समाचार
१६ पुस, काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सीआईए र रअ का एजेण्टलाई कारवाही गर्न ल्याइएको बताएका छन् । राष्ट्रियसभामा पेश भएको विशेष सेवा विधेयकमाथिको छलफलका क्रममा उनले देशकै विरुद्धका जासुसी गर्नेहरु पत्ता लगाउन टेलिफोन ट्यापिङ गर्नु ठीक भएको बताए । राष्ट्रियसभामा बुधबार छलफल भएको विशेष सेवा विधेयकमा सर्वसाधारणको टेलिफोन […]
१६ पुस, काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार सिमेन्टको गुणस्तरबारे छलफल थियो । समितिले उद्योग मन्त्री लेखराज भट्ट, सचिव यमकुमारी खतिवडा र गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई छलफलमा निम्त्याएको थियो । प्रचलित सिमेन्टको गुणस्तर घटाउने निर्णय किन गरियो भन्ने सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उद्योगमन्त्री लेखराज […]
१६ पुस, काठमाडौं । उखु किसानको आन्दोलनमा सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् । सरकारले बेवास्ता गरिरहे उखु किसानको आन्दोलनमा सहभागी हुने चेतावनी समेत उनीहरुले दिए । राष्ट्रिसभाको बुधबारको बैठकमा बोल्दै उनीहरुले सरकार गरिब किसानको हो कि होइन ? भनेर प्रश्न गरे । सांसद प्रकाश पन्थले उखु किसानको समस्या […]
१६ पुस, हेटौंडा । भारतको पटनाबाट आरती सिंह र उनका साथीहरु मंगलबार मकवानपुरको सिमभञ्ज्याङ आएर होटलमा बास बसे । बुधबार बिहानै थाहा नगरपालिका उपमेयर खड्गबहादुर गोपाली, वडाध्यक्ष विनोद लामा लगायतको टोली होटलमै पुग्दा १० सदस्यीय भारतीय पर्यटकहरु अचम्मित बने । भारतबाट नेपाल आएका पर्यटकलाई एक्कासी स्वागत गर्दा उनीहरु अचम्मित बनेका हुन् । नगरपालिकाले नयाँ वर्ष […]
१६ पुस, काठमाडाैं । इस्वी संवत २०१९ बिदा भएर आज बुधबारबाट २०२० सुरु भएको छ । यस अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान चलिरहेको छ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने नयाँ वर्षको शुभकामनासँगै एउटा प्रस्ताव पनि गरेका छन्, नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउने । टि्वटरमा डा. भट्टराईले लेखेका छन्, […]
१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा टिकिराख्छु भनेर नभई देश बनाउन काम गरिरहेको बताएका छन् । ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा बालबालिकाले राखेको बालबालिकामा तपाईको लक्ष्य के थियो भन्ने प्रश्नमा ओलीले समयक्रमअनुसार लक्ष्यहरु परिर्वतन हुँदै गएको सुनाए । दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको बताए । त्यसबेला आफूले […]
१६ पुस, तनहुँ । जिल्लाका एक प्राथमिक विद्यालयमा शिक्षक नभएर पठनपाठन हुन नसकेपछि सांसदले एक वर्षको तलब उपलब्ध गराउने घोषणा गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले भानु नगरपालिका वडा नम्बर ७ को चण्डिकालाल प्राविको एक जना प्रावि तहको शिक्षकलाई एक वर्षसम्मको तलब बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता […]
१६ पुस, काठमाडौं । मानव अधिकार आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने कानून बनाउन सरकारलाई आग्रह गरेको छ । संसदको विकास तथा प्रविधि समितिबाट विधेयक पारित भएको सूचना प्रविधि विधेयकप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले सरकारलाई संविधानप्रदत्त मौलिक हक र अन्तर्राष्ट्रिय कानुन स्मरणसमेत गराएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गरी सरोकारवालासँग पर्याप्त […]
१६ पुस, काठमाडौं । छोरीले बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी दिएपछि एक जना पक्राउ परेका छन् । काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्ने व्यक्तिविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, काठमाडौंले […]
१६ पुस, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनबाट प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दैछ । केन्द्र सरकारले आज बुधबार नै भ्रमण वर्षको शुभारम्भको घोषणा गर्दैछ । प्रदेश ३ सरकारले भने पुस १८ गते (डिसेम्वर ३ तारिख)का दिन सौराहामा भब्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्ष शुभारम्भ गर्ने तयारी गरेको […]
१६ पुस, काठमाडौं । काठमाडौंको हात्तिसारस्थित फोकस डान्स बारले आवश्यकताभन्दा बढी रकम लिएको भन्दै प्रहरीमा उजुरीमा परेको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा जाहेरी परेपछि बारका ४ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भई ललितपुर भैंसेपाटी डेरा गरी बस्ने २४ वर्षीय सनिगरु आचार्य, गोरखाका १९ वर्षीय सुनील मग्राती, ३१ वर्षीय शिव […]
१६ पुस, काठमाडौं । अर्थविदहरुले चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर ७ प्रतिशतमा सीमित हुने बताएका छन् । संसदको अर्थ समितिले बुधबार अर्थतन्त्रको वर्तमान प्रवृत्तिबारे गरेको छलफलमा अर्थविदले सरकारको अहिलेकै बजेट खर्च गर्ने प्रवृत्तिले आर्थिक वृद्धिदरमा सहयोग नगर्ने बताए । छलफलका क्रममा अधिकांश अर्थविदले ६ महिनामा १० प्रतिशत पुँजीगत खर्चले ८ प्रतिशतको आर्थिक वृद्धिदर […]
१६ पुस, भद्रपुर । झापाको बिर्तामोड नगरपालिका-७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको मृत्यु भएको छ । दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलवार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उनको बुधबार देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।
१६ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नन्दा चपाईंले आफू काठमाडौंमा ट्याक्सीबाट ठगिएको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले आफू पुस ७ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् । त्यतिबेला ४ वटा ट्याक्सीसँग कुरा गर्दा मिटरमा नजाने र मिटरमा जाँदा डेढ सय रुपैयाँ थपेर दिनुपर्ने बताएका र आफू बाध्यतावश जानुपरेको बताएकी हुन् […]
१६ पुस, बुटवल । अण्डा उत्पादक किसानहरुले बिचौलियाका कारण लागत मूल्य पाउन नसकेको गुनासो गरेका छन् । पोल्ट्री क्षेत्रमा विदेशी लगानीका कारण बिचौलीया प्रयोग गरेर किसानलाई माथि उठ्न नदिएको किसानहरुको गुनासो छ । नेपाल अण्डा उत्पादक संघले सातौं राष्ट्रिय पोल्ट्री दिवसको पूर्वसन्ध्यामा बुटवलमा पत्रकार सम्मेलन गरी पोल्ट्री क्षेत्रमा विदेशी लगानी र बिचौलिया तत्वलाई नियन्त्रण गर्न […]
१६ पुस, चितवन । धनकुटाको पाख्रीवासमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस भवन निर्माण अन्तिम चरणमा पुगेको छ । पाख्रीवास नगरपालिकाका-३ मा तयार हुन लागेको भवनमा फागुनबाट पढाइ सुरु गरिने क्याम्पस प्रमुख सूर्यमणि ढुंगानाले जानकारी दिए । झण्डै १ करोड ७६ को लागतमा ४ कोठे दुईवटा लाइट स्ट्रक्चर भवन र दुई कोठे पक्की प्रयोगशाला भवन […]
१६ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी र प्रदेश नम्बर ५ मा भाग लिने भएको छ । बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकले गण्डकी प्रदेशमा शंकर बराल र प्रदेश नम्बर ५ मा शिव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । १८ राष्ट्रिय सभा सदस्य चयनका लागि ९ माघमा निर्वाचन हुँदैछ । जनमोर्चाले […]
१६ पुस, काठमाडौं । नेपालमा निकै ठूलो मुद्दा बनिरहेको कालापानीको विवादलाई भारतीय मिडियाले भने अहिलेसम्म त्यति चासो दिएका छैनन् । नेपालमा काम गरेका पूर्वराजदूतहरुको एकाध लेखबाहेक भारतीय मिडियामा ठूलो कभरेज पाइँदैन । यसैबीच टाइम्स अफ इन्डियाले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको कुराकानीमा आधारित सामग्री प्रकाशन गरेको छ । आचार्यले अन्तरवार्तामा कालापानी नेपालको भएको र […]
१६ पुस, काठमाडौं । नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरी ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय रहेको खुलेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको थियो । अनुसन्धानका क्रममा महानगरीय […]
पुस १६, डोटी । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने बताएका छन् । प्रेस संगठन, डडेल्धुरा शाखाकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘कसैले चाहेर पनि अब एमसीसी फेल हुदैँन । सरकारले संसदमा पेश गर्छ, सिधै […]
१६ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२० आजबाट सुरु भएको छ । नेपालीहरुले पनि एकअर्कालाई शुभकामना साटासाट गर्दै मनाइरहेका छन् । हुन त नेपालीहरुको नयाँ वर्ष वैशाख १ गते हो । तर जनवरी १ तारिखलाई पनि नेपालीहरुले उत्तिकै उल्लासका साथ नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । नयाँ वर्षको दिन र नयाँ वर्षको […]
from समाचार – Online Khabar https://ift.tt/2ZHXMd8
via IFTTT






















