Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कास्कीमा ‘ट्राभल हिस्ट्री’ विना १९ महिने शिशुमा कोरोना

६ असार, पोखरा । कास्कीको मादी गाउँपालिकामा शनिबार १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भयो । प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष छन् । १९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘बा भारतमा […]

‘हामी भाइरसबाट बच्न सक्छौं तर भोकमरीबाट सक्दैनौं’

६ असार, काठमाडौं । चिकित्सा अध्ययन गर्न चाहने १२ कक्षाका एक विद्यार्थीले आफ्नी आमाको उपचार तथा भाइबहिनीको विद्यालय शुल्कको लागि मानिसहरूको शव व्यवस्थापन गर्ने काम सुरु गरेका छन् । उनले नाम चन्द मोहम्मद हो । उनकी आमा थाइराइडको अनियमितताको समस्या सामना गरिरहेकी छिन् । उनलाई अहिले तत्कालै उपचारको खाँचो छ । तर उनको उपचारका लागि […]

नेकपा सचिवालय बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

६ असार, काठमाडौं । पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ […]

डडेल्धुरा सदरमुकाम अनिश्चितकालीन सिल

६ असार, डडेलधुरा । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए। उनले भने, ‘समितिको निर्णयअनुसार व्यापार व्यवसाय […]

गुल्मीको रिडीमा एक युवकको बेवारिसे शव फेला

६ असार, गुल्मी । गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे शव फेला गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थानमा रिडी खोला किनारमा अन्दाजी १५/१६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । शुक्रवार साँझ फेला परेको शवलाई पहिचानको लागि इलाका प्रहरी कार्यालय […]

गण्डकीमा थप ५८ जनामा कोरोना पुष्टि, संक्रमित ४३८ पुगे

६ असार, काठमाडौं । गण्डकी प्रदेशका ७ जिल्लामा थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम […]

कोशी अस्पतालबाट थप १० जनाले जिते कोरोना

६ असार, विराटनगर । प्रदेश १ बाट थप १० जनाले कोरोना जितेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका ४ महिलासहित १० जना कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३–३ जना तथा उदयपुर र मोरङका २–२ जना छन् । डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर […]

नारायणगढ–मुग्लिन सडकको पहिरो तीन दिन लगाएर पन्छाइयो, दुईतर्फी सवारी सञ्चालन

६ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी […]

प्रदेश १ को आर्थिक विधेयक पारित

६ असार, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा दर्ता गराएको आर्थिक विधेयक पारित भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनका लागि ल्याएको विधयेक शुक्रबारको बैठकले पारित गरेको हो । विधयेकमाथि सांसदहरूले तीन दिनसम्म छलफल गरेका थिए । शुक्रबारको छलफलमा सांसद मोहन खड्काले संसोधन नै नहुने विधयेकमाथि छलफल गर्नुुको […]

भारत जाने २० हजार, नेपाल आउने ११ हजार

६ असार, विराटनगर । प्रदेश १ मा भारतबाट आउनेभन्दा नेपालबाट भारत जानेहरुको संख्या बढी रहेको पाइएको छ । प्रदेश १ मा नेपाल फर्कनेभन्दा भारत जानेको संख्यामा करिब दोब्बरको अन्तर छ । प्रदेश प्रहरी कार्यायल विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलका अनुसार २ असारसम्म प्रदेश १ का चारवटा जिल्लाका नाकाहरुबाट ११ हजार २ सय नेपाली भित्रिएका […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित चार जनामा कोरोना

६ असार, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए […]

डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो

५ असार, काठमाडौं । राजधानीको डिल्लीबजार कारागारको पुरानो भवन भत्किएको छ । वि.सं. १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा गएको भूकम्पले थप क्षतिग्रस्त बनाएको थियो । त्यसयता कारागारको बाहिरी भागमा कैदीबन्दी बस्ने गरेका थिएनन् । त्यही बाहिर पट्टीको भागमा वर्षाका कारण छत खसेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरसँग भने, […]

बाकसमा शव फर्किँदा विमानस्थलमा सन्नाटा (फोटो फिचर)

५ असार, काठमाडौं । शुक्रबार मात्रै २४ नेपालीको शव काठमाडौं आइपुगेको छ । कतारबाट कतार एयरवेजमार्फत २०, कुवेतबाट जजिरा एयरमार्फत २ र दुबईबाट नेपाल एयरलाइन्स र साउदीबाट हिमालय एयरलाइन्स मार्फत एक-एक वटा शव काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।  शबहरू भित्रिँदा विमानस्थलमा सन्नाटा छायो ।आफन्तहरु भावविह्वल देखिए कतारबाट बर्दियाका शुकराम थारु, सर्लाहीका […]

प्रधानसेनापति र सशस्त्रका आईजीपीको छाङरु भ्रमणको सन्देश

५ असार, काठमाडौं । द्वन्द्वकालको स्मरण गराउने गरी बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कालापानी नजिकै सशस्त्र प्रहरीका जवानहरुलाई सम्बोधन गरे । ०६२/०६३ को आन्दोलनका वेला युटिफाइड कमाण्डमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै हिँड्ने र एकअर्काको एजेन्सीमा गएर सम्बोधन गर्ने गर्थें । त्यसैको झल्को दिँदै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र […]

ओम्नीसँग विवादास्पद सम्झौता : विज्ञ सल्लाहकारको सिफारिस, मन्त्रीको निर्णय

५ असार, काठमाडौं । स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग विवादास्पद सम्झौतामा स्वास्थ्य  तथा जनसंख्या मन्त्री र उनका विज्ञ सल्लाहकारको भूमिका रहेको पाइएको छ । खरिद प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयले दिएको कागजपत्र अध्ययन गरेको संसदको सार्वजनिक लेखा समितिका अनुसार विज्ञ सल्लाहकार डा. खेम कार्कीले ओम्नी समूहसँग औषधि खरिद गर्न सिफारिस गरेका थिए भने मन्त्रीले […]

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

५ असार, काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । शुक्रबार […]

जब काठमाडौं र बेइजिङमा सँगै घन्कियो कम्युनिस्टको अन्तर्राष्ट्रिय गीत

५ असार,काठमाडौं । युजे पोत्तरको ‘उठ जाग ए भोका नांगा, जाग संसारका दुःखी बोलको डेढ सय वर्ष पुरानो कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीतबाट शुरु भएको नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भर्चुअल कार्यशाला माक्र्सवादको प्रयोग कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र चिनियाँ कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा एकैपटक कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत बज्दा […]

सरकारी प्रयोगशालामा स्वाबको थुप्रो, निजीमा ‘आफ्ना’ खोज्दै मन्त्रालय

५ असार, काठमाडौं । दैलेखको नारायण नगरपालिकाले त्रिभुवन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा रहेका संक्रमितहरु आन्दोलनमा उत्रिए । पीसीआर टेष्टका लागि स्वाब संकलन गरेको लामो समयसम्म रिपोर्ट नआएको भन्दै प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप नै भयो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । पीसीआर रिपोर्ट आउन हप्ता दिन लाग्नु सामान्यजस्तै भएको छ । प्रयोगशालाहरुमा […]

अख्तियारले भन्यो : जग्गा कित्ताकाट रोकिँदा अनियमितता बढ्यो

५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट रोकिदा अनियमितता बढेको भन्दै खुला गर्न सुझाव दिएको छ । भूमि व्यवस्था मन्त्रालयले कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने नाममा गरेको जग्गा रोक्काको निर्णयका कारण सर्वसाधारणले हैरानी पाउने गरेको आयोगले ठहर गरेको छ । जग्गा कित्ताकाटको सन्दर्भमा सर्वोच्च अदालतको २०७४ फागुन २ गतेको आदेश समेत पूर्ण […]

नेकपा अध्यक्षद्वयले सांसदहरुलाई भने– नागरिकता विधेयकमा छिट्टै निर्देशन आउँछ

५ असार, काठमाडौं । नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन ५ दिनको समय लिएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । दुबै […]

आईओएममा शाहको नियुक्तिप्रति त्रिवि प्राध्यापक संघको आपत्ति

५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनलगायत विभिन्न निकायहरूमा गरेको नयाँ नियुक्तिप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । सरकारले वरीयता मिचेर गरेको नियुक्तिले विश्वविद्यालयको गरिमामा आँच पुर्‍याएको भन्दै आपत्ति जनाएको हो । बुधबार त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषद्ले संस्थानको डीनमा वरीयता मिचेर डा दिव्या सिंह शाहलाई नियुक्त गरेको थियो । सो […]



from समाचार – Online Khabar https://ift.tt/3diGubR
via IFTTT
Powered by Blogger.