समाचार
१९ माघ, बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्ने बताएका छन् । एमसीसी विवाद तन्किँदै गएकाले यसलाई छिट्टै टुंग्याउन पनि उनले सरकारसँग माग गरे । ‘अहिले बजार हल्ला एकातिर र एमसीसी अर्कोतिर छ,’ नेता कोइरालाले भने, ‘एमसीसीमा केही सच्याउनु पर्ने विषय छन् भने अमेरिकासँग छलफल गरेर टुंग्याउनु […]
१९ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा […]
१९ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दशौं चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्याह्न १२ बजे दशरथ रगशालमा हुनेछ। रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्नेछन् । विभागीय डर्बी भिडन्त जहिल्यै रोमान्चक […]
१९ माघ, वीरगञ्ज । प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा धनुषाले विजयी सुरूवात गरेको छ । जिल्ला फुटबल संघ धनुषाको टोलीले पर्सालाई ट्राईबेकरमा पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल बराबरी खेलेका थिए। त्यसपछि भएको पेनाल्टी सुट आउटमा धनुषाले ४–२ ले बाजी मारेको हो […]
१९ माघ, सर्लाही । जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र एक घाइते भएका छन् । बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा–२ निवासी २० वर्षीय उपेन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ । सोही मोटरसाइकलको पछाडि बस्ने मलङ्गवा–२ […]
१९ माघ, मकवानपुर । हेटौंडामा २ स्कुल बसमाथि आगजनी भएको छ । हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका दुई बसमा शनिबार राति आगलागी भएको हो । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ । […]
१९ माघ, काठमाडौं । ८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ । बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे भयो । बीबीसी हिन्दी सेवाको ‘दिनभर’, ‘नमस्कार भारत’ लगायतका कार्यक्रम निकै लोकप्रिय थिए । बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो […]
१९ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । बैठक उद्घाटनमा लामो मन्तव्य दिएपछि छलफलहरुमा सहभागी नभएका […]
१९ माघ, काठमाडौं । नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन् । “सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ । एमसीसी जुनसुकै हालतमा पास हुन्छ, […]
१९ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ । समाचार संस्था एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ । ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनकाे परिचय भने खुलाइएकाे छैन । फिलिपिन्सको स्वास्थ्य विभागका […]
१९ माघ, काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्धको घोषणा गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि अमेरिका र अस्ट्रेलियाले त्यसबाट बच्न यात्रा प्रतिबन्धको कदम चालेका हुन् । अमेरिका र अस्ट्रेलियाले चीनमा भर्खरै गएर आफ्ना देश आउने विदेशीको प्रवेशलाई रोक लगाइएको जनाएका छन् । योसँगै चीनबाट फर्केका विदेशीको यात्रामा […]
१९ माघ, काठमाडौं । अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको छ । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अपरेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, […]
१९ माघ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (भाजपा) म्यानमारमा जस्तै नरसंहार मच्चाउने योजनामा रहेको आरोप लगाएका छन् । टर्कीको समाचार एजेन्सीलाई अन्तर्वार्ता दिँदै खानले भनेका छन् भारतले मुस्लिम समुदायलाई समाप्त पार्न खोजेको बताए । उनले नागरिकता सम्बन्धी विवादास्पद कानुन ल्याउनुको कारण त्यही नै रहेको दाबी गरे । राजधानी इस्लामावादमा दिइएको अन्तर्वार्तामा […]
१९ माघ, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन् […]
१९ माघ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत शनिवार भएको मड्रिड डर्बी भिडन्तमा रियलले एट्लेटिकोलाई पराजित गर्दै बार्सिलोनासँग अंक दूरी बढाएको छ । करिम बेन्जिमाले गरेको एकमात्र गोल मद्दतमा रियलले एट्लेटिकोलाई १-० ले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा गोल गरेको हो । […]
१९ माघ, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीमाथि २२ अंकको अंग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। लिगअन्तर्गत शनिवार साउथह्याम्पटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले २२ अंकको फराकिलो अग्रता बनाएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा एलेक्स च्याम्बरलाइन र कप्तान जोर्डन हेन्डरसनले एक-एक गोल गरे । रोवर्टो […]
१८ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई सुरुमा सम्बोधन गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा नेपाललाई होच्याउने केही कुरा छैनन् । यसमा धेरै बहस र विवाद नगरौं ।’ १५ माघको उद्घाटन सम्बोधनपछि राष्ट्रिय सभागृहबाट हिँडेका प्रधानमन्त्री ओली केन्द्रीय समितिको बैठकमा […]
१८ माघ, चितवन । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरको माहोल शनिबार दिउँसो बेग्लै थियो । एक छेउ घन्किरहेको पञ्चैबाजा घन्किरहेको थियो । त्यही बाजाको तालमा कोही मस्त नाचिरहेका थिए । यहीबीचमा एक सय वटा टिपर एकसाथ लाम लागेर रंगशाला परिसरमा आए । कुनै चलचित्रको सुटिङजस्तै लाग्ने यो दृष्यले त्यहाँ भेला भएका मानिसहरुलाई थप […]
१८ माघ, काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ । बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारको तयारी छ । यसका लागि दूताबासको फारम भरेर दूतबासमा इमेल गर्न समेत आग्रह गरिएको छ । यस्तो फरम २ फेब्रअरी ९ को ९ बजेसम्म दूताबासलाई [email protected] मा इमेल […]
१८ माघ, काठमाडौं । नेकपा नेता एवं वागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेल केपी ओली निकटका नेता हुन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौं आएका ढुंगेल नेकपाभित्र नेकपाभित्र केपी ओलीको विकल्प खोज्नु भनेको समृद्धिको नारालाई परित्याग गर्नु हो भन्छन् । अनलाइनखबरसँग कुरा गर्दै प्रदेश मन्त्री ढुंगेलले भने, ‘केपी ओलीको विचार त्यही हो, त्यो विचार […]
१८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । १५ वटा समूह र तीन आयोगसहित पाँच निकायले आफ्नो छलफलको निष्कर्ष पेश गरेको छ । अब बैठक भोलि आइतबार १ बजे बोलाइएको छ । स्रोतकाअनुसार भोलि नै बैठक सकिनेछ । केन्द्रीय कमिटी बैठक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कै वरिपरि घुमेको […]
from समाचार – Online Khabar https://ift.tt/391pxks
via IFTTT