समाचार
१९ माघ, काठमाडौं । ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । नेपालस्थित कोरियन दूतावास नजिकको कवाडी गोदाममा आगलागी भएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले काठमाडौं र लतिलपुर महानगरपालिकाको दमकल आइपुगेको छ । नियन्त्रणमा लिने प्रयास जारी छ […]
१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले भ्रमण वर्षको नाममा देशमा रोग भित्र्याउन नहुने बताएका छन् । चीनबाट फैलिएको कोराना भाइरस धेरै देशमा फैलिएको भन्दै त्यसबाट नागरिकलाई बचाउन सरकार सचेत हुनु पर्ने भन्दै उनले भने, ‘भिजिट नेपाल २०२० को नाममा देशमा रोगलाई भित्र पसाउने गर्नु हुँदैन । भिजिट वर्ष २०२० भएन भने […]
१९ माघ, विराटनगर । सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ । मृत्यु हुनेमा माइक्रो बसका चालक धादिङको बैरेनी ३ का दीपक खड्का, झापा भद्रपुर ५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेलको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ […]
१९ माघ, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक गुठी संरक्षण र सञ्चालनको जिम्मेवारी स्थानिय सरकारलाई दिइनु उपयुक्त हुने बताएका छन् । सामुदायीक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानिय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने बताएका हुन् । […]
१९ माघ, बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्ने बताएका छन् । एमसीसी विवाद तन्किँदै गएकाले यसलाई छिट्टै टुंग्याउन पनि उनले सरकारसँग माग गरे । ‘अहिले बजार हल्ला एकातिर र एमसीसी अर्कोतिर छ,’ नेता कोइरालाले भने, ‘एमसीसीमा केही सच्याउनु पर्ने विषय छन् भने अमेरिकासँग छलफल गरेर टुंग्याउनु […]
१९ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा […]
१९ माघ, वीरगञ्ज । प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा धनुषाले विजयी सुरूवात गरेको छ । जिल्ला फुटबल संघ धनुषाको टोलीले पर्सालाई ट्राईबेकरमा पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल बराबरी खेलेका थिए। त्यसपछि भएको पेनाल्टी सुट आउटमा धनुषाले ४–२ ले बाजी मारेको हो […]
१९ माघ, सर्लाही । जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र एक घाइते भएका छन् । बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा–२ निवासी २० वर्षीय उपेन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ । सोही मोटरसाइकलको पछाडि बस्ने मलङ्गवा–२ […]
१९ माघ, मकवानपुर । हेटौंडामा २ स्कुल बसमाथि आगजनी भएको छ । हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका दुई बसमा शनिबार राति आगलागी भएको हो । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ । […]
१९ माघ, काठमाडौं । ८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ । बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे भयो । बीबीसी हिन्दी सेवाको ‘दिनभर’, ‘नमस्कार भारत’ लगायतका कार्यक्रम निकै लोकप्रिय थिए । बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो […]
१९ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । बैठक उद्घाटनमा लामो मन्तव्य दिएपछि छलफलहरुमा सहभागी नभएका […]
१९ माघ, काठमाडौं । नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन् । “सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ । एमसीसी जुनसुकै हालतमा पास हुन्छ, […]
१९ माघ, काठमाडौं । १५ दिनअघिसम्म कालिमाटी बजारमा सुकेको लसुनको मूल्य किलोको औसत २४५ रुपैयाँ थियो । अहिले लसुनको मूल्य औसत ५५० रुपैयाँ प्रतिकेजीमा पुगेको छ । दिन-दिनै लसुन महंगिँदैछ । एक हप्ताअघि ४९५ रुपैयाँ प्रतिकिलोमा आईपुगको लसुनको मूल्य आइतबार अधिकतम् मूल्य ५६० रुपैयाँ नाघेको छ । अझ बजारमा खुद्रा मूल्य ६०० माथि पुग्न थालेको […]
१९ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ । समाचार संस्था एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ । ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनकाे परिचय भने खुलाइएकाे छैन । फिलिपिन्सको स्वास्थ्य विभागका […]
१९ माघ, काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्धको घोषणा गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि अमेरिका र अस्ट्रेलियाले त्यसबाट बच्न यात्रा प्रतिबन्धको कदम चालेका हुन् । अमेरिका र अस्ट्रेलियाले चीनमा भर्खरै गएर आफ्ना देश आउने विदेशीको प्रवेशलाई रोक लगाइएको जनाएका छन् । योसँगै चीनबाट फर्केका विदेशीको यात्रामा […]
१९ माघ, काठमाडौं । अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको छ । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अपरेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, […]
१९ माघ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (भाजपा) म्यानमारमा जस्तै नरसंहार मच्चाउने योजनामा रहेको आरोप लगाएका छन् । टर्कीको समाचार एजेन्सीलाई अन्तर्वार्ता दिँदै खानले भनेका छन् भारतले मुस्लिम समुदायलाई समाप्त पार्न खोजेको बताए । उनले नागरिकता सम्बन्धी विवादास्पद कानुन ल्याउनुको कारण त्यही नै रहेको दाबी गरे । राजधानी इस्लामावादमा दिइएको अन्तर्वार्तामा […]
१९ माघ, विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन् […]
१९ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दशौं चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्याह्न १२ बजे दशरथ रगशालमा हुनेछ। रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्नेछन् । विभागीय डर्बी भिडन्त जहिल्यै रोमान्चक […]
१९ माघ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत शनिवार भएको मड्रिड डर्बी भिडन्तमा रियलले एट्लेटिकोलाई पराजित गर्दै बार्सिलोनासँग अंक दूरी बढाएको छ । करिम बेन्जिमाले गरेको एकमात्र गोल मद्दतमा रियलले एट्लेटिकोलाई १-० ले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा गोल गरेको हो । […]
१९ माघ, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीमाथि २२ अंकको अंग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। लिगअन्तर्गत शनिवार साउथह्याम्पटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले २२ अंकको फराकिलो अग्रता बनाएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा एलेक्स च्याम्बरलाइन र कप्तान जोर्डन हेन्डरसनले एक-एक गोल गरे । रोवर्टो […]
from समाचार – Online Khabar https://ift.tt/31mcGqb
via IFTTT