुट्टाछुट्टै झाँकीहरु प्रदर्शन गरिएको थियो । पर्यटन […]

वेल्डिङ गर्ने क्रममा कारमा आगलागी

१६ पुस, काठमाडौं । वेल्डिङ गर्ने क्रममा धादिङको मलेखुमा  एउटा कारमा आगलागी भएको छ । गजुरी गाउँपालिका-२ मलेखुस्थित भद्रकाली मोटरसाइकल वर्कशपमा मर्मतपछि वेल्डिङ गर्ने क्रममा बा.६ च २१५५ नम्बरको कारमा बुधबार अचानक आगलागी भएको हो । आगलागीबाट कार पूर्ण रुपमा जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगो […]

उत्पादन लागत बढ्यो, उखुको मूल्य बढेन

१६ पुस, सर्लाही । ‘डिजेलको मूल्य एक बर्ष अघिकै छ ? मलखाद्यको भाउ उही हो ? ज्यालाको दर गत बर्षकै छ ? पक्कै छैन । तर हामीले दुःख गरेर उब्जाएको उखुको मूल्य किन पोहोर सालकै ?’ सर्लाहीको हरिवन नगरपालिका– ७ घुर्कौलीका ५८ बर्षीय किसान हरिदेव महतोको प्रश्न हो यो । सरकारले उखुको लागि गत वर्षकै […]

सामान्य प्रशासन मन्त्रालयका खरिदारविरुद्ध भ्रष्टचारको मुद्धा

१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८३ हजार रुपैयाँ घुस लिएको आरोपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका खरिदार त्रिलोचना पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्धा दायर गरेको छ । पोखरेलले ५ वटा सडकको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयार गर्ने क्रममा किर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको तथा सोही झुठ्ठा […]

मुख्यमन्त्रीको आग्रह : खप्तड र अपी सैपालमा होटल खोल्नुस्

१६ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्रमा लगानी गर्न व्यवसायीहरुलाई आह्वान गरेको छ । व्यवसाय सञ्चालनमा रहेका समस्याहरु नीतिगत रुपमा समाधान गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भने, ‘अब खप्तडमा होटल बन्नुपर्छ, अपी सैपालमा बन्नुपर्छ । त्यहाँ लगानी […]

‘नेपाल आउनुहोस्, जीवनभरका लागि मिठो अनुभव लिएर जानुहोस्’

१६ पुस, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई अपील गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस् ।’ उनले अघि भने, […]

भुक्तानी विवादमा रुमल्लियो प्रदेश २, सत्तारुढ सांसदसमेत आन्दोलित

१६ पुस, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेशसभा सदस्य बेचु लुँगेलीले आफ्नो संसदीय कोषबाट सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा सामुदायिक भवन निर्माण गराएकी छन् । उपभोक्ता समितिमार्फत् गत आर्थिक बर्षमै ३ लाख २५ हजार खर्चिएर सामुदायिक भवनको छत ढलान गरे पनि भुक्तानी भएको छैन । नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य सरस्वती चौधरीका अनुसार धनुषामा […]

गुप्तचरसम्बन्धी विधेयक मौलिक हकमाथिको खेलाँची : कांग्रेस

१६ पुस, काठमाडौं । सरकारले ल्याएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ ले नागरिकलाई मौलिक हकबाट वञ्चित गर्ने भन्दै प्रतिपक्षी सांसदहरुले विरोध गरेका छन् । सत्ता पक्षका सांसदले भने विधेयकले देशविरुद्ध गुप्तचरी गर्नेलाई मात्र कारबाही गर्ने भन्दै बचाउ गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा उक्त विधेयकमाथि छलफल गर्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले राणा शासन र पञ्चायतमा […]

बस, जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु   

१६ पुस,  कास्की । पोखरामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बुधबार बिहान अन्दाजी २:५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने […]

भ्रमण वर्षको पहिलो दिन नाकामै पर्यटकको स्वागत

१६ पुस, विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो पहिलो दिन विराटनगर नाका हुँदै भित्रिएका भारतीय पर्यटकहरुलाई नाकाबाटै स्वागत गरिएको छ । प्रदेश १ का पर्यटकीय क्षेत्र घुम्न आएका भारतीय पर्यटकहरुलाई नाकाबाट नै स्वागत गरिएको हो । नेपाल भारत मैत्री युवा संघले विराटनगर भन्सार क्षेत्रमा बुधबार विहान पर्यटकलाई स्वागत गरेको हो । सपरिवार र […]

मालारानीमा ४० किलोको घण्ट हस्तान्तरण गर्दै अर्घाखाँचीमा भ्रमण वर्ष शुभारम्भ

१६ पुस, बुटवल । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा मन्दिरमा घण्ट हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदीय दल प्रदेश-५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका-३ मा पर्ने मालारानी मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् । सांसद क्षेत्रीले लुम्बिनी क्षेत्र हुँदै अर्घाखाँचीको सुपादेउराली दर्शन […]

‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने आदर्शको स्रोत मेरी हजुरआमा’

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सपनामात्रै बाँड्ने गरेको आरोप लाग्ने गर्छ । रेल, पानी जहाज, घरघरमा ग्याँसको पाइपलाइन, देशभित्रै पेट्रोलियम पदार्थ उत्खनन्, अनि हावाबाट बिजुली यस्तै यस्तै सपना । प्रधानमन्त्री आफैंले भन्ने गरेका पनि छन्–म मुर्छित सपनाहरुलाई ब्युँताउन चाहन्छु । मैले देखेका र देखाएका सपनाहरु पूरा गर्नकै लागि हुन् । सम्बृद्ध नेपाल […]

राष्ट्रिय सभा निर्वाचनको चहल पहल सुरु

१६ पुस, डोटी । राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि मंगलबार बिधिवत् रुपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि चुनावी चहलपहल सुरु भएको छ । माघ ९ गते हुने निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीको सिलगढीमा राखिएको छ । निर्वाचन आयोगले उच्च अदालत रहेको जिल्लाको जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोक्ने र सोही जिल्ला सदरमुकाममा […]

भ्रमण वर्षमा प्रदेश १ को लक्ष्य ५ लाख पर्यटक, यसरी भयो शुभारम्भ (फोटो फिचर)

१६ पुस, विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को प्रदेश १ मा औपचारिक सुभारम्भ भएको छ । बुधबार विराटनगरको सहिद मैदानबाट मुख्यमन्त्री शेरधन राईले पाँचलाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सुभारम्भ भएको बताए । विभिन्न झाँकी र हेलिकप्टरबाट पुष्टवृष्टिसहित आयोजना भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपालको होचो स्थान केचना कवलदेखि विश्वको अग्लो स्थान […]

आतंकवादको लगानीबारे नेपाल प्रहरीले पनि अनुसन्धान गर्ने

१६ पुस, काठमाडौं । आतंककारी गतिविधिबाट हुने आम्दानी र लगानीको अनुसन्धानको अधिकार नेपाल प्रहरीले पनि पाउने भएको छ । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीको बुँदा नं ६ मा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय […]

सर्वोच्चले माग्यो सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज र नक्सा

१६ पुस,काठमाडौं । सर्वोच्च अदालतले सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गर्न सरकारलाई आदेश दिएको हो । वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको रिटमाथि अदालतमा सोमवार सुनुवाइ भएको थियो । […]

सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग

१६ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको विकास तथा प्रविधि समितिले हालै पास गरेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ती जारी गर्दै समितिबाट अगाडि बढाइएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, संविधानको प्रतिकूल हुने र […]

मौलिक हक हनन हुने गरी सरकारले कानून बनाउँदैन : अर्थमन्त्री खतिवडा

१६ पुस, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले मौलिक हक हनन हुने गरी सरकारले कानून नबनाउने बताएका छन् । राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक विधिबाट कार्यान्वयन हुने बताए । कतिपय कानुनहरु कार्यान्वयन तहमा जाँदा समस्या देखिएमा संशोधन गर्ने गरिएको बताउँदै मन्त्री खतिवडाले कानुन […]

पार्टीको निर्णय सबैले मान्नुपर्छ : देउवा

१६ पुस, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय मान्दिन भन्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय लागू हुने बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारका बाबजुद कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको […]



from समाचार – Online Khabar https://ift.tt/2tpBiRV
via IFTTT
Powered by Blogger.